युनाइटेड ट्रेडर्सले सार्वजनिक गर्यो टोयोटा ड्रिम कार कन्टेस्टका विजेताको नाम
काठमाडौँ । टोयटाको नेपालकै एकमात्र अधिकृत बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लिले टोयोटा ड्रिम कार राष्ट्रिय प्रतियोगिताको बिजेताको नाम सार्वजनिकसमारोहको आयोजना गरेको छ । २०१८ नोभेम्बर २०१८ देखि २०१९ फेब्रुअरीसम्म संचालित सो प्रतियोगितामा ९०० भन्दा बढीको सक्रिय सहभागिता रहेको थियो । प्रतियोगितामा प्रवेश भएका सहभागीहरु मध्ये हरेक चरणका ३ उत्कृष्ट बिजेताहरुलाई छनौट गरि जापानमा हुन गइ रहेको विश्व प्रतियोगितामा सहभागि गराइने भएको कम्पनीले जनाएको छ । प्रतियोगिताले विश्वव्यापक रुपमा हरेक उमेरका बालबालिकाहरुको कला र प्रतिभालाई चित्रण गरी भबिष्यको सवारी उत्पादनमा नयाँ स्वोरुप दिन सकिने हिसाबले सो प्रतियोगिताको आयोजना गरिएको हो । हरेक आविष्कार सपनाको अद्भुत स्वरुप हो (एभ्री ग्रेट आइडिया वाज बोर्न इन दि ग्लिमर अफ अ ड्रिम), यस मूल मन्त्रलाई आत्मसाथ गरी टोयोटाले आफ्नो हरेक उत्पादनलाई नयाँ उचाइ तर्फ लग्ने र यस्ता प्रतियोगिताले अझ आउने पिढीलाई प्रोत्शाहन र प्रेरणा गर्नेमा टोयोटा बिश्वस्त रहेको जनाइएको छ ।
२ हजार अटो व्यवसायी धर्नामा, दोहोरो करको बिरोध
सुर्खेत । सरकारले दोहोरो कर लगाएर आफूलाई मर्कामा पारेको भन्दै सुर्खेतका अटो व्यवसायी वीरेन्द्रनगर नगरपालिकामा धर्नामा बसेका छन् । उनीहरुले एउटै जिल्ला र स्थानमा अटो सञ्चालन हुँदा पनि राज्यलाई तिर्नु परेको दोहोरो करले अन्यायमा पारेकाले विरोधमा उत्रेको बताएका छन् । अटो व्यवसायी खडगबहादुर दर्लामीले यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेशमा चार हजार ५०० तिरेर पञ्जीकरण गरिसक्दा नगरपालिकाले थप पाँच हजार कर लादेको आरोप लगाउनुभयो । “नगरपालिकाले यति ठूलो कर लगाएर हामी व्यवसायीको ढाड सेक्ने काम गरेको छ”, दर्लामीले भने, “न्यायिक कर लगाएर अटो व्यवसायीलाई व्यवस्थापन गरियोस् ।” व्यवसायीमैत्री कर निर्धारण गर्न राखिएको माग पूरा नगरिए स्थानीय सरकारका विरुद्ध सडक आन्दोलन चर्काउने उनीहरुले चेतावनी दिएका छन् । वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार वार्षिक रु पाँच हजार व्यावसायिक कर लगाइएको जनाए । “ऐनले स्पष्ट तोकेका आधारमा स्थानीय सरकारले अटो व्यवसायीको सुरक्षा, पार्किङ र व्यवस्थापनका लागि व्यावसायिक कर निर्धारण गरेको छ”, उपप्रमुख ढकालले भनिन्, “यसका लागि हामीले कार्यविधि पनि पारित गरेका छौँ ।” यसअघि दर्ता प्रक्रियामा आउन अटो व्यवसायीलाई सूचना जारी गरिसकेको जनाउँदै उनले व्यवसायीका लिखित गुनासो प्राप्त भएअनुसार नगरसभाबाट सम्बोधन गरिने बताए । हाल सुर्खेतमा दुई हजार २०० अटो सञ्चालन हुँदै आएको व्यवसायीले बताएका छन् ।
कारवाहीमा परे ६ हजार ट्याक्सी चालक, यसरी गरियो जरिवाना
काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न बहानामा यात्रुलाई ठग्ने छ हजार ६६४ ट्याक्सी चालकलाई कारवाही गरेको छ । महाशाखाको टोलीले चालु आर्थिक वर्षमा कानूनविपरीतका कार्य गरी मिटरमा जान नमान्ने, मिटर बिगार्ने, भाडा अनियमितता गर्ने, बढी भाडा लिने ट्याक्सीका चालकलाई कारवाही गरेको हो । महाशाखाले आव २०७२÷७३ मा दुई हजार ७९५, २०७३र७४ मा चार हजार ५१८ र २०७४÷७५ मा आठ हजार १२० ट्याक्सी चालकलाई कारवाही गरेको थियो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले यात्रुसँग मोलमोलाइ गरी बढी भाडा लिने ट्याक्सी चालकका लागि विशेष अभियान सञ्चालन गरी कारवाही गरिएको बताए । “दैनिक ४० देखि ५० ट्राफिक प्रहरीलाई बढी भाडा लिने ट्याक्सी जाँचका लागि पठाउँदै आएका छौँ”, उनले भने । बढी भाडा लिने ट्याक्सी चालकसँग ट्राफिक प्रहरीले तीन हजार जरिवाना गर्ने गरेको छ । त्यस्तै, पाँच पटकभन्दा बढी बढीभाडा लिएर कारवाही पर्ने ट्याक्सी चालकको सवारी चालक अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था कार्यालयमा सिफारिस गर्ने गरिएको महाशाखाले जनाएको छ । मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटरसमेत समयमा नबनाउने ट्याक्सी चालकलाई भने ५०० देखि एक हजार ५०० सम्म जरिवाना गर्ने गरिएको पन्तले बताए । ट्याक्सी प्रयोग गर्दा बढी भाडा लिने, मिटरमा जान नमान्ने, यात्रुले चाहेको स्थानमा जान नमानेमा तत्काल खबर गर्न महाशाखाले आग्रहसमेत गरेको छ ।