सिँचाइ क्षेत्र विस्तार गर्दै माडी नगरपालिका
चितवन । चितवनको माडी नगरपालिकाले सिँचाइ क्षेत्र विस्तार गर्ने भएको छ । कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको माडी नगरपालिकाले यस आर्थिक वर्षमा पनि बोरिङमार्फत किसानका खेतखेतमा पानी पुर्याउने भएको हो । माडी नगरपालिकाको कृषि शाखा प्रमुख किरणप्रसाद उपाध्यायका अनुसार साविकका कुलो मासिँदै गएपछि नगरपालिका पछिल्लो चार वर्षयता बोरिङ निर्माणमा केन्द्रित भएको छ । चार वर्षको अवधिमा माडी नगरपालिकाभित्र सात सय डिप र स्यालो बोरिङ जडान गरिएको उनले बताए । जसमा पाँच सय स्यालो, दुई मझौला र डिप बोरिङ जडान गरिएको छ । माडी नगरपालिकामा ६५ प्रतिशत जमिनमा सिँचाइ सुविधा पुगेको उपाध्यायले जानकारी दिए । ‘जहाँ कुलो र ट्युबवेल छैनन् त्यहाँ मोटरका माध्यमबाट लिफ्ट सिचाइँको व्यवस्था गर्ने तयारीमा छौँ’, उनले भने, ‘वडा कार्यालयले पनि सिँचाइलाई नियमित कार्यक्रममा राखेका छन् ।’ यस्तै बोरिङ जोडेको ठाउँबाट किसानको खेतका गरागरामा पानी पुर्याउन पाइप जडानका लागि नगरपालिकाले यस वर्ष बजेट विनियोजन गरेको छ । माडीमा चार हजार ५०० हेक्टर जमिनमा खेती भइरहेको छ । जसमा यस वर्ष चार हजार हेक्टर जमिनमा धानखेती गरिएको छ । तीन वर्षअघि सात सय बिघामा धानखेती हुँदै आएको माडीमा सिँचाइको सुविधा भएपछि अहिले २२ सय बिघामा धान लगाइएको माडी नगरपालिकाले जनाएको छ । सिँचाइका कारण पछिल्लो समय माडी नगरपालिकामा व्यावसायिकरुपमा तरकारीखेती गर्ने पनि बढेका छन् । माडीमा खोलाका किनार र चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रसँग जोडिएका जमिन भने अझै पनि बाँझो छन् । नगरपालिकाले पूर्ण सिञ्चित माडी अभियानका साथ सिँचाइका कार्यक्रम सञ्चालन गरिरहेको माडी नगरपालिकाकी प्रमुख ताराकुमारी काजी महतोले जानकारी दिए । ठूला सिँचाइका कार्यक्रम सङ्घ र प्रदेशसँग समन्वय गरेर सञ्चालन भइरहेका छन् भने साना सिँचाइका कार्यक्रम नगरपालिका आफैँ गरिरहेको छ । किसानले दिएको निवेदनका आधारमा जग्गा क्षेत्रफल छुट्याएर सिँचाइका लागि बोरिङ उपलब्ध गराइएको प्रमुख महतोले बताए । ‘सिँचाइ गर्न कुलोबाट पानी ल्याउने परम्परा हराउँदै गएको छ’, उनले भने, ‘नागरिकलाई सहजता चाहिएको छ, आफ्नै खेतमा भनेको समयमा पानी पाइने भएका कारण बोरिङ जडानमा किसानको आकर्षण बढेको छ ।’ रासस
शैक्षिक गुणस्तर सुधार गर्नका लागि सामुदायिक विद्यालयमा कम्प्युटर वितरण
तनहुँ । जिल्लाको भीमाद नगरपालिका कार्यालयले अभियानकैरुपमा नगरपालिकाभित्रका सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण गरेको छ । ‘एक विद्यालय, एक कम्प्युटर’ अभियानअन्तर्गत ४३ वटा विद्यालयमा कम्प्युटर वितरण गरिएकाले विद्यालयका कामकाजका लागि अरुको भर पर्नुपर्ने समस्या अन्त्य भएको छ । शैक्षिक गुणस्तर सुधार गर्नका लागि आफ्नो क्षेत्रभित्रका सबै सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण गरिएको नगरपालिकाले जनाएको छ । सामुदायिक विद्यालयका सबै शिक्षक शिक्षिकालाई आइसिटी तालिम प्रदान गरेर कम्प्युटर दिइएकाले प्रश्नपत्र बनाउन र अन्य कामकाजका लागि भीमादसम्म आउन नपरेको र कसैको सहारा लिन पनि नपरेको नगरपालिकाकी सूचना अधिकारी टेकावती ढकालले जानकारी दिए । जनज्योति र सिद्धार्थ माध्यमिक विद्यालय नमूना विद्यालयका रुपमा स्थापित भएका छन् । उक्त दुई विद्यालयमा कम्प्युटर शिक्षासम्बन्धी पढाइसमेत हँुदै आएको छ । नगरपालिकाभित्रका दुई वटा आधारभूत र एक माध्यमिक विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत चारकोठे नयाँ भवन निर्माण गरिएको छ । सामुदायिक विद्यालयको अनुगमन एवं नियमन कार्यलाई प्रभावकारी बनाई सरकारी नीति नियमको पूर्ण पालना गर्न थप जिम्मेवार बनाइएको नगरप्रमुख दधीराज सुवेदीले जानकारी दिए । प्रारम्भिक बालविकास केन्द्रलाई विद्यालय शिक्षाको अभिन्न अङ्गको रुपमा विकास गरी आवश्यकताका आधारमा सिकाइ वातावरण सुधार, सहजकर्ताको क्षमता विकास एवं प्रोत्साहनको व्यवस्था मिलाइएको छ । विद्यालय तहदेखि खेलमा प्रतिभा प्रस्फुटनको वातावरण सिर्जना गर्न विद्यालयस्तरीय खेलकुदमा प्रोत्साहन गर्नाका साथै मेयर कप प्रतियोगितालाई निरन्तरता दिने योजना रहेको उनले बताए । अङ्ग्रेजी माध्यममा पढाइ तथा सूचना प्रविधि सम्बन्धमा शिक्षकको क्षमता विकास गर्नाका साथै कक्षाकोठामा आधारित पेशागत पद्धतिलाई सुदृढ बनाउने गरी काम अघि बढाइएको छ । विद्यालयको शिक्षालाई गुणस्तरीय, पहुँचयोग्य, प्रतिस्पर्धी र जीवनोपयोगी बनाउन नगरपालिका लागेको छ । नगर शिक्षा योजनालाई सरोकारवालाको सुझावअनुरुप परिमार्जन गरी कार्यान्वयनका लागि उचित व्यवस्था मिलाइएको प्रमुख प्रशासकीय अधिकृत टेकनाथ दाहालले जानकारी दिए । रासस
बेनीमा सडक अतिक्रमण गरेर बनाइएका संरचना र सामग्री हटाउन थालियो
म्याग्दी । म्याग्दीको जिल्ला सदरमुकाम बेनी बजारमा सडक अतिक्रमण हटाउन थालिएको छ । बेनी नगरपालिका–७ र ८ मा पर्ने बजार क्षेत्रमा सडक अतिक्रमण गरेर बनाइएका संरचना र सामग्री हटाउन थालेको हो । नगरप्रमुख सुरज केसीले बजारको सडक व्यवस्थित बनाउन सडकको क्षेत्राधिकारमा निर्माण भएका सामग्री र संरचना हटाउने अभियान थालेको बताए । संरचना र सामग्री हटाउन अनुरोध गर्दै नगरप्रमुख केसीसहित वडा नम्बर ७ का अध्यक्ष रमेशकुमार श्रेष्ठ, ८ का अध्यक्ष उत्तमकुमार कर्माचार्य र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालको टोलीले शनिबार बेनी बजारमा घरदैलो गरेका थिए । सडकपेटीमा राखिएका निर्माण र व्यापारिक सामग्रीका कारण पैदलयात्रु तथा सवारी आवत जावतमा समस्या हुने गरेको छ । दुर्घटनाको जोखिम पनि बढाएकाले सडकपेटीमा सामग्री नराख्न र बनाएका संरचना हटाउन अनुरोध गरिएको नगरप्रमुख केसीले बताए । व्यापारी र सम्बन्धित घरधनीले सामान नहटाए नगरपालिकाले आफै हटाउने बताएको छ । यसैगरी सार्वजनिक जग्गामा सडकको क्षेत्राधिकारमा पर्ने ठाउँमा बनाइएका संरचना हटाउन पनि ताकेता गरिएको नगरपालिकाले जनाएको छ । बेनीका विभिन्न ठाउँमा पुल, सडक पुल, खोल्सा र सार्वजनिक पाखोमा व्यक्तिगत संरचना बनाएर अतिक्रमण गरेका छन् । बेनीमा यातायात ब्यवस्थापनका लागि एकतर्फी यातायात सञ्चालन, सवारी पार्किङ, कालीगण्डकी र म्याग्दी नदीको किनारै किनार वैकल्पिक सडक सञ्चालन, बहुउद्देश्यीय मैदानमा बसपार्क सञ्चालन गरिएको छ । साँघुरो सडकमा व्यापारीले सामान राख्ने र निर्माणाधिन घरका सामग्री थुपार्ने गर्दा आवत जावत र यातायात सञ्चालनमा असहज हुनुका साथै दुर्घटनाको जोखिम हुने गरेको छ । रासस
रसुवागढी नाकाबाट पाँच अर्ब भन्दाबढीको सामग्री आयात
रसुवा । नेपालको उत्तरीनाका रसुवागढीबाट आयात भएका चिनियाँ सामग्रीको भन्सार मूल्याङ्कन छिटोछरितो भइरहेको छ । तिहार लागि आयात भएका स्याउ, ओखर, किभी, स्याउपातीजस्ता फलफूल छिटोभन्दा छिटो बजारमा पुगोस् भन्ने उद्देश्यले त्यस्ता सामग्री सकभर आयात आएकै दिन जाँचपास गराउन भन्सार प्रशासन अग्रसर भएको हो । प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीका अनुसार चीनबाट आयात भएका सामग्रीे परीक्षण एवं नियमानुसार भन्सार शुल्क कायम गराउन पर्याप्त जाँचकी परिचालन गरिएको र फलफूललगायत कुहिने चीज राजमार्गमै र अन्य सामग्री खोला बगरमा रहेको आफ्नैे कम्पाउण्डबाट छिटोछरितो परीक्षण भइरहेको छ । तिहारलाई केन्द्रित गरी गत असोज २५ देखि कात्तिक ५ गतेसम्म रसुवागढी नाकाबाट चिनियाँ ठूला टिपरमार्फत दाँतेओखर १९टिप, स्याउ ३०तीस टिप, स्याउपाती एवं किभी चार/ चार टिप आयात भएको सीमा क्षेत्रका सुरक्षाकर्मीले जनाएका छन् । प्रसादको रूपमा चढाइने र मानिस बिरामीलाई उपभोग गराउन महत्वपूण मानिनेस्याउको माग आपूर्ति सहज बनाउन नेपाली व्यवसायीले गरेको लगानी आम उपभोक्ता सामु हितकारी बन्दै गएको स्थानीय बासिन्दाले बताएका छन्। रसुवागढी आइपुग्दा फुँजी स्याउको मूल्य प्रतिकेजीरू ७५ र अन्य जातका स्याउ प्रतिकेजी ५५ रुपैयाँ पर्ने भन्सार कर्मचारी बताउँछन् । स्याउजस्ता फलफूलको भन्सार दस्तुर प्रतिट्रकको हिसाबले मात्र शुल्क लिने गरिएको बताइएको छ । वर्षायाममा सडक मार्ग अवरूद्व हुने र हावा नपस्ने कन्टेनर डिब्बामा राखिएको स्याउ पाँच/ सात दिन सडकमै रोकिनुपर्ने अवस्था आए कुहिएर नोक्सान हुने विगतको समस्यालाई मनन गरी वर्षा रोकिए लगत्तै फलफूल आयात गर्न थालिएको हो । नेपाली बजारको मागका आधारमा व्यापारीले फलफूलका साथै महिला तथा पुरुष एवं बालबालिकाका लागि विविध तयारी पोसाक रसुवागढी नाकाबाटै आयात हुने गरेको भन्सार अधिकृत रेशम खड्का बताउँछन् । टिमुरेस्थित रसुवा भन्सार कार्यालयले दिएको विवरणअनुसार पुरूषका लागि ज्याकेट ,पञ्जा, टोपी, टाउजर, पाइन्ट सुरूवाल तथा महिलाका लागि ब्रा, पेन्टी, टिसर्ट ,सुइटर, बच्चाका लागि बेविसेटजस्ता दर्जनौँ विविध तयारी पोसाकसमेत आयात गर्ने गरिएकोे व्यवसायी धर्म पौडेल जानकारी दिन्छन् । उनका अनुसार उपभोक्ताको चाहना, खपतको आँकलन, मूल्यको अवस्थासमेतलाई मध्यनजर गर्दै आयात गर्नका लागि अनुमति प्राप्त नेपाली व्यवसायी फर्मले चिनियाँ उत्पादक कम्पनीसँग सामग्री माग गर्ने गरेका छन् । यस्तै चालू आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म रसुवागढी नाकामा हालसम्मको मूल्याङ्कनअनुसार कूल पाँच अर्ब ६६ करोड ३० लाख ८३ हजार रुपैयाँ बराबरको आयात भएको देखाएको छ । व्यापार व्यावसायीले मगाएको एक सय पचास भन्दाबढी विद्युतीय सवारीसाधन जाँसपास हुन बाँकी रहेको र ती सवारी साधनबाट प्राप्त हुने राजस्व भने जाँचपासपछि मात्र दाखिला हुने भन्सार कार्यालयका सूचना अधिकारी भरतराज अधिकारी जानकारी दिन्छन् । राजस्व बुझाउन आयातकर्ता अनुपस्थित रहेका कारण डोजर, कार, स्कुलबसलगायत सवारीसाधन भन्सार हातामा थन्किएको छ । रासस गत साउनदेखि असोज मसान्तसम्म कूल रु एक अर्ब ४८ करोड ९९ लाख ८७ हजार राजस्व दाखिला भएको प्रमुख भन्सार अधिकृत भण्डारी उल्लेख गर्छन् । जाँचपास हुन नसकी टिमुरेदेखि रसुवागढीसम्म ठाउँ–ठाउँमा रोकिएका सबै सामग्री सिमा प्रहरी टिमुरेलगायत सुरक्षा अङ्गले रेखदेख सुरक्षा गरिरहेको सिमा प्रहरी प्रमुख गम्भीरजङ्ग थापा बताउँछन् । साउनदेखि हालसम्म आठ सय ४८ कन्टेनरबाट विविध सामग्री नेपाल भित्रिएको छ । विगतमा कोरोना सङ्क्रमणका कारण आर्थिक मन्दिमा परेका सबै ट्रक तथा कन्टेनर व्यवसायी अहिले चलायमान भइसकेका छन् । आयात भएका सामग्रीमा स्याउ, ओखर रेडिमेट कपडाका साथै हाइड्रो पावरका उपकरण र सवारी साधनको पार्टपूर्जा , मेडिकल सामग्रीका साथै चिनियाँ ठूला दुई कन्टेनरमार्फत ताससमेत आयात भएको जनाइएको छ । रासस
बेकरी उद्योगबाट मासिक एक लाख आम्दानी गर्दै युवा
कैलाली । लामो समयदेखी कैलाली, कञ्चनपुरलगायत सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका अधिकांश मानिस रोजगारीको लागि नजिकैको छिमेकी देश भारत जाने गरेका छन् । बिना भिसा र सहजै रोजगारी पाउने भएकोले पनि यहाँका मानिस रोजगारीका लागि वर्षौदेखि भारतका विभिन्न ठूला सहर पस्ने गरेका हुन् । भारतको मुम्बई, दिल्ली, सुरत, पुना, पञ्जाब, हरियाणालगायत रोजगारीको लागि नेपालीको रोजाइँमा पर्ने सहर हुन । कलिलै उमेरका युवायुवतीदेखि ६०/६५ उमेर समूहका मानिससमेत भारतमा विभिन्न सहरका कम्पनीमा अफिसरदेखि चौकीदार तहसम्म कामदारका रुपमा काम गर्ने गरेका छन् । तर त्यसको ठीक विपरीत स्वदेशमै स्वरोजगार भई भारतीय नागरिकलाईसमेत रोजगारी दिइरहेका छन् धनगढी उपमहानगरपालिका–२ स्थित बैयाबेहडीका २७ वर्षीय युवा आशिषराज शर्मा । उनले अहिले बैयाबेहडीस्थित दक्षिण बेल्टमा एक ‘हेप्पी होम बेकरी एण्ड क्याफे’ नामक पाउरोटी उद्योग खोली व्यापार गर्दै आएका छन् । जुन उद्योगमा उनले सात भारतीय नागरिकलाई रोजगारी दिएका छन् । ती कामदारलाई मासिक १६ देखि २८ हजार रुपैयाँ सम्म तलब दिएका छन् । सानै उमेरदेखि नै व्यापारमा रुचि राख्ने आशिषले आफूलाई एक सक्रिय युवाका रुपमा परिचित गराएका छन् । आशिषको परिवारमा बुबाआमा, दाइभाउजु, छोराछोरी भतिजा भतिजी गरी १२ जना छन् । उनले परिवारको लालनपालनमा पनि सहयोग गर्दै आएका छन् । पुख्र्यौली घर अछामबाट एसएलसी पास गरी अध्ययनका लागि सानै उमेरमा राजधानी काठमाडौं हानिएका आशिषले घरको आर्थिक स्थिति कमजोरीका कारण प्लस टु गर्दागर्दै बीचमै अध्ययन छोडी २०७२ सालमा कैलालीको धनगढी आएका थिए । उनले धनगढीस्थित एक टायर हाउस डिलरमा पाँच हजार रुपैयाँमा तलबमा काम सुरु गरी छ वर्ष काम गरेर छोडे । टायर हाउसमा काम छोडेपछि अछामको बयलपाटास्थित अस्पतालमा चमेना गृह सञ्चालन गरी व्यवसाय सुरु गरे । सो चमेना गृहमा पनि सोचे अनुसारको कमाइ नभएपछि उक्त व्यवसाय छोडी धनगढीमा पाउरोटी उद्योग सुरु गरे । आशिषका भिनाजु बेकरी उत्पादनसम्बन्धी राम्रो सिप भएका व्यक्ति छन् । भिनाजुको अभिप्रेरणाबाट प्रभावित भई सुरुमा धनगढीको मिलनचोकमा पाउरोटी उद्योग चलाउनुभयो । त्यहाँ काम गर्ने ठाउँको अभाव र महँगो भाडादर भएपछि डेढवर्ष उक्त स्थानमा व्यवसाय चलाई अहिले धनगढीको बैयाबेहडीमा उक्त उद्योग सञ्चालन गर्दै आएका छन् । पाउरोटी उद्योगबाट सबै खर्च कटाएर मासिक एक लाख रुपैयाँ जति बचत हुने गरेको उनले बताए । उनले भने, ‘दिनमा पचास हजार रुपैयाँ बराबरको कारोबार हुने गरेको र त्यसमध्ये छ/सात हजार रुपैयाँको हाराहारीमा बचत हुने गरको छ ।’ उक्त व्यवसायबाट आशिषले आफ्नो परिवारको लालनपालन साथै सम्पूर्ण खर्चसमेत व्यहोर्दै आएका छन् । रासस
पठाओमा फुड डेलिभरी गर्ने साइकल चालकले महिनाको ५०/६० हजार कमाउँछन् : सुरक्षा हमाल
२५ सेप्टेम्बर २०१८ देखि बाइकमा राइड सेयरिङमार्फत सेवा सुरू गरेको पठाओले हालै चौथौं वार्षिकोत्सव मनायो । प्रविधिको विकासले दैनिक हजारौंलाई प्रत्यक्ष सेवा दिईरहेको पठाओले छोटो समयमा नै ब्राण्ड नै बन्न सफल भएको छ । उपत्यकामा लोकप्रिय बनेको पठाओले चितवनमा पनि आफ्नो सेवा विस्तार गरेको छ । नेपाल प्रवेशदेखि लिएर कम्पनीको आगामी योजनाका विषयमा पठाओकी सिनियर मार्केटिङ म्यानेजर सुरक्षा हमालसँग विकासन्युजका लागि सन्तोष रोकाया र सीआर भण्डारीले कुराकानी गरेका छन् । पठाओले कसरी काम गरिरहेको छ ? हामीले पठाओ एप्स सञ्चालन गरेको छौं । त्यो एपबाट कुनै पनि मान्छेले बुक गरेर एक ठाउँबाट अर्को ठाउँ जान सक्छन् । हामीले मोटरबाइक राइड सेयरिङबाट सेवा सुरु गरेका हौं । त्यसपछि हामीले ट्याक्सीमा पनि यो सुरु गर्यौ । त्यसपछि फुड डेलिभरी सेवा थालेका छौं । राइड सेयरिङमा कुनै पनि सेवाग्राहीले आफूलाई जानुपर्ने ठाउँमा बुक गर्नुपर्छ । त्यो रिक्वेस्ट राइडरलाई जान्छ । राइडरले एसेप्ट गरेर पिकअप गर्छ । सेवाग्राहीलाई कहाँ जानुपर्ने हो त्यहि ठाउँमा पुर्याइदिनुहुन्छ । त्यो बापत सेवाग्राहीले एपमा देखाए वापतको फिक्स्ड रकम राइडरलाई पे गर्नुहुन्छ । राइडरले हामीलाई कमिसन पे गर्नु हुन्छ । बाइकमा २० प्रतिशत र ट्याक्सीमा ५० प्रतिशत कमिसन लाग्छ । छोटो समयमा नै पठाओ सेवा चर्चित भयो, कसरी ? यो अमेरिकन कम्पनी हो । विदेशबाट फण्डेड कम्पनी हो । यो एफडीआइ नै हो । नेपालमा यसको इतिहास छोटो भए पनि विदेशमा यो सेवा सञ्चालनमा आएको धेरै वर्ष भयो । पठाओको सेवा उत्कृष्ट छ । चौथौ वार्षिकोत्सवको अवसरमा पठाओ सेवा चितवनमा पनि विस्तार गरेका छौं । काठमाडौंमा हामीले बाइक, ट्याक्सी, फुड र बजार सुरु गरिसकेका छौं । चितवनमा बाइक र टुकटुकबाट पठाओ सेवा सुरु गरिएको छ । चितवनमा पनि राम्रो भइरहेको छ । सेवाग्राहीले खुसी व्यक्त गरेका छन् । चितवनमा टुकटुक ९तीन पांग्रे अटो० पहिलादेखि नै चल्दै आएको थियो ।सेवाग्राहीहरुले टुकटुकलाई एपबाट बोलाउन सक्नुहुन्छ । चालकले पनि एपबाट नै रिक्वेस्ट एसेप्ट गरेर एक ठाउँबाट अर्को ठाउँ पुर्याउनुहुन्छ । सुरु–सुरुमा राइड सेयरिङमा अपरिचित मान्छेको गाडीमा बस्न अफ्ठ्यारो लाग्छ । तर हामीले कुनै अफ्ठ्यारो नमानिकन सुरक्षित हुन्छ भनेर प्रमोट गरिरहेका छौं । सबै राइडरको पुरा विवरण हामीले सिस्टममा राखेको हुन्छौं । सबै राइडरलाई ट्रयाक गरिरहेका हुन्छौं । सबै जना राइडरले ट्रेनिङ लिएका हुन्छन् । उनीहरुलाई सबै कुराहरुको जाँच गरेर नै हामीले भेरिफाइड गरेका हुन्छौं । राइडको दौरानमा आफ्नो साथीभाईलाई आफू कहाँ छौ भने लाइभ गर्न पनि सकिन्छ । केही भएको खण्डमा सपोर्टका लागि २४ सै घण्टा कल सेन्टरको पनि व्यवस्था मिलाइएको छ । हामीले इन्स्योरेन्स पनि गरिदिएका छौं । राइड सेयरिङको लागि उच्च रकमको इन्स्योरेन्स कभर दिएका छौं । जसमा मेडिकल इन्स्योरेन्स १ लाख रुपैयाँको छ । मृत्यु भएको केसमा १० लाख रुपैयाँसम्मको छ । राइडरले १० लाख र सेवाग्राहीले १० लाख रुपैयाँ पाउँछन् । यी कुराहरुलाई हामी प्रचार पसार गर्नुपर्नेछ । अपरिचित ब्यक्तिसँग बाइकमा सवार गर्नु नेपाली समाजको लागि गाह्रो कुरा हो, यो किसिमको सचेतना कसरी गरिरहनु भएको छ ? पठाओ आउनु भन्दा अघि एक दुइटा राइड सेयरिङ सञ्चालनमा थिए । ४ वर्षअघि सुरु गर्दा लोकल एपहरु मात्रै थिए । सुरुमा अपरिचित व्यक्तिसँग बाइकमा बस्न गाह्रो नै हुन्छ । कुनै परिचित मान्छेको पछाडी बसेर आफ्नो गन्तव्य पुग्न सकिन्छ भन्ने अवस्था थिएन । तर, हामीले ग्राहकलाई त्यो किसिमको अनुभव दिएर कन्फिडेन्स लेभल बढायौं । उहाँहरुलाई एक किसिमको सहजता दियौं । अपरिचित व्यक्तिको पछाडी बस्दा कति सुरक्षित छ भनेर शिक्षा दियौं । अहिले राइड सेयर भनेपछि लाइफस्टाइल नै भएको छ । लाखौं ग्राहकले हाम्रो सेवालाई सहज र सुरक्षित मान्नु भएको छ । कतिपय मान्छेलाई गन्तव्यमा छिटो पुग्ने, एप थ्रु बुक गरेर एउटा ठाउँबाट अर्को ठाउँ जाँदा दिइने सुरक्षाका कारण अहिले सबैको मन मस्तिस्कमा पठाओ बसिसकेको छ । पठाओको राइडर र सेवाग्राही कति छन् ? पठाओ एप ३५ लाखभन्दा बढीले डाउनलोड गर्नु भएको छ । अहिले काठमाडौंमा मात्रै संचालन भएको हुनाले यो तथ्याङ्क काठमाडौंको मात्रै हो । राइडहरु मात्रै डेढ लाख बढी छन् । जसमा बाइक राइडर १ लाख ३० हजार हुनुहुन्छ । काठमाडौंमा भएका ५० प्रतिशत ट्याक्सी हामीसँग आवद्ध हुनु भएको छ । पठाओ आउनुभन्दा अघि टुटल आएको थियो तर टुटुलको भन्दा मार्केट बढी पठाओको छ, यो कसरी सम्भव भयो ? टुटल लोकल कम्पनी हो भने पठाओ अन्तर्राष्ट्रिय कम्पनी हो । तर लोकल कम्पनी र अन्तर्राष्ट्रिय कम्पनीले ग्राहकलाई खासै फरक पार्दैन । किनभने उहाँहरु चढ्ने बाइक र राइडर उही हो । जाने गन्तव्य पनि त्यहि नै हो । केही फरक छैन । उहाँको एक्सपेरियन्स फरक छ । हामीले एपको इन्टरन फेजदेखि लिएर राइडरलाई ट्रेन गरेका छौं । राइडरले यत्तिकै राइड गर्न पाउनु हुन्न । हामीले राइडरलाई एक घण्टाको ट्रेनिङ दिएका छौं । उहाँहरुलाई सपोर्टका लागि इन्स्योरेन्स लगायत अन्य सुविधाले ग्राहकको मन जित्न सफल भयौं । ग्राहकका लागि अन्य क्षेत्रमा लोकल कम्पनीसँग ठूलो प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । यी सबै कुराले गर्दा हामीले मार्केट सेयर क्याप्चर गर्न सफल भएका हौं । यो फ्रेसर इण्डष्ट्रि पनि भयो । हाम्रो त कुनै गुड्स छैन । यहि सर्भिसलाई कसरी राम्रो बनाउन भन्ने मात्रै हो । सेवाग्राहीलाई एप चलाउन सजिलो बनाउने, टेक गर्न सजिलो बनाउने लगायतका काम गर्यौ । एपलाई जुनसुकै वर्गको मान्छेले पनि चलाउन सक्ने बनाएका छौं । एक्सपेरियन्स इन्टायर हुनुपर्यो । राइडरलाई सुरक्षाको कुराहरु पनि हुनुपर्छ । राइडरलाई ट्रेन गर्नेदेखि लिएर इन्स्योरेन्स सपोर्ट सबै कुराहरु भएकाले पनि हामी अगाडी आउन सफल भयौं । राइडरहरुलाई कस्तो खालको तालिम दिनुहुन्छ ? एप कसरी चलाउने, रोड सेफ्टिदेखि लिएर सेवाग्राहीसँग कस्तो व्यवहार गर्ने, उहाँमा भएका ह्यारेसमेन्टका कुराहरु सस्पेन्ड गरिन्छ । के कुरा गर्न हुन्छ के कुरा गर्न हुन्न रु भन्ने सबै सिकाउँछौं । पहिलामा फिजिकल कक्षा दिने गरेका थियौं । अफिसमा बोलाएर दिनमा ४ वटा सेसनमा कक्षा हुन्थ्यो । कोरोनापछि भने अनलाइन कक्षा दिइरहेका छौं । कुनै एउटा व्यक्ति पठाओको राइडर बन्न के गर्नु पर्छ ? राइडर बन्न धेरै असहज छैन । आफ्नो ब्लुबुक र लाइसेन्स लिएर आउने हो । ट्रेनिङ लिनुपर्छ । अहिले दुई हजार ५ सय रुपैयाँ शुल्क तोकिएको छ । त्यसमा उहाँहरुले जति अमाउन्ट शुल्क दिनुहुन्छ त्यति रकमको रिक्वेस्ट दिइरहेका छौं । त्यो रिक्वेस्टबाट उहाँहरुले त्यो रकम फिर्ता लिनुहुन्छ । अहिले बजारमा इनड्राइभर कडा प्रतिस्पर्धीको रुपमा आएको छ, यसलाई तपाईंले कसरी लिनु भएको छ ? कुनै पनि इण्डष्ट्रिमा प्रतिस्पर्धी आउनु राम्रो हो । प्रतिस्पर्धी आयो भने इण्डष्ट्रि नै ग्रोथ हुन्छ । हामीलाई पनि कोही प्रतिस्पर्धी आयो भने अझै नयाँ नयाँ कुराहरु सोच्ने अवसर मिल्छ । केही नयाँ काम गर्ने सोच हुन्छ । एउटा कम्पनी भयो भने बजारमा मोनोपोली हुन्छ । आफ्नो मोनोपोली भयो भने मजा पनि आउँदैन । कुनै पनि इण्डष्ट्रिमा मुख्य २र३ वटा प्रतिस्पर्धी हुन्छन् । सबैको आआफ्नो मुख्य युनिक प्वाइन्ट हुन्छ । प्रतिस्पर्धी आउँदैमा खासै फरक पर्दैन । इण्डष्ट्रि अझै ग्रोथ हुन्छ । उहाँहरुले पनि आफ्नो मार्केटिङ गर्नुहुन्छ । राइड सेयरिङको बारेमा थाहा नभएको मान्छेले थाहा पाउनुहुन्छ । सबै जनासँगै मिलेर इण्डष्ट्रि ग्रोथ गर्ने हो । राइड सेयरिङदेखि लिएर फुड डेलिभरिमा अहिले पनि ३र४ वटा संचालनमा छन् । सबैको आआफ्नो मार्केट सेयर छ । सबैको आफ्नै युनिक प्वाइन्ट छ । सबै जना मिलेर एउटा फुड डेलिभरि इण्डष्ट्रिलाई ग्रोथ भएको छ । हामी प्रतिस्पर्धीलाई स्वागत नै गर्छौ । प्रतिस्पर्धी नै भन्ने हो भने पनि इनड्राइभरले इन्स्योरेन्स दिँदैन । उसको सपोट नै छैन । इनड्राइभरले राइडरलाई ट्रेनिङ नै दिँदैन । इनड्राइभरको अफिस पनि छैन । सडकमा हुने व्यापार हो । कुन बेला के हुन्छ भन्न सकिँदैन । मूल्य मात्रै सबै कुरा होइन । इनड्राइभरको हकमा धेरै एक्सिडेन्ट भएर रिप्लाइ नआएको, राइडर भागेको सूचनाहरु आएका छन् । पठाओ पनि त दुर्घटनामा परेका घट्ना होलान नि ? यस्ता केसहरु धेरै छन् । ३र४ वटा मात्रै मृत्यु भएका घटना छन् । उहाँहरुले फुल क्लेम पाउनु भएको छ । ६ महिनाअघि ५ लाखको मात्रै बीमा थियो । अहिले १० लाखको बीमा बनाएको छ । डेथ भएकाहरुले पुरा क्लेम पाउनु भएको छ । सानोतिना घटना घटेर क्लेम तिरेको धेरै छन् । अहिलेसम्म ५ सय जनाले फूल बीमा दावी पाइसक्नु भएको छ । चितवनपछि अन्य सहरहरुमा सञ्जाल विस्तार गर्ने कुनै योजना छ ? पक्कै पनि देशभरि नै विस्तार गर्ने योजना छ । अहिलेलाई चितवनमा विस्तार गरिएको छ । चितवनमा संचालनमा आएको एक महिना मात्रै भयो । हामी सुरुवाती चरणमा नै सन्तुष्ट छौं । ब्राण्डमा कुनै कमी छैन । सबैलाई पठाओ भन्ने कुरा के हो भनेर थाहा छ । अब एक्सपेरियन्स र सुरक्षालाई बढाउँदै लैजाने हो । चितवनमा पहिला टुकटुकलाई मान्छेहरुले बोलाएर आफ्नो गन्तव्यमा जाने गरेका थिए । त्यसलाई हामीले हाम्रो टेकमा लिएको मात्रै हो । टुकटुक चालकहरु टेक फ्रेन्ड्ली हुनुपर्ने छ । उहाँहरु टेक फ्रेन्ड्ली हुनुहुन्न । उहाँहरु कोसिस गरेर एप चलाउन सिकिरहनु भएको छ । उपत्यका पछि चितवनमा छौं । विस्तारै यसलाई अन्य सहरहरुमा लैजान्छौं । कतिपय राइडरको शुल्क बढी भयो भन्ने गुनासो छ नि ? हामीसँग प्राइस बढी भयो भनेर गुनासो आएको छैन । २० प्रतिशत मात्रै कमिसन हो । त्यो कमिसनबाट नै हामीले कम्पनी संचालन गर्नुपर्ने हुन्छ । कतिपय राइडरलाई त्यो २० प्रतिशत कमिसन फिर्ता पनि दिने गरको छौ । २० प्रतिशत कमसिनबाट कम्पनीलाई सस्टेन गर्नुपर्ने, मार्केटिङ गर्नुपर्ने, टेकमा खर्च गर्नुपर्ने हुन्छ । हामी टिक्ने भनेको नै त्यहि २० प्रतिशत कमिसनबाट नै हो । हाम्रो अन्य आम्दानी केही पनि छैन । फेरि कस्टमरलाई पनि डिस्काउण्ट दिनु पर्ने हुन्छ । यी सबै २० प्रतिशतमा नै जोडिन्छ । शुल्क बढी भएका कारण कतिपय राइडरले अफलाइन चलाएको भन्ने छ नि ? अफलाइनमा राइड नगर्नु भनेर पटकपटक भनिरहेका हुन्छौं । एकछिनको लागि अफलाइन टेक गर्दा राइडर आफै लुटिएको, बाइक लुटेको, राइडरलाई कुटेको केसहरु छन् । केही दिनअघि पनि यस्तै एउटा मृत्यु भएको केस आएको थियो । उहाँले अफलाइन राइड गर्नुभएको थियो । अचानक उहाँको एक्सिडेन्टमा मृत्यु भयो । परिवारले क्लेमको लागि भन्नुभएको थियो । तर सिस्टममा उहाँ हुनुहुन्थेन । यो एकदमै गर्दै नहुने चिज हो । २० प्रतिशतको प्रलोभनमा परेर अफलाइन लिँदा ठूलो घाटा हुन्छ । यसमा राइडर पनि घाटामा हुन्छ अनि कस्टमर पनि घाटामा हुनुहुन्छ । सडकको ब्यापार हो भोलिका दिनमा जे पनि हुन सक्छ । पठाओले सहरी यातायातमा कस्तो परिवर्तन ल्याएको छ ? एउटा टेक्नोलोजी ९एप० बाट बुक गरेर एउटा ठाउँबाट अर्को ठाउँ जाने गर्नु भएको छ । ट्याक्सीमा आउनुभन्दा अघि फिक्स्ड मिटरमा नचलाउने, आफू खुसी रेट तोक्ने गरेका थिए । ट्याक्सी ढोकामा आउँदैन थिए । ट्याक्सी चाहियो भने रोडमा जानुपथ्र्यो वा हिडेको बेलामा पायो भने मात्रै चड्ने अवस्था थियो । हामीले ट्याक्सीमा हाउ मच भन्ने कुरालाई मिनिमाइज गरेर फिक्स्ड गरेर फेयर गरेका छौं । अहिले ढोकामा नै ट्याक्सी आउने गरेका छन् । त्यस्तै, एउटा अफिसियल कर्मचारीलाई पार्किङको ठूलो समस्या छ । कहिलेकाँही पार्किङको कार्ड बिर्सिनु हुन्छ । उहाँलाई पार्किङ गर्न असहज हुन्छ । त्यो बेलामा उहाँहरुले राइड लिन सक्नु हुन्छ । त्यसपछि उहाँलाई पाकिङको चिन्ता हुँदैन । कतै जानु पर्यो भने पनि बाइकमा छिटो हुन्छ । जस्तै, दशैंको बेलामा एकदमै भिड हुन्छ । सपिङ जानुपर्ने हुन्छ पार्किङ गर्ने ठाउँ नै हुँदैन । राइड लिएर गयो आफ्नो सपिङ गर्यो राइड लिएर फर्कियो । पार्किङको समस्या भएन । ट्राफिक व्यवस्थापनमा सहज भएको छ । बोलाएको ठाउँमा जाने अलि पार्किङ नगरेर सिधैं बोकेर हिड्ने हो । ट्याक्सीमा आउनुभन्दा अघि फिक्स्ड मिटरमा नचलाउने, आफू खुसी रेट तोक्ने गरेका थिए । ट्याक्सी ढोकामा आउँदैन थिए । ट्याक्सी चाहियो भने रोडमा जानुपथ्र्याे वा हिडेको बेलामा पायो भने मात्रै चड्ने अवस्था थियो । हामीले ट्याक्सीमा हाउ मच भन्ने कुरालाई मिनिमाइज गरेर फिक्स्ड गरेर फेयर गरेका छौं । अहिले ढोकामा नै ट्याक्सी आउने गरेका छन् । हामीले अर्थतन्त्रलाई पनि चलायमान बनाएका छौं । प्रत्यक्ष रुपमा नदेखिएपनि अप्रत्यक्ष रुपमा अर्थतन्त्रमा ठूलो टेवा पुर्याएका छौं । जस्तो चितवनमा बेलुका भएपछि यातायात पाउँदैन । कुनै पसल नचाहेर पनि छिटो बन्दु गर्नपर्ने बाध्यता छ । यातायात नहुँदा स्टाफलाई छिटो घर जानु पर्थ्याे । जब हामी चितवनमा २४ घण्टा सर्भिस सुरु गर्यौ । उसले अर्काे २ घण्टा आफ्नो पसल चलाउन पाएको छ । त्यसबाट इकोनोमिकलाई पनि बुस्ट गर्न अप्रत्यक्ष सहयोग हो । हामीसँग विभिन्न किसिमका राइडरहरु पनि छन् । चार पाँग्रे, दुई पाँग्रे लगायत गाडीहरु चलाइ रहनु भएको छ । कोरोना महामारीको बेलामा जागिर गुमाउनु परेको साथीहरुले पनि यसबाट आम्दानी गरिरहेका छन् । कोरोनाको बेलामा यहिबाट नै सस्टेन हुनु भयो । कतिपय विदेशबाट फर्केर पठाओ चलाइरहनु भएको छ । धेरै जनाले यहिबाट कमाएर आफ्नो विजनेश सुरु गर्नु भएको छ । एउटा राइडरलाई सधैं यसमा घोटेर काम नगर्नुहोस् भन्छौं । यसलाई एउटा ट्रान्जेक्सन जबको रुपमा लिनुपर्छ भनिरहेका छौं । यसलाई एउटा सर्टेन टाइमको लागि मात्रै लिनुस् त्यसपछि आफ्नो काम गर्नुहोस । यसलाई पार्ट टाइम जबका रुपमा लिनुहोस भनिरहेका छौं । पैसा आम्दानी गरेपछि आफ्नो विजनेश सुरु गर्नुहोस भनेर राइडरलाई इनकरेज गरिरहेका हुन्छौं । फुड डेलिभरि गर्न साइकल चालकहरुलाई पनि अवसर दिएका छौं । जोसँग बाइक छैन उहाँहरुले महिनाको ५०/६० हजार कमाउनुुहुन्छ । कोही साइकल चलाएर नै बाइक किनेर बाइक सेयरिङ गरिहरनु भएको छ । पठाओ चलाएर कोही आत्मनिर्भर वा स्वरोजगार बन्नु भएको छ ? धेरै जना हुनुहुन्छ । एकजनाले पठाओ चलाएर पैसा कमाउनु भयो । पछि उहाँले साइकल पसल खोल्नु भएको थियो । उहाँले पहिला फुल टाइम गर्नुहुन्थ्यो । धेरै जना स्वरोजगार बन्नु भएको छ । कहिलेकाँही ट्याक्सी र पठाओबीच विवाद हुन्छ नि ? अहिले त केही समस्या छैन । उहाँहरुलाई पनि हाम्रो प्ल्याटफर्ममा स्वागत गरेका छौं । ६ हजार भन्दा बढी ट्याक्सी आवद्ध हुनु भएको छ । हामीसँग आवद्ध हुनु भएका ट्याक्सीले राम्रो कमाउनु भएको छ । उहाँहरुले महिनाको १ लाख माथि नै आम्दानी गरिरहनु भएको छ । उहाँहरुले अरु बेला जे गर्नुहुन्छ त्यो पनि गर्न सक्नुहुन्छ । बाटोमा पाउने ग्राहकलाई पनि उहाँले बोक्नुहुन्छ । त्यो बाहेक पठाओको मात्रै टेक हेर्ने हो भने महिनाको १ लाख माथि नै कमाउनु भएको छ । बाइकले महिनामा ४०/५० हजार कमाइरहनु भएको छ । त्यसैले पठाओ र ट्याक्सी चालकबीच कुनै समस्या छैन । फुड डेलिभरि गर्न साइकल चालकहरुलाई पनि अवसर दिएका छौं । जोसँग बाइक छैन उहाँहरुले महिनाको ५०/६० हजार कमाउनुुहुन्छ । कोही साइकल चलाएर नै बाइक किनेर बाइक सेयरिङ गरिहरनु भएको छ । हामीलाई करको दायरामा ल्याउनुहोस भनिरहेका छौ । हामीले कति ट्याक्स तिर्नुपर्छ तिर्न तयार छौं । केही सुविधा थप्ने योजनामा हुनुहुन्छ ? फिचरमा नयाँ भर्टिकलहरु आउन सक्छ । अहिलेलाई राइड, ट्याक्सी र फुड मात्रै हो । आगामी योजनामा के आउन सक्छ भनेर फिक्स भएको छैन । जे पनि आउन सक्छ । भविष्यामा कुरियर, पार्टसल आउन सक्छ । अहिले चितवनमा पुगेका छौं । अन्य ठाउँमा पनि जान सक्छौ । राइड सेयरलाई व्यवस्थित गर्न सरकारी निकायले के गर्नुपर्छ ? बाग्मती प्रदेशमा संचालन गर्न केही कठिनाइ छैन । सहज रुपमा संचालन गर्न दिनु भएको छ । अरु प्रदेशमा पनि हामीले कुरा गरिरहेका छौं । मुख्य कुरा राइड सेयरिङ भनेर नियम आएको छैन । छिट्टै नियम आउने अपेक्षा गरेका छौं । अहिलेसम्म कुनै पनि चुनौती छैन । संसारमा चलिरहेको कुरालाई हामीले पनि एसेप्ट त गर्नु पर्याे नि । हामीलाई करको दायरामा ल्याउनुहोस भनिरहेका छौं । हामीले कति ट्याक्स तिर्नुपर्छ तिर्न तयार छौं ।
जम्बो ब्राभो इलेक्ट्रीक स्कुटरको शोरुम काठमाडौंमा
काठमाडौं । जम्बो ब्राभो इलेक्ट्रीक स्कुटरको शोरुम काठमाडौंमा संचालनमा आएको छ । कम्पनीले आज एक कार्यक्रमबीच नक्साल नागपोखरीमा सोरुम उद्धघाटन गरेको हो । कम्पनीले क्यापाचिनो एस इलेक्ट्रीक स्कुटरसमेत नेपाली बजारमा सार्वजनिक गरेको छ । जम्बो ब्राभो इलेक्ट्रीक स्कुटरको नेपालको लागि आधिकारिक विक्रेता कम्पनी जम्बो मोटर्सले ४ लाख २९ हजार रुपैयाँ तोकेर क्यापाचिनो एसको विक्री सुरु गरेको हो । उक्त कार्यक्रममा बोल्दै कम्पनीका अध्यक्ष विनोद न्यौपानेले भने, ‘हामि पहिलादेखि नै हेटौडामा इलेक्ट्रीक दुई पाग्रे तथा तीन पाग्रे सवारी साधन विक्री गर्दै आएका छौं, काठमाडौंमा समेत हाम्रो स्कुटरको माग बढ्दै गएका कारण आज हामीले यहाँ नक्सालमा सोरुम संचलनामा ल्याएका छौ र गुणस्तरीय इलेक्ट्रीक स्कुटर ग्राहकलाई उपलब्ध गराउने छौं ।’ हामिले एक पटकको फुल चार्जमा १४० किलोमिटर सम्म गुडाउन सकिने स्कुटर नेपाली बजारमा भित्र्याएका छौं । कम्पनीले सार्वजनिक गरेको क्यापाचिनो इलेक्ट्रीक स्कुटरमा ५५ एम्पीयर ७२ भोल्टको लिथियम आयन ब्याट्री रहेको छ । यसमा ६ किलोवाट पिक क्षमताको मोटर प्रयोग गरिएको कम्पनीले जनाएको छ । यो स्कुटरको टप स्पीड क्षमता भने ८० किलोमिटर प्रतिघन्टा रहेको छ । क्यापाचिनोमा २८ लिटर क्षमताको ठुलो बु्ट स्पेश रहेको छ । त्यस्तै, यसमा ब्लुटुथ कनेक्टिभिटीसहितको फुल डिजिल डिस्प्ले रहेको छ भने, कि लेस स्टार्ट, एलइडी लाइट्स, डबल डिस्क ब्रेक, सिबिसी ब्रेकिङ जस्ता फिचर पाउन सकिन्छ । जम्बो मोटर्सले विगत १० वर्षदेखि विद्युतिय सवारी साधनको विक्री वितरण गर्दै आएको छ । कम्पनीले जम्बो तथा ओपाइ ब्रान्डका इलेक्ट्रीक स्कुटरहरू बिक्री गर्दै आएको छ ।
आइतबार १४.३५ अंकले बढ्यो नेप्से, दुई हाइड्रोपावर कम्पनीमा लाग्यो सर्किट
काठमाडौं । साताको पहिलो दिन अर्थात आइतबार १४.३५ अंकले नेप्से उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार १४.३५ अंकले बढेर १८५९.४९ अंकमा बन्द भएको छ । आइतबार दिनभरिमा २११ कम्पनीको १५ लाख ३८ हजार ४२ कित्ता सेयर १३ हजार ८१ पटक खरिदबिक्री हुँदा ५१ करोड ६८ लाख ६७ लाख ३ हजार ४८४ रुपैयाँ बराबरको कारोबार भएको छ । आज होटल तथा टुरिजम र म्युचअल फण्ड बाहेक सबै समूहमा हरियाली छाएको छ । नेप्सेको अनुसार दुई हाइड्रो कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा रु रु जल्यविद्युत र सयपत्री हाइड्रोपावर कम्पनी रहेको छ ।