सडक खन्ने काम आर्मीको होइन, हाम्रो हो
देवेन्द्र कार्की, महानिर्देशक- सडक विभाग सेनाले हामीलाई बिस्फोटक पदार्थ नदिने, अनि सडक विभागले ट्रयाक खोल्न सक्दैन भनेर आरोप लगाउने ? जसको मुल पेशा नै सडक बनाउनु हो उसले मात्र सडक बनाउन सक्छ । काठमाडौं उपत्यकाको २५ प्रतिशत भन्दा कम सडक मात्रै सडक विभागले हेर्ने गरेको छ । नदी किनाराका कुनै पनि सडकको स्वामित्व सडक विभागसँग छैन । उपत्यकाको सडक केही महानगरपालिकाले हेर्छ, केही काठमाडौं उपत्यका विकास प्राधिकरण र अन्य निकायले हेर्छन् । उपत्यकामा जुन जुन सडक विभागले हेरेको छ, तिनको अवस्था राम्रो छ । विभागको क्षेत्राधिकारमा नभएका सडकको अवस्था र गुणस्तरबारे विभाग जिम्मेवार र जवाफदेशी बन्न सक्दैन । पूर्व पश्चिम राजमार्गका पुलहरुको अवस्था केही खराब छ, अबको केही वर्षभित्रै त्यो समस्या पनि समाधान हुन्छ । विभागले करिब ८ हजार किलोमिटर सडक मात्रै हेर्ने गरेको छ । बेनी जोमसोम सडकको सबै कमजोरी हामी स्वीकार गर्न तयार छौं । समाधानका लागि पनि तयार छौं । कर्णाली करिडोर सिंगल लेनको भयो भन्ने कुरा पुरानो हो । अब नयाँ कुनै पनि सडक सिंगल लेनका हुँदैनन् । बाग्लुङ–पोखरा सडक स्तरोन्नतिको काम अघि बढिरहेको छ । पासाङ ल्हामु सडकको राइट अफ वेको समस्या धेरै ठाउँमा छन् । मुल मार्गमा ५० मिटर र सहायक मार्गमा ३० मिटरको कानुनी व्यवस्था छ । त्यसमा नीतिगत व्यवस्था गर्नु आवश्यक छ । सबै निर्वाचन क्षेत्रमा निर्माण गर्ने भनिएको एक–एक वटा बहुबर्षिय सडकका लागि एक खर्ब २२ अर्ब रुपैंयाँ रकम आवश्यक पर्ने देखिन्छ । बजेटको तर्जुमा गरिदिने हो भने निर्माणको काम गर्न विभागलाई कुनै समस्या छैन । त्यसका लागि प्रत्येक वर्ष २० अर्ब रुपैंयाँ चाहिन्छ । गत साल बजेट मागेर अर्थमन्त्रालयमा फाइल पठाएका थियौं । अर्थले पैसा दिन सकिन्न भन्यो । यसपाली पनि फाइल पठाएका छौं । पैसा आयो भने काम गरिन्छ । पहाडी क्षेत्रमा सडकको ट्रयाक खोल्ने काम जटिल छ । त्यसका लागि ठूलो मात्रामा बिस्फोटक पदार्थ चाहिन्छ । तर सेनाले हामीलाई बिस्फोटक पदार्थ दिनै मान्दैन । सबै प्रक्रिया पुर्याएर फाइल पठाउँदा पनि बिस्फोटक पदार्थ पाईरहेका छैनौं । सडक बनाउने निकाय कुन हो ? सांसदहरुले भनिदिनु पर्यो । सडक बनाउने काम सडक विभागको हो । सडक बनाउन सबै भन्दा प्राबिधिक रुपले सक्षम निकाय पनि सडक विभाग नै हो । कमी कमजोरी सुधार्न तयार छौं तर सडक बनाउने जिम्मेवारी हामीलाई नै दिनुपर्यो । यहाँ त सडक विभागले ट्रयाक खोल्न सक्दैन, त्यसैले आर्मी (सेना)लाई दिनुपर्छ भन्न थालिएको छ । म यहाँ नाम लिन चाहान्न तर कतिपय सांसदहरुले नै पनि सडक विभागले ट्रयाक खोल्न सक्दैन, त्यसैले आर्मीलाई दिनुपर्छ भन्ने गर्नुभएको छ । जस्ता सुकै कठिन ठाउँमा पनि ट्रयाक खोल्न सडक विभाग सक्षम छ तर हामीलाई बिस्फोटक पदार्थ सहज रुपमा उपलब्ध गराउनुपर्छ । आर्मीले हामीलाई बिस्फोटक पदार्थ नदिने अनि सडक विभागले ट्रयाक खोल्न सक्दैन, त्यसैले आर्मीलाई दिनुपर्छ भन्न पाइन्छ ? आर्मीले भन्दा धेरै छोटो समयमा र धेरै राम्रोसँग ट्रयाक खोल्न सडक विभाग सक्षम छ तर बिस्फोटक पदार्थ सहज ढंगले उपलब्ध गराउनुपर्छ । सडक विभागले विगतमा पनि धेरै सडक बनाएर देखाएको छ, अहिले पनि बनाईरहेको छ र भविष्यमा पनि जटिल र ठूला सडक बनाउन सक्छ । तर त्यसका लागि हामीलाई अप्ठेरो सृजना भने गर्नु भएन् । सडक विभागको त स्थापना नै सडक बनाउनका लागि भनेर गरिएको हो । अनि यहि विभागले सडक बनाउन नसकेर अरु कसैले सक्छ ? यस्तो पनि कहि हुन्छ । हाम्रो कामै सडक बनाउने हो । जसको मुल पेशा नै सडक बनाउनु हो उसले सडक बनाउन नसक्ने अनि अर्काे निकायले चाही सक्ने भन्ने कुरा तर्क संगत हुनै सक्दैन् । कुन सडक कहाँ पुग्यो ? गल्छीदेखि बेत्रावति हुँदै त्रिशुली नदिको किनारै किनार मैलुङ हुँदै स्याफ्रुबेसी भएर रसुवागढी जाने सडक तीन खण्डमा काम भैरहेको छ । गल्छीदेखि मैलुङको ४५ किलो सडक विभागले बनाउँदैछ । मैलुङदेखि स्याफ्रुवेसीसम्मको १८ किलोमिटर सेनाले बनाउँदैछ । र त्यहाँबाट रसुवागढीसम्मको १६ किलोमिटरको सडक चीन सरकारले बनाउने भनेर अध्ययन गरिरहेको छ । गल्छी मैलुङमा ठेक्का लागेको २ बर्षभित्र निर्माण सम्पन्न गर्न सक्छौं । त्यो २ लेनको सडक हुन्छ । टेण्डर प्रक्रिया अघि बढेको छ । पोखरा बेनी जोमसोम सडकमा भने जस्तो काम भैरहेको छ । पोखरादेखि बेनी देखि जोमसोम सडकको अवस्था त्यति राम्रो छैन् । खासै काम पनि भैरहेको छैन् । जोमसोम देखि कोरला सडकमा भने टेण्डर लागिसकेको छ । कम्पनी छनौट पनि भैसकेको छ । अब काम सुरु हुन्छ । अरनीको राजमार्गमा अहिले पनि स साना सवारी साधन चलिरहेका छन् । सडक विभागले पनि काम गरिरहेको छ भने केही चिनियाँ कम्पनीले पनि चीन सरकारका तर्फबाट काम गरिरहेका छन् । पाँच ठाउँमा चीनियाँ कम्पनीले काम गरेका हुन् । ३२ करोडको लागतमा जुरे र कोठेमा विभागले काम गरिरहेको छ । लिपिङ, जुरेको सय किलोमिटर, घट्टेखोला र दयाले भिर र चाकुमा चिनियाँहरुले काम गरिरहेका छन् । कर्णाली करिडोमा नेपाली सेनाले काम गरिरहेको छ । कालीकोटको खुलालुलेखि बाजुराको गढवाल हुँदै हुम्लाको कवाडीसम्मको १११ किलोमिटरमा सेनाले निर्माण गरिरहेको छ । कवाडीदेखि सिमिकोटसम्मको ८५ किलोमिटरमध्ये ५० किलोमिटर सडक विभागले बनाइरहेको छ । हिल्सादेखि सिमिकोटसम्मको ९५ किलोमिटरमा सडक विभागले काम गरिरहेको छ । त्यसमा ४० किलोमिटरमा त अहिले पनि साना गाडी गुडिरहेका छन् । बाँकी १८ किलोमिटरमा चट्टान भएकाले ट्राक खोल्न अलि समस्या देखिएको छ । यसमा पनि यसै बर्षदेखि गाडी गुड्न सक्ने बनाउन सक्छौं । चैनपुरदेखि ताक्लाकोटसम्मको ९० किलोमिटरमध्ये ६० किलोमिटरको डिपिआर तयार भैसकेको छ । सोमध्ये पनि ३० किलोमिटरको डिपिआर बनाउने तयारी भैरहेको छ । ३० किलोमिटरसम्ममा अहिले पनि गाडीहरु गुडिरहेका छन् । अहिले एक करोड ८० लाख मात्रै बजेट विनियोजन भएको छ । त्यसले अलि पुग्दैन् । हुलाकी राजमार्गको पहिलो र दोश्रो चरणका कामहरु क्रमशः अघि बढिरहेका छन् । भारत सरकारले १० वटा सडक र नेपालले ६ वटा सडक बनाउने भन्ने छ । हुलाकी सडकका अधिकांश सडकमा एक महिना भित्रै निर्माण व्यवसायी कार्यक्षेत्रमा पुगिसक्नेछन् । हुलाकी सडकमा १४९ वटा पुल छन् । पहिलो चरणमा ६५ वटा र दोश्रोमा ८४ वटा पुल छन् । हालसम्म ५३ वटा पुल बनिसके । ५८ वटा निर्माण भैरहेका छन् । अब ३८ वटा पुल मात्रै बनाउन बाँकी छ । यो ठुलो उपलब्धि हो । फ्लाई ओभरमा हामीले खासै प्रगति गर्न सकेका छैनौं । बानेश्वरमा फ्लाईओभर बनाउने भनेर चार करोड बजेट पनि विनियोजन भएको थियो । त्यो काम केही अघि बढेको थियो र पछि त्यसै सेलायो । जापान सरकारको सहयोगमा फ्लाईओभरको अध्ययन भैरहेको छ । महाकली सडकमा बजेट फ्रिज भैरहेको अवस्था थियो । अहिले विवादहरु प्नि साघुँरिएर गएका छन् । कञ्चनपुर महेन्द्रनगर क्षेत्रदेखि नै काम गर्नुपर्ने अवस्था छ । त्यसमा सडक विभाग साह्रै गम्भिर ढंगले काम गरिरहेको छ । सडक पुर्वाधारमा गुणस्तरको सवाल साह्रै महत्वपुर्ण मानिन्छ । हामीसँग प्राबिधिक जनशक्ति छैनन् । इञ्जिनियर र सब इञ्जिनियरहरुको साह्रै ठूलो अभाव छ । हामीलाई करार वा अस्थायी जनशक्ति आपुर्ति गरिदिने व्यवस्था गर्नुुपर्छ । अनि मात्रै सडक पुर्वाधारको गुणस्तरमा सुधार आउँछ । हामीसँग ३४ वटा डिभिजन छन् । त्यसमा काठमाडौं भक्तपुर, ललितपुर र पोखरा तथा बुटवल बाहेक अन्त जनशक्तिको साह्रै खडेरी छ । स्थायी बाहेक अस्थायी पदपुर्ति गर्न नपाउने व्यवस्था छ । अर्काे कुरा भनेको बिटुमिनको गुणस्तर पनि आयात गर्दा नै चेकजाँच गर्ने व्यवस्था गरिदिनु पर्छ । लुम्बिनी अञ्चलमा निर्माण सामग्रीको अभावमा काम अघि बढ्न सकिरहेका छैनन् । शहरमा बिजुलीका पोल मात्रै व्यवस्थित गर्ने हो भने पनि सडक निर्माणको कामले धेरै गतिलिने थियो । (सडक विभागका महानिर्देशक कार्कीले व्यवस्थापिका संसदको विकास समितिमा राखेको धारणाको सम्पादित अंश)
रिलायबलको हकप्रद कार्यान्वयन गराएर मात्रै अक्वाएर गर्नुपर्छ: ज्योति दाहाल
ज्योति दाहाल २०७२ सालको मौद्रिक नीति तयार हुँदै गर्दा क्षेत्रीयस्तरका १० जिल्ला कार्यक्षेत्र रहेका केही विकास बैंकहरु अर्को संस्था गाभ्दै तत्कालीन व्यवस्था अनुसार ६४ करोड पूँजी पुर्याएर ’राष्ट्रियस्तरको विकास बैंक’ बन्ने पगरी गुथ्ने क्रममा थिए । केही बैंकले भने पहिलेदेखि नै पगरी गुथिसकेका थिए । मौद्रिक नीतिले २०७४ सालभित्र यस्ता बैंकहरुले २ अर्व ५० करोड पूँजी पुर्याउनुपर्ने व्यवस्था गरेपछि साविकमा पाएको र पाउन लागेको पगरी जोगाउन हम्मे पर्ने कुरा दिनको घामजत्तिकै छर्लङ्ग हुँदाहुँदै पनि तोकिएको पूँजी पुर्याउनु सक्षम रहेको ध्वाँस दिन भने छाडेका थिएन । तर यहि बेला वाणिज्य बैंकको पगरी गुथिरहेको लुम्बिनी एक्लै बसेर तोकिएको पूँजी पुरयाउन नसक्ने देखेपछी आफुलाइ बैंक अफ काठमाडौमा समाहित गरिसकेको छ । २०७४ असार आउन अब ९ महिना मात्रै बाँकी रहेको छ । अहिले पनि जनता, कुमारी, एभरेस्ट, स्ट्यान्डर्ड चार्टर्डले के गर्लान भनेर हेर्न बाँकी रहेको अवस्थामा स(साना विकास बैंक ’जेठा मामाको त भाँग्राको धोती कान्छा मामाको के गति’ उखान चरितार्थ हुने क्रममा छ । सकिन्न भन्ने जान्दाजान्दै पनि केन्द्रीय बैंकले पूँजी योजना मागेपछि लाजगाल टार्नैको लागि सबैले पूँजी वृद्धि योजना बुझाए । बैंकहरुले बुझाएको पूँजी वृद्धि योजनाको भरपर्दो आधार भने थिएन ।बैंकहरुले बुझाएको योजना हेर्दा घटनास्थल प्रकृति मुचुल्का उठाएको भन्दा फरक थिएन । बोनस, गाभ्नेरगाभिने, विलय गर्नेरविलय हुने र हकप्रद जस्ता प्रचलित सबै वित्तीय उपकरण पूँजी वृद्धि योजनामा दिएका थिए । तर यी उपकरण उपयोग कसरी गर्ने भन्ने विस्तृत कार्ययोजना भने थिएन । जसरी घरायसी प्रयोजनका लागि विभिन्न हतियार छन त्यस्तै वित्तीय क्षेत्रमा पनि पूँजी वृद्धिका पनि विभिन्न हतियारहरु छन । जुन बेला जुन औजार चलाउन उपयुक्त हुन्छ त्यही चलाउनुपर्छ । हँसिया, खुकुरी, कर्द, भाला, बन्चरो यी सबै हतियार हुन तर यिनको उपयोग गर्दा ठाँउ अनुसार गर्नुपर्छ । दाउरा चिर्न बन्चरो चाहिन्छ चोया काड्न कर्द चाहिन्छ तर बाँस वा निगालो काट्न भने बन्चरो वा खुकुरी चाहिन्छ । यसको अर्थ जहाँ जे आवश्यक हुन्छ त्यही चलाउने हो । कम्पनीले पनि सन्दर्भ अनुसारकै वित्तीय औजार चलाउनुपर्छ अनि मात्रै उद्देश्यमुलक हुन्छ । पूँजी जुटाउन विभिन्न प्रकारका अग्राधिकार शेयर, प्राथमिक शेयर, हकप्रद, बोनस र थप शेयर जारी गर्नसक्छन । साथसाथै कम्पनीको जायजेथा धितो राखी वा नराखी ऋणपत्र पनि जारी गर्नसक्छ्न । ऋणपत्र र केही अग्राधिकार शेयर निश्चित समयपछि फिर्ता गर्नुपर्छ । साविकको रिलायबल फाइनान्सले अर्को एउटा फाइनान्स र क्षेत्रीयस्तरको विकास बैंक गाभेर ’राष्ट्रियस्तरको विकास बैंक’ मान्यता पाएको थियो । मौद्रिक नीति आएपछि यसले पनि आफैं पूँजी पुर्याउने पूँजी योजना सार्वजनिक गर्यो र कायम पूँजीमा शतप्रतिशत हकप्रद शेयर जारी गर्ने घोषणा समेत गर्यो र नियमित साधारणसभाबाट प्रस्ताव पारित गर्यो । तर प्रस्ताव पारित गरेको तीन महिना बित्न लाग्दा समेत धितोपत्र वोर्डमा स्विकृतिको लागि आवेदन गरेन । अप्रत्याशितरूपमा ग्लोबल बैंकसँग विलय हुने भनेर निर्णय गरेको व्यहोरा सार्वजनिक गर्यो ।विलय हुने घोषणासँगै पारित हकप्रद कार्यान्वयन रद्द हुने जानकारी समेत गराएको छ । बैंकले हकप्रद जारी गर्छु भनेर गरिएको घोषणा एकप्रकारको करार हो । नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण भइ यसको साधारण शेयर खुला कारोबार भइरहेकोले आम लगानिकर्ताले हकप्रदको लोभरमोहमा परि धमाधम शेयर किने यसलाइ करारको अर्को पक्ष स्विकृती मान्न सकिन्छ । यहाँ करारको पालन भैसकेको छ र दुबै पक्ष (कम्पनी र शेयर लगानीकर्ता) ले प्रतिफल समेत पाउने निश्चित भैसकेको छ । करारमा प्रतिफलको सुनिश्चितता भैसकेपछी त्यस्तो करारलाइ वैध मानिन्छ । यसरी वैध भैसकेको करार एकपक्षीय रूपमा कम्पनीले तोड्न सक्दैन । करार तोडनु छ भने त्यस्को क्षतिपूर्ति मर्का पर्ने पक्षले पाउनुपर्ने हुन्छ । हकप्रदकै लागि भनेर महंगो मुल्यमा शेयर लिएर बसेका शेयरधनीको रकम फसेको छ । कम्पनीले एकपक्षीय रुपमा करार तोडनु ’गम्भीर जालसाझीयुक्त अपराध’ भनी मान्नुपर्ने हुन्छ । यस्ता कार्यले स्टक एक्सचेञ्जमा सूचीकरण भएका अन्य कम्पनीको विश्वसनीयतामा समेत गम्भीर प्रश्न उठनसक्छ । हकप्रद दिने भनेर स्टक एक्सचेञ्जमा सूचना सम्प्रेषण गरि सार्वजनिक जानकारी गराइ उक्त प्रस्ताव साधारणसभाबाट समेत पारित भएकोले अहिले रद्द गरिएको भनिएको हकप्रदलाई यथावत कार्यान्वयन गरि करारको पालन गराउने जिम्मा धितोपत्र वोर्डको काँधमा आएको छ । हकप्रद भन्दा पनि विलय वा गाभ्नेरगाभिने कार्य प्राथमिकतामा हुँदाहुँदै हकप्रद घोषणा गर्ने कार्यलाइ वदनियतपूर्ण र कपटयुक्त भन्न सकिने प्रशस्त आधार छ । यस सन्दर्भमा बेलायतको हाउस अफ लर्डसले Rex. Vs. Kylsant (1932) KB 442 को एउटा मुद्दाको दिएको निर्णय यहाँ उल्लेख गर्न सान्दर्भिक देखिन्छ । Lord Kylsant, the managing director of Royal Mail Steam Packet company issued a prospectus inviting subscription to debentures of the company. In the prospectus it was stated that the company was in a good position and that dissidents were regularly paid. But the the prospectus omitted to state that there were large losses in several years and that in those dividends were paid out of reserves. It is apparent that the prospectus tried to create a false notion of company’s soundness. It was held by the House of Lords that Lord Kylsant wilfully issued a false prospectus and he was convicted under the criminal Law. हाउस अफ लर्डसले गरेको यो निर्णयलाई रिलायबलको कार्यसँग केही हदसम्म नजिरकोरुपमा लिन सकिन्छ । हकप्रद भन्दा पनि विलय वा गाभ्ने/गाभिने कार्य प्राथमिकतामा हुँदाहुँदै हकप्रद घोषणा गर्ने कार्यलाइ वदनियतपूर्ण र कपटयुक्त भन्न सकिने प्रशस्त आधार छ । पंक्तिकारले बारम्बार हकप्रद जारी गर्ने सम्बन्धि एकीकृत कानुनको आवश्यकता छ भनी उठाएको आवाजको सार्थकता अझ बढेको छ । प्रचलित धितोपत्र कानुनमा हकप्रद सम्बन्धि स्पष्ट व्यवस्थाको अभाव सुचिकृत कम्पनीले राम्रैसँग फाइदा उठाएका छन । यसको ज्वलन्त उदाहरण रिलायबल बैंक पनि हो । रिलायबलले उन्मुक्ति पाएको खण्डमा अहिले हकप्रद जारी गर्ने घोषणा गरेका कयौं कम्पनीले हकप्रद रद्द गराउने परिपाटीलाई संस्थागत गर्दै लानेछन । यसले फस्टाउँदो पूँजीबजारको विकासमा गम्भीर असर पर्ने निश्चित छ । धितोपत्र वोर्डले रिलायबलको हकप्रद कार्यान्वयन गराएर मात्रै विलयको प्रक्रिया अगाडी बढाउन विशेष निर्देशन दिएर पूँजीबजारलाई शुद्धीकरण र सुदृढीकरण गर्दै लानु जरुरी छ ।(लेखक दाहाल कर्पाेरेट कानुन तथा सेयर बजारका जानकार हुन)
युरोपमा प्रयोग हुने अत्याधुनिक हतियार, बढ्दो खतरा र नियन्त्रण प्रयास
फ्र्यान्क वाल्टर स्टिमर, जर्मनीका विदेश मन्त्री इतिहासले के देखाएको छ भने हतियार नियन्त्रण सम्झौता मुलुक–मुलुकबीच रहेको विश्वासका कारण आउने नभई गुमेको विश्वासलाई पुनर्जीवित गर्ने सार्थक प्रयास हो । धेरैलाई आश्चर्य लाग्ने गरि युरोपको सुरक्षा फेरि एक पटक चुनौतिका रुपमा देखिएको छ । यसले युरोपको सुरक्षा चासोले युरोपको राजनीतिमा प्रमुख स्थान पाउन जरुरी बनाएको छ । युक्रेनमा सन् २०१४ मा द्वन्द्व सुरु हुनुभन्दा पहिले यहाँका प्रतिद्वन्द्वी समूहबीच विवाद ल्याउने संकेत देखिएको थियो । यो नयाँ विवादलाई साम्यवादी समूह र पूँजीवादी समूहवीचको वैरभावका रुपमा परिभाषित गरिएको छैन तर यसलाई सामाजीक तथा राजनीतिक व्यवस्थाबीचको विवादका रुपमा लिइने गरिन्छ । अझ सुक्ष्मरुपमा भन्नुपर्दा यसलाई स्वतन्त्रता, प्रजातन्त्र, कानूनको शासन र मानवअधिकारको लडाई साथसाथै भू–राजनैतिक क्षेत्रमा प्रभावका लागि हुने सङ्घर्षका रुपमा लिइन्छ । रसियाद्वारा क्रिमियालाई कब्जामा लिँदा अन्तरर्राष्ट्रिय कानूनको बर्खिलाप भएको भन्दै यसले युरोपको सुरक्षा संरचनाको आधारमाथि नै प्रश्नचिन्ह पैदा गरेको छ । यसबाहेक, युक्रेनमा देखिएको द्वन्द्वको स्वरुपमा नाटकीय रुपमा परिवर्तन भएको छ साथै तथाकथित मिश्रित सङ्घर्ष र गैरराज्यका खेलाडीको भूमिका मुख्य बनेकोे छ । घृणास्पद साइवर अपराध, युद्धक विमान, रोवट र विद्युतीय, लेजर तथा गतिरोधक जस्ता नयाँ प्रविधिले थप चुनौती ल्याएको छ । हातहयिार सम्वन्धि वर्तमान प्रयासहरूमा युद्ध सामना गर्ने नयाँ परिदृष्यहरू साना इकाई, उच्च युद्ध शक्ति, शीघ्र तैनाथी आदि समावेश गरिएका छैनन् । यूरोपमा अत नयाँ किसिमको सुरक्षा खतरा बढ्दो छ । नेटोको रणनितिलाई सन् १९६७ मा पुनःपरिभाषित गर्ने हार्मेल प्रतिवेदन आएपछि पश्चिमेली मुलुकले रसियासँग तनाव कम गर्ने र निवारण गर्नेगरी दुई खालका नीतिलाई अवलम्वन गर्न थालेका छन् । नेटोले पोल्याण्डको राजधानी वार्सामा गरेको वार्सा सम्मेलनले यसै बर्ष नेटोको यो दोहोरो रणनीतिलाई नवीकरण गर्ने प्रतिवद्धता जनाएको हो । हाम्रो सैन्य आश्वासन र राजनैतिक जिम्मेवारीअनुसार यूरोपमा सुरक्षाका लागि सहकार्य गर्न आवश्यक पर्ने सहयोगी भूमिकालाई स्वीकार गरिसकेका छौं । यो दोहोरो धारणाबाट स्वभावैले कठीन समस्या निम्त्याइन सक्छन् । प्रतिवन्ध वास्तविक र सबले देख्ने खालको हुन्छ र तनाव कम भएको पनि स्वभाविक रुपमा वास्तविक एवम् देखिने खालको हुनुपर्छ । तर जहिले यो नीतिबीच सन्तुलन कायम राख्न सकिदैन गलत विचार आउन थाल्छ अनि यसका बाँकी कुराले प्रतिक्रिया जनाउदा विवादलाई बढाउने खतरा रहन्छ । यस खतरालाई कम गर्न हामी ठोस उद्देश्यका साथ अघि बढ्नुपर्छ । युरोपमा हतियार नियन्त्रण प्रयास हतियारको चुनौतिलाई कम गर्न, पारदर्शी राख्न र युरोप तथा पश्चिमा देशबीचको विश्वास कायम गर्न परीक्षण भइसकेको सन्दर्भ हुनेछ । इतिहासले के देखाएको छ भने हतियार नियन्त्रण सम्झौता मुलुक–मुलुकबीच रहेको विश्वासका कारण आउने नभई गुमेको विश्वासलाई पुनर्जीवित गर्ने सार्थक प्रयास हो । सन् १९६२ मा क्युबाको क्षेप्यास्त्र सङ्कटले समग्र विश्वलाई नै आणविक विवादको सङ्घारमा पु¥यायो । तत्कालिन शक्तिराष्ट्रहरू अमेरिका र सोभियत संघबीचको सम्वन्ध निकै गिरेको अवस्थामा देखिएको उक्त सङ्कट पछाडि उनीहरूले विश्वलाई आफ्नो कित्तामा उभ्याउने कदम चाल्ने निर्णय लिए । यो सिद्धान्तले जर्मन शासक विली ब्राण्टको नयाँ पूर्वी सिद्धान्त ९निओ अस्टपोलिटिक्स०मा सन् १९६० तथा १९७० कोे दशकमा पनि स्थान पाएको देखिन्छ । आज आएर नयाँ र अझ गहिरो विवाद रसिया र पश्चिमा मुलुकबीच देखिएको छ र अहिले डरको विषय यो विवादलाई हामीले छिट्टै साम्य गर्न सकिदैन कि भन्ने रहेको छ । यो कठीन छ तर जति नै कठीन भएपनि हाम्रो प्रयास जारी रहनुपर्छ । खासगरी युक्रेन, सिरिया तथा अन्य मुलुकले पनि जुन चुनौति सामना गर्नुपरेको छ हतियार बृद्धिको चुनौति वा हतियारका कारण आउनसक्ने थप बाधाको सम्भावनालाई प्रभावशुन्य नपारेसम्म यस बिषयलाई कम आँकलन गर्नु हँुदैन । विश्वले यस विषयमा गम्भीररुपमा सोच्नु जरुरी छ । यदि युरोप र युरोप बाहिरका अन्य मुलुकमा पनि शान्तिका लागि प्रयास गरेनौ भने यसले विश्वको सुरक्षास्थितिलाई पक्कै नाजुक बनाउने छ त्यसैले हामीले तनाव कम गर्ने पाठ पहिल्यै सिकेर जति गहिरो विवाद भएपनि सम्वन्धलाई सुधार गर्नु जरुरी हुन्छ । दुर्भाग्यबस, अहिलेको हतियार नियन्त्रण र निशस्त्रिकरण व्यवस्था कमजोर अवस्थामा छ । रसियाले युरोपमा भएको परम्परागत सुरक्षा फौज सम्वन्धि सम्झौतालाई कार्यान्वयनमा ल्याएको छैन । यो सम्झौता अनुरुप सन् १९९० पछि यूरोपले भने तोप प्रहार गर्ने गाडी तथा अन्य ठूला हतियारलाई हटाएको छ । त्यसैगरी भीयना डकुमेन्ट–२०११ ले निर्दिष्ट गरे अनुसार सुरक्षा तथा सहयोगी भावनालाई सुनिश्चित गर्न पारदर्शिता एवम् विश्वासको वातावरण निर्माण गर्ने संयन्त्रहरूको व्यवस्था गर्न रसियाले चासो नदेखाएको र यसका कारण उक्त दस्ताबेज लागु हुन सकिरहेको छैन । यूरोपको सुरक्षा र सहकार्यका लागि कार्यरत संस्था (ओएससीई) को खुला आकाश प्रयोग सम्वन्धि सम्झौता पनि यसको उद्देश्य अनुरुप कार्यान्वयनमा आउन सकिरहेको छैन । रसियाद्वारा क्रिमियालाई कब्जामा लिएपछि बुढापेष्ट मेमोरेण्डम पनि प्रयोगमा नआएपछि दशकौंको कडा मेहनत लगाएर बनाइएको विश्वासको वातावरण पनि निर्दिष्ट काममा आउन सकेको छैन । रसियाले अझैपनि युरोपसँग हतियार नियन्त्रणका लागि भनेरे लगातार नयाँ छलफलका लागि आह्वान गर्दैछ । यो अर्थमा रसियाले आफ्नो वचन पनि पूरा गर्नु जरुरी देखिन्छ । यूरोपको सुरक्षा सम्वन्धि अवधारणा एक पक्षको सुरक्षा सतर्कता अर्को पक्षको सुरक्षा निम्ति खतराको रुपमा लिइने गरी चल्ने खालको हुनुहुदैन भन्ने ब्राण्टको अस्टपोलिटिकमा उल्लेखित परम्परागत हातहतियार नियन्त्रण सम्वन्धि सिद्धान्तको मर्म अनुसार हुनुपर्छ । मेरो विचारमा हात–हतियार नियन्त्रण सम्वन्धि पुन सञ्चालित अभियानले मुख्यतया पाँचवटा क्षैत्रहरूलाई समेट्नुपर्छ । खासगरी बाल्टिक क्षेत्रजस्ता सैन्य हिसाबले सम्वेदनशील क्षेत्रहरूमा हतियारको क्षेत्रिय सीमा तोक्ने, हतियारले हान्न सक्ने न्यूनतम दूरी तोक्ने र पारदर्षिता सम्वन्धि विधिहरू अपनाउने, परम्परागत ठूला सैन्य समूहभन्दा साना चुस्त र सजिलै परिचालन गर्न सकिने एकाई र परिबहन क्षमताजस्ता स्रोतहरूलाई ध्यान दिदै ताजा सैन्य सामथ्र्य र रणनितिहरूका बारेमा ख्याल गर्ने, ड्रोनजस्ता आधुनिक हतियार प्रणालीलाई समावेश गर्ने, सङ्कटका बेला ओएससिईले संचालनमा ल्याउने, प्रभावकारी, तत्काल परिचालन गर्न सकिने लचकदार र स्वतन्त्र प्रमाणीकरणका कार्यक्रमलाई अनुमति दिने र विवादग्रस्त क्षेत्रमा सैन्यबललाई प्रयोग गर्न सकिने जस्ता यी विषयमा हामीहरूमा समझदारी आवश्यक छ । यी जटीलमुद्दाहरूमा हामीले यूरोपको सुरक्षाप्रति चासो दिने शुभेच्छुक संघसंस्था तथा व्यक्तिसँग संरचनागत छलफल चलाउन चाहन्छौं । हाल जर्मनीले अध्यक्षता गरेको ओएससीई छलफलका लागि एउटा महत्वपूर्ण मञ्च हुनसक्छ । माथि उल्लेख गरिएका काम सजिलै गर्न सकिन्छ भनी निश्चयरुपमा भन्न त सकिदैन किनकी विश्व राजनीतिमा ध्रुविकरण बढेर गएको छ र रसियासँग यूरोपको सम्वन्ध तनावपूर्ण छ । तर यस कुराका लागि प्रयास नगर्नु भनेको हाम्रो गैरजिम्मेवारीपन हुनेछ । वास्तवमा रसियाले शान्तिका लागि अवलम्वन गरिनुपर्ने आधारभूत सिद्धान्त जस्तै प्रादेशिक अखण्डता ९इमान्दारिता०, सम्वन्ध बिस्तारमा स्वतन्त्रता र अन्तर्राष्ट्रिय कानूनको पहिचानलाई उल्लङ्घन गरेको छ जुन पश्चिमा मुलुकका लागि सम्झौताहीन शर्त हुन् । तरपनि वैमनस्यता र द्वन्द्वको भूमरीमा फस्नबाट जोगिन हामी सबै एक भएर लाग्नुपर्छ । पश्चिमा मुलुकको सुरक्षा रसियाको जस्तै खतरनाक बन्दै गइरहेको छ । इस्लामिक आतङ्कवाद, मध्यपूर्वमा पछिल्ला समयमा घटेका हिंसात्मक द्वन्द्व, असफल राज्य र आप्रवासी शरणार्थी समस्याले यूरोपमा खतरा सिर्जना गरेका छन् । दुवैतर्फ सुरक्षा क्षमता वर्तमान आवश्यकता भन्दा कम रहेको छ । यदि नयाँ हतियारको सही व्यवस्थापन गर्न चुकेको अवस्थामा कसैले पनि जित्ने छैन बरु सवै पराजित हुनुपर्नेछ । हतियार नियन्त्रण प्रयास यूरोपको सुरक्षा चासोमा काँध थाप्न चाहने सवै मुलुकसँग सहकार्यका लागि वास्तविक प्रस्ताव भएको हाम्रा विश्वास छ । यो समय असम्भव मानिने कुरालाई सहकार्यद्वारा सम्भव बनाउने समय हो । अनुवादः दिलीप शर्मा