काठमाडौं । कमेडियन अपुर्व क्षितिज सिंहको बुवाको बैंक खातामा विभिन्न व्यक्तिहरुले एक लाख ७६ हजार रुपैयाँ जम्मा गरिदिएका छन् । सिंहले सामाजिक संजालमार्फत बुवाको खातामा एक लाख ७६ हजार ३९० रुपैयाँ जम्मा भएको जानकारी दिएका हुन् ।
नेवाः समुदायको भावनामा आँच पुर्याएको आरोपमा पक्राउ परेपछि छुट्लाई सिंहले २ लाख ५० हजार रुपैयाँ धरौटी तिर्नुपरेको थियो । जसको विरोधमा उनको बुवाको खातामा विभिन्न व्यक्तिहरुले सो रकम जम्मा गरिदिएका हुन् । उनले सो रकम वकिलको शुल्क र मिटिङमा खर्च हुने बताएका छन् ।
नेपाली कमेडियनले सामाजिक संजालमार्फत बोलेकै भरमा नेपालमा साढे दुई लाख रुपैयाँ चुकाउनु परेको बताउँदै सिंहको खातामा पैसा जम्मा गरिदिन सबैलाई आग्रह गरेका थिए ।
कमेडी क्याफे नामक कार्यक्रममा कमेडी गर्ने नाममा नेवार समुदायलाई होच्याएको भन्दै १०१ जनाले उनीविरुद्ध जाहेरी दिएका थिए ।