बच्चामा एन्जाइटीको समस्या बढ्दै, लक्षण कसरी थाहा पाउने ?

<p>एजेन्सी । यूएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले २०२१ मा प्रकाशित गरेको प्रतिवेदन अनुसार विश्वभरका प्रत्येक पाँचौं बच्चामा एन्जाइटीका लक्षणहरू पाइएको छ। चिन्ताको विषय यो हो कि परिवारले यसलाई सामान्य मान्छन् जुन हानिकारक छ। जसका कारण बालबालिकाले भविष्यमा मानसिक समस्याको सामना गर्नुपर्ने हुनसक्छ । प्रभावित बालबालिकाहरू मानिसहरूलाई भेट्न, साथीहरूसँग घुलमिल हुन मन पराउँदैनन् । [&hellip;]</p>

एजेन्सी । यूएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले २०२१ मा प्रकाशित गरेको प्रतिवेदन अनुसार विश्वभरका प्रत्येक पाँचौं बच्चामा एन्जाइटीका लक्षणहरू पाइएको छ। चिन्ताको विषय यो हो कि परिवारले यसलाई सामान्य मान्छन् जुन हानिकारक छ। जसका कारण बालबालिकाले भविष्यमा मानसिक समस्याको सामना गर्नुपर्ने हुनसक्छ । प्रभावित बालबालिकाहरू मानिसहरूलाई भेट्न, साथीहरूसँग घुलमिल हुन मन पराउँदैनन् ।

कैयौंन बालबलिकामा भीडमा जाँदा पेट दुख्ने, बारम्बार पिसाब लागेको भन्ने, टाउको दुख्यो भन्ने जस्ता गुनासो गर्ने गर्दछन् । न्युयोर्कस्थित क्लिनिकल साइकोलोजिस्ट रेचेल बसम्याङ्काका अनुसार जाति छिटो यसको लक्षण पहिचान गर्न सक्यो बच्चालाई त्यती चाँडो निको गराउन सकिन्छ ।

सामान्य एन्जाइटी : बच्चाहरूले आफ्ना दैनिक कामहरु पनि गर्न मन पराउँदैनन्

बेलायतको नेशनल हेल्थ सर्भिसका अनुसार बच्चाहरूले आफ्नो समस्या बताउनको लागि सही तरिका थाहा नपाएर यस्तो प्रतिक्रिया दिइरहेका हुन्छन् ।

लक्षण : एकाग्रता नहुनु, ओछ्यानमा पिसाब गर्नु, सुत्न गाह्रो हुनु, खान खान आनाकानी गर्नु, सधैं आमाबाबुसँग टाँसिरहनु, दैनिक काम गर्नमा समस्या हुनु, मानिसहरूबीच कम बोल्नु ।

सामाजिक एन्जाइटी : मानिसहरूसँग कुरा गर्न डराउनु, धेरै कम स्वरमा बोल्नु

वाशिंगटनको चिल्ड्रेन्स नेसनल अस्पतालका अनुसार सामाजिक एन्जाइटी भएका बालबालिकाले यस्तो प्रतिक्रिया देखाउने गरेका छन् ।

लक्षण : विद्यालय जान इन्कार गर्ने, सार्वजनिक स्थानमा नबोल्ने वा धेरै कम स्वरमा बोल्ने, अरुको अनुहार नहेरी कुराकानी गर्ने, मानिसहरूको बीचमा बस्न, क्रियाकलाप गर्न, मानिसहरूको अगाडि खाना खान र कक्षा कोठामा बोल्न डर मान्ने ।

के गर्ने : सोध्नुहोस् के राम्रो छ, के खराब छ, किन ?

बच्चालाई सताउने अवस्थालाई हटाउनुको सट्टा, तिनीहरूलाई यसको सामना गर्न तयार गर्नुपर्छ । तिमी नर्भस नर्भस छौ भनेर सोध्नुको सट्टा, तिमीलाई कस्तो महसुस भइरहेको छ भनेर सोध्नुहोस्। आवश्यक भएमा मनोचिकित्सक वा बाल विशेषज्ञसँग परामर्श गर्नुहोस्।

Share News