टोयोटाको मोर्टस पार्टसको आउटलेट कुलेश्वरमा, जेनियुन पार्टसहरु मात्र बिक्री हुने
काठमाडौं, ७ माघ । युनाइटेड ट्रेर्डस सिन्डिकेट प्रालिले ग्राहकको सुबिधाको लागि काठमाडौंको कुलेश्वरमा मोर्टस पार्टसको आउटलेट सञ्चालनमा ल्याएको छ । कम्पनीका अनुसार उक्त आउटलेटबाट टोयोटाको आधिकारीक जेनियुन पार्टसहरु मात्र बिक्री हुने छन् । कम्पनीले अँग्रेजी नयाँ बर्षको अवसर पारेर उक्त नयाँ आउटलेट संचालनमा ल्याएको बताएको छ । यस आउटलेटबाट ग्राहकले टोयोटाको आफ्नै जेनियुन मोटर आयल समेत खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । विगत ५० वर्षदेखि नेपाली उपभोक्तालाई सेवा दिदै आएको यस कम्पनीले आफ्ना ग्राहकले जेनियुन पार्टसहरु सहजरुपमा प्रयोग गर्न पाउन् भन्ने मान्यता राख्दै आएको छ । नयाँ बजारमा केहि समय अगाडी खोलिएको पार्टसको आउलेटबाट ग्राहकको सकारात्मक प्रतिक्रिया र माग बमोजिम कुलेश्वरमा नयाँ आउटलेट सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।
माइक्रो विस्थापित गरेर ठूला बस दौडाउँदै सरकार, उपत्यकाको सवारी जाम कम गर्ने नयाँ उपाय खोज्दै
काठमाडौं ६, माघ । यातायात व्यवस्था विभागले साना सार्वजनिक सवारी साधनलाई विस्थापित गरेर ठूला बस सञ्चालन गर्ने तयारी गरेको छ । काठमाडौं उपत्यकामा सवारी साधानको अत्याधिक चाप बढेसँगै साना सवारीका साटो ठूला बस ल्याउन लागिएको छ । विभागले सार्वजनिक यातायातलाई व्यवस्थित गर्न ‘पाईलट प्रोजेक्ट’को रुपमा सिनामंगल – रत्नपार्क – नयाँबसपार्क रुट चल्ने माइक्रोबस तथा टेम्पोलाई विस्थापित गरेर ठूला बस सञ्चालन गर्न लागेको विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले बताए । साना सावारीसाधनलाई विकल्पसहित विस्थापित गर्न लागेको र साना सवारी धनीले कम्पनीमार्फत ठूला बस सञ्चालन गर्न पाउने महानिर्देशक श्रेष्ठले बताए । नागरिक दैनिकबाट ।
राज्यकोष रित्याउँदै भिआइपी, भीभीआईपीको सवारीका नाममा राज्जकोषको दोहन
काठमाडौं १, माघ । को १ झ २३५ नम्बरको आधा रातो आधा निलो रंगले पोतिएको गाडी मोरङ सुनसरी सिँचाइँ आयोजना विराटनगरको हो। जिल्ला आउँने भिआइपीका लागि आयोजनाले यो गाडी ढुक्कै छुट्टाइदिएको छ। त्यसैले गाडीमा सेतो नम्बर सेतो प्लेट राखिएको छैन। सेतो रंगको यो पजेरोमा हरदम राष्ट्रिय झण्डा झुण्डाइरहेको हुन्छ। चालक दुखाराम चौधरी सफारी सुट र नेपाली टोपीमा तम्तयार हुन्छन्। आयोजनाको महंगो गाडी यहाँ आउने भिआइपी ओसार्न बाहेक अरू काममा प्रयोग गरिएको छैन। आफ्नो कामको लागि प्रयोगमा नआएपनि आयोजनाले मर्मतसंहार, चालक र इन्धन भर्दै आएको छ। भिआइपी आएको बेला एउटा गाडीले मात्र कहाँ पुग्छ र। स्कर्टिङका लागि साइरनसहितको प्रहरी गाडी चाहिन्छ। भिआइपीले कार्यकर्ता चढ्न सरकारी कार्यालयकै गाडी माग्छन्। ट्राफिकको गाडी कुदाइरहनुपर्छ। अघिपछि प्रहरीका साइरनवाला सवारीको ताँती। उत्तीकै संख्यामा अन्य सरकारी सवारी साधन प्रमुख जिल्ला अधिकारीदेखि अन्य कार्यलयका हाकिमको गाडीको लस्कर देख्न पाइन्छ। शीर्ष तहका नेता, पूर्वप्रधानमन्त्री, मन्त्री र सरकारी निकायका भिआइपी आउँदा यस्तो दृश्य देखिन्छ। भिआइपीको सवारी चलाउन तथा तिनको अघि देखापर्न चल्ने तछाँडमछाड ले अनाहकमा राज्यकोषको दोहन भइरहको छ। नागरिक दैनिकबाट