भक्सवागनले सात हजार कर्मचारी हटाउने, वार्षिक ६ अर्ब यूरो बचत गर्ने योजना

फ्राङ्कफर्ट । जर्मनीको कार निर्माता कम्पनी भक्सवागनले विद्युतीय कार उत्पादनमा आफूलाई रुपान्तरण गर्ने उद्देश्यले सन् २०२३ भित्रमा कम्पनीमा कार्यरत करिब सात हजार कर्मचारी कटौती गर्ने जनाएको छ । कम्पनीले कटौतीमा पर्ने कामदार कर्मचारीलाई अवकाश सुविधाको अवसर प्रदान गरिने जनाएको छ । भक्सवागनले दिगो प्रतिस्पर्धात्मक क्षमता निर्माण गर्न पनि कर्मचारी कटौती गर्नु परेको स्पष्ट गरेको छ । एक अनुमान अनुसार आगामी वर्षहरुमा अवकाशका लागि करिब ११ हजार कर्मचारी योग्य हुनेछन् । सन् २०२३ सम्ममा प्रतिवर्ष करिब ६ अर्ब यूरो बचत गर्ने कम्पनीको योजना बमोजिम कर्मचारी कटौती गर्न लागिएको हो । यसैबीच, उल्फ्सबर्गस्थित भक्सवागनले ब्याट्रीबाट चल्ने कार र स्वचालित कार उत्पादनमा लगानी वृद्धि गर्ने योजना अघि सारेको छ । कम्पनीले नोभेम्बरमा घोषणा गरिएको ११ अर्ब यूरोबाट झण्डै १९ अर्ब यूरो पुर्याउने लक्ष्य राखेको छ । रासस/एएफपी

‘हुण्डाई ओपेन गल्फ टुर्नामेन्ट’ चैत १ गतेदेखि, होल इन वान बिजेतालाई गाडी उपहार

काठमाडौं । नेपालको लागि हुण्डार्ई गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टीनेन्टल प्रा.लि. ले बिगतका वर्ष झैँ यस वर्ष पनि ‘हुण्डाई ओपेन गल्फ टुर्नामेन्ट २०१९’ को आयोजना गर्ने भएको छ । उक्त टुर्नामेन्ट ग्लिनियग्लेस डिजाइन गोकर्ण गल्फ क्लबमा यही आगामी चैत १ र २ गते हुने भएको छ । उक्त ओपेन गल्फ टुर्नामेन्ट १८ होल मा स्टेबल फोल्ड फर्म्याटमा र ३ र ४ ह्यान्डीक्यापमा खेलीने छ । यस टुर्नामेन्टमा नेपालका १३० गल्फर्सहरुले प्रतिस्पर्धा गर्नेछन् । यस टुर्नामेन्टमा टाइटल विनर(नेट), फष्ट रनरअप, सेकेण्ड रनरअप, बेष्ट ग्रस, लेडिज विनर, सिनियर विनर(६० वर्ष उमेर माथिको), जुनियर विनर(१७ वर्ष उमेर मुनीको), हुण्डार्ई वनर्स क्याटेगोरी विनर, लङ्गेष्ट ड्राइभ, क्लोजेस्ट टु द पिन, मष्ट विरडाइज क्याटेगोरीमा बिजेता घोषित गरिने छ । यसको साथै होल इन वान बिजेतालाई उपहार स्वरुप एक थान द अल न्यु हुण्डाई सेन्ट्रो गाडी प्रदान गर्ने घोषणा गरीएको छ ।

टोयोटाले पूरा गर्यो ६ दिने ‘रस टु मुस्ताङ’ यात्रा

काठमाडौँ । टोयोटाले ७ वटा रस एसयुभीद्वारा गरिएको ६ दिन लामो मुस्ताङ्ग यात्रा पूरा भएको छ । फरक प्रकारका भौगोलिक अवस्थिति, धरातल र सडकहरु पार गर्दै मुस्ताङ्गसम्मको यात्रा पूरा गरिएको कम्पनीले जनाएको छ । फागुन २० देखि काठमाडौँबाट शुरु भएको यात्रा फागुण २६ गते पोखरामा आएर सकिएको हो । टोयोटाको नयाँ एसयुभी रसले खराव पहाडी सडक कुनै समस्या र रोकावट बिना आफ्नो यात्रा पूरा गरेको कम्पनीले जनाएको छ । टोयोटाको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता युनाइटेड ट्रेड सिण्डिकेटका सदस्य र विभिन्न मिडियाकर्मीहरुको संयुक्त सहभागितामा यो यात्रा सफलतापूर्वक सम्पन्न भएको जनाइएको छ । रस टु मुस्ताङ्गमा सहभागी टोलीले टोयोटाको पोखरा स्थित डिलर अटो ओयज प्रालिको शोरुम बाट पुन र्यालीको आयोजना गरेका थियो । उक्त र्यालीमा पोखरास्थित टोयोटाका ग्राहक र मोटरका शौखिन अन्य ग्राहकहरुको उल्लेख्य सहभागिता रहेको थियो । उक्त र्याली आयोजनापछि १५ टोयोटा रश गाडीको शोरुम बुकिङ भएको छ ।