काठमाडौं । चाडवाडकाे अवसरमा आइएमईले संचालनमा ल्याएको ‘आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ नामक सेवाग्राहीमुखी अफर अन्तर्गत सातौं हप्ताका विजेता सार्वजनिक गरेको छ ।
बिहीबार काठमाडौं पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा फेसबुक लाइभ मार्फत सार्वजनिक गरिएको नतिजा अनुसार सेवाग्राही यमप्रकाश चन्द र पूर्णबहादुर श्रेष्ठ सातौँ हप्ताका लागि साप्ताहिक विजेता छनोट भएका छन् ।
संयुक्त अरब इमिरेट्स र मलेशियाबाट आइएमई मार्फत पैसा पठाएका उनीहरुले प्रतिव्यक्ति २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
त्यस्तै, सेवाग्राही गमबहादुर पुन, विष्णु बि.के., मन्तोष लिम्बु, शोमबहादुर घलान, कर्णबहादुर हिरोजक, लालविहारी शाह हलुवाई र सुस्मिता राना मगर दैनिक विजेता छनोट भएका छन् । उनीहरु प्रत्येकले एक/एक सेट सामसुङ् मोबाइल उपहार स्वरूप प्राप्त गर्नेछन् ।