विकासन्युज

तिहार र छठमा बैंक जाँदै हुनुहुन्छ ! कुन बैंकका कुन-कुन शाखा खुल्छन् ?

काठमाडौं । नेपाल राष्ट्र बैंकको क्यालेण्डर अनुसार बैंक तथा वित्तीय संस्थाहरुलाई दिपावली तथा छठ पर्वमा ६ दिन दिएको छ । यसपटकको तिहार बिदा सोमबार कात्तिक ७ गते कुकुर तिहार तथा लक्ष्मी पुजादेखि छठ पर्व अर्थात् कात्तिक १३ गतेसम्म रहेको छ । सोही अनुसार बैंक तथा वित्तीय संस्था पनि तिहार तथा छठमा रहनेछन् । तर, बैंकहरुले भने तिहार तथा छठ बिदा अवधिमा पनि बैंकिङ्ग सेवा प्रदान गर्ने भएका छन् । बैंकहरुले छुट्टाछुट्टै सूचना प्रकाशन गरी आफ्ना निश्चित शाखाबाट मात्रै तिहार तथा छठका बेलामा सेवा प्रवाह गर्ने बताएका हुन् । वाणिज्य बैंकहरुले सर्वसाधारणलाई सहज होस् भन्ने उद्देश्यले बिदाका दिनमा पनि बैंकका केही शाखा खोल्ने गरेका हुन् । कृषि विकास बैंक     बैंक अफ काठमाण्डु    सेन्चुरी बैंक   सिभिल बैंक   एभरेष्ट बैंक    ग्लोबल आइएमई बैंक    हिमालयन बैंक    लक्ष्मी बैंक   माछापुच्छ्रे बैंक   मेगा बैंक    नबिल बैंक    नेपाल बैंक    एनसीसी बैंक       नेपाल इन्भेष्टमेन्ट बैंक   नेपाल एसबिआई बैंक   एनएमबि बैंक   प्रभु बैंक   प्राइम कमर्शियल बैंक   सानिमा बैंक     सिद्धार्थ बैंक    स्ट्याण्डर्ड चार्टर्ड बैंक     सनराइज बैंक    एनआइसी एशिया बैंक    राष्ट्रिय वाणिज्य बैंक  

अपुर्व क्षितिजको बुवाको बैंक खातामा जम्मा भयो एक लाख ७६ हजार

काठमाडौं । कमेडियन अपुर्व क्षितिज सिंहको बुवाको बैंक खातामा विभिन्न व्यक्तिहरुले एक लाख ७६ हजार रुपैयाँ जम्मा गरिदिएका छन् । सिंहले सामाजिक संजालमार्फत बुवाको खातामा एक लाख ७६ हजार ३९० रुपैयाँ जम्मा भएको जानकारी दिएका हुन् । नेवाः समुदायको भावनामा आँच पुर्याएको आरोपमा पक्राउ परेपछि छुट्लाई सिंहले २‍ लाख ५० हजार रुपैयाँ धरौटी तिर्नुपरेको थियो । जसको विरोधमा उनको बुवाको खातामा विभिन्न व्यक्तिहरुले सो रकम जम्मा गरिदिएका हुन् । उनले सो रकम वकिलको शुल्क र मिटिङमा खर्च हुने बताएका छन् । नेपाली कमेडियनले सामाजिक संजालमार्फत बोलेकै भरमा नेपालमा साढे दुई लाख रुपैयाँ चुकाउनु परेको बताउँदै सिंहको खातामा पैसा जम्मा गरिदिन सबैलाई आग्रह गरेका थिए । कमेडी क्याफे नामक कार्यक्रममा कमेडी गर्ने नाममा नेवार समुदायलाई होच्याएको भन्दै १०१ जनाले उनीविरुद्ध जाहेरी दिएका थिए ।

सामुदायिक विद्यालयमा डिजिटल शिक्षणका लागि काठमाडौं महानगरले गर्यो सम्झौता

काठमाडौं । सामुदायिक विद्यालयमा डिजिटल शिक्षण पद्धति विकास गर्न काठमाडौं महानगर र डिजिटल एन्ड वियोन्ड प्रालिबीच सम्झौता भएको छ । शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदी र वियोन्डका प्रमुख कार्यकारी निर्देशक सगुन ढुङ्गानाबीच उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौताअनुसार, आगामी २ वर्षका वियोन्डले महानगरलाई गुगलबाट शैक्षिक क्रियाकलाप गर्न प्राप्त हुने सुविधा, सञ्चालन र व्यवस्थापनका लागि तालिमलगायत सहयोग सेवा निःशुल्क उपलब्ध गराउनेछ । वियोन्ड गुगलको नेपाल र दक्षिण एसियाली साझेदार संस्था हो । सामुदायिक विद्यालयमा शिक्षण र सिकाइका लागि शिक्षकको डिजिटल क्षमता विकास गर्ने, विद्यार्थीलाई पढाउने, शिक्षण सिकाइ व्यवस्थापनलाई प्रविधिमैत्री बनाउनेलगायत काम हुनेछन् । सो अवसरमा महानगरकी उपप्रमुख डङ्गोलले डिजिटल प्रविधि प्रयोगको प्रत्यक्ष लाभ विद्यार्थीको शैक्षिक तथा मानसिक विकासमा हुनुपर्ने बताए । कार्यक्रममा सहभागी वक्ताले काठमाडौँ महानगरमा भएका सामुदायिक विद्यालयमा अध्ययन गर्ने ५० हजार विद्यार्थीको पहुँचमा एकै पटक डिजिटल साक्षरताको पहुँच पु¥याउनुपर्ने आवश्यकतामा जोड दिए । वियोन्डका प्रमुख कार्यकारी निर्देशक ढुङ्गानाले सिकाइलाई आवश्यक पर्ने सामग्रीमा दबाब सिर्जना नगरी जटिल र सिर्जनशील सोच्न सक्ने बनाउन कार्यक्रम सञ्चालन गरिने बताए । रासस

बच्चामा एन्जाइटीको समस्या बढ्दै, लक्षण कसरी थाहा पाउने ?

एजेन्सी । यूएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले २०२१ मा प्रकाशित गरेको प्रतिवेदन अनुसार विश्वभरका प्रत्येक पाँचौं बच्चामा एन्जाइटीका लक्षणहरू पाइएको छ। चिन्ताको विषय यो हो कि परिवारले यसलाई सामान्य मान्छन् जुन हानिकारक छ। जसका कारण बालबालिकाले भविष्यमा मानसिक समस्याको सामना गर्नुपर्ने हुनसक्छ । प्रभावित बालबालिकाहरू मानिसहरूलाई भेट्न, साथीहरूसँग घुलमिल हुन मन पराउँदैनन् । कैयौंन बालबलिकामा भीडमा जाँदा पेट दुख्ने, बारम्बार पिसाब लागेको भन्ने, टाउको दुख्यो भन्ने जस्ता गुनासो गर्ने गर्दछन् । न्युयोर्कस्थित क्लिनिकल साइकोलोजिस्ट रेचेल बसम्याङ्काका अनुसार जाति छिटो यसको लक्षण पहिचान गर्न सक्यो बच्चालाई त्यती चाँडो निको गराउन सकिन्छ । सामान्य एन्जाइटी : बच्चाहरूले आफ्ना दैनिक कामहरु पनि गर्न मन पराउँदैनन् बेलायतको नेशनल हेल्थ सर्भिसका अनुसार बच्चाहरूले आफ्नो समस्या बताउनको लागि सही तरिका थाहा नपाएर यस्तो प्रतिक्रिया दिइरहेका हुन्छन् । लक्षण : एकाग्रता नहुनु, ओछ्यानमा पिसाब गर्नु, सुत्न गाह्रो हुनु, खान खान आनाकानी गर्नु, सधैं आमाबाबुसँग टाँसिरहनु, दैनिक काम गर्नमा समस्या हुनु, मानिसहरूबीच कम बोल्नु । सामाजिक एन्जाइटी : मानिसहरूसँग कुरा गर्न डराउनु, धेरै कम स्वरमा बोल्नु वाशिंगटनको चिल्ड्रेन्स नेसनल अस्पतालका अनुसार सामाजिक एन्जाइटी भएका बालबालिकाले यस्तो प्रतिक्रिया देखाउने गरेका छन् । लक्षण : विद्यालय जान इन्कार गर्ने, सार्वजनिक स्थानमा नबोल्ने वा धेरै कम स्वरमा बोल्ने, अरुको अनुहार नहेरी कुराकानी गर्ने, मानिसहरूको बीचमा बस्न, क्रियाकलाप गर्न, मानिसहरूको अगाडि खाना खान र कक्षा कोठामा बोल्न डर मान्ने । के गर्ने : सोध्नुहोस् के राम्रो छ, के खराब छ, किन ? बच्चालाई सताउने अवस्थालाई हटाउनुको सट्टा, तिनीहरूलाई यसको सामना गर्न तयार गर्नुपर्छ । तिमी नर्भस नर्भस छौ भनेर सोध्नुको सट्टा, तिमीलाई कस्तो महसुस भइरहेको छ भनेर सोध्नुहोस्। आवश्यक भएमा मनोचिकित्सक वा बाल विशेषज्ञसँग परामर्श गर्नुहोस्।

बजारभरी छ्यापछ्याप्ती प्लास्टिकका फूल (फोटोफिचर)

काठमाडौं । सरकारले साउन १२ गते राजपत्रमा सूचना प्रकाशन गर्दै सोही मितिदेखि प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न पूर्णरूपमा रोक लगाउने निर्णय गरिसकेको छ । तर, करिब ३ महिना भइसक्दा पनि बजारमा तिहार लागेसँगै छ्यापछ्याप्ती प्लास्टिकका फूलहरु देखिएका छन् । असन इन्द्रचोकमा ठूलो संख्यामा प्लास्टिकका मालाहरु बेच्नका लागि राखिएको छ । व्यापारीहरु खुलमखुला त्यस्तो प्लास्टिकका मालाहरु बेचिरहेको छन् । यस्तै, बिहीबार वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले प्लास्टिकको फूलको माला र अन्य सामाग्री खरिद विक्री नगर्न सूचना जारी गर्दै चेतावनी दिएको थियो । तर पनि यसको बजारमा केही पनि असर देखिएको छैन । तिहार र छठमा प्लास्टिकजन्य फूल, माला तथा अन्य सामग्रीहरु विक्री वितरण गरेको पाइएमा १ लाख रुपैयाँसम्म जरिवाना हुने विभागले जनाएको छ ।

तिहारमा राति ९ बजेपछि देउसी भैलो खेल्न र पटाका पड्काउन रोक

नेपालगञ्ज । बाँकेमा राति ९ बजेपछि देउसी, भैलो खेल्न रोक लगाइने भएको छ । आज बस्ने जिल्ला सुरक्षा समितिको बैठकले सो निर्णय गर्न लागेको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए । ‘अन्य जिल्लामा लागू गरेको समयलाई हामीले पनि लागू गर्न खोजेका छौँ’, उनले भने । प्रहरी उपरीक्षक अधिकारीले चाडपर्वका बेला हुने चोरी र सम्भावित अपराध तथा दुर्घटना रोक्न एकीकृत सुरक्षा योजना लागू गरिएको उल्लेख गर्दै त्यसका लागि प्रहरी परिचालन भएको बताए । उनले ‘रातभर देउसी, भैलो खेल्दा सार्वजनिक शान्ति भङ्ग हुने खतरा हुनसक्ने भएकाले गम्भीर प्रकृतिका घटना हुनसक्ने भन्दै शान्तिसुरक्षा कायम गर्न देउसी, भैलोमा समय निर्धारण गरिएको उल्लेख गरे । तिहारको समयमा दियो, मैनबत्ती, पाला बाल्ने एवं विद्युतीय उपकरण प्रयोग गरी दीपावली मनाउँदा आगजनी जस्ता विपत्जन्य घटना घट्नसक्ने भएकाले सोतर्फसमेत सचेत रहन प्रहरीले अनुरोध गरेको छ । जिल्लाभर पटाकालगायत प्रज्वलनशील पदार्थको ओसारपसार नगर्न तथा पड्काउनसमेत प्रहरीले रोक लगाएको छ । रासस

चिनियाँ राष्ट्रपति सी चिनफिङ तेस्रो कार्यकालका लागि निर्वाचित

एजेन्सी । चिनियाँ राष्ट्रपति सी चिनफिङले माओत्सेतुङले चिनियाँ कम्युनिस्ट पार्टी स्थापना गरेयता चीनले देखेका सबैभन्दा प्रभावशाली नेताहरूमध्ये एकका रूपमा देशको शीर्ष नेताको रूपमा अभूतपूर्व तेस्रो कार्यकाल हासिल गरेका छन् । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को २०औँ केन्द्रीय समितिको आइतबार सम्पन्न पहिलो पूर्ण अधिवेशनमा सी चिनफिङ महासचिवमा निर्वाचित भएको सरकारी सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ । सीको अध्यक्षतामा भएको उक्त सत्रमा चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ केन्द्रीय समितिका २०३ सदस्य र १६८ वैकल्पिक सदस्यको सहभागिता थियो । उक्त सत्रमा सीलाई सीपीसी केन्द्रीय सैन्य आयोगको अध्यक्षमा पनि नियुक्त गरिएको थियो । एक हप्ता लामो बैठकपछि पाँच वर्षमा एक पटक सम्पन्न भएको राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । सीपीसीको सूचीकृत २०५ सदस्यमध्ये ११ जना मात्र महिला रहेका छन् । सीपछिका दोस्रो शक्तिशाली अधिकारीका रूपमा हेरिँदै आएका चिनियाँ प्रधानमन्त्रीलाई नयाँ केन्द्रीय समितिमा समावेश गरिएको छैन । जसको अर्थ लीले आफ्नो पार्टी भूमिकाबाट विदा लिने भएका छन् ।

युएईको इमिरेट्स इण्डियाबाट इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा सुरु

काठमाडौं । इसेवा मनी ट्रान्सफर र संयुक्त अरब इमिरेट्सकाे इमिरेट्स इण्डिया इन्टरनेसनल एक्सचेञ्जबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । योसँगै युएईमा बसोबास गर्दै आएका नेपालीहरुले इमिरेट्स इण्डियाका युएइ, अबुधाबी, सारजाह लगायत अधिकांस स्थानमा रहेका ३३ वटा शाखाबाट डिजिटल माध्यमबाट रेमिट्यान्स् पठाउन सक्नेछन् । यसका साथै इमिरेट्स इण्डिया मार्फत नेपालीहरुले नेपालमा आफ्ना आफन्तजन तथा इष्टमित्रलाई जुनसुकै बैंक तथा वित्तिय संस्थाको खातामा तथा पाउने व्यक्तिको इसेवा वालेट्मा तुरुन्तै रकम पठाउन सक्नेछन् । यसका साथै इमिरेट्स इण्डियाको वेबसाइटबाट पनि अनलाइन सेवा प्रयोग गरी इसेवा मनी ट्रान्सफर मार्फत नेपालमा पैसा पठाउन सकिनेछ ।