युएईको इमिरेट्स इण्डियाबाट इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा सुरु

<p>काठमाडौं । इसेवा मनी ट्रान्सफर र संयुक्त अरब इमिरेट्सकाे इमिरेट्स इण्डिया इन्टरनेसनल एक्सचेञ्जबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । योसँगै युएईमा बसोबास गर्दै आएका नेपालीहरुले इमिरेट्स इण्डियाका युएइ, अबुधाबी, सारजाह लगायत अधिकांस स्थानमा रहेका ३३ वटा शाखाबाट डिजिटल माध्यमबाट रेमिट्यान्स् पठाउन सक्नेछन् । यसका साथै इमिरेट्स इण्डिया मार्फत नेपालीहरुले नेपालमा आफ्ना आफन्तजन तथा इष्टमित्रलाई जुनसुकै बैंक [&hellip;]</p>

काठमाडौं । इसेवा मनी ट्रान्सफर र संयुक्त अरब इमिरेट्सकाे इमिरेट्स इण्डिया इन्टरनेसनल एक्सचेञ्जबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ ।

योसँगै युएईमा बसोबास गर्दै आएका नेपालीहरुले इमिरेट्स इण्डियाका युएइ, अबुधाबी, सारजाह लगायत अधिकांस स्थानमा रहेका ३३ वटा शाखाबाट डिजिटल माध्यमबाट रेमिट्यान्स् पठाउन सक्नेछन् ।

यसका साथै इमिरेट्स इण्डिया मार्फत नेपालीहरुले नेपालमा आफ्ना आफन्तजन तथा इष्टमित्रलाई जुनसुकै बैंक तथा वित्तिय संस्थाको खातामा तथा पाउने व्यक्तिको इसेवा वालेट्मा तुरुन्तै रकम पठाउन सक्नेछन् ।

यसका साथै इमिरेट्स इण्डियाको वेबसाइटबाट पनि अनलाइन सेवा प्रयोग गरी इसेवा मनी ट्रान्सफर मार्फत नेपालमा पैसा पठाउन सकिनेछ ।

 

Share News