‘हुण्डाई विइन्टर डिलाइट’ योजना शुरु, गाडी खरिदमा विभिन्न आकर्षक प्याकेजहरु

काठमाडौं, १४ पुस । नेपालका लागि हुण्डाई गाडिको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुण्डाई विइन्टर डिलाइट’ नामक नयाँ योजना ल्याएको छ । उक्त योजनामा ग्राहक वर्गहरुले हरेक हुण्डाई गाडीको खरिदमा आकर्षक प्याकेजका साथ लाभान्वीत हुन अवसर पाउन सक्ने कम्पनीले जनाएको छ । यस योजना अन्तर्गत हरेक हुण्डाई गाडिको खरिदमा ग्राहकले एक शुनिश्चित बचतको प्याकेज पाउने छन् । जस अन्तर्गत आकर्षक नगद छुट, निःशुल्क १ बर्षे बिमा सुबिधा, आकर्षक ब्याजदर, निःशुल्क सडक कर, लोएलटी बोनस एवं एक्स्चेञ्ज बोनस रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो योजना पौष १४ गतेदेखि नेपाल अधिराज्यभरि सिमीत अवधिसम्मको लागी लागु हुनेछ । हुण्डाईका १६ शोरुमहरु नेपालको प्रमुख शहरहरुमा रहेका छन् जस अन्तर्गत ३ काठमाडौँ उपत्यका भित्र र १३ उपत्यका बाहिर छन् । जाडो मौसमको शुरुसँगै लक्ष्मी हुण्डाईले आफ्ना ग्राहकहरुलाइ न्यानोपनको अनुभूति दिने उद्देश्यले यो योजना ल्याएकोे ल्याएको हो । यो योजनामार्फत लक्ष्मी इन्टरकन्टिनेन्टलले यस जाडो याममा पनि सर्वसाधारणमा उत्साह जगाउने प्रयास गरेको छ । सदाझै आगामी दिनहरुमा पनि ग्राहकवर्गलाई उच्च सेवा तथा सुविधा प्रदान गर्ने लक्ष्मी इन्टरकन्टिनेन्टलको प्रतिबद्घता रहेको छ ।

सबै ट्याक्सीमा ६ महिनाभित्रै बिलिङ प्रणाली, यात्रु ठगिन नियन्त्रण हुने

काठमाडौं १३, पुस । सरकारले साउनको पहिलो साताभित्रै बागमती अञ्चलमा दर्ता भएका सबै ट्याक्सीमा बिलिङ प्रणालीका लागि आवश्यक प्रिन्टर मेसिन जडान गर्ने भएको छ। मंसिर २३ गतेबाट बिलिङ प्रणाली सुरू गरे पनि नापतौल तथा गुणस्तर विभागको ट्याक्सी तथा टेम्पो एकाइले पुस १७ गतेबाट आलोपालो सिस्टम लगाउँदै प्रिन्टर मेसिन जडानका लागि समय तालिका सार्वजनिक गरेको छ। एक सातामा पाँच सयवटा ट्याक्सीमा बिलिङ प्रणालीका लागि आवश्यक प्रिन्टर मेसिन गर्ने गरी तालिका प्रकाशन गरिएको छ । अन्नपूर्ण पोष्टबाट।

तोसिबाको नयाँ एलइडी टिभी सार्वजनिक, मूल्य २४ हजारदेखि एक लाख १० हजार रुपैयाँ

काठमाडौं, १० पुस । चौधरी समूहको ईओएल प्रालीद्धारा तोसिबाको एलईडी टिभी र रेफ्रिजेरेटर नेपाली बजारमा सार्वजनिक भएको छ । तोसिबाको एल ५६ सिरिज, एल ३६ सिरिज र एल २६ सिरिज गरि तीन नयाँ एलईडी टिभी बजारमा सार्वजनिक भएको हो । कम्पनीका अनुसार एल ५६ सिरिजको टिभीमा इन्टर्नल मेमोरी प्रयोग बिनै सबै एप्सहरु कोल्ड सर्भरमा स्टोर हुनेछन् । त्यस्तै, एल ३६ र एल २६ सिरिजमा फाईभ स्टार सुरक्षा, २० वाट साउण्ड आउटपुट रहेको छ । साथै, मोबाईललाई टिभीमा कनेक्ट गरेर मोबाईलको फङ्सनहरु टिभीमा चलाउन सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यी टिभीहरु वातावरण सुहाउँदो रहेको छ । साथै, यी तीनै एलईडी टिभी तोसिबाको फाईभस्टार सुरक्षा, उच्च गुणस्तरको पिक्चर र साउण्ड प्रविधि रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार बजारमा टिभी २४ ईन्च देखि ५५ ईन्च सम्मका रहेका छन् । नेपाली बजारमा उक्त टिभीको मूल्य २४ हजार रुपैयाँ देखि एक लाख १० हजार रुपैयाँ सम्म पर्ने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । कम्पनीले एलइडी टिभीका साथै वाशिङमेसिन र रेफ्रिजेरेटर पनि बजारमा भित्र्याएको छ । कम्पनीका अनुसार तोसिबाको घरायसी सामानले थोरै बिजुलीको खपत गर्दछ । साथै, तोसिबाका सबै सामानमा एक वर्षको वारेन्टी समेत रहेको कम्पनीले जनाएको छ ।