नेपाल पाँच वर्षभित्र कृषिमा आत्मनिर्भर हुन्छ
व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) ले पुरक अनुदानमा आधारित कार्यक्रम सञ्चालन गरिरहेको छ । यसका मुख्य उद्देश्य के–के हुन् ? यिो विश्व बैंकको सहयोगमा कृषि मन्त्रालयद्वारा सञ्चालित आयोजना हो । यसको मुख्य उद्देश्य उत्पादन र उत्पादकत्व बृद्धि गर्ने, कृषिको व्यावसायीकरण र आधुनिकीरण गर्ने हो । कृषि क्षेत्रको विकास गर्नका लागि प्रतिस्पर्धात्मक रुपमा अनुदान प्रदान गर्दैआएका छौं । जसअन्तर्गत प्याक्टबाट कृषि समुहले ७० प्रतिशत, सहकारीले लगानीको ५० प्रतिशत र निजी उद्यमीले ३० प्रतिशत अनुदान पाउने गरेका छन् । पछिल्लो समय २५ वटा दुर्गम जिल्लामा सानाखालका उद्यमीलाई ‘माइक्रो ग्राण्ड’ उपलब्ध गराउ“न लागेका छौं । उक्त अनुदानमार्फत् किसानले सहज रुपमा अघिकतम १० लाख रुपैया“सम्म अनुदान पाउनेछन् । जसले गर्दा परम्परागतरुपमा कृषि गरिरहेका निम्न आय भएका र सिमान्तकृत किसानको क्षमता अभिवृद्धि गरी व्यवसायीक वन्न मद्दत गर्नेछ । समग्रमा कृषि क्षेत्रको व्यावसायीकरण गर्न निजी क्षेत्र तथा समूहबाट पैसा पाउन कठिन हुने भएकाले प्याक्टले पुरक अनुदान उपलब्ध गराउ“दै आएको छ । यसले कृषिलाई व्यवसायीकरण गर्नुका साथै कृषिप्रति युवालाई आकर्षण गर्ने, रोजगारीका लागि विदेश पलायन हुने युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने हो । साथै, ग्रामीण अर्थतन्त्र सुधार नभई देश आर्थिक विकास हुन सक्दैन । ग्रामिण अर्थतन्त्र जुनबेला सुधार हुन्छ, जतिबेला कृषिको व्यावसायीकरण हुन्छ । नेपालमा कृषिको व्यावसायीकरण गर्न धेरै वाधा अड्चन छन् । त्यस्ता बाधा–अड्चन हटाउन यो पुरक अनुदानले सहयोग गर्ने छ ।
हामी २००४ देखि नै टप एक्स्पोटर हौ ।
एभरेष्ट पश्मिना किन्ट्टिङ एण्ड बुभिङ इन्डस्ट्रिज प्रा.लि. एभरेष्ट पश्मिना किन्ट्टिङ एण्ड बुभिङ इन्डस्ट्रिजले सन् २००२ देखि पश्मिना सल र पश्मिना स्वेटर उत्पादन गरी निर्यात गर्दैआएको छ । जतिबेला नेपालको पश्मिना उद्योग संकटमा परेको थियो त्यति बेला नै कर्केन ताङ्वे गुरुङ र उनका दुई भतिजाहरू सूर्य ताङ्वे, सन्तोष ताङ्जे मिलेर यो उद्योग सञ्चालनमा ल्याएका थिए । यो उद्योगले सन् २००४ देखि हालसम्म लगातार नेपालबाट सबैभन्दा बढी मूल्यको पश्मिना उत्पादन र निर्यात गर्दैआएको छ । त्यसैले सरकारले गत दुई आर्थिक वर्षमा पश्मिनातर्फ उत्कृष्ट उत्पादन र निर्यात गर्ने महत्वपूर्ण व्यवसायी व्यक्ति (सीआईपी) सम्मान दिएको छ । पश्मिना उत्पादन, निर्यातको विषयमा केन्द्रित भई गुरुङस“ग गरिएको विकास वहस यस अंकमा । सरकारबाट महत्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी) सम्मान पाउनुभएकोमा तपाईलाई बधाई छ । एक वर्षमा कति पश्मिना कति उत्पादन तथा निर्यात गर्नुहुन्छ ? गत आर्थिक करिब २५ करोड रुपैया““ बराबरको । वर्षमा करिब ३० हजार स्वेटर र ७० हजार पीस सल उत्पादन गरी निर्यात गछौं । आपैm“मा ठूलो परिणाममा निर्यात भइराखेको रहेनछ, किन ? हाम्रो उत्पादन हस्तकला उत्पादन हो । यो मेसिनरी उत्पादन होइन । हाम्रो उत्पादन गुणस्तरीय छ र लगभग सबै उत्पादन युरोप, अमेरिका निर्यात हुन्छ । देशमा अनुकूल स्थिति छैन । हाम्रो उत्पादनको माग छ तर हामीले अडर लिन सकिरहेका छैनौं । किनकी अडरअनुसार उत्पादन गरेर तोकिएको समयमा वस्तु सम्पन्धित बिक्रेतासम्म पु¥याउन निकै कठीन छ । राजनीति तरलता छ । विगतमा श्रम क्षेत्रमा फैलिएको आतंकले काम गर्न सकिएन । तैपनि हामी सन् २००३÷२००४ देखिनै टप एक्स्पोटर हौ । २००६ देखि नै नेपाल हस्तकाल महासंघ र नेपाल चेम्बर अफ कमर्शले पश्मिनातर्फ टप एक्पोर्ट गरेबाफत सम्मान गर्दैआएको छ । यो समयमा सरकारले सीआईपी अवार्ड कार्यक्रम गर्ने सकेन । त्यसैले सरकारबाट सीआईपी अवार्ड पाएको पहिलो पटक हो । अहिले व्यापार विस्तार गरिराख्नु भएको छैन ? प्रत्येक वर्ष १०/१५ प्रतिशत व्यापार विस्तार भइराखेको छ । सम्भावनाको हिसाबले १०० प्रतिशत व्यापार विस्तार गर्ने ठाउ“ छ । तर देशमा उद्योग व्यवसाय मैत्री वातावरण भएन । पश्मिना वा हस्तकलाजन्य उत्पादन भनेको श्रममा भर पर्ने उद्योग हो । गएको ६/७ वर्षमा श्रम क्षेत्रमा मजदूर आतंक फैलिएकोले माग हु“दा हु“दै पनि उत्पादन वृद्धि गर्न सकिएन । राजनीतिक तहबाट श्रमिक क्षेत्रमा अनावशक उक्साहट भयो । श्रमिकहरूको माग धेरै आए, अड्ताल हुने, काम बन्द गर्ने अवस्था आयो । एकतिर विदेशबाट हाम्रा उत्पादनको माग हुने, अर्कोतिर यहा“ श्रमिकहरूले पूरा गर्ने नसक्ने माग राखेर काम बन्द गर्ने अवस्था आयो । त्यसले हाम्रो मनोबल गिरेको थियो । अब विस्तारै स्थितिमा सुधार आउ“छ भन्ने हामीलाई विश्वास छ । श्रमिकहरूले पनि बुझ्दै गएका छन् । सरकारले पनि निर्यात व्यापारको महत्व बुझ्न थालेको छ । अहिले उद्योगको अवस्था कस्तो छ ? ललितपुरको झरोवारासीमा उद्योग छ । यो उद्योग १५ रोपनी जग्गामा फैलिएको छ । जाडो मौसममा ४÷५ सय कामदार हुन्छन् । गर्मी मौसाममा पनि कम्तीमा ३०० जनाले काम गरिरहेका हुन्छन् । अब हामी उत्पादन वृद्धिको योजना बनाइराखेका छौं । सीआईपी अवार्ड पाइसकेपछि तपाई र तपाईको कम्पनीमा के परिवर्तन आउ“छ ? आत्मविश्वास बढेको छ । व्यापार विस्तार गर्ने छौं । आगामी वर्ष तपाईलाई नया“ खबर दिने छौं । नेपालकामा पश्मिना व्यवसायको अवस्था कस्तो छ ? करिब १०० वटा उद्योग छन् । सन् १९९९, २००० ताका वर्षमा १० अर्बको पश्मिना निर्यात हुन्थ्यो । तर अहिले वर्षका करिव २ अर्बको मात्र निर्यात हुन्छ । पश्मिनाको मागमा कमि आएको होइन । सन् २००० मा विश्व बजारमा पश्मिनाको माग १० अर्ब रुपैया“ बराबरको थियो भने अहिले ३० अर्ब रुपैया“भन्दा बढीको माग छ । संसारमा पश्मिना चिनाएको नेपालले हो । तर नेपालको यो उद्योग अहिले चीन र भारतमा गयो । २८ अर्बको व्यापार चीन र भारतले गरिरहेको छन् । किन यो अवस्था आयो ? हामीले उत्पादनमात्र गर्ने हो । बिक्री गर्ने अमेरिका युरोपका व्यापारीले हो । उनीहरूले नेपाली वस्तु भनेर माया गर्ने कुरा हु“दैन । जसले सस्तो र गुणस्तरीय सामान समयमा दिन सक्छ, व्यापारीले उसैको सामान किन्छ । चीन र भारतमा उत्पादन हुने पश्मिनाभन्दा नेपाली पश्मिना महंगो छ ।