एनएमबि बैंकले थप १० कराेड अमेरिकी डलर नेपाल भित्र्याउने

<p>काठमाडौं । एनएमबि बैंकले १० करोड अमेरिकी डलरकाे वैदेशिक ऋण भित्र्याउने भएकाे छ ।यूएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेशनले बैंककाे प्रस्तावित वैदेशिक ऋण स्वीकृत गरेसँगै बैंकले उक्त रकम नेपाल भित्र्याउने भएकाे हाे । डिएफसी अमेरिकी सरकारको विभिन्न देशका निजी क्षेत्रसँग साझेदारी गरी विकासशील देशले सामना गरिरहेको चुनौतीहरूको समाधानको लागि ऊर्जा, स्वास्थ्य सेवा, पूर्वाधार र प्रविधिलगायत क्षेत्रमा वित्तीय [&hellip;]</p>

काठमाडौं । एनएमबि बैंकले १० करोड अमेरिकी डलरकाे वैदेशिक ऋण भित्र्याउने भएकाे छ ।यूएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेशनले बैंककाे प्रस्तावित वैदेशिक ऋण स्वीकृत गरेसँगै बैंकले उक्त रकम नेपाल भित्र्याउने भएकाे हाे ।

डिएफसी अमेरिकी सरकारको विभिन्न देशका निजी क्षेत्रसँग साझेदारी गरी विकासशील देशले सामना गरिरहेको चुनौतीहरूको समाधानको लागि ऊर्जा, स्वास्थ्य सेवा, पूर्वाधार र प्रविधिलगायत क्षेत्रमा वित्तीय लगानी गर्दै आइरहेको संस्था हो ।

एनएमबि बैंक र डीएफसीबीचको साझेदारीले नेपालको साना तथा मझौला व्यवसायलाई उद्यमशीलता मार्फत आत्मनिर्भरताको लागि महिलाहरूलाई प्राथमिकतामा राखेर नयाँ अवसरहरू सिर्जना गर्न बैंकले मद्दत गर्नेछ ।

हालको बैंकिङ्ग तरलताको परिदृश्यमा यसरी देशमा भित्रिने वाह्य वित्तीय श्रोतले देशकै आवश्यकता अनुरुप उत्पादनमुलक तथा प्राथमिकताको क्षेत्रमा लगानी बढाउन बैंकले विश्वास लिएको जनाएकाे छ ।

एनएमबि बैंकले जलविद्युत, नवीकरणीय ऊर्जा, कृषि तथा साना तथा मझौला उद्योगमा ऋण पूंजीको लागी डिएफसीसहित हालसम्म नौ डेभलपमेण्ट फाईनान्सियल ईन्सिटच्युसनबाट कुल ३०१.५० मिलियन अमेरिकी डलर ऋण भित्र्याईसकेको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

Share News