एस्कर्टसको “हाईड्रा १५ ४पी” क्रेन नेपाली बजारमा, बुटवलबाट सेवा शुरु
बुटवल । आइएमई अटोमोटिभ्स प्रा.लि., एस्कर्टस्ले “हाईड्रा १५ ४पी”क्रेनको बिहीबार(आज)देखि नेपालमा बिक्रि वितरण शुरु गरेको छ । कम्पनीले बुटवलअवस्थित कालिकानगरबाट एक औपचारीक कार्यक्रममार्फत उक्त सेवा शुरु गरेको हो । यस हाईड्रा १५ ४पी”क्रेनका उद्घाटनको अवसरमा एस्कर्टस डिभिजन (नेपालका) सेल्स हेड अशोक कार्की, एस्कर्टस लि. का कन्ट्री म्यानेजर राजेश्वरप्रसाद यादव साथै विक्रेता प्रतिनिधी, चैतैन्य इक्विपमेन्टका निर्देशक प्रेम प्रकाश श्रेष्ठ आदिको उपस्थिती रहेको थियो । साथै, कार्यक्रममा कन्ट्रयाक्टर एसोसियसन, रुपन्देही जिल्लाका प्रेसिडेन्ट मोहनलाल जोशीको उपस्थिति रहेको थियो । कार्यक्रम अनावरण गर्ने क्रममा जोशीले भने, “विकास गतिविधिमा आएको वृद्धिसँगै, भारी उपकरण उत्पादनको लागि ठूलो भूमिका र सकारात्मक योगदान रहनेछ ।” हेभी उपकरणहरुका उत्पादन गर्ने लामो इतिहास बोकेको एस्कर्टस्लि. ले मर्मत सम्भार गर्न सहज हुने प्रकृतिका विविध विशेषता समाहित रहेको “ हाईड्रा १५ ४पी” बजारमा ल्याएको छ जसमा देहाय वमोजिमका विशेषताहरु रहेका छन् । क्रेन एप्लिकेसनको लागि प्रयोग हुने डिजाइनको ४९.५ एचपीको इन्जिन, ५०० घन्टाको सर्भिस इन्टर्भल, रोप कम्पेन्सेसन सहितको ४ वटा पार्टस स्ल्टेड बुम, १२ टन क्षमताको ६ वटा फलविन्च, १५ मिटरको भर्टिकल उचाई, १.९ केएमपीएसको स्पिड, ८एफ प्लस २आरको गीचर बक्स रहेको छ । आइएमई अटोमोटिभ्स प्रा.लि. नेपालका लागि एस्कर्टस् हेभि उपकरण सेग्मेन्टहरुको आधिकारिक बिक्रेता हो । आइएमई अटोमोटिभ्सले आफ्ना शाखा तथा डिलरमार्फत सेल्स, सर्भिसर पार्ट्स नेटवर्क प्रदान गर्दै आइरहेको छ ।
दुई चालक नराख्ने ४५ सवारी साधन कारवाहीमा, कानून नमान्नेलाई १ हजार जरिवाना
काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले लामो दूरीका सार्वजनिक सवारीसाधनमा दुई चालक नराख्ने ४५ सवारी साधनलाई कारवाही गरेको छ । महाशाखाको टोलीले लामो दूरीका सवारी साधनमा अनिवार्यरूपमा दुई चालक राख्नुपर्ने कानूनलाई अवज्ञा गर्ने सार्वजनिक सवारी साधनका चालकलाई नागढुङ्गामा जाँचका क्रममा कारवाही गरेको हो । प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयले माघ २७ गतेदेखि लामो दूरीमा चल्ने यात्रुवाहक सार्वजनिक सवारी साधनमा दुई सवारीचालक राखे/नराखेको जानकारी लिन ‘ट्राफिक कम्युनिकेशन एप्स’ सञ्चालमा ल्याएको थियो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले यातायात व्यवस्था ऐन, २०४९ मा उल्लेख भएअनुसार लामो दूरीका सवारी साधनमा दुई चालक राख्नुपर्ने कानूनी व्यवस्थालाई सुनिश्चित गर्न एप्स सञ्चालनमा ल्याएको बताउँदै उक्त कानून नमान्ने सवारी साधनलाई कारवाही गरिएको जानकारी दिए । निर्देशनालयले लामो दूरीका सवारीचालक, बस नम्बर तथा प्रस्थान समय इन्टरनेटको सर्भरमा राखेर एप्समार्फत हेर्ने व्यवस्था मिलाएको थियो । उक्त एप्स सञ्चालनसँगै सवारी दुर्घटना न्यूनीकरण हुने बताइएको छ । उक्त एप्स पहिलो चरणमा काठमाडौँको नागढुङ्गामा, प्रदेश नं २ को सर्लाहीको कर्मैया र प्रदेश नं ५ को बाँकेको कोहलपुरमा एप्स सञ्चालनमा ल्याइएको थियो । कानून नमान्ने सवारी साधनलाई एक हजार जरिवाना गरेको महाशाखाले जनाएको छ । रासस
सुजुकी बर्गम्यान १२५ सीसी स्कूटरको बिक्री शुरु, भैरहवामा शोरुम उद्घाटन
काठमाडौँ । भैरहवामा सुजुकी बर्गम्यान १२५ सीसी स्कूटरको बिक्री शुरु भएको छ । फागुन ७ गते सुजुकी टु ह्वीलर्सको लागि शोरुम पनि उद्घाटन भएको छ । भैरहवा लुम्बिनी गेट नजिकै सिद्धार्थ मोटर्सबाट सो स्कूटरको बिक्री शुरु गरिएको छ । पत्रकार सम्मेलन गरी शोरुम उद्घाटन र सुजुकी बर्गम्यान बिक्री शुभारम्भ तथा र्याली सम्पन्न गरेको कम्पनीले जनाएको छ । भैरहवा उद्योग बाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपाने सुजुकी बर्गम्यान १२५ सीसीको बिक्री शुभारम्भ साथै शोरुम उद्घाटन भएको हो । विशिष्ट अतिथिहरुमा लाइन्स कल्ब अफ सिदार्थ नगर का अध्यक्ष थिरिन्द्र श्रेष्ठ , प्रहरी अफिसर नारद कार्की, सिदार्थ बैंकका भैरहवा शाखा म्यानेजर जीबन घिमिरे, मुक्तिनाथ बिकास बैंकका म्यानेजर बिकल छेत्रीको उपस्थिति रहेको थियो । कार्यक्रममा भी जी सुजुकी कम्पनीका एरिया सेल्स म्यानेजर धनीराम भुसाल र भी जी सुजुकीका मार्केटिंग म्यानेजर नबराज कोइरालाले पनि दैनिक जीबनमा मानबको लागी स्कूटर जीबन साथी जस्तै भएको बताए । कार्यक्रममा सुजुकी भैरहवा को सुजुकी बिक्रेता सिद्धार्थ मोटर्सका अध्यक्ष दिनेसमान अमात्यले कार्यक्रमको सभापतित्व गरेका थिए । आकर्षक तथा सुविधाजनक यो स्कूटर म्याक्सी–स्कूटर हो, जसमा १४ इन्च आकारको ट्युबलेस ठूला टायरहरु छन्, सुजुकी बर्गम्यान १२५ मा ७५०० आरपिएममा ८.७ बिएचपिको शक्ति उत्पादन गर्ने क्षमता बोकेको १२५ सिसिको शक्तिशाली इन्जिन जडित छ । स्कूटरको अग्र भागमा डिस्क ब्रेक छ भने ५.६ लिटर क्षमताको प्रेट्रोल अट्ने क्षमता राख्दछ । डिजिटल ड्यासबोर्ड रहेको यो स्कूटरमा एलइडि हेड लाइट, एलइडि टेल ल्याम्प जडान गरिएका छन् । फरक खालको बनावटको कारणले यो स्कुटर अत्यन्त आकर्षक देखिनुका साथै बाक्लो र विस्तारित सिटले यसलाई चलाउँदा छुट्टै प्रकारको अनुभूति महशुस हुन्छ । यो स्कूटर १२५ सिसिका स्कूटरहरुको समूहमा एक बेन्चमार्कको रुपमा स्थापित हुने सिद्धार्थ मोटर्स भैरहवाका अध्यक्ष दिनेशमान अमात्य बताए । हाल यसको नेपालको बजार मूल्य २ लाख २९ हजार ९ सय रुपैयाँ कायम गरिएको छ ।