जलसम्पदा उपयोगमा अनुकरणीय प्रयासः नेपालले पनि केही सिक्ने कि ?

वास्तबमा, नेपालमा जस्तो उच्च करेन्ट भएका नदीको वहाब र कम लागत जलबिद्युत उत्पादन गर्न सकिने भौगर्भिक बनावट बिश्व मै बिरलै पाईन्छ । यसैले जलबिद्युत उत्पादनको लागतपनि तुलनात्मक रुपमा कम रहेको छ । जबकी, समथर भूगोलमा बग्ने नदी जलबिद्युतको दृष्टिकोणवाट उपयोगी हुन सक्दैन । वा जलबिद्युत निकै महंगो पर्न जान्छ । सैद्धान्तिक रुपमा ८३ हजार मेगावाट र प्राबिधिक–आर्थिक रुपमा ४४ हजार ३७० मेगावाट जलबिद्युत उत्पादन गर्न सकिने सम्भबना देखिनु यही भौगर्भिक बनावटको कमाल हो । बस्तुतः आकार, भौगोलिक बनावट र वहाबका आधारमा बिभिन्न मोडल र स्वरुपका जलबिद्युत आयोजना निर्माण गर्न सकिन्छ । पहाडी क्षेत्रमा अनगिन्ती खोलानालाहरु रहेको छ । यी सानातिना खोलानाला लघु जलबिद्युतका दृष्टिकोणवाट उपयुक्त छन् । कन्काई, कमला, बबई, बाग्मती, तिनाउ, राप्ती मझौला आकारका नदीहरु हुन् । यी नदीहरु मझौला आकारको जलबिद्युत् आयोजना निर्माणका लागि उपयुक्त छन् । कोशी, गण्डकी र कर्णाली जस्ता बिशाल नदीहरु बृहत एबम् वहुउद्देश्यीय आयोजना निर्माणका लागि उपयुक्त छन् । माल पाईकनपनि चाल पाउन नसक्नु दुर्भाग्य मात्र होईन । कमजोरी हो । उपदेयता जलसम्पदामा नेपाल ब्राजिलपछि सर्बाधिक सम्भबना वोकेको मुलुक हो । जल बिना मानब जीबनको परिकल्पना समेत गर्न सकिदैन । कुनै मुलुकमा मुलुकमा जल प्रयाप्त छ भन्ने कुरा आफैमा सर्बोपरि हुन सक्दैन । सर्बोपरि भनेको पानीमा निहीत गुणबत्ता हो । वा गुणस्तर हो । बिश्वलाई ३ भाग लगाउने हो भने एक भाग जमिन र दुई भाग पानी रहेको छ । परन्तु, कूल पानी मध्ये बिश्वमा ३ प्रतिशत जल मात्र पिउन लाएक छ । जबकी नेपालको ९७ प्रतिशत जल पिउन लाएक छ । यसको अर्थ नेपालले पानी बोतल वा जारमा प्याकिङ गरेर बिक्री गर्न सकिन्छ भन्ने मात्र होईन यहाँको पानीमा मत्स्यपालन लगायतका बहुउपयोग गर्न सकिन्छ भन्नेपनि हो । प्रकृतिको उपहारको प्राप्त जल र जल सम्पदामा निहीत गुणबत्ता आफैमा बहुआयमिक सम्भाबना हो । परन्तु गुणबत्ताले भरिपूर्ण जल कौडी सहर उपयोग गर्न नसक्नु हाम्रो कमजोरी हो । आयोजनाको बर्गिकृत अबस्था लागत र निर्माण समयका आधारमा जलबिद्युत आयोजनाहरुलाई अल्पकालीन, मध्येकालीन र दीर्घकालीन गरी ३ समूहमा पृथकीकरण गरिएको छ । १२ सय मेगावाट क्षमताको बुढीगण्डकी, ९ सय मेगावाट क्षमताको अरुण तेस्रो, ९ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली, ७ सय ५० मेगावाट क्षमताको पश्चिम सेती, ६ सय मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी अल्पकालीन आयोजनाको रुपमा, २ सय १२ मेगावाट क्षमताको लामटाङखोला, २ सय २५ मेगावाट क्षमताको सप्तगण्डकी, ३ सय ३५ मेगावाट क्षमताको माथिल्लो अरुण, ४ हजार १ सय ८० मेगावाट क्षमताको माथिल्लो कर्णाली(जलासयुक्त) मध्यकालीन आयोजनाको रुपमा रहेको छ । ४ हजार ७ सय मेगावाट क्षमताको सप्तकोशी, १० हजार ८ सय मेगावाट क्षमताको कर्णाली–चिसापानी, ६ हजार ४ सय ८० मेगावाट क्षमताको पञ्चेश्वर दीर्घकालीन आयोजनाको रुपमा बर्गिकृत छ । २०७३ फागुनसम्ममा जलबिद्युत परियोजनावाट ९०७.७ मेगावाट र थर्मल प्लान्टवाट ५३.४ मेगावाट र सौर्यउर्जावाट १०० किलोवाट गरि कूल ९६१.२ मेगावाट मध्ये आपुर्ति भएको छ । उत्पादित बिद्युत मध्ये नेपाल बिद्युत प्राधिकरणको स्वामित्व रहेको परियोजनावाट ५३१.२ मेगावाट र निजी क्षेत्रवाट सञ्चालित जलबिद्युत् परियोजनावाट क्षेत्रवाट ४२९.७ मेगावाट आपूर्ति भएको छ । ०७२/७३ मा १८.५ मेगावाट मात्र अतिरिक्त उत्पादन भई कूल उत्पादन क्षमता ८५५.८९ मेगावाट पुगेकोमा ०७३÷७४ मा माथिल्लो मस्याङ्दी ए ५० मेगावाट, माथिल्लो मोदी २५ मेगावाट हेवा खोला १४.९ मेगावाट सहित १०९.८ मेगावाट थप भई ९६५.७ मेगावाट पुगेको छ । पिक डिमान्ड १ हजार ४ सय ४४ मेगावाट हुदा ४८२.९ मेगावाट वराबर लोडसेडिङ बेहोर्नु परेको अबस्था छ । कुनैपनि देशको जल सम्पदाले त्यस देशको आर्थिक बिकासमा महत्पूर्ण भूमिका खेलेको हुन्छ । पिउनको लागि तथा सिचाईको लागि पानी नभई नहुने साधन हो । नदी नालामा डुङ्गा, स्टिमर चलाई यातायात सुबिधा बिस्तार गर्न सकिएकमा आर्थिक बिकासमा टेवा पुग्न सक्छ । स्वच्छ जल मत्स्यपालन गर्न, जलक्रिडा गर्न, पर्यटकको मन बहलाउन पनि त्यतिकै बरदान साबित हुन्छ । जल सम्पदावाट जलबिद्युत उत्पादन गर्न सकिने हुदा आर्थिक रुपमा त्यो भन्दापनि अझ महत्व हो । प्रचुर सम्भबनाका वाबजुदपनि नेपाल जलबिद्युत उत्पादनमा नेपाल पछाडि परिरहेको छ । उक्त सन्दर्भमा चीन, भारत, नर्बे, इजिप्ट, भूटानले लगायतका मुलुकले गरेको तरक्की पठनीय छन् । चीन चीन, बिश्व कै सर्बाधिक जनसंख्या भएको मुलुक मानिन्छ । चिनियाँ कम्पनी थ्रिगर्जेज यांशीनदी थुनेर २२ हजार ५ सय मेगावाट क्षमताको बृहत आयोजना निर्माण गरेको छ । त्यसो त यांशी १६ हजार किलोमिटर लामो नदी मात्र होईन बिश्व मै सर्बाधिक जनधन नोक्सान गर्ने नदी कहलिन्थ्यो । बिगत २ हजार बर्ष पर्यन्त अनेकन क्षेति पुर्याउदै आएको यांशी चीनको दुःखको रुपमा पनि चिनिन्थ्यो । अक्सर प्रत्येक दशमा तहस नहस गर्दथ्यो । अहिले त्यही नदी चीनको अर्थतन्त्रमा बरदान साबित भएको छ । जलबिद्युत उत्पादनको अलवा थ्रिगजर्जे हाई ड््याम प्रोजेक्ट अबलोकन गर्न बर्षेनी लाखौ पर्यटक ओइरन्छन् । सिचाई, मत्स्यपालन, पिउनेपानी सुबिधा पुर्याईको छ । आयोजना निर्माण पूर्ब बिस्थापित १२ लाख मानिसको उचित ब्यस्थापन भएको थियो । परियोजना निर्माणका लागि १७ बर्षको लामो अबधि खर्चनु मात्र परेको थिएन, हजारौं इन्जिरियहरुले रातोदिन कार्य गरेका थिए । नेपालमा जस्तो स्थानीयवासीवाट थुनछेक भएको थिएन । पहिलो पटक निर्मित ड््याम गुणस्तरीय नभएको कारण बर्षौ लगाएर निर्मित संरचना एक सेकेन्डमा ध्वस्त पारिएको थियो । तत् पश्चात १० गुना बढि कंक्रिड हाली ड््याम निर्माण गरिएको थियो । गुणस्तरमा कुनै सम्झौता नभएको कारण थ्रिगर्जेज बिश्व कै मजबुत ड््याम मानिन्छ । जमिन मुुनि यति धेरै कंक्रिड बिच्छाइएको छ कि सो पानीले जमिनलाई कुनै क्षेति पुर्याउन सक्दैन । ड््याम त्यति कै मजबुत बनाइएको छ । यांशीनदीले चाहेरपनि तोडन सक्दैन । भारत भारत, जो २ सय बर्षसम्म ब्रिटेनको दासत्व भोगेको मुलुक मानिन्छ । स्वतन्त्र हँुदाका समयमा भारतकोे जलबिद्युत उत्पादन १३ सय मेगावाट मात्र मात्र थियो । पछिल्लो ५ दशकमा १० गुना उत्पादन बृद्धि गरेको छ । कूल गार्हस्थ्य उत्पादनमा जलबिद्युतको हिस्सा २.५ प्रतिशत हिस्सा छ । जलबिद्युत क्षेत्रमा बार्षिक उत्पादन बृद्धि दर २५०० मेगावाट छ । जबकी भारतले पहिलो पटक सन् १८९७ मा १३० मेगावाट क्षमताको जलबिद्युत आयोजना दार्जलिङ नजिकको पश्चिम वंगालमा निर्माण गरेको थियो । जुन फर्पिङ जलबिद्युत आयोजना भन्दा १८ बर्ष पहिले मात्र हो । भूटान भूटान, केही समय पूर्ब दक्षिण एशिया कै नाजुक मुलुकको रुपमा चिनिन्थ्यो । नेपाल जस्तै भू–परिबेष्टित मुलकु मात्र होइन क्षेत्रफल गरिब ४ गुना सानो मुलुक पनि हो । जसको क्षेत्रफलल ३८ हजार ३९४ बर्ग किमी मात्र रहेको छ । अहिले भूटानले जलसम्पदाको उपयोग गरि नेपाललाई उछुनी सकेको छ । यहाँ सम्म कि बिश्वको उदायमान अर्थतन्त्र भारतको लगानी भित्राई उसैलाई बिजुली बिक्री गरिरहेको छ । इजिप्ट इजिप्ट, जसलाई नाईलको देन पनि पनि मानिन्छ । उसले सन् १९७० ताका इजिप्टको नाईल नदीमा निर्मित हाई ड््याम प्रोजेक्टबाट उर्जा निर्माण गरेको थियो । अहिले उक्त अयोजना उर्जा आबश्यकता सम्बोधन मात्र गरेको छैन, कृषि, पर्यटन, उद्योगको मेरुदण्ड बनेको छ । नर्बे नर्बे, जलबिद्युत उत्पादनको नायक मुलुक मानिन्छ । जबकी नर्बेेले, नेपाल भन्दा ५० बर्ष पछाडि जलबिद्युत उत्पादन सुरु गरेको थियो । जलबिद्युत क्षेत्रमा निरन्तर लागि रहँदा अहिलेसम्म करिब ३० हजार मेगावाट जलबिद्युत उत्पादन मात्र गरेको छैन, नेपाल लगायतका मुलुकहरुमा जलबिद्युत क्षेत्रमा लगनीको गरेको छ । नेपालको पहिलो निजी क्षेत्रको पहिलो जलबिद्युत आयोजना अर्थात ६० मेगावाट क्षमताको खिम्तीमा उसको लगानी रहेको छ ।

सेयरमा लगानी गर्नुभन्दा बचतमा दोब्बर फाइदा, मोलमोलाई गर्नेलाई उपहार पनि

लेखक सेयर बजार ध्वस्त हुन लाग्यो भनेर सेयर बजारमा हाईक्राई भईरहेको छ । केही लगानीकर्ता नेप्सेको दैलोमा आमरण अनसन बसेका छन् । अनसनलाई लगानीकर्ताहरुको एउटा तप्काले स्वभाविक मानेको छ, राम्रो प्रयास ठानेको छ । तर, पुँजीबजारको नियामक नेपाल धितोपत्र बोर्डले मंगलबार विज्ञप्ती जारी गर्दै यस्तो कार्यलाई ‘अवाञ्छित’ गतिविधिको संज्ञा दिएको छ । वास्तविकता नेप्सेमा उतारचढाब जारी छ तर सेयर बजार ध्वस्त भईरहेको छैन । खराब कम्पनीहरुको सेयर मूल्यमा उच्च गिरावट आएको छ । राम्रा कम्पनीको सेयर मूल्य स्थीर छ, केही कम्पनीको मूल्य बढेको पनि छ । गत एक वर्षमा हिमालयन डिस्ट्रलरीको सेयर मूल्य प्रतिकित्ता ९२६ रुपैयाबाट १५२० रुपैयाँसम्म पुग्यो । जान्ने बुझ्नेले मालामाल कमाए । राम्रा कम्पनीको सेयर मूल्य अहिले पनि महँगो छ । नेप्सेका अनुसार मंगलबार युनिलिभर नेपालको सेयर प्रतिकित्ता २३ हजार ४०२ रुपैयाँमा कारोबार भयो । राष्ट्रिय बीमा कम्पनी सेयर प्रतिकित्ता ९ हजार २२० रुपैयाँमा कारोबार भयो । जनउत्थान सामुदायिक लघुवित्तको सेयर प्रतिकित्ता २ हजार ५८९ रुपैयाँमा किनबेच भयो । नागरिक लगानी कोषको सेयर १ हजार ६१० रुपैयाँमा किनबेच भईरहेको छ । लाइफ इन्स्योरेन्स कम्पनी नेपालको सेयर प्रतिकित्ता १ हजार ५८० रुपैयाँमा करोबार भईरहेको छ । सगरमाथा इन्स्योरेन्स कम्पनीको सेयर प्रतिकित्ता १ हजार २४२ रुपैयाँमा कारोबार भईरहेको छ । उल्लेखित कम्पनीहरु समूहगत प्रतिनिधि मात्र हुन् । नेप्से ११६८ अंक हुँदा धेरै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ११६९ रुपैयाँ भन्दा माथि छ । अंकित मूल्य १०० भएको तर बजार मूल्य त्यो भन्दा पनि कम भएका कम्पनीहरु पनि प्रशस्त छन् । छ्याङदी हाइड्रोको ९८ रुपैयाँ, कर्पोरेट डेभलपमेन्ट बैंक ९७ रुपैयाँ, गोर्खा फाइनान्सको ९८ रुपैयाँ, जेविल्स् फाइनान्स ९७ रुपैयाँ, खानीखोला हाइड्रोपावरको ९६ रुपैयाँ, नेशनल हाइड्रो पावरको ७० रुपैयाँ, रिडी हाइड्रोपावर ९८ रुपैयाँ, सिनर्जी पावर डेभलपमेन्टको सेयर मूल्य ९७ रुपैयाँमा झरेको छ । संसारमा परोपकारी मान्छेभन्दा ठग मान्छे धेरै हुन्छन् । राम्रा कम्पनी भन्दा खराब कम्पनी धेरै हुन्छन् । नेप्सेमा सूचिकृत २१२ कम्पनी मध्ये खराब कम्पनीहरुको सूचि बनाएर, तिनको मूल्य हेरेर सेयर बजार ध्वस्त भयो भन्नु आधा भरी पानी भएको गिलासलाई रित्तो भन्नु जस्तै हो । नेप्से भन्दा व्याजदर वृद्धि उच्च विगत एक वर्षमा नेप्से अधिकतम १४६७ र न्यूनतम १११८ अंकको बीचमा तलमाथि गरिरहेको छ । यहि अवधिमा निक्षेपको व्याज १० देखि १३.५० प्रतिशतको बीचमा तलमाथि भईरहेको छ । प्रतिशतमा हेर्दा नेप्से बढीमा २३ प्रतिशतले तलमाथि भएको छ तर व्याजदर ३५ प्रतिशतले तलमाथि भएको छ । नेप्से भन्दा उच्च दरमा व्याजदर घटबढले बैकिङ क्षेत्रमा हाइक्राई छ । पुसको ठण्डिमा पनि बैंकका उच्च व्यवस्थापकहरु खलखली पसिना चुहाएर काम गर्दैछन् । ऋणीहरुको हालत झनै खराब छ । उच्च व्याजदरमा ऋण लिएर सेयरमा लगानी गर्नेको भ्यालु लागभग माटो सरह भईसकेको छ । यस परिवेसमा केही लगानीकर्ताहरु आमरण अनसनमा बस्न पुगेका छन् । बैंकमा बचत गर्दा तीन गुणा फाइदा नबिल बैंकले ३४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । मंगलबार बैंकको सेयर मूल्य ८५८ रुपैयाँ छ । अहिलेको मूल्यमा नविल बैंकको सेयर किन्नेले ३.९४ प्रतिशत प्रतिफल पाउने छन् । नविल बैंकको त्यहि सेयर आजको मूल्यमा बेचेर नविल बैंकमै मुद्दती खातामा राख्ने हो भने १३.५० प्रतिशत प्रतिफल पाउने छन् । नविलको सेयर किन्नु भन्दा नविल बैंकमा नै निक्षेप राख्नु ३४२ प्रतिशत बढी प्रतिफल पाउनु हो । नविल मात्र होइन, नेपाल टेलिकमको सेयरले दिने प्रतिफल भन्दा हिमालयन बैंकले दिने मुद्दती व्याज दोब्बर छ । अपि पावर कम्पनीको सेयरमा गरिएको लगानीले दिने प्रतिफल भन्दा कुमारी बैंकले दिने व्याज ३५० प्रतिशत बढी हुन्छ । समग्रमा सेयरमा लगानी गर्ने लगानीकर्ताले पाउने प्रतिफलभन्दा मुद्दतीमा राख्नेले दोब्बरभन्दा बढी प्रतिफल पाइरहेका छन् । साथमा उपहार पनि अर्को भित्री कुरा पनि छ, जुन बाहिर आएको छैन । केही बैंकहरुले ठूला निक्षेपकर्तालाई व्याज मात्र होइन उपहार पनि दिन्छन् । करोड रुपैयाँभन्दा बढी बैंकमा बचत राख्न सक्ने व्यक्ति वा संस्थाका कार्यकारी प्रमुखले अतिरिक्त लाभ पाउन थालेका छन् । निक्षेपकर्ताको आवश्यकता अनुसार मोवाइल, टिभी, एसी, फर्निचर, सुट लगायतका सामाग्रीहरु बैंकले उपहार दिन थालेका छन् । विल बैंकको नाममा काटिन्छ । बैंकले आन्तरिक प्रयोग वा व्यापार प्रवद्र्धन शिर्षकमा खर्च देखाउँछ । सामान निक्षेपकर्ताले उपहार स्वरुप सित्तैमा पाउँछ । उपहारमा लाग्ने कर पनि तिर्नु पर्दैन । यतिसम्म राणा, शाह लगायत नेपालका कुलिन वर्ग जो करोडौ रुपैयाँ बैंकलाई निक्षेप दिन सक्छन्, उनीहरुको ठूला परिवारिक भोज भतेरको बील पनि बैंकको नाममा कटिन्छन्, बैंकले बिजनेशन प्रमोशन शिर्षकमा खर्च समायोजन गर्छ । केही ठूला कर्पोरेट हाउसले समेत यस्तो भार बैंकलाई बोकाउने गरेका छन् । राष्ट्र बैंकले छानविन गर्ने र प्रतिवेदन सार्वजनिक पनि गर्ने हाे भने वास्तविकता बहिर आउने छ ।  वित्तीय बजारकाे सुशासनमा पनि त्यसले बल पुर्याउनेछ । बोनस सेयर र भ्रम केही लगानीकर्तामा बोनस सेयरबारे भ्रम छ । बोनस सेयर आउँदै छ, त्यसमा धेरै फाइदा छ । बजार मूल्य ८५८ रुपैयाँ भएको बोनस १०० रुपैयाँमा पाइन्छ । बोनस सेयरपछि मूल्य कति घट्छ भनेर हेक्का राख्न जरुरी छ । नेपाल टेलिकमले ५५ प्रतिशत नगद लाभांश दिदैछ । बुक क्लोजपछि यस कम्पनीको सेयर मूल्य घट्ने भनेको ५५ देखि ६५ रुपैयाँ मात्र हो । तर ३४ प्रतिशत लाभांश दिने नविल बैंकको मूल्य समायोजन हुँदा ३४ रुपैयाँ मात्र घट्दैन । कम्तिमा १०६ रुपैयाँ देखि ११६ रुपैयाँले बजारमा गिरावट आउने छ । सेयर संख्या बढे पनि त्यसको मूल्य बराबरी हुन जान्छ । विगत तीन वर्षका नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य करिब ४५०० बाट ९०० रुपैयाँमा झर्यो । एभरेष्ट बैंकको सेयर प्रतिकित्ता करिब ३४०० बाट ५३६ रुपैयाँमा झर्यो । तर नेपाल टेलिकमको सेयर मूल्य करिव ६०० बाट ७५० रुपैयाँभन्दा माथि गयो । नगद लाभांश दिने र बोनस सेयर दिने कम्पनीको सेयर मूल्यमा देखिएको प्रष्ट उदाहरण हुन् यी । यस अवधिमा नेपाल लाइफ इन्स्योरेन्स वा एभरेष्ट बैंकको वित्तीय अवस्था खराब भएर सेयर मूल्य घटेको होइन । नेपाल टेलिकमको वित्तीय अवस्थामा चमत्कारिक सुधार भएर सेयर मूल्य बढेको होइन । बीमा र बैंकहरुले बोनस सेयर दिदै गए । मूल्य समायोजन हुँदा धेरै मूल्य घट्यो । टेलिकमले नगद लाभांश दियो । मूल्य समायोजनले धेरै मूल्य घटेन । बरु हरेक वर्ष मूल्यले नयाँ उचाई लिँदै गयो । त्यसैले हो पुँजी बजार विकास भएको देशमा कम्पनीले बोनस सेयर घोषणा गर्यो भने कम्पनीको सेयर मूल्य घट्ला तर बढ्दैन । नेपालमा बोनस सेयर होइन, हकप्रद सेयर घोषणा भयो भने पनि मूल्य वृद्धि हुन्छ । भविष्य नि ? निक्षेपमा उच्च व्याज र उपहार आजको फाइदा हुन् । ‘भविष्यमा त सेयर बजारले नै राम्रो पे गर्छ । पैसा निक्षेपमा राखेपछि व्याज मात्र आउँछ, सेयरमा लगानी गरेपछि बोनसबाहेक मूल्य वृद्धिबाट पनि लाभ लिन सक्ने सम्भावना हुन्छ’ तपाईको मनमा यो तर्कले पक्कै बास गरेको छ । नविलले २ वर्षसम्मका लागि, हिमालयन र कुमारी बैंकले ३ वर्षसम्मको लागि मुद्दतिमा १३.५ प्रतिशत व्याज दिएका छन् । एनआईसी एशिया, सानिमा, सिद्धार्थ लगायत बैंकले १० देखि ११ प्रतिशत व्याज तोकेर ७ देखि १० वर्षसम्मका लागि ऋणपत्र जारी गरिरहेका छन्, जुन बिक्री भएको छैन । वाणिज्य बैंकको मुद्दतीमा वा ऋणपत्रमा लगानी गर्नु पूर्ण सुरक्षित हुन्छ । मुद्रास्फिति दर ६ प्रतिशतभन्दा कम हुँदा मुद्दतीको व्याज १३.५ प्रतिशत छ । तैपनि ऋणपत्र नबिकेर, उच्च व्याजदरमा आवश्यकताअनुसार निक्षेप नआएर बैकर्सहरु बढो तनाव बोकिरहेका छन् । बैंकले निक्षेपकर्तालाई दिएको उच्च व्याजदर र त्यसको अवधिले कम्तिमा तीन वर्ष निक्षेपको व्याजदर उच्च हुन्छ भन्ने संकेत गरिरहेको छ । ऋणपत्रको व्याज र त्यसको अवधिले अगामी ७ देखि १० वर्ष निक्षेपको व्याज ९-१० प्रतिशतभन्दा कम नहुने संकेत गरिरहेको छ । बैंकहरुको क्यापिटल एडेक्वसी करिब १५ प्रतिशत छ । त्यसले बैंकहरुले पुँजीलाई पोसाउने गरि लगानी विस्तार गर्न नसकेको संकेत गरिरहेको छ । नेप्से त्यतिबेला १८८१ अंकमा चढेको थियो जतिबेला बैंकहरुले मुद्दतीमा बढीमा ५ प्रतिशत व्याज दिन्थे, बचतमा १ देखि ३ प्रतिशत व्याज दिन्थे । त्यतिबेला सेयरमा लगानीकर्ता कम्तिमा ५-६ प्रतिशत लाभांश पाउँथे । जबसम्म निक्षेपको व्याज र सेयर लगानीकर्ताले पाउने प्रतिफल बराबर नजिक हुुँदैन, तबसम्म सेयरको मूल्य वृद्धिमा आड मिल्दैन । सेयर आपूर्ति राम्रो हुने देखिन्छ । करिब ३५ वटा कम्पनीले हकप्रद सेयर, साधारण सेयर र बोनस सेयर जारी गर्नेछन् अबको दुई वर्षसम्म । नेपाल लाईफ, नेशनल लाइफ, शिखर इन्स्योरेन्ससहित बढीमा ४ वटा कम्पनीले मात्र नगद लाभांश दिनेछन् । नविल, इन्भेष्टमेन्ट, एनआईसी एशिया, हिमालयन, ग्लोबल आईएमई, प्रभु लगायत केही बैंकहरुको क्यापिटल एडेक्वसी टाईट हुँदैछ । उनीहरुले बोनस सेयर दिदै जानेछन् । धेरै बैंकहरु ऋणपत्र जारी गर्न डीलमा बसेका छन् । जलविद्युत र सिमेन्ट कम्पनीहरु, हस्पिटल, दुरसञ्चार, हवाई, पूर्वाधार विकास बैंक जस्ता सेवा प्रदायक कम्पनीहरुले ठूलो परिणाममा साधारण सेयर निष्काशन गर्दैछन् । अबको दुई वर्षसम्म बैंकको व्याज उच्च रहने र सेयर आपूर्ति पनि उच्च रहने सम्भावनाले सेयर मूल्य वृद्धिबाट लिन सक्ने लाभको सम्भावना कम हुन्छ ।

कर्जाको व्याजमा हस्तक्षेप जरुरी छ, निक्षेपको व्याजमा होइन

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार २ करोड ३५ लाख ४४ हजार निक्षेप खाता छन् । १३ लाख १ हजार कर्जा खाता छन् । यो तथ्याङ्क २०७५ भदौ मसान्तको हो । विवाद गर्नु पर्दैन, राष्ट्र बैंकको तथ्याङकमा डुब्लिेकेशन छ । एक व्यक्तिले एक भन्दा निक्षेप खाता खोलेका हुन्छन् । एउटै कम्पनीले एक भन्दा बढी बैंकबाट कर्जा लिएका हुन्छन् । बैंकिङ सुविधा लिनेमा ९४.४८ प्रतिशत निक्षेपवाला छन् र ५.५२ प्रतिशत कर्जावाला छन् । निक्षेपको व्याज वृद्धिले करिब ९४ प्रतिशत बैकिङ् ग्राहक लाभान्वित भएका छन् र कर्जाको व्याज वृद्धि हुँदा करिब ६ प्रतिशत ग्राहकलाई आर्थिक दाहित्व थपिन्छ । तर आम जनताको पक्षमा नीति बनाउने सरकारी अधिकारीहरु बैकिङ् ग्राहक मध्ये ६ प्रतिशतको पक्षमा बोलिरहेका छन् । ९४ प्रतिशत ग्राहकको पक्षमा आवाज बन्द भएका छन् । वर्तमान गभर्नर डा. चिरञ्जीवि नेपालले सार्वजनिक मञ्चमा सबैभन्दा बढी जोड दिएर उठाउने विषय हो बैंक चल्ने निक्षेपकर्ताको पैसाले हो । निक्षेपकर्ताको हित र सुरक्षा नियामक निकाय राष्ट्र बैंकको पहिलो प्राथमिकता हो । गभर्नर नेपालको यो विचारमा सबैको सहमति छ । सरकारी अधिकारीहरु, सञ्चारकर्मीहरु, बैंकका लगानीकर्ता, सञ्चालक, उच्च व्यवस्थापन, उद्यमी, व्यापारी सबैले स्वीकार गर्छन् । मंसिर १८ गते जनता बैंकले निक्षेपकर्तालाई १२ प्रतिशत व्याज दिन घोषणा गर्यो । १९ गतेदेखि माछापुच्छ्रे बैंकले १२.५ प्रतिशत व्याज दिन थाल्यो । २० गते कुमारी बैंकले १३ प्रतिशत व्याजमा निक्षेप लिन थाल्यो । अन्ततः व्याज वृद्धिले आयात वृद्धिलाई सघाउँछ । बैदेशिक व्यापार घाटालाई बढाउँछ । नेपाली अर्थतन्त्रको सबैभन्दा ठूलो समस्यालाई झन् जटिल बनाउँछ । २० गते साँझ नेपाल बैंकर्स संघको वार्षिक साधारणसभालाई सम्बोधन गर्ने क्रममा गभर्नर नेपाल आक्रोशित भए । निक्षेपको व्याजदर बढाएर राष्ट्र बैंकलाई नजिस्काउन चेतावनी दिए । त्यति मात्र होइन, राष्ट्र बैंक मौन नबस्ने जनाउ दिए । त्यहि दिन बिहान मुद्रा बजार र पुँजी बजारमा देखिएको मूल्य अस्थीरतालाई स्थीर बनाउने विधि खोज्न अर्थमन्त्री डा. युवराज खतिवडाले एउटा कार्यदल बनाएका छन् । डेपुटी गर्भनर शिवराज श्रेष्ठ संयोजक रहेको उक्त समितिले काम गर्दैछ । यहि सातामा उसले समस्या समाधानको विधि सिफारिस गर्दैछ । यहि बीचमा उद्योगी व्यापारीहरु भावी नीतिमा आफ्नो प्रभाव छोड्न सक्रिय भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले २० बुँदे सुझाव गभर्नरलाई बुझाएको छ । व्याज वृद्धिको असर निक्षेपको व्याज वृद्धिले कर्जाको व्याज वृद्धि गर्छ । कर्जाको व्याज वृद्धिले उत्पादन लागत बढाउँछ । उत्पादन लागत वृद्धि हुँदा बस्तु तथा सेवाको बिक्री मूल्य वृद्धि हुन्छ । अन्तिममा सर्बसाधारणलाई नै भार पर्ने हो । सरसरर्ती हेर्दा उद्योगीलाई पनि नोक्सान नहुनुपर्ने हो । तर हामीले खुला र प्रतिस्पर्धात्मक बजार तथा विश्वव्यापीकरणलाई भुल्नु हुन्न । नेपालको वित्तीय बजारमा मात्र कर्जाको व्याजदर उच्च हुँदा नेपाली उत्पादनको मूल्य विदेशी उत्पादनको तुलनामा महँगो हुन जान्छ । प्रतिस्पर्धी बजारमा नेपाली उत्पादन महँगो हुँदा विदेशी उत्पादनको उपभोग बढ्छ । नेपाली उद्योग थला पर्छन् । अन्ततः व्याज वृद्धिले आयात वृद्धिलाई सघाउँछ । बैदेशिक व्यापार घाटालाई बढाउँछ । नेपाली अर्थतन्त्रको सबैभन्दा ठूलो समस्यालाई झन् ठूला बनाउँछ । हस्तक्षेप जरुरी निक्षेपकर्ताले राम्रो व्याजदर पाउँदा सरकारी अधिकारीहरुको टाउको दुःखेको छ र कर्जाको व्याज निर्धारण प्रक्रियामा बैंकहरुले अपनाउँदै आएको गलत अभ्यासप्रति सरोकारवाला सबैले मौन समर्थन जनाउँदै आएका छन् । व्याजदरमा सरकारी हस्तक्षेप जरुरी छ तर निक्षेपमा होइन, कर्जाका व्याजदरमा हस्तक्षप हुनुपर्छ । बैंकिङ क्षेत्रमा भित्रभित्र ठूलो आक्रोश बढिरहेको छ । त्यो आक्रोस सामाजिक सञ्जालमा व्यक्त पनि भईरहेको छ । यस्तो आक्रोश निक्षेपको व्याजप्रति छैन, कर्जाको व्याजदरप्रति आक्रोश बढेको छ । बैंकहरुले हिजो ८ प्रतिशतमा दिएको कर्जाको व्याज १३ प्रतिशत बनाए, ९ प्रतिशतमा दिएको कर्जाको व्याज १४ प्रतिशत बनाए, १० प्रतिशतमा दिएको कर्जाको व्याज १५/१६ प्रतिशत बनाए । समस्याको जड यहिभित्र छ र उपचार पनि यहि खोजी हुनुपर्छ । ९ प्रतिशत व्याज तोकेर १५ वर्षको लागि घर कर्जा दिने । पछि निक्षेपको व्याज बढ्यो भनेर ९ प्रतिशत व्याज तोकिएको कर्जामा १४/१५ प्रतिशत व्याज असुली गर्न थालिएको छ । घर कर्जामा मात्र होइन, सवारी कर्जा, सेयर कर्जा, व्यापार कर्जा, उद्योग कर्जा सबैमा यस्तै भएको छ । जसरी मुद्दती खातामा, ऋणपत्रमा व्याजदर स्थीर हुन्छ त्यसरी नै जति अवधिको लागि ऋण सम्झौतामा भएको छ त्यति अवधिको लागि ऋणको व्याजदर स्थीर राखिनुपर्छ । यहाँँ बैंकहरु प्रोफेशनल भएनन्, ऋणीमाथ जबर्जस्ती गरिएको छ । बैंकहरुले अभ्यास गरेको यस्तो शैली नियन्त्रण गर्न जरुरी छ । राष्ट्र बैंकले यहि हस्तक्षेप गर्नुपर्छ । जसरी मुद्दती खातामा, ऋणपत्रमा व्याजदर स्थीर हुन्छ त्यसरी नै जति अवधिको लागि ऋण सम्झौतामा भएको छ त्यति अवधिको लागि ऋणको व्याजदर स्थीर राखिनुपर्छ । यो विधिमा जाँदा न ऋणिलाई समस्या हुन्छ, न निक्षेपकर्तालाई समस्या हुन्छ । बैंकहरुको नाफा पनि घट्दैन । व्याजदरको अस्थीरताले बैंकका सीईओहरुलाई पनि धेरै टाउको दुखाउँदैन । यसो गर्दा एकदिन अघि मुद्दती खातामा १० प्रतिशत व्याज दिने, भोलिपल्ट १३ प्रतिशत व्याज घोषण गर्ने अभ्यासको अन्त्य हुन्छ । एकै पटक ३० प्रतिशत व्याज बढाउने निर्णय गर्नुपूर्व बैंकहरुले व्याज आम्दानीको स्रोत विश्लेषण गर्न बाध्य हुनेछन् । व्याजदर नियन्त्रण गर्ने विधि अरु पनि हुन सक्छन् । स्प्रेडदर घटाउने, बेसरेट क्यालकुलेशन विधि परिवर्तन गर्ने, निक्षेपको अधिकतम व्याजदर सीमा तोक्ने विधि पनि हुन सक्छन् । तर खुट्टामा काँडो विजेको छ, तोलु कोट्याएर काँडो निस्कदैन । बजारको आवश्कता र वाध्यता पनि हेरिनुपर्छ । आज धेरै बैंकहरुले १३ प्रतिशतभन्दा कम व्याजदरमा कर्जा दिन बन्द गरेका छन् । यति हुँदा हुँदै पनि कर्जाको माग बढेको छ । कर्जाको माग वृद्धिले नै बैंकिङ क्षेत्रमा लगानी योग्य पुँजीको कमी भएको हो र निक्षेपको व्याज बढेको हो । जतिबेला आर्थिक वृद्धि २/३ प्रतिशत मात्र हुन्थ्यो त्यतिबेला पनि कर्जाको व्याजदर १०/११ प्रतिशत नै हुन्थ्यो । अर्थात आर्थिक वृद्धिदर भन्दा तीन गुणा बढी कर्जाको व्याज देखिन्थ्यो । अहिले आर्थिक वृद्धिदर ६/७ प्रतिशतको बीचमा देखिन्छ । १३/१४ प्रतिशतमा व्यवसायीले कर्जाको माग गर्नु गलत पनि होइन । यस्तो अवस्थामा निक्षेप वृद्धिका लागि बैंकहरुले गरेको सकारात्मक प्रयासलाई सरकारले हस्तक्षेप गर्ने होइन । विगतमा १०, ११ वा १२ प्रतिशत जतिमा कर्जा लगानी सम्झौता भएको छ त्यसमा स्थीर रहन राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिने हो भने सबैको हित हुने देखिन्छ । तीन महिनाको लागि मात्र होइन, संधैको लागि स्थीर बनाइनु पर्छ ।