एक वर्षमा सेयर बजारमा गरिएका सुधार र प्रक्रियामा रहेका योजना
पूर्ण स्वचालित युगमा प्रवेश नेपालमा धितोपत्रको कारोवार प्रणाली यसअघि नै स्वचालित भइसकेकोमा विद्युतीय नामसारी र राफसाफ सेवाको पूर्ण स्वचालित संचालनको लागि २०७२ माघदेखि सम्पूर्ण सूचिकृत कम्पनीहरुको अभौतिकृत धितोपत्रको मात्र कारोवार हुने गरी नामसारी र राफसाफ समेतको पूर्ण स्वचालित सेवा संचालनको व्यवस्था गरिएको छ । यो व्यवस्था कार्यान्वयन भएसँगै नेपालको धितोपत्र बजार दक्षिण एशियाका अन्य देशको धितोपत्र बजार सरह नै आधुनिकीकरणको चरणमा प्रवेश गरेको छ । यसबाट दैनिक औसत कारोवार र कारोवार संख्यामा समेत बृद्धि भएको छ । दलाल व्यवसायी शुल्कमा ४० प्रतिशतसम्म कटौती दक्षिण एशियामा नै उच्च रहेको नेपालको धितोपत्र कारोवारमा लाग्ने दलाल व्यवसायी शुल्कलाई नेपाल सरकारको स्वीकृतिमा संसोधन गरी ४० प्रतिशतसम्म कटौती गरिएको छ जसबाट लगानीको लागत घटी धितोपत्रमा हुने लगानी प्रोत्साहित भएको छ । विविध व्यवस्था सहितको धितोपत्र दर्ता तथा निष्काशन नियमावली लागू पुँजी बजारमा वास्तविक क्षेत्रका कम्पनीहरुलाई प्रवेश गराउने क्रममा पब्लिक कम्पनीको रुपमा स्थापना हुने उद्योग व्यवसायलाई आयकरमा १५ प्रतिशत छुट दिने व्यवस्था सरकारको आर्थिक वर्ष २०७३/७४ को बजेट वक्तव्य मार्फत गरिएकोमा सो कार्यलाई थप प्रोत्साहनमूलक बनाई वास्तविक क्षेत्रका कम्पनीहरुलाई पुँजी बजारमा भित्र्याउन तत्कालीन नियमावलीलाई प्रतिस्थापन गरी धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ जारी गरिएको छ जसले धितोपत्रको निष्काशन कार्य थप व्यवस्थित तथा पारदर्शी भई विगत २५ वर्षदेखि फिक्ड प्राइसमा सार्वजनिक निष्काशन हुने गरेकोमा निश्चित मापदण्ड पूरा गरी प्रिमियम मूल्यमा सेयर जारी गर्न सक्ने व्यवस्था गरेको, आईएफसी, एडीबी जस्ता अन्र्तराष्ट्रिय वित्तीय संस्थाले स्थानीय मुद्रामा ऋणपत्र जारी गर्न पाउने ढोका खुलेको,‘कन्फिक्ट अफ इन्ट्रेष्ट’लाई सम्बोधन गरेको छ । प्राथमिक बजारमा संरचनात्मक सुधार गर्न आस्बा प्रणाली लागू बोर्डले सार्वजनिक निष्काशन प्रकृयालाई थप सरल, व्यवस्थित, पारदर्शी बनाई सार्वजनिक निष्काशनको ७० दिने समयावधिलाई उल्लेख्यरुपमा न्यून गर्ने उद्देश्यले २०७३ माघ १ गतेदेखि “धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३”(अस्बा प्रणाली) लागू गरेकोछ । बोर्डको संस्थागत क्षमता अभिबृद्धि गर्न २७ नयाँ कर्मचारीको नियुक्ति नेपाल धितोपत्र बोर्डमा न्यून कर्मचारी रहेको पृष्ठभूमिमा लोकसेवा आयोग समेतको सम्लग्नतामा२७ नयाँ कर्मचारीहरुको नियुक्ति गरी कर्मचारी संख्या दोब्बर बनाई बोर्डको संस्थागत क्षमता अभिबृद्धि गरिएको छ । थप निष्काशनको मूल्य निर्धारण विधि लागू बोर्डले थप निष्काशनको मूल्य निर्धारण कार्यमा एकरुपता ल्याई थप व्यवस्थित र पारदर्शी बनाउनको लागि चार मापदण्ड (पूँजीकृत भएको आम्दानी, प्रति सेयर खुद सम्पत्तिको मुल्य, १८० दिनको औसत बजार मुल्य, भबिष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मुल्य)निर्धारण गरी लागू गरेको छ । प्रत्यक्ष नियमनकारी निकाय नभएका कम्पनीहरुको हकप्रद तथा थप निष्काशन सम्बन्धमा नयाँ मापदण्ड लागू प्रत्यक्ष नियमनकारी निकाय नभएका कम्पनीहरुको हकप्रद तथा थप निष्काशनको लागि वित्तीय योजना तथा रणनीतिहरु साधारण सभाबाट पारित गराएको हुनुपर्ने, हकप्रद निष्काशनको औचित्य पुष्टि गर्ने आधारहरु प्रष्ट हुनुपर्ने, निष्काशनको सार्वजनिक सूचना प्रकाशित गर्नु भन्दा कम्तीमा ५ कार्य दिन अगाडि परियोजना निर्माणको लागि वित्तीय व्यवस्थापन तथा फाइनान्सियल क्लोजर भएको जानकारी गराई बोर्डको स्वीकृति लिएर मात्रै दरखास्त खुल्ला गरिएको सूचना सार्वजनिक गर्नुपर्ने लगायतका मापदण्ड लागू गरेको छ । बजारको गहिराई हेर्ने व्यवस्था दास्रो बजार मुल्य पारदर्शी बनाउन सम्पूर्ण लगानीकर्ताहरुलाई धितोपत्रको माग तथा आपूर्तिको जानकारी लिन सक्ने गरी बजारको गहिराई हेर्ने व्यवस्था गरिएको छ । प्राथमिक निष्काशनमा डिम्याट खाता अनिवार्य २०७३ श्रावण १ गतेदेखि काठमाडौं उपत्यका र २०७३ माघ १ गतेदेखि काठमाडौं उपत्यका बाहिरबाट समेत सार्वजनिक निष्काशनमा दरखास्त दिने दरखास्तवालाहरुले आफ्नो डिम्याट खाता दरखास्त फाराममा अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने तथा सोही खातामा बाँडफाँट भएको सेयर जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ । सुपरिवेक्षणमा सुदृढीकरण गरी कारवाही गरिएको बोर्डले सुपरिवेक्षण कार्यलाई सकृय तथा सुदृढ बनाउने क्रममा धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम समयमै विवरण पेश नगर्ने ८ ब्रोकर तथा ४ मर्चेन्ट बैंकरलाई कारवाही गरेको छ । बोर्डको यो कदमबाट संस्थागत सूशासन, पारदर्शिता र अनुपालनामा सुधार ल्याई पुँजी बजारको विकासमा थप टेवा पुग्ने देखिन्छ । बोर्डको परिचय सहित पुँजी बजार सम्बन्धी पुस्तिका प्रकाशित बोर्डको कार्य क्षेत्र, संगठनात्मक स्वरुप, धितोपत्रका विभिन्न आयामहरु आदिका बारेमा संक्षेपमा जानकारी गराउने उद्देश्यले बोर्डले “नेपाल धितोपत्र बोर्ड एक परिचय” नामक पुस्तिका प्रकाशन गरेको छ । नयाँ क्रेडिट रेटिङ्ग एजेन्जीलाई स्वीकृति प्रदान हाल एक मात्र क्रेडिट रेटिङ्ग संस्था रहेको पृष्ठभूमिमा क्रेडिट रेटिङ्ग व्यवसायको प्रतिस्पर्धा बढाई रेटिङ्ग कार्यको स्तरोन्नति गर्न, रेटिङ्ग व्यवसायमा व्यवसायिकता बढाउन, रेटिङ्ग शुल्क प्रतिस्पर्धी बनाई समग्र पुँजी बजारलाई लाभान्वित गराउन बोर्डले नयाँ क्रेडिट रेटिङ्ग एजेन्जीलाई स्वीकृति प्रदान छ । दरखास्त फाराममा सुधार तेश्रो व्यक्तिको प्रयोगलाई निरुत्साहित गरी वास्तविक लगानीकर्ताहरुले बजारबाट फाइदा लिन सकुन भन्ने उद्देश्यले दरखास्तवालाले एकाघर परिवार बाहेक एक भन्दा बढी दरखास्त फाराम समावेश गरी आवेदन दिएको अवस्थामा प्रत्येक दरखास्तावालाले आफ्नै एकाउन्ट पेई चेक मार्फत रकम जम्मा गरेको हुनुपर्ने व्यवस्था गर्न निर्देशन दिएको छ । नेपालको धितोपत्र बजारले अन्तर्राष्ट्रिय मान्यता पाउने क्रममा नेपाल आईओएससीओ र एएनएनएको सदस्य धेरै वर्षको प्रयास पश्चात् बोर्डले २०१६ जुलाईमा धितोपत्र बजारको नियमन निकायहरुको अन्र्तराष्ट्रिय संस्थाको रुपमा रहेको इन्टरनेशनल अर्गनार्यजेशन अफ सेकुरिटीज् कमिशन (आईओएससीओ)को एशोसियट सदस्यता प्राप्त गरी नेपालको धितोपत्र बजारले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ । यस्तै वोर्डको समन्वयमा सिडिएस एण्ड क्लियरिङ्ग लि.ले एशोसिएशन अफ नेशनल नम्बरिङ एजेन्सी (एएनएनए)को सदस्यता प्राप्त गरेको छ । प्रक्रियामा रहेका कार्यक्रम तथा योजना अन्तर्राष्ट्रिय कारोवार प्रणालीको स्तर अनुरुप हुने टेस्टेड सिस्टम भित्र्याउन नेप्सेलाई निर्देशन विश्व पुँजी बजारमा अत्याधुनिक प्रणालीहरु प्रचलनमा आइसकेको अवस्थामा हालको अन्तर्राष्ट्रिय स्तरको प्रणाली जस्तै नयाँ अन्तर्राष्ट्रिय कारोवार प्रणालीको स्तर अनुरुप हुने प्रणाली भित्र्याउनेतर्फ पहल गर्न बोर्डले नेप्सेलाई निर्देशन दिएको छ । धितोपत्र कारोवारको राफसाफ तथा फछ्र्यौट कार्यको उपयुक्त व्यवस्था धितोपत्र कारोवारको राफसाफ तथा फछ्र्यौट कार्यलाई व्यवस्थित गर्न तथा लगानीकर्ताहरुको धितोपत्र कारोवारमा विश्वसनीयता अभिबृद्घि गर्न कारोवार भुक्तानी सुनिश्चित कोष संचालन गर्नका लागि आवश्यक कार्यविधि तयार गरी बोर्डमा पेश गर्न, क्लियरिङ्ग बैंक थप गर्न, धितोपत्र तथा रकमको राफसाफ सम्बन्धमा ‘टी प्लस टू’मा नै पे–इन गर्न लगाउने, टी प्लस थ्री)मा खरिदकर्ताको खातामा धितोपत्र तथा बिक्रीकर्ताको खातामा रकम जम्मा हुने व्यवस्था गर्न र लगानीकर्ताले ढिलोमा कारोबार भएको चौथो दिनभित्र धितोपत्र तथा रकम पाउने व्यवस्था गर्न सम्पूर्ण निक्षेप सदस्य तथा राफसाफ सदस्यलाई सिडिएस एण्ड क्लियरिङ्ग लि.ले परिपत्र गरी कडाइका साथ सो को पालना गर्न गराउन सिडिएस एण्ड क्लियरिङ्ग लि.लाई निर्देशन दिएकोमा सोही अनुसारको व्यवस्था भएको छ । विनियमावली स्वीकृति तथा आवश्यकता अनुरुप सुधार गर्न निर्देशन नेप्सेबाट स्वीकृतिको लागि प्राप्त कर्मचारी सेवा शर्त सम्बन्धी विनियमावलीे स्वीकृत भैसकेको तथा धितोपत्र कारोवार संचालन विनियमावलीे, अक्सन कारोवार कार्यविधि, धितोपत्र व्यापारी (डिलर) को लागि कारोवार कार्यविधि, ट्रेड ग्यारेण्टी फण्ड विनियमावलीमा आवश्यक सुधार गर्न निर्देशन दिइएको र प्राप्त विनियमावलीमध्ये एक सूचिकरण विनियमावलीमात्र बोर्डमा आवश्यक अध्ययन भै सुधार सहित स्वीकृत गर्ने प्रकृयामा रहेको छ । धितोपत्र निष्काशनलाई सहजीकरण गर्न र संस्थागत सुशासन कायम गर्न धितोपत्र व्यवसायीहरुलाई निर्देशन बोर्डले सिडिएस एण्ड क्लियरीङ्ग लि लाई हितग्राही खाता खोल्दा अनिवार्य रुपमा बैंक खाता नम्बर राख्ने व्यवस्था प्रणालीमा तत्काल मिलाउन, मर्चेन्ट बैंकरलाई अर्थतन्त्र र जनसंख्यालाई आधार मानि पर्याप्त मात्रामा संकलन केन्द्रहरु राख्न तथा जेष्ठ नागरिक, महिला अपाङ्गलाई ध्यानमा राखी संकलन केन्द्रमा उपयुक्त व्यवस्था मिलाउन, हकप्रद सेयर बापत प्राप्त हुने खण्डित सेयरलाई पूर्ण मानी सो व्यवस्था गर्न, मर्चेन्ट बैंकले नाफाको निश्चित प्रतिशत कर्मचारीको तालिम तथा विकासमा खर्च गर्न साथै सूचिकृत कम्पनीलाई गाभ्ने÷गाभिने कार्य सम्पन्न भई एकिकृत कारोबार शुरु भएसँगै सेयर कारोबार शुरु हुने व्यवस्था गर्न निर्देशन दिएको छ । विविध कार्यक्रम धितोपत्र बजारमा स्थायित्व कायम गर्ने उद्देश्यले नागरिक लगानी कोषलाई संस्थागत लगानीकर्ताको रुपमा दोश्रो बजारमा सहभागिता गराउने सन्दर्भमा प्राविधिक पक्षको अध्ययन कार्य सम्पन्नभई अध्ययनको सुझाव अनुसार बोर्डको नियमावलीमा आवश्यक सुधारको कार्य अगाडि बढाइएको छ । बोर्डले गैर आवसीय नेपालीलाई दोस्रो बजारमा सहभागी गराउने सन्दर्भमा अध्ययन गरी कार्यविधिको मस्यौदा तयार गरी सिफारिस गर्न एक समिति गठन गरी कार्य अगाडि बढाएकोछ । बोर्डले नेप्सेमा सूचिकृत नभएका पब्लिक कम्पनीहरुको धितोपत्रको खरिद बिक्री ओटिसी बजारमा गर्न सकिने जानकारी कम्पनी रजिष्ट्रारको कार्यालयमा दिनुको साथै बोर्डले नेप्सेलाई ओटिसी बजार व्यवस्थित गर्न निर्देशित गरे पश्चात् आ.व. २०७२/७३ मा नेप्सेमा ओटिसी बजार मार्फत सेयर कारोबार शुरु भई ओटिसी बजारको कारोवार शुल्क समेत ९० प्रतिशत सम्म कटौती गरिएको छ । सूचिकृत संगठित संस्थाहरुले आफ्नो मूल्य संवेदनशील सूचनाहरु नेप्सेलाई तत्काल उपलब्ध गराउनुपर्ने र उक्त लि.ले त्यसरी प्रवाह हुने सूचना प्रमाणित गरी एउटै स्टाण्डर्ड फरम्याटमा लगानीकर्ताहरुले सहज रुपमा हेर्न पाउने व्यवस्था गर्न निर्देशन दिइएको छ । मुल्य सीमा परिवर्तन नहुने गरी १० कित्तासम्म कारोबार धितोपत्रको नियमित कारोबारमा हुने व्यवस्था मिलाउन, नेप्से तथा सिडिएससीलाई सिडिएससीको अटोमेटेड सिस्टमको सिस्टम अडिट शुरु गर्न, सम्पूर्ण धितोपत्र व्यवसायीहरुलाई उनीहरुले प्रदान गर्ने सेवाको पूर्ण जानकारी दिई बडापत्रको व्यवस्था गर्न, महिला, अपांग, केटाकेटीसहितका साना लगानीकर्ताहरुलाई समेत समेट्ने गरी दलाल व्यवसायीको ट्रेडिङ्ग फ्लोरमा थप ट्रेडिङ्ग विण्डो उपलव्ध गराउने व्यवस्था गर्न बोर्डले निर्देशन दिएको छ । त्यस्तै, लगानीकर्ताको हित, पुँजी बजारको विकास, धितोपत्र व्यवसायी सेवाको गुणस्तर सुधार गर्न उल्लेखित कार्यहरु सहित अन्य सुधार सम्बन्धी विभिन्न कार्य भइरहेको छ । (बोर्डले विहीबार प्रकाशत गरेको कार्यप्रगति विवरणबाट)
स्टक ब्रोकर कम्पनी किन नथप्ने ? ब्रोकरको काम वाणिज्य बैंकलाई किन ?
१२ पुस । अहिले स्टक ब्रोकरको काम वाणिज्य बैंकहरुलाई पनि दिनुपर्ने पक्ष र विपक्षमा बहस सुरु भएको छ । वाणिज्य बैंकको सहायक कम्पनी स्थापना गरेर स्टक ब्रोकरको काम दिएपनि केही बिग्रदैन । अहिलेको अवस्था भन्दा त राम्रो नै हुन्छ । ब्रोकरको काम बैंकलाई दिने प्रयास सहि र उत्तम होइन । वाणिज्य बैंकका सहायक कम्पनीलाई स्टक ब्रोकर बनाउँदा उनीहरुले दिने सेवाले बजारको आवश्यकता धान्दैन । सहि र उत्तम बाटो भनेको अहिले संंचालनमा रहेका स्टक ब्रोकरको क्षमता बढाउनु हो । ब्रोकरको लाईसेन्स खुला गर्नु हो । ब्रोकर कम्पनीलाई पुँजी, प्रविधि र जनशत्तिका हिसावमा अहिलेको भन्दा गुणात्मक रुपमा विकास गर्नु हो । अनलाईन कारोवार सुरु गरेर स्टक ब्रोकरको कारोवार गर्न चाहनेलाई खुरुक्क अनुमति दिनुपर्ने एजेण्डातर्फ ध्यान नदिई अन्य विषयमा वहस सुरु भएको छ । अहिले नेपालको स्टक मार्केटको पहिलो आवश्यकता हो प्रविधि सहितको आधुनिकता । यो आधुनिकता ल्याउ“छ सेयरको अनलाईन कारोवारले । अनलाईन कारोवार सुरु गर्ने र लाईसेन्सको आवदेन गर्नेलाई स्टक ब्रोकरको लाईसेन्स दिने व्यवस्था हुने वित्तिकै नेपालको स्टक मार्केट आधुनिक युगमा प्रवेश गर्नेछ । स्टक ब्रोकर स्थापना गर्न चाहनेका लागि निश्चित पुँजी लगानी पर्ने व्यवस्था आवश्यक छ । नेपालको पुँजी बजार २० खर्ब रुपैयाँ बराबर हुन लागिसक्यो । दैनिक २ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भईसक्यो । राम्रो कारोबार गर्ने कम्पनीले दैनिक १० करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार गर्छन । दैनिक १० करोड कारोबार गर्ने कम्पनीले बर्षमा कम्तिमा २५ अर्ब रुपैयाँको कारोबार गर्न सक्छ । वार्षिक २५ अर्ब रुपैयाँको कारोबार गर्ने कम्पनीको चुक्ता पुँजी न्यूनतम १ अर्ब रुपैयाँ किन नबनाउने ? नेपाल धित्रोपत्र बोर्डले ब्रोकर कम्पनीको न्यूनतम चुक्ता पुँजी १ अर्ब बनाएर लाईसेन्स खुला गरोस त, कतिवटा आवेदन पर्छ ? खुला बजार अर्थनीति लिएको सरकारले किन कोटा तोकेर लाईसेन्स वितरण गर्छ ? स्टक ब्रोकर स्वयंम नै एक ठूलो कम्पनी हुन आवश्यक छ । बैंकको सहायक कम्पनी होइन, वाणिज्य बैंकहरु भन्दा ठूलो र सक्षम स्टक ब्रोकर आवश्यक छ । बैंकहरु भन्दा ठूलो कम्पनीलाई स्टक ब्रोकरको लाईसेन्स दिने व्यवस्था आवश्यक छ । ब्रोकर कम्पनीलाई पनि सर्वसाधारणको सेयर रहने पब्लिक कम्पनी बन्न सक्छ । यस्ता स्टक ब्रोकरले मार्जिन लेन्डिङको काम गर्ने छन् । लगानीकर्ताले सम्पूर्ण सूचना उपलव्ध गराउनु पर्ने हुन्छ । वाणिज्य बैंकलाई स्टक ब्रोकरको लाईसेन्स दिनुभन्दा असीमित संख्यामा ब्रोकरको लाईसेन्स खुला गरेर ठूला र सक्षम कम्पनीलाई बजारमा प्रवेश गराउन जरुरी छ । यसका लागि न्यूनतम पु“जी, प्रविधि र जनशक्तिको योग्यता तोक्न जरुरी हुन्छ । अनलाईन कारोवार र असीमित संख्यामा कम्पनीलाई स्टक ब्रोकरको लाईसेन्स दिएपछि प्रतिस्पर्धा सुरु हुन्छ । ब्रोकर कम्पनीहरु नै शुल्क घटाएर लगानीकर्ता आकर्षित गर्न थाल्छन् । सरकारले प्रतिस्पर्धाको वातावरण बनाउने हो । ब्रोकर शुल्क घटाउने वा बनाउने काम सरकारको होइन । स्टक ब्रोकरको काम सूचिकृत सबै कम्पनीका सबै वित्तिय विवरण आफ्ना लगानीकर्तालाई हेर्न चाहेको बखत उपलव्ध गराउनु पनि हो । लगानीकर्ताले चाहेको बखत सूचिकृत कम्पनीको विवरण र विश्वभरका समाचार लगानीकर्तालाई तत्कालै उपलव्ध गराउने काम पनि स्टक ब्रोकरले गर्नुपर्छ । यस्तो सेवा दिने विषयमा वहस पनि शुरु भएको छैन । ब्रोकरहरुले लगानीकर्तालाई सूचना दिने, जानकारी लिने, लगानीकर्तालाई लाभको बातावरण बनाउने र लगानीकर्तालाई आकर्षिक गर्ने काम गरेको छैनन् । केबल कारोवार गरेवापत शुल्क लिन्छन् । प्रयाप्त जानकारी विना लगानी गर्ने लगानीकर्ता ढुब्छ । तर ब्रोकर कम्पनी कुनै कामै नगरी कारोबार शुल्क असुल्छ । स्टक ब्रोकरको नियन्त्रित लाईसेन्स खुला गर्ने हो भने अहिलेका ब्रोकरको कार्यालयमा कोही पनि जान नपर्ने, घरमा वा विदेशमा जहाँ बसेर पनि कारोबार गर्न सक्ने बातावरण ब्रोकर कम्पनीले नै बनाउने छन् । ब्रोकर कम्पनीलाई व्यवसायिक बन्न र प्रतिस्पर्धात्मक बन्न बातावरण बनाइदिनुपर्छ । त्यस्तो अवस्थामा वाणिज्य बैंकहरुलाई स्टक ब्रोकरको लाईसेन्स दिने कि नदिने वहस निरर्थक हुन आउँछ । अनलाईन कारोवार सुरु गर्ने हो भने इन्टरनेटको सुविधा पुगेको कुनै पनि नेपालको भू–भाग र विश्वको कुनै पनि कुनाबाट नेपालका कम्पनीको सेयर कारोवार गर्न सकिन्छ । अहिले शाखा खोल्ने विषय पनि निरर्थक छ । लाईसेन्स खुला गर्ने वित्तिकै विजनेश बढाउन ब्रोकर आफैं देशभर पुग्छन् । उसैपनि अनलाईन कारोवार सुरु हुने वित्तिकै इन्टरनेट पुगेको ठाउ“बाट कारोवार थालिहल्छन् । हुन त अनलाईन कारोवार सुरु गर्नका लागि सरकारी स्वामित्वको स्टक एक्सचेन्ज बाधक छ । यसले अत्याधुनिक सुविधासहितको काम गर्न सक्ने अवस्था छैन । त्यसकारण यसको विकल्प भनेको नीजि क्षेत्रको सहभागितामा अत्याधुनिक स्टक कम्पनी स्थापना गर्नु नै हो । सेयर बजारमा आधुनिक र अनलाईन कारोवार सुरु भैसकेपछि दुई स्टकलाई मर्जगरे हुन्छ । यसो नगरि सरकारी स्वामित्वको स्टकबाट अनलाईन कारोवार सुरु हुन धेरै वर्ष लाग्छ । उसैपनि नेपालको सेयर बजार विश्वबाट अलग्गै बसेको टापु हो । विदेशी लगानीको त कुरै छोडौं, गैरआवासिय नेपालीको लगानी समेत नेपालको सेयर बजारमा आकर्षित हुन सकेको छैन । विदेशी लगानीका आंशिक रुपमा भएपनि खुला गर्दै गैरआवासिय नेपालीको लगानी मुलुकमा भित्र्याउने सहज माध्यम सेयरको अनलाईन कारोवार हो । यसका लागि स्टक ब्रोकर कम्पनी हरेक हिसावले बलियो र प्रभावकारी हुनुपर्छ ।
गाँजा र चरेस तान्ने हिप्पीदेखि हवाई जहाजबाट हाम्फाल्ने पर्यटककाे नेपाल यात्रा
पहिले पर्यटन भनेको यात्रा हो । त्यसमा पनि गोरा छाला भएका पर्यटकको मात्रै भनेर चिनिन्थ्यो । ज्ञान हासिल गर्न डुल्ने विदेशी मात्रै पर्यटक हुन जो सँग प्रशस्तै पैसा छ र खर्च पनि गर्छ भन्ने गरिन्थ्यो । त्यसको परिभाषा र स्वरुपमा परिवर्तन आएको छ । अहिले पर्यटन भनेको यात्रा र उद्योग मात्रै होइन रहेछ भनेर बुझन् थालिको छ । यो त ज्ञानको भण्डार पनि हो । मानवीय मनोविज्ञान पनि हो भनेर बुझ्न थालिएको छ । हिजोको पर्यटन आज र आजको पर्यटन भोली हुँदैन । गाडीमा आउने गाँजा र चरेस तान्ने हिप्पीदेखि सुरु भएको पर्यटनको ट्रेण्ड परिवर्तन भएर घुमफिर, यात्रा, टुर, ट्रेकिङ हुँदै साहसिक र आन्तरिक पर्यटक भएको छ । अहिले त साहसिकको नाममा हवाई जहाजबाट हाम्फाल्ने, आकासमै कावा खाने पर्यटक आउन थालेको छ । यसर्थ, समय प्राकृति अनुसार पर्यटक आउने र त्यसबाट हुने पर्यटकीय क्रियाकलाप पनि फरकफरक हुन्छ । पर्यटक आउने प्रवृति र स्वरुप परिवर्तन हुँदै जाँदा गन्तव्य परिवर्तन पनि भएको हो । पहिले परम्परागत पर्यटकीय बजार इग्लान्ड, जापान, बेलायत, अमेरिका मात्रै थियो । अहिल भारतीय तथा चिनियाँ बजार प्राथमिकतामा आएका छन् । भारतीय र चिनियाले गर्ने खर्च तथा पहुँचको हिसावले पनि प्राथमिकतामा पर्न थालेका छन् । पहिले विदेशी पर्यकको मात्रै भर पर्ने गरिएकोमा अहिले त आन्तरिक पर्यटक पनि आउन थालेका छन् । आन्तरिकलाई पर्यटक नठान्ने र गोरो छालालाई मात्रै पर्यटक ठान्ने हो भने नेपालको पर्यटनले स्थायित्व लिन सक्दैन् भनेर सबैले बुझन् पनि थाले । नेपालमा सोही अनुसारको मार्केटको पनि खोजि भयो । अहिले आन्तरिक पर्यटक नै अन्तर्राष्ट्रिय पर्यटनको जग हो । गाउँगाउँमा अहिले पर्यटकीय गन्तव्य भनेको छ भने पर्यटकीय महत्व पनि छ । नेपालीको पनि आफ्नै सवारी साधन हुन थालेको छ । सवारी साधान भाडामा लिएर आन्तरिक पर्यटकीय गन्तव्य जान सक्ने क्षमता पनि बढेको छ । राज्यले पनि अहिले घुमफिर वर्ष मनाउँदै आन्तरिक पर्यटकलाई प्राथमिकता दिन थालेको छ । विदेशी होस् वा स्वादेशी पर्यटन क्षेत्रको दायरा फराकिलो बनाउने प्रयास भइरहेको छ । आन्तरिक पर्यटक र वाह्य पर्यटक आन्तरिक पर्यटक विदेशी जस्तो लामो समय र प्याकेजमा घुम्दैन । रमाइलो गर्ने र विदाको समयमा लहलहैमा घुम्ने गरेका छन् । तर, घुम्न निस्किएका आन्तरिक पर्यटकले जति पैसा खर्च गर्छन्, विदेशीले त्यति गर्दैैनन् । विदेशी पर्यटकले कालो चिया र पाउरोटी खाएर दिन विताउँन सक्छन तर आन्तरिक पर्यटले भने खानपानमा निकै खर्च गर्ने गरेका छन् । आन्तरिक पर्यटकलाई ह्वीस्की, मःम, चिकेन करीसहितको स्नाक्स सबै चाहिन्छ । यसको मतलब खानपिनमा आन्तरिक पर्यटकको खर्च निकै धेरै हुन्छ । कहिलेकाँही घुम्ने र खानापानमा रमाउने भएकोले सामान्य भन्दा बढी खर्च गरेका हुन । नियमित घुम्नेको तुलनमा यो सामान्य पनि हो । आन्तरिक पर्यटन भनेको सम्पन्न क्षेत्रबाट विपन्न क्षेत्रमा स्रोत र साधानको परिचालन गर्ने उपयुक्त माध्यम हो । विदेशीले गरेको खर्च तथा आन्तरिक पर्यटकबाट खर्च गरेको एक रुपैयाँ गाउँमा पुगेपछि तीन रुपैयाँ हुन्छ । एउटा विदेशी आउँदा नौ जनाले रोजगारी पाउँछन भन्ने गरिएको छ । विदेशीले गर्ने घुमघाम, ट्राभल, ट्रेक, पर्वतारोहणमा वास्तमै धेरै खर्च हुन्छ । सोल्टीमा आएर ८० डलर तिर्ने मात्रै क्वालीटी टुरिष्ट हो, ठमेलमा आएर २० डलर खर्च गर्ने पर्यटक क्वालीटि हैन भन्ने राज्यको अवधारणा हुनु भएन । अहिले काठमाडौं गेष्ट हाउसमा आएर बस्ने पनि किताव लेख्ने पर्यटक छन् । नेपालको प्रवद्र्धन गर्ने पर्यटक छन् । उसलाई खर्च गराउने आधार बढाउनुपर्छ । होटलको कोठामा लिइने शुल्कै आधारमा गुणस्तरीय हो होइन् भनेर निर्धारण गरिनु हुँदैन । सेवा र शुल्क पर्यटकलाई दिने सेवास्तर र शुल्क भनेको प्रतिस्पर्धामा निर्धारित हुन्छ । बैंककमा पाँचतारे होटल ३५ डलरमा पाउँछन् । होटलको कोठा भने जति सस्तो भएपनि फरक पर्दैन् । खाना खाने, मालसामान बेच्ने, सोभिनियर किनबेचबाट हुन्छ । पर्यटकलाई ल्याएर खर्च गराउँने माध्यम सबैभन्दा धेरै हुनुपर्छ । नेपालको पर्यटन सेवाको गुणस्तर अमेरिकाको भन्दा कम छ्रैन् । अमेरिकाको होटलमा पनि एउटा खाट र कोठा हुने हो त्यसको तुलनामा हामीले पनि सेवा सुविधा दिएका छौं । पर्यटक आउन थालेपछि आफैं गुणस्तर मेन्टेन हुन्छ । पर्यटन क्षेत्र जब हाइटमा जान्छ तव त्यसको भ्यालु हुन्छ । उदाहरणको रुपमा हाम्रो ग्रुपको होटल आठ वटा पुग्नु नै पर्यटकको रुची बढ्नु र सेवा लिने बढेर नै हो । जुन किसिमको रेट लिने हो त्यो स्तर निर्धारण गरेर गर्नु नै धेरै राम्रो हो । आज राम्रो गर्ने र भोली नराम्रो गर्ने पनि हुँदैन । ठमेल गेस्टहाउस नै एउटा व्यक्तिको रुपमा प्रतिनिधित्व गर्ने पर्यटन होइन । समग्र देशको प्रतिनिधित्व नै पर्यटन हो । अहिले फ्री मार्केट इकोनोमिका कारण विदेशी मुलुकसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । हाम्रो देश गरिब होइन्, स्रोत र साधानको पहिचान गर्न नसक्नु चाहिँ हाम्रो कमजोरी हो । हामीले ब्राण्ड र गुणस्तर कायम गर्ने भनेको पनि विश्वसनिय सेवा नै हो । पहिले पर्यटकलाई नेपालमा सेवा दिने अवसर हुनुपर्छ त्यसपछि बजारले नै निर्धारण गर्न सेवा, सुविधा र गुणस्तरण । पर्यटक तान्ने आधार नेपाल बन्जी, प्याराग्लाइड, ट्राभल, ट्रेकिङसहितका साहसिक पर्यटनमा विश्वकै उत्कृष्ट सेवा दिन थालिएको छ । हामीले स्वार्थी पर्यटनको कुरा अहिले गर्नु हुँदैन । आफ्नो स्वर्थमा मात्रै कुरा गर्नु हुँदैन । संकुचित सोच बनाउँनु हुँदैन । प्रतिस्पर्धामा जे पनि राम्रो हुन्छ । नेपालमा दर्जनौ होटल आउँदै छ । प्रतिस्पर्धाले यसको बजार निर्धारण गर्छ । हामीले राम्रो सेवा दिने र धेरे खर्च गर्ने मात्रै ल्याउने कि धेरै ल्याउने अनि सेवा सुविधा पनि बढाउँदै जाने भन्ने हो । यसका लागि सबैभन्दा पहिले चिन्तन हुनुपर्छ । अहिले चिन्तन एक कदम अगाडि र विकास भने एक कदम पछाडि रहेको अवस्था छ । त्यसैले प्रतिस्पार्धामा जसले राम्रो सेवा र सुविधा दिन सक्छ पर्यट त्यहि जान्छन् । नेपाल अन्तर्राष्ट्रिय निकायसँग सेवा सुविधामा प्रतिस्पर्धा गर्न सक्यो भने अवस्था पनि पर्यटक आउँछन् । राज्यलाई गाली गरेर पूर्वाधार बनाएन भनेर आलोचना मात्र गरेर हुँदैन । सीमित स्रोत र साधनले असीमित माग पूरा गर्नुपर्छ । राज्य नालायक भयो भनेर निजी क्षेत्र चुप लागेर बस्ने पनि त हैन । त्यसैले सरकारले आफ्नो ढंगले काम गर्छ हामी व्यवसायी आफ्नै ढंगले जानुपर्छ । मैले पनि त सन् १९९८ मा नेपाल भ्रमण बर्षको कोअर्डिनेटर भएकै हो नि । त्यतिबेला आफूले कति गर्न सकियो र अब कति सकिन्छ भनेर हेर्नुपर्छ । नेपालको पर्यटन स्थापित भएको निजी क्षेत्रले हो । त्यसैले निजी क्षेत्रको सम्मान गर्नुपर्छ । पर्यटन क्षेत्र भनेकै सधै संभावना भएको क्षेत्र हो । नेपाल पनि पर्यटकीय संभावनाकै देश हो । भएको सम्भावनालाई राज्यले पहिचान गरेर सेवा सुविधाको आधार दिनुपर्छ । राज्यले पर्यटमा भएको विशेषज्ञ क्षेत्र पहिचान गरेर जानुपर्छ । वाइल्डलाइफ, ईको टुरिजम, जैविक विविधता, सांस्कृति, धार्मिक विविधतामा जान सक्छौ । हामीले पर्यटकलाई विविधिकरण नै गर्न सकिएको छैन । हाम्रो पर्यटन बग्गीको घोडा जस्तो हो । एउटाले जे ग¥यो त्यहिमा लाग्ने । हामी आफूले नयाँ केही दिन नसक्नु नै अहिलेसम्मको हाम्रो कमजोरी हो । पर्यटक आकर्षण गर्न नयाँ काम गर्दै जानुपर्छ । पर्यटक भनेको नयाँ र फरक क्षेत्र मन पराउने क्षेत्र हो । नेपालको प्राकृतिक सम्पदा रुचाउने पर्यटक धेरै हुन सक्छ । नेपाल विश्वकै सर्वोच्च हिमाल, सबैभन्दा बढी अग्ला हिमाल, कायकिङ, राफ्टिङ, बन्जी, साहसिक पर्यटकीय गतिविधि सबैभन्दा बढी नेपालमा नै गर्न सकिन्छ । संसारकै ठूलो साहसिक पर्यटनको तुलनामा नेपाल पछाडि पर्न सक्ने अवस्था छैन । विदेशले ठूला पूर्वाधार बनाउने र व्यवस्थित गर्न सकेको छ । नेपालमा व्यवस्थित गर्न सकेनौ । सन् २०१८ लाई हिमालय पर्यटन वर्ष भनेर प्रवद्र्धन गर्नुपर्छ । नेपालको पर्यटन सबैभन्दा बढी आशा र भरोसा भएको क्षेत्र हो । सन् १९५२ पछि नेपालमा पर्यटनको ढोका खुलेको हो । पहाड खोल्यो, हिमाल खोल्यो । अनि नेपाल पनि प्रवद्र्धन हुन थाल्यो । नेपालको पर्यटन भनेकै विस्तारै आएको हो । सन् १९६० पछि हिप्पी आउन थाल्यो । नेपालमा गाँजा तान्न पाउने भएकोले यो पर्यटन १० वर्ष रह्यो । त्यसपछि सन् १९७० पछि वाइल्ड लाइफ सुरू भयो । सन् १९८० बाट राफ्टिङ, सन् १९९० बाट प्राकृतिक पर्यटन सुरू हुन थाल्यो । त्यसपछि रैथाने पर्यटक हुँदै अहिलेको अवस्थामा आइपुगेको छ । संसारमा रैथाने पर्यटन सबैभन्दा राम्रोसँग विकास भएको पर्यटन हो । हामीसँग भएको प्रडक्ट बेच्ने पर्यटन नै रैथाने पर्यटन हो । भएकै वस्तु र सेवा बेचेर पर्यटन प्रवद्र्धन गर्नुपर्छ । (कुराकानीमा आधारित)