साधारण सभाको चापमा सहकारी

लेखक साधारण सभा सहकारीका लागि मात्र नभई सबै संघ संस्था तथा कमपनीहरुको सर्वोच्च अंग हो । साधारण सभा भन्नाले संस्था वा कम्पनीको शेयर धनीको बार्षिक सभालाई जनाउँदछ । कुनै पनि संघ संस्था तथा कम्पनीका सदस्यहरु सम्मिलित भई सम्पन्न भएका कार्य प्रगति र भावी कार्यक्रमको साधारण सभामा छलफल हुने गर्दछ । अझ सहकारी संस्थाहरुमा साधारण सभाको बिशेष महत्व रहन्छ । पछिल्लो समय सहकारी संस्थाहरुमा साधारण सभाको चाप बढ्दै गएको छ । पौष मसान्तसम्ममा साधारण सभा सम्पन्न गरी सक्नु पर्ने कानुनी प्रावधान रहेका कारण पनि सहकारी संस्थाहरुमा साधारण सभाको चाप बढ्नु स्वभाविक पनि हो । सहकारी ऐन २०७४ को परिच्छेद ६ मा साधारण सभा, समिति तथा लेखा सुपरिवेक्षण समिति सम्बन्धि व्यवस्था रहेको छ । ऐनको दफा ३९ को उफा २ मा संचालक समितिले प्रत्येक आर्थिक बर्ष समाप्त भएको मितिले ६ महिना भित्र बार्षिक साधारण सभा बोलाउनु पर्ने उल्लेख गरिएको छ । बार्षिक कार्यक्रम तथा बजेट स्वीकृत गर्ने, लेखा परिक्षकको प्रतिवेदन अनुमोदन गर्ने, संचालक समिति र लेखा तथा सुपरिवेक्षण समितिको निर्वाचन तथा विघटन गर्ने, बार्षिक प्रतिवेदन पारित गर्ने, विनियम तथा आन्तरीक कार्यविधिहरु पारित गर्ने, संस्था एकिकरण तथा विघटन गर्ने, संस्थाको दिगो विकासका लागि समितिलाई निर्देशित गर्ने जस्ता महत्वपूर्ण कुराको निणर्य साधारण सभाले गर्ने भएकाले तोकिएको समयसिमा भित्र साधारण सभा सम्पन्न गर्नु सम्पूर्ण सहकारी संस्थाहरुको दायित्व हो । संचालकहरु आफ्नो पदीय जिम्मेवारीलाई त्याग्न सक्छन, तर साधारण सभाबाट पन्छिन पाउँदैनन् । यो वा त्यो बहाना बनाएर साधारण सभा बोलाउन सकिएन वा साधारण गर्न सकिदैन भन्न मिल्दैन । विगतका बर्षहरुमा दशैं अगाडी नै साधारण सभा सम्पन्न गरेर दशैंमा आफ्ना शेयर सदस्यहरुलाई शेयर लाभाशं वितरण गर्ने सहकारी संस्थाहरुले पनि यो बर्ष ढिलै गरी साधारण सभा सम्पन्न गरेका छन । विश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणका कारण समयमै साधारण सभा गर्न सहकारी संघ संस्थाहरुलाई कठिनाई परेको थियो । भेला, सभा, सम्मेलनको आयोजना गर्दा धेरै मानिसहरु जम्मा हुने, भिडभाड हुने हुँदा कोरोना संक्रमणको जोखिम उच्च हुने सम्भावना रहेकाले दशैं अभिसम्म सहकारी संघ संस्थाहरुलाई साधारण सभा के– कसरी गर्ने अन्यौलता नै रहेको थियो । सुरुवाती समयमा केही अन्यौलता रहेता पनि असोजमा सहकारी विभागले सहकारी संस्थाहरुको साधारण सभा सम्बन्धी सूचना जारी गर्दै कानुनमा तोकिएको मय भित्र साधारण सभा सम्पन्न गर्न निर्देशन गरेको थियो । कोभिड–१९ लाई मध्यनजर गर्दै विभागले साधारण सभा कार्यक्रम सम्बन्धि केही मापदण्ड सहित साधारण सभा सम्पन्न गर्न निर्देशन गरे अुरुपम पौषसम्ममा साधारण सभा सम्पन्न गर्नु पर्ने कानुनी व्यवस्थाका कारण पनि पौष महिनामा सहकारी संस्थामा साधारण सभाको चाप ह्वतै बढेको देखिन्छ । स

२०२० मा अमेरिकी सेयर बजारको अनुभवः ब्रोकरले कमिसन लिदैनन्, यस्ता रहेछन् कमाई हुने कम्पनी

सन् २०२० मेरा लागि अमेरिकी सेयर बजार अध्ययन गर्ने वर्ष रह्यो । मेरो एकाउन्ट रहेको सेयर ब्रोकरले शनिबार र आईतबार बाहेक दिनभरि नै बजारका बारेमा पढाउँछ । अनलाईन कक्षा लिएर अमेरिकी सेयर बजारको वास्तविक अध्ययन गर्ने अवसर मैले पाएँ । यो अध्ययनका लागि कुनै खर्च लागेन । मात्र समय दिएँ । सेयर बजारका बारेमा त नेपालदेखि नै जानकार थिएँ । गत वर्षको अध्ययनले अप्सन मार्केट बुझ्ने अवसर दियो । अप्सन सेयर बजारकै एक औजार हो । यो एकदम नै जोखिमपूर्ण लगानी हो । नयाँ विषय सिक्ने अवसर पाएकोमा दंग छु । एक कित्ता सेयर किनेर भएपनि विश्वका ठूलाभन्दा ठुला कम्पनीको सेयर होल्डर बन्न पाइने अवसर सेयर बजारले नै दिएको हो । रमाईलो कुरा के छ भने सेयर किनबेच गर्दा ब्रोकरलाई कुनै शुल्क नै तिर्नु पर्दैन । उल्टो दिनभरि अनलाईन पढाउँछन् । सन् २०२० का उच्च रुपमा सेयर भाउ बढेका कम्पनीमा एमाजन, एप्पल, टेस्ला, निभिडिया भए । एक वर्षको अवधिमा जूमको सेयर मूल्य ४० डलरबाट ६ सय पुगेर अहिले ३ सय ५० को हाराहारीमा छ । विमान बनाउने कम्पनी वोईङको सेयर एक सय डलर भन्दा तल पनि आयो । गूगलको सेयर पनि एक हजार डलरभन्दा तल आएर अहिले १७ सय डलर पुगेको छ । सपिफाईको सेयर मूल्य पनि चार सयबाट १३ सय डलर पुग्यो । चाईनिज कम्पनी अलिबाबाको सेयर मूल्य पनि दुई सयबाट तीन सय १८ सम्म पुगेर फेरि अहिले २ सय ३५ डलरमा झरेको छ । टेस्लाको सेयर किन्नेले सन् २०२० मा धेरै कमाए । टेस्लाको सेयर मूल्य तीन सय डलरबाट २५ सय डलर पुग्यो । एक सेयर हुनेले पाँच सेयर थपेर पाएपछि मूल्य चार सय डलरमा आयो । फेरि अहिले सात सय डलर नाघेको छ । नौ महिनाको अवधिमा टेस्लाको सेयर तीन सयबाट ४ हजार डलर नाध्यो । एमाजनको सेयर १५ सयबाट ३५ सय डलर पूग्यो । फेसबुकको सेयर मूल्य पनि राम्रैसँग बढ्यो । सन् २०२० को अनुभवको आधारमा भन्नुपर्दा ठूलो र बढि सेयर मूल्य भएका कम्पनीको नै सेयर किन्नु पर्ने रहेछ । यो कम्पनीको सेयर धेरै बढ्यो, अब घट्छ होला भनेर नकिन्यो, त्यसैको मूल्य बढ्ने रहेछ । नाफा कमाउने र मूल्य बढिरहेका कम्पनीकै सेयर किन्दा कमाउन सकिने रहेछ । साना र सस्तो मूल्य भएका कम्पनीको सेयरमा कमाउने भन्दा गुमाउने संभावना बढि देखियो । सवै कम्पनीमा एउटै नियम त लाग्दैन । तर पनि पैसा लगानी गर्ने भनेको ठुला कम्पनीमा रहेछ । बजार घटे पनि ठुला कम्पनीको सेयर मूल्य नै पहिला बढ्ने देखियो । भ्याक्सिन आउने भएपछि कोरोनाका कारणले घटेका कम्पनीको सेयर मूल्य बढ्न थालेको छ । हेरौं अब सन् २०२१ मा कुन कुन कम्पनीले धेरै कमाउने हुन् । कुन कुन कम्पनीले गुमाउने हुन् । (अमेरिकामा रहेका नेपाल आर्थिक पत्रकार समाज (सेजन) का पूर्व अध्यक्ष सापकोटको फेसबुकबाट)

सेयर बजारमा बेवारिसे बनेको लगानीकर्तामैत्री एउटा उपकरण

काठमाडौं । अहिले नेपाली पुँजी बजारको दोस्रो बजारमा लगानी गर्न मन लाग्यो भने तपाईंसँग दुईटा विकल्प उपलब्ध छन् । पहिलो विकल्प भनेको आफूसँग भएको पैसाले जति आउँछ, त्यति मूल्य बराबरको सेयर किन्ने । दोस्रो विकल्प, आफूसँग भएका सेयर धितो राखेर ऋण लिने र त्यो पैसाले सेयर किन्ने । आफूसँग भएको रकम बराबरको सेयर किन्नको लागि कुनै समस्या नै भएन । ब्रोकरलाई पैसा दिएपछि उसले सेयर किनिदिन्छ । अनलाइन मार्फत आफैले सेयर किन्न अर्डर गरेपनि भयो । आफूसँग भएको सेयर धितो राखेर ऋण लिने र त्यो पैसाले फेरि सेयर किन्ने हो भने त्यसका केही विशेष व्यवस्थाहरुको पालना गर्नुपर्छ । अहिलेको व्यवस्था अनुसार तपाईले आफूसँग भएको सेयर धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सक्नुहुन्छ । तर, यसरी ऋण लिँदा तपाईंसँग भएको सय रुपैयाँ मूल्य बराबरको सेयरमा ७० रुपैयाँ मात्रै ऋण पाइन्छ । सेयर धितो राखेर ऋण लिने प्रक्रियामा त्यो सेयरको मूल्यांकन कति हुने भन्ने जस्ता विषयमा बेग्लै नियमहरु छन् । यी नियम अनुसार बैंक वित्तीय संस्थाले ऋण दिन्छन् । नविर्सनुस् है, सय रुपैयाँ मूल्य कायम भएको सेयर धितो राखेपछि बैंक वित्तीय संस्थाहरुले ७० रुपैयाँ ऋण दिन्छन् । यदि, ३० रुपैयाँ लगानी गरेर सय रुपैयाँको सेयर किन्न पाइने हो भने कस्तो सोच्नुहुन्छ ? पक्कै पनि गज्जव हुन्थ्यो भन्ने लाग्ला । हो, तपाईंसँग नभएको ७० रुपैयाँको व्याज भने तिर्न तयार हुनुहुन्छ होला, हुनै पनि पर्यो । यहाँसम्म आइपुग्दा के कुरा प्रष्ट भयो भने तपाईंसँग जति पैसा छ, त्यो सबैको सेयर किन्न पाइने रहेछ । आफूसँग भएको सेयर धितो राखेर बैंक वित्तीय संस्थाहरुबाट ऋण लिने हो भने जति मूल्य बराबरको सेयर छ, त्यसको ७० प्रतिशत मात्रै ऋण लिन पाइने रहेछ । आफ्नो ३० प्रतिशत सम्पत्ति प्रयोग गर्न पाइएन है । तर, यस्तो मात्रै होइन । नेपाली पुँजी बजारमा अर्काे एउटा यस्तो उपकरण पनि छ, जुन प्रयोग गर्ने हो भने तपाईंसँग भएको भन्दा बढी मूल्य बराबरको सेयर पनि किन्न पाइन्छ । यो भनेको मार्जिन कारोबार हो । पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डले २०७४ सालमा मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन जारी गरेको छ । र, नेपाल स्टक एक्सचेन्जले २०७५ सालमा मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि पनि बनाएको छ । मार्जिन कारोबार सम्बन्धी निर्देशन र कार्यविधि दुबै बनेर कार्यान्वयनमा गइसकेका छन् । मार्जिन कारोबार भनेको आफूसँग भएको पुँजीभन्दा बढीको सेयर किन्न पाइने भन्ने हो । अहिलेको व्यवस्था अनुसार तपाईंसँग ५० रुपैयाँ छ भने त्यो पैसा लगेर सेयर ब्रोकरलाई दिएपछि उसले तपाईंलाई सय रुपैयाँ बराबरको सेयर किनिदिन्छ । अर्थात् आफूसँग भएको रकमभन्दा दोब्बर बढीको सेयर किन्न पाइन्छ । अझ प्रष्ट होऔं- सेयर धितो कर्जामा सय रुपैयाँको सेयर धितो राख्दा ७० रुपैयाँ ऋण पाइन्थ्यो । यही पैसाले सेयर किन्ने हो । मार्जिन कारोबारमा ५० रुपैयाँ लगेर ब्रोकरलाई दियो भने उसले ५० रुपैयाँ ऋण दिएर सय रुपैयाँको सेयर किनिदिन्छ । सय रुपैयाँको सेयर धितो राखेर ७० रुपैयाँ ऋण लिएर सेयर किन्नुभन्दा ५० रुपैयाँ दिएर सय रुपैयाँको सेयर किन्न पाउनु पक्कै पनि राम्रो कुरा हो । मार्जिन कारोबार सेयर लगानीकर्ताको लागि खासै आकर्षणको कुरा होइन । यो त सेयर कारोबारीहरुका लागि हो । लगानीकर्ता भनेको लामो समयका लागि सेयर किनेर बस्नेहरु हुन् । लामो समय भनेको कति समय हो भन्ने प्रश्न पनि आउँला । हाम्रो सन्दर्भमा एक वर्षभन्दा बढी समयको लागि सेयर किन्नेहरुलाई लगानीकर्ता मान्ने चलन छ । कारोबारी भनेको आफूले किनेको सेयरमा केही फाइदा पाउने वित्तिकै बेचिहाल्ने र फेरि फाइदा हुने जस्तो लागेको कम्पनीको सेयर किनिहाल्ने व्यक्तिहरु हुन् । मार्जिन कारोबारको प्रयोग किन भएन भनेर चर्चा गर्न लागेको, कता अल्मलिए जस्तो पो भएछ । मार्जिन कारोबार सम्बन्धी कानुनी व्यवस्था भइसकेको छ । पुँजी बजार सम्बन्धी सरोकारवालाहरु, धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज, ब्रोकर, लगानीकर्ता जसलाई सोधे पनि मार्जिन कारोबार अहिले अभ्यासमा छ भन्छन् । ब्रोकरसँग अहिलेसम्म कति जनाले यस्तो सुविधा लिए भनेर सोध्यो भने कसैले पनि लिएका छैनन् भन्छन् । त्यसो भए समस्या कहाँ छ त ? यसको समस्या भनेको नै मार्जिन कारोबार खासगरी भन्ने हो भने मार्जिन कर्जा कार्यान्वयन गर्न कसैले पनि चासो नदेखाएर हो । भन्नको लागि र देखाउनको लागि नयाँ उपकरणको रुपमा मार्जिन कारोबार थपिए पनि कार्यान्वयको लागि सरोकारवाला कसैले पनि चासो देखाएका छैनन् । सबैभन्दा ठूलो समस्या त यसबारेको बुझाईमै छ । बैंक तथा वित्तीय संस्थामा सेयर धितो राखेर लिइने कर्जा र यो मार्जिन कर्जा उस्तै हो भन्ने बुझाई पनि यसको कार्यान्वयनको बाधक हो । अहिलेसम्म सेयर धितो राखेर बैंक वित्तीय संस्थाबाट लिइने सेयरधितो कर्जा जे प्रयोजनमा पनि प्रयोग गर्न पाइन्छ । तर, मार्जिन कर्जा भनेको सेयर किन्ने प्रयोजनको लागि मात्रै हो । यस्तो कर्जा बैंक वित्तीय संस्थाले दिँदैनन् । सेयर ब्रोकरसँग दिने कर्जा हो । मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधिले मार्जिन कर्जा सुविधा अन्तर्गत लिइएको रकम कुनै एउटा कम्पनीको सेयर किन्न १० प्रतिशत मात्रै लगानी गर्न पाइन्छ भनेको छ । अर्थात तपाईले कुनै ब्रोकरसँग १ लाख रुपैयाँ मार्जिन ऋण लिन चाहनु भयो भने एउटा कुनै कम्पनीको १० हजार रुपैयाँको मात्रै सेयर किन्न पाउनु हुन्छ । कम्तिमा पनि १० वटा कम्पनीको सेयर किन्नै पर्ने वाध्यतामा तपाईं फस्नु हुन्छ । तपाईंले बढीमा ९ वटा मात्रै कम्पनीमा मूल्य बढ्ने सम्भावना देख्नुभयो भने पनि अहिलेको प्रावधान अनुसार मार्जिन कर्जा उपयोग गर्नु उपयुक्त नै हुन्न । यति साँघुरो मापदण्ड बनाइएको छ । यसको अर्काे समस्या भनेको ब्रोकरको पुँजी क्षमता हो । अहिले धितोपत्र बोर्डले सेयर ब्रोकरको चुक्ता पुँजी कम्तिमा २ करोड रुपैयाँ हुनुपर्छ भनेको छ । २ करोड रुपैयाँ चुक्ता पुँजी भएका ब्रोकरले मार्जिन कर्जा दिन सक्ने अवस्था पनि छैन । मार्जिन सुविधा अनुसार ब्रोकरले ऋण दिएका सेयरलाई धितोको रुपमा ब्रोकरले प्रयोग गरेर बैंक वित्तीय संस्थाबाट ऋण लिन पाउने व्यवस्था हुनुपर्छ भनिरहेका छन् । यसो भए पुँजीको व्यवस्था गर्न सहज हुने र मार्जिन कारोबार बढ्न सक्ने आँकलन ब्रोकरको छ । मार्जिन कारोबारको लागि बनाइएको मापदण्ड अनुसार अहिले सुचिकृत भएकामध्ये धेरै कम्पनी योग्य हुदैनन् । यसका मापदण्ड निकै कसिला छन् । यसमा पनि केही सहजीकरण आवश्यक छ । मार्जिन ऋणका लागि लगानीकर्ताले चासो नदेखाएका छैनन् । ब्रोकरले वास्ता गरेनन् । नेप्से तथा धितोपत्र बोर्ड उपकरण ल्याएका छौं भनेर भन्छन् तर प्रभावकारी कार्यान्वयनको पहल गर्दैनन् । यो प्रडक्ट प्रभावकारी कार्यान्वयन गर्ने हो भने नेपाली पुँजी बजार थप तरल बनेर कारोबारलाई प्रोत्साहित भने गर्नेछ ।