४ अर्ब लगानीमा टाईल्स उद्योग स्थापना हुँदै, कजारिया सेरामिक्स र रमेश कर्पबीच सम्झौता
काठमाडौं । भारतको नम्बर १. र विश्वको सातौँ ठूलो टाईल्स कम्पनी कजारिया सेरामिक्स र नेपालको प्रसिद्व व्यापारिक समूह रमेश कर्पबीच नेपालमा ठूलो टाईल्स उत्पादन कम्पनी स्थापना गर्ने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झाैतामा रमेश कर्पका कार्यकारी निर्देशक प्रतिक जलान र कजारिया सेरामिक्सका अध्यक्ष/प्रबन्ध निर्देशक अशोक कजारियाले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अनुसार कम्पनीले नेपालमा हालकै सवैभन्दा ठूलोटाईल्स उत्पादन कम्पनी स्थापना गर्ने छ जसको वार्षिक उत्पादन क्षमता ८ लाख वर्ग मिटर हुनेछ । यस सम्झौता अनुसार दुवै कम्पनीको लगानी ५०/५० प्रतिशत हुनेछ र नेपालमै अत्याधुनिक उत्पादन कम्पनी स्थापना गर्न सम्बन्धित कम्पनीको तर्फबाट सम्झौता भएको हो । ४०० करोड लगानीको सिरामिक र भिट्रिफाइड टाईल्स उत्पादन गर्ने नवनिर्मित कारखानाको उत्पादन क्षमता ८ लाख वर्ग मिटर हुने र सन् २०२३ को अन्त्यसम्ममा सञ्चालनमा आउने अपेक्षा गरिएको कोर्पले जानकारी दिएको छ । नव निर्मित कारखाना भविष्यमा आफु निर्यातका लागि तयार हुने र नेपाली बजारको मागलाई पूरा गर्ने परिकल्पनाका साथ स्थापना हुँदैछ । यस बाहेक, नेपालमा उपलब्ध प्रमुख कच्चा पदार्थहरू टाईल्स उत्पादनमा प्रयोग गरिने बताइएकाे छ । नयाँ योजनाको बारेमा कजारिया सेरामिक्सका संयुक्त प्रबन्ध निर्देशक अशोक कजारियाले नेपाल आफ्नाे लागि महत्वपुर्ण बजार भएकाे बताए । ‘हामी यहाँ दुई दशकभन्दा बढी समयदेखि उपस्थित छौँ र यो कदमले नेपालको बजारमा हाम्रो उपस्थितिलाई अझ बलियो बनाउनेछ, यो परियोजना तत्काल शुरु गरी आउँदो २०२३ को अन्त्य सम्ममा सञ्चालनमा आउनेछ, हामी हाम्रा विश्वस्तरीय उत्पादनहरु नेपालमै प्रतिस्पर्धात्मक रुपमा उपलब्ध गराउन चाहन्छौँ,’ उनले भने । यस्तै, रमेश कर्पका कार्यकारी निर्देशक प्रतिक जलानले यो ऐतिहासिक परियोजना भएकाले यसले देशमा रोजगारी सृजना गर्न महत्वपूर्ण टेवा पु¥याउने बताए । ‘यो उद्योगबाट उत्पादित विश्वस्तरीय टाईल्स र अन्य उत्पादनहरु देशमै प्रतिस्पर्धात्मक मूल्यमा उपलब्ध हुनेछ,’ उनले भने । त्यस्तै, रमेश कर्पका उपाध्यक्ष रोहित गुप्ताले नेपाललाई औद्योगिकीकरण गर्ने नेपाल सरकारको लक्ष्यलाई साकार बनाउन रमेश कर्प प्रतिबद्ध रहकाे बताए । ‘आयोजना शुरुवातसँगै देशको अर्थतन्त्र बढ्नुका साथै मुलुकमा ठूलो लगानीको वातावरण सृजना गर्नेछ र निकट भविष्यमा नेपालमा यस्तै अन्य ठूला लगानीहरु भित्रिनेछ भन्ने कुरामा विश्वस्त छौँ,’ उनले भने ।
आकर्षण पोखरेललाई प्रश्न : व्यवसायबाट राजनीतिमा किन ?
प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचन नजिकिँदै छ । निर्वाचन नजिकिएसँगै काठमाडौं क्षेत्र नं. ७ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हाम्रो नेपाली पार्टीका इन्जिनियर आकर्षण पोखरेल पनि घर दैलो अभियानमा व्यस्त छन् । नेपालमा पर्यटन व्यवसायीका रुपमा परिचित पोखरेल निर्वाचित भएर राजनीति र विकासको परिभाषा परिवर्तन गर्ने धारणा राख्छन् । पोखरेलसँग विकासन्युजका लागि राजिव न्यौपाने र रिसव चौधरीले उनको उम्मेदवारी र एजेण्डाको विषयमा कुराकानी गरेका छन् । प्रतिनिधि सभाको लागि तपाईंले काठमाडौं क्षेत्र नम्बर ७ बाट उम्मेदवारी दिनु भएको छ, तपाईंको उम्मेदवारी किन ? निर्वाचन नजिकिएसँगै तपाईंको उम्मेदवारी किन भन्ने प्रश्न उठ्नु स्वाभाविक नै हो । अहिले समाजमा व्याप्त विकृति विसङ्गति छन् । आजका दिनमा पनि हामी विना नक्सा नै अगाडि बढी रहेका छौं । चाहे त्यो पूर्वाधार, सुशासन, सामाजिक लगायतका क्षेत्रमा होस् । हामी अगाडि बढ्नका लागि नक्सा चाहिन्छ । अगाडी बढ्ने मोडल चाहिन्छ । आजको समाजको समस्या के हो ? देखिरहेका समस्या के छन् ? यहाँ सडक, पानी, गुणस्तर शिक्षा आदि छैन । यहाँ छैन मात्रै छ । अभाव नै अभाव छ । यस्तो अवस्था किन आयो भने हामी विना नक्सा अगाडि बढ्यौं । त्यस करणले म संरचनात्मक राजनीतिमा विश्वास गर्छु । राजनीतिले एक अर्का बिचमा पर्खाल लगाउने, एकले अर्कालाई निषेध गर्ने जुन परिपाटी छ । त्यसलाई अब हटाउनु पर्छ । राम्रो कामको सुरुवात हामी सबैले गर्नुपर्छ । राम्रो काम गर्नको लागि पार्टी भनेर भएन । विज्ञता सबै ठाउँमा हुनुपर्छ । त्यो विज्ञता पार्टीको हुँदैन । त्यस कारणले राजनीति र विकासको परिभाषा परिवर्तन गर्नको लागि नै मेरो उम्मेदवारी हो । तपाईं पेशाले इन्जिनियर, व्यवसायिक क्षेत्रमा लगानी गरेको मान्छे एक्कासी राजनीति तर्फ किन लाग्नु भयो ? हो, पेशाले म इन्जिनियर । व्यवसायिक क्षेत्रमा पनि मेरो अनुभव राम्रो नै छ । म पनि आजको दिनमा एउटा जनता नै हो । नागरिकका समस्या पनि नजिकबाट नियालेको छु । म पनि जनता भएकै कारण जनताका समस्याहरू बुझेको छु । ती समस्याको समाधान गर्ने उपयाहरु पनि मलै देखेको छु । त्यसै कारणले पेशा र व्यवसाय सँगसँगै राजनीतिमा पनि आउनु पर्छ है भनेर उम्मेदवार बनेको हुँ । अहिले समाजमा प्रतिष्ठित अर्थात् समाजमा चिनिएका व्यक्ति ठूला राजनीतिक दलमा प्रवेश गरेर उम्मेदवार बनिरहेका छन्, तपाईं पनि एक व्यवसायी हो, त्यो रहर तपाईंमा आएकन की पत्याएनन् ? राजनीतिक दलले नपत्याएको हैन । जान नचाहेको हो । म स्वतन्त्र तरिकाले अगाडि बढ्दै थिएँ । तर, पछि मैले हाम्रो नेपाली पार्टीसँग जोडिएर लौरो अभियान अन्तर्गत नै उम्मेदवारी दिएको छु । सो पार्टी स्वतन्त्र उम्मेदवार युवाहरुकै सङ्गठन नै हो । एकैले केहि गर्न सकिँदैन, काम गर्नको लागि टिम चाहिन्छ भनेर नै सो पार्टीसँग जोडिएको हुँ । स्वतन्त्र भएर पनि सो पार्टीको लौरो अभियान अन्तर्गत नै चुनावी मैदानमा होमिएको हुँ । तपाईं उम्मेदवार हुनुभएको निर्वाचन क्षेत्रलाई कसरी बुझ्नु भएको छ ? तपाईंले मत पाउने आधारहरु के के छन् ? मैले मत आर्जन गरेर भोलि परिवर्तन गर्न सकिन भने मत पाएर कुनै अर्थ हुँदैन । यस पटकको प्रतिनिधिसभाको चुनावमा जनताको समस्यालाई नै बढी फोकस गरिरहेका छौं । धारा छन् पानी छैन, पानी छ, धारा छैन, पानीको पर्खाइमा हामी छौं । यस्ता किसिमका समस्या समाधान गर्नतर्फ मेरो ध्यान केन्द्रित छ । जनताले यो मान्छे योग्य छ, हाम्रो समस्याको समाधान गर्छ भन्ने लाग्छ भने मलाई मत दिनु होला । नभए म उम्मेदवार बन्दै गर्दा म पनि जनता हो । यहाँ मेरो जित र हार भन्दा समग्र जनताले जित्नु पर्छ । मभन्दा योग्य छ भने अर्कोलाई जिताउनुस् । सम्भवतः कसैले पनि आफूभन्दा योग्य उम्मेदवार अर्को छ भने उसलाई मत हाल्नुहोस् भनेर कोही उम्मेदवारले भन्दैन होला । त्यस कारणले फन्डा गरेर नराम्रो काम गरेर मत आर्जन गर्छु भन्दा पनि म यथार्थ छु । यथार्थ के हो भने बिग्रिएका भत्किएका चिजहरू बन्नु पर्छ । त्यो चिज बनाउने क्षमता र योग्यता मसँग छ । तपाईंले पनि अन्य राजनीतिक दलका उम्मेदवारहरूले भोट माग्ने तरिका जस्तै स्वास्थ्य, शिक्षा, खानेपानी, सम्पदा संरक्षण लगायतका विषयमा यी कामहरू गर्छु भन्नुभएको छ । सांसदहरुले नीति निर्माणमा पैरवी गर्ने हो की यो काम गर्छु भनेर भोट माग्ने हो ? तपाईंको पनि अन्यको जस्तै तरिका भएन र ? हामीले काम गर्छौं भन्दा पनि काम हुनुपर्छ भनेर भोट माग्ने हो । नीति र नियम नबनेको र भएका नीतिको कार्यान्वयन हुन नसक्दा आज हामी पछि परेका छौं । आज एउटा बाटो पिच गर्छौं, पिच गरेको २ महिनापछि भत्कन्छ । हामीले त्यो सडक दीगो हुने गरि बनाउने खालको नीति र नियमको निर्माण गर्नु पर्यो । देखिने कुरा चाहिँ म सडक बनाउँछु, यो काम गर्छु, त्यो कुरा हुनुपर्छ भन्ने भयो । तर, काम गर्ने निकायहरु धेरै छन् । काम गर्नको लागि हामीसँग स्थानीय तह लगायत धेरै संघ संस्थाहरु छन् । त्यसको लागि चाहिने आवश्यक पर्ने नीति नियम संसदमा गएर बनाउने कुरा गर्दै छु । तपाईंको क्षेत्रका अन्य उम्मेदवार पनि बलिया नै देखिन्छन्, उनीहरूलाई हराएर तपाईंले चुनाव जित्ने आधार के छन् ? मैले कसैलाई हराउने भन्ने छैन । जित्ने नजित्ने भन्ने कुरा भोलिका दिनमा मत परिणाम आइसकेपछि थाहा हुन्छ । क्षेत्र नं. ७ मा २९ जना उम्मेदवारहरू हुनुहुन्छ । यी सबैका साझा समस्या छन् । त्यो समस्याको समाधान नै जित हो । उम्मेदवार उठ्दै गर्दा उहाँहरूले यी समस्यामा कत्तीको ध्यान दिई रहनु भएको छ भनेन कुराको घोषणापत्र हेरेर अध्ययन गरिरहेको छु । ताकी उहाँहरूले भोलिका दिनमा चुनाव जित्दै गर्दा पनि मैले उहाँहरूलाई छुटेका कुरा जानेका कुरा भन्न सक्ने भएँ । मैले जित्दै गर्दा पनि आज उम्मेदवार उठ्ने व्यक्तिहरूले पनि केही सोच बिचार लिएर उठ्नु भएको छ । हामी सबै मिल्नु पर्याे । साझा एजेण्डा हुनु पर्याे । समस्या सबैको एउटै हो । त्यो समस्यालाई समाधान गर्नको लागि मिलेर अगाडि बढ्नु पर्छ । त्यस कारणले यहाँ हामीले कसैलाई हराउने भन्दा पनि आफू पृथक यथार्थमा रहेर आफ्नो क्षमताको उपयोग गरेर आफू जित्ने हो । आफू जित्दै गर्दा यहाँ हराउने भन्ने कुरा हुँदैन । नियम कागजमा हैन कार्यान्वयन लिएर गएर समस्याको समाधान हुनपर्छ । तपाईंले उठाउनु भएका एजेण्डाहरु के के हुन् ? म निर्वाचित भएपछि नीतिगत काम गर्छु भनेको छु । ‘जब सरल हुन्छ प्रशासन तब हुन्छ सुशासन’ भन्ने नारा सहितको घोषणपत्र सार्वजनिक गरेको छु । घोषणपत्रमा १० संकल्प सहितको एजेण्डा सार्वजनिक गरेको छु । प्रशासनिक निकायमा हामीलाई झन्झट पर्ने मात्र काम छन् । त्यही भएर सरल प्रशासनले सुशासन हुन्छ । जहाँ छ खाली त्यहाँ सुरु गरौं हरियाली भनेको छु । काठमाडौं आजको दिनमा कंक्रिट नै कंक्रिटको शहरको रूपमा परिणत भइसकेको छ । गुणस्तरीय शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायतका कुरा समावेश गरेको छु । कृषिमा एपीपीएको अवधारणा लिएको छु । अहिले देखिएका समस्याहरू नै मेरो संकल्पहरु हुन् । यी समस्याको समाधान म गर्छु । एउटा क्षेत्रका लागि होइन, देशकै लागि काम गर्छु भनिराखेको छु । व्यवहारिक समस्यालाई नीतिगत रूपमा सम्बोधन गर्नुपर्छ भनेर संकल्प प्रस्तावहरू तयार पारेर मतदाता समक्ष गएको छु । तपाईं केही समय अगाडि क्षेत्र नं. ४ वटा निर्वाचन लड्ने भनेर घोषणा गर्नु भएको थियो, तर अहिले ७ बाट उठ्नु भयो, यति अस्थीर किन ? हो, मैले पहिले क्षेत्र नं. ४ वटा निर्वाचन लड्ने भनेर घोषणा गरेको थिएँ । मेरो बसोबास क्षेत्र नं. ७ मा थियो । पछि म लौरो अभियानसँग जोडिएँ । लौरो अभियानमा जोडिएपछि उहाँहरूले पनि क्षेत्र नं. ७ नै तपाईंको लागि उपयुक्त हो भन्ने खालका सल्लाह दिनु भयो । मेरो पनि घर यही भएको कारण यहाँका स्थानीय नागरिकले पनि यसै क्षेत्रबाट तपाईं उम्मेदवारीको रूपमा उठ्नु पर्छ भन्ने प्रतिक्रिया दिन थाल्नु भयो । त्यहाँ कसैको दबाब प्रभाव भन्ने छैन । म जब ४ बाट उठ्ने भनेर घोषण गरेपछि ७ मा जदापनि कसैले उम्मेदवारीको घोषणा गरेको थिएनन् । काठमाडौंको एउटा क्षेत्रलाई मात्र सोचेर मात्र हुँदैन । समग्र काठमाडौंको एउटा मास्टर प्लान बन्न जरुरी छ । उपत्यका भरको एउटा साझा विकासका योजना हुनु पर्छ । त्यसले गर्दा ४/७ भन्दा पनि समग्र उपत्यकाका भरको नै मास्टर प्लानको विषयमा कुरा लिएर अगाडि बढि रहेको छु । अन्त्यमा, क्षेत्र नं. ७ का मतदानकर्तालाई के भन्न चाहनुहुन्छ ? सही नेतृत्व चुन्न नसक्दा आज हामी सबै हारिरहेको छौं । एउटा व्यक्ति जितेर जान्छौं । सम्पूर्ण जनता हारिरहेका छौं । मेरो क्षेत्रमा जति पनि उम्मेदवार हुनु हुन्छ, उहाँहरूको बारेमा बुझ्नुहोस् । यो एउटा अवसर पनि हो । तपार्इंहरुको हातमा एउटा ठूलो तागत छ । यो तागतलाई तपाईंहरु सबैले बुझिदिनुहोस् । हामीले छानेर नै प्रतिनिधि पठाउने हो । त्यो प्रतिनिधि पठाउनको लागि त्यो मान्छे योग्य छ कि छैन भन्ने कुरा बुझिदिनुहोस् । आज हामीले उसको योग्यता क्षमतालाई कदर नगरी गलत मानिसलाई जिताएर पठायौं भने फेरी भोलि ५ वर्ष पनि हामी यही अवस्थामा हुन्छौं । हामीले धेरै हार्यौं, अब हामी सबैले जित्न जरुरी छ ।
ग्लोबल आइएमई बैंकले ११.२५ प्रतिशत ब्याजदरमा पाँच अर्बको ऋणपत्र बिक्री गर्ने
काठमाडाैं । ग्लोबल आइएमई बैंकले ५ अर्ब बराबरकाे ११.२५ प्रतिशत व्याजसहित डिबेन्चर ल्याउने भएकाे छ । ५ वर्षकाे समय अवधिक भएकाे यस ‘ग्लोबल आइएमई डिबेन्चर २०८४/८५’ काे निष्काशन तथा बिक्री प्रबन्धकमा बैंकले सनराइज क्यापिटललाई नियुक्त गरेकाे छ । उक्त नियुक्ती बारे ग्लोबल आइएमई बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्य र सन्राइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठकाबीच सम्झौता भएकाे छ ।
कार्बन डाइअक्साइडबाट प्लास्टिक बनाउन सकिने, जलवायु परिवर्तनको असरलाई रोक्न सकिने
एजेन्सी । प्लास्टिक हाम्रो वातावरण को लागी एक प्रमुख समस्याको रुपमा विकास भएको छ । अहिलेको अवस्थामा झण्डै ७.२५ ट्रिलियन टन प्लास्टिक जमिन र समुद्र मा रहेको अनुमान गरिएको छ । प्लाष्टिकको अर्को पक्ष पनि रहेको छ । तर, यसको अर्को पक्ष पनि छ, २० औं शताब्दिमा प्लाष्टिको सहायताले मानवीय जीवनमा ठूलो परिवर्तन ल्याइदिएको थियो । प्लाष्टिकको बिना सिनेमा तथा संगितको रेकर्ड सम्भव छैन् । आधुनिक औषधिहरू पूर्णतया प्लास्टिकमा निर्भर छन्। ब्लड बैंक र सुईमा पनि यसको अधिकतम प्रयोग गरिन्छ । सवारीसाधनदेखि हवाइजहाजसम प्लाष्टिकको प्रयोगमार्फत निर्माण हुन्छ । यसका साथै कम्प्युटर, फोन र अन्य इन्टरनेट सम्बन्धी प्रविधिका लागि प्लास्टिकको व्यापक प्रयोग हुन्छ। अहिले प्लाष्टिक बनाउनको लागि इन्धनको प्रयोग गरिन्छ । जलाउने क्रममा ठूलो मात्रामा कार्बन डाइअक्साइडको उत्पादन हुन्छ । जुन हरितगृह ग्यासमा रुपान्तरण भएर जलबायु परिवर्तनमा भूमिका निर्वाह गर्छ । के कार्बन उत्सर्जन बिना प्लाष्टिक निर्माण गर्न सम्भव छ ? नयाँ प्रविधिबाट कार्बनडाइअक्साइडलाई प्लास्टिकमा रूपान्तरण गर्न सम्भव छ । नयाँ प्रविधिमार्फत कम कार्बन उत्सर्जन गरेर प्लाष्टिक उत्पादन गर्न सकिन्छ । सो सम्बन्धी बैज्ञानिक पाटोलाई बुझ्न जरुरी छ । प्लास्टिक सिंथेटिक पोलिमर हो । यसमा लामो अणुहरू पटक–पटक दोहोर्याएर एक आपसमा जोडिएका हुन्छन् । बेलायतको सेन्टर फर कार्बन डाइअक्साइड युटिलाइजेशनका अनुसन्धानकर्ताहरूले नाइलन बनाउने तरिका पत्ता लगाएका छन्। यी एक प्रकारका पोलीपर हुन्, जसलाई पोलिक्राइलामाई भनिन्छ र तिनीहरू कार्बन डाइअक्साइडबाट बनेका हुन्छन्। सेन्टर फर कार्बन डाइअक्साइड युटिलाइजेसनका डाइरेक्टर भन्छन्, ‘कार्बन डाइअक्साइडबाट नायलन बनाउन अनौठो लाग्छ, तर हामीले यो गरेका छौं ।’ उनी भन्छन्, ‘इन्धनलाई कच्चा पदार्थको रूपमा प्रयोग गर्नुको सट्टा तपाईले कार्बनडाइअक्साइडमा केही रसायन थपेर प्रयोग गर्न सक्नुहुन्छ, यसले सम्पूर्ण पेट्रोकेमिकल क्षेत्रमा ठूलो फरक पार्छ ।’ धेरै जसो कार्बन डाइअक्साइड उत्सर्जनबाट मात्रै आउँदैन, रासायनिक प्रक्रियाहरूमार्फत पनि उत्पादन गर्ने गरिन्छ । तर अन्वेषकहरूले कारखानाबाट उत्सर्जित कार्बन डाइअक्साइड नियन्त्रण गर्ने प्रयास गरिरहेका छन्। ग्यासमा सुत्न सकिने विषय कार्बन डाइअक्साइडबाट प्लास्टिक बनाउन वैज्ञानिकहरूले धेरै उत्प्रेरकहरू प्रयोग गर्नुपर्छ, जसले रासायनिक प्रतिक्रियाहरूलाई गति दिने काम गर्छ । जर्मनीको कोभेस्ट्रो पेट्रोकेमिकल ग्रुपले २० प्रतिशत कार्बन भएको गद्दा बनाएको छ । बैज्ञानिकहरुले एक उत्प्रेरक सिर्जना गरेका छन् जसले कार्बन डाइअक्साइड र अन्य यौगिकहरू बीचको प्रतिक्रियालाई पोलीयुरेथेन भनिने समूह सिर्जना गर्दछ । यही सामग्री गद्दा बनाउन र फ्रिजको इन्सुलेसन बनाउन समेत प्रयोग हुन्छ । विश्वभर १५ मिलियन टन भन्दा बढी पलियुरेथेनको प्रयोग गरिन्छ। तसर्थ, कार्बन डाइअक्साइड प्रयोग गरी कच्चा पदार्थ बनाउन धेरै फाइदा हुन्छ । यो प्रविधिबाट कार्बन उत्सर्जन कम हुनसक्छ । सफा हावा विश्वभरका वैज्ञानिकहरूले कार्बन डाइअक्साइड प्रयोग गरेर विभिन्न प्रकारका प्लास्टिकहरू बनाउँदैछन्। बेलायतमा आधारित पोलियुरेथेन निर्माता आइकोनिकले आगामी दुई वर्षमा फोन उत्पादन गरेर बजारमा ल्याउने महत्वकांक्षा राखेको छ । नयाँ प्रविधिबाट बनाइएका यी नयाँ सामग्री गुणस्तरमा प्लास्टिकजस्तै रहेको कम्पनीको सेल्स लेट लिड टेलरले बताए । उनी भन्छन्, ‘यसमा आगो लाग्दैन, स्क्र्याच हुँदैन, हामीले पायका छौं की हामीले सामग्री कयौं विषयमा उत्तम छन् ।’ इकांनिटको अनुमान यो छ की कुल पोलियोल ३० प्रतिशत कार्बन अक्साइडबाट बनेको हुन्छ । यसो गर्दा ९० मिलियन टन कार्बन उत्सर्जन कम गर्न सकिन्छ । कार्बन डाइअक्साइडको लागत पनि प्रोपाइलिन अक्साइडको आधा कम हुने गर्छ । भविष्यका सम्भावनाहरू यसबाहेक वैज्ञानिकहरूले कार्बन डाइअक्साइडबाट यस्ता पोलिकार्बोनेटहरू बनाउँदैछन्, जसबाट कन्टेनर र बोतलहरू बनाउन सकिन्छ। यसमा कफीबाट निकालिएको जाइलोज मिसाइएको हुन्छ । यी चिनीमा आधारित उत्पादनहरूको लागि पहिलेका उत्पादनहरू भन्दा प्रयोग गर्न सुरक्षित रहेको मानिन्छ । यसबाहेक कार्बनडाइअक्साइडबाट इथाइलिन बनाउने प्रयास पनि भइरहेको छ । विश्वको आधा प्लास्टिक इथिलिनबाट बनेको छ र यो सबैभन्दा महत्त्वपूर्ण कच्चापदार्थ हो । बेलायतको सावनसी विश्वविद्यालयका प्रोफेसर एनरिको एन्ड्रिओलीले इथिलीनलाई उत्प्रेरक बनाउने प्रयास गरिरहेका छन्। कार्बनडाइअक्साइडसँगै पानी र बिजुली प्रयोग गरेर इथिलीन बनाइन्छ। कार्बनडाइअक्साइडबाट बनेको पोलिथीनलाई ठूलो मात्रामा प्रयोग गर्न गर्न २० वर्षभन्दा बढी समय लाग्न सक्छ। तर प्रोफेसर एनरिको एन्ड्रिओली यसका लागि पहल गर्नुपर्ने बताउँछन् । ‘३० देखि ४० वर्षपछि हामी इन्धनबाट इथाइलिन बनाउन सक्षम हुने छैनौं। त्यसैले हामीले अन्य तरिकाहरू खोज्नुपर्छ ।’ बायोप्लास्टिक समस्याको समाधान हो की समस्या ? प्लास्टिक योजनाका केही बेफाइदाहरू पनि छन् । पछिल्लो समय बायोप्लास्टिकको विषयमा धेरै समाचारहरु आएका छन् । प्रायः दावी गरेजस्तो चाँडो नष्ट नहुने बताइन्छ । कार्बन उत्सर्जनको हिसाबले पनि धेरै कार्बन वायुमण्डलमा जान्छ, किनभने बाली काट्नेदेखि कच्चा पदार्थ प्रशोधन गर्ने प्रक्रिया अहिले प्रयोग गरिएको प्लास्टिक भन्दा लामो छ। अर्थात्, कार्बनडाइअक्साइडको सहायताले बनेको प्लाष्टिकले धेरै समस्याको समाधान गर्न सक्छ, तर सबै समस्याको समाधान यही हो भन्नु गलत हुनेछ । बीबीसीबाट ।
अर्बौंको कारोबार गर्ने उद्योगी बञ्जाडे कसरी आए सडकमा ? (भिडियोसहित)
काठमाडौं । बुटवलका नारायण बञ्जाडे तिन दशकदेखि औद्योगिक तथा व्यवसायी क्षेत्रमा रमाइरहेका छन् । सानो लगानीबाट व्यवसायिक यात्रा सुरु गरेका नारायण अहिले बुटवलको सबैभन्दा ठुला उद्योगीका रूपमा परिचित छन् । आफ्नै देशमा औद्योगिक क्षेत्रको विकास गरी रोजगारी सिर्जना गर्नुपर्छ भन्ने मनसायले व्यवसायिक यात्रामा लागेका नारायणको व्यवसाय सुरुमा राम्रै चल्दै थियो । आफ्नो उद्योगबाट उत्पादन भएका सामानले बजारको माग पाउन थालेपछि नारायण झन् उत्साहित भए । र, आफ्नो उद्योगको विस्तार गर्न तर्फ लागे । बैंकबाट सस्तो ब्याजमा ऋण लिएर उद्योगको विस्तार गर्नुका साथै थप जनशक्ति पनि थप्दै गए । बैंकको सस्तो ब्याजका कारण उनलाई उद्योग सञ्चालन गरी वस्तु उत्पादन गर्न कुनै समस्या भएन । बैंकबाट थप ऋण लिँदै व्यवसाय विस्तार गर्दै गए । किस्ता पनि समयमै तिर्दै गए । त्यसकारण पनि उनी बैंकको लिष्टमा असल ऋणीका रुपमा गनिए । उद्योगको बजार पनि राम्रै थियो । कर्मचारीहरुले पनि समयमै तलब पाउँथे । व्यवसायिक यात्रा कहिले चुनौती र समस्याहरु नआउने होइन । ती समस्याहरुको समाधान गर्दै उनी अगाडि बढे । अहिले उनका बुटवलको विभिन्न ठाउँमा घर बनाउने थ्रिडी प्यानल, फर्निचर, टायल लगायतको उद्योगहरू सञ्चालनमा छन् । बैंकको ब्याज समयमा तिर्ने र ऋण पनि चुक्ता गर्दै जाने मनसायले बैंकबाट केही रकम र आफ्नो लगानीबाट एन्जी मार्केट सपिङ कम्प्लेक्स पनि बुटवलमा सञ्चालनमा ल्याए । उनका अनुसार सो कम्प्लेक्स साढे २ बिग्गा जग्गामा ८० हजार स्क्वायर फिट फैलिएको छ । एन्जी मार्केट भाटभटेनीपछिको सबैभन्दा ठूलो कम्प्लेक्सको रूपमा सञ्चालनमा रहेको कम्पनीको दाबी छ । तर, यही बिचमा उनलाई एउटा सकस पर्यो । अहिले बैंकको ब्याजदर बढेसँगै किस्ता तिर्न नसकेपछि उद्योग नै बन्द गरेर बस्नु पर्ने अवस्था आएको उनी बताउँछन् । बैंकको व्याज बढेसँगै अहिले एकै चोटि दोब्बरले किस्ता बढेको उनले सुनाए । उनले यति धेरै ब्याज तिर्न सक्ने क्षमता आफ्नो नभएको सुनाए । ‘बैंक हाम्रो शत्रु हैन, कोभिड हुँदा पनि बैंक वित्तीय क्षेत्र नाफामा जाने, अन्य व्यवसाय चौपट हुँदा सबै हेरेर बस्ने, ब्याज बढाएको बढाइ गर्ने, हामी सबै डुब्दा बैंक पनि डुब्छ भन्ने कुरा भुल्नु हुँदैन, त्यसैले समयमा नै यस क्षेत्र तर्फ सरकारको ध्यान जानु आवश्यक छ,’ उनले विकासन्युजसँग भने । अहिले आफ्नो उद्योगहरूबाट कुल क्षमताको ३० प्रतिशत मात्र उत्पादन हुँदै आएको उनले जानकारी दिए । तीन दशको व्यवसायिक यात्रामा अहिलेसम्म यस्तो अवस्थामा नभोगेको उनको अनुभव छ । ‘बैंकले एकलाई दुई, दुईलाई तिन गरेर व्याज बढाएका छन्, कागजमा मात्र ब्याज बढाएर हुँदैन, असुल गर्नको गर्नको लागि व्यवसायीहरूसँग पैसा छैन, डिपोजिट गर्नेहरूले बैंकबाट पैसा निकाल्न थाले भने हामीले भन्दा हजार गुणा बैंकलाई समस्या देखिन्छ,’ उनले भने । यसरी नै ब्याजदर बढ्दै गएमा देश नै टाट पल्टिन सक्ने उनको धारणा छ । ५ सय भन्दा बढी बेरोजगार हुने उद्योगी बन्जाडेले आफ्नो उद्योगहरुमा प्रत्यक्ष रूपमा ५ सयभन्दा बढीलाई रोजगारी दिएका छन् । अप्रत्यक्ष रूपमा हजारौंलाई रोजगारी दिएको उनको भनाइ छ । उनको सपिङ कम्प्लेक्समा मात्र २ सय बढी कर्मचारीहरू कार्यरत छन् । ब्याज बढेपछि उनीहरूलाई तलब दिन नसक्ने अवस्था आएका कारण कर्मचारीलाई समेत निकाल्नु पर्ने बाध्यता आइलागेको उनी बताउँछन् । ‘मेरो उद्योग धरासायी हुने बित्तिकै ५ सय जना बेरोजगार हुन्छन्, हामीले नै दिएका तलबबाट उनीहरूको चुल्हो बलिरहेको छ, वेरोजगार बनेपछि उनीहरूको चुल्हो बल्दैन, म एउटा सामान्य व्यवसायीको त यस्तो अवस्था छ भने झन् ठूला उद्योगी व्यवसायीको हालत के होला ?’ उनले प्रश्न गरे । ‘हामीले कमाएको रकम बाहिर लादैनौं, हामी पनि यही देशका नागरिक हौं, भएको पैसालाई स्वदेशमै लगानी गरी रोजगारी सिर्जना गर्ने वातावरण मिलाउने हो, अब हामी पनि पलायन हुने बाहेक केही पनि छैन,’ उनले निराश हुँदै भने । एक अर्ब ऋण विभिन्न बैंकबाट उनले एक अर्ब रुपैयाँ ऋण लिएका छन् । उनले उद्योगको विकास तथा विस्तार गर्नको लागि सो रकम ऋण लिएको बताएका छन् । सस्तो ब्याज हुँदा नियमित रुपमा ब्याज तथा किस्ता तिर्दै आएको बताए पनि उनले हाल ब्याजदर बढेपछि सकस परेको बताए । ‘हिजो ८/९ प्रतिशत व्याजमा ल्याएको ऋणको व्याज आज १३/१४ प्रतिशतमा पुगेको छ, आम्दानी भन्दा ऋणको व्याज बढी छ, अब व्याज तिर्न सक्दिनँ,’ उनले भने । अहिले उनी बैंकको ब्याज बढी भएको भन्दै सडकमा उत्रिएका छन् । शुक्रबार मात्रै उद्योग व्यवसायीहरु बैंकको ब्याजदर उच्च भएको भन्दै विरोध गर्न सडकमा उत्रिए । उनी पनि सोही विरोध कार्यक्रममा देखिएका थिए ।
रेमिट टु नेपालबाट पैसा पठाउने हिरा बिकले पाए १० ग्राम सुन, ९ जनाले पाए चाँदी
काठमाडौं । रेमिट टु नेपाल मार्फत रकम पठाएका हिरा बिकले १० ग्राम सुन जितेका छन् । ‘चाडपर्वको बहार सुन चाँदी र नगद उपहार’ योजनाअन्तर्गत विभिन्न देशबाट रकम पठाउनेमध्ये दुबईको फेडेरल एक्सचेन्जबाट रकम पठाएका बिकले १० ग्राम सुन जितेका हुन् । रेमिट टु नेपालले चाडपर्वलाई लक्षित गर्दै उक्त उपहार योजना ल्याएको थियो । यो योजनाभर विभिन्न देशबाट रकम पठाउने मुमताज आलम मुसलमान, सुनिल कुमार सरदार, विजय कुमार प्रसाद, राम पुकार यादव, टेक लाल थारु, मुस्तफा अमेर कमाल, चित्र बहादुर उलुंगे, नर बहादुर तामाङ र कुल बहादुर कामि १० ग्राम चाँदी जित्ने विजेताको रुपमा छनोट भएका छन् । त्यस्तै, यो योजना अन्तर्गत रेमिट टु नेपालले उत्कृष्ट कारोबार गर्ने १६ एजेन्टलाई सुन, चाँदी तथा नगदबाट पुरस्कृत गरेको छ । उपहार योजना भदौ १५ गतेदेखि कार्तिक १५ गतेसम्म चलेको थियो । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिएको थियो ।
नयाँदिल्लीका ८० प्रतिशत परिवार वायु प्रदूषणको चपेटामा
नयाँदिल्ली । भारतको केन्द्रीय राजधानी नयाँदिल्लीमा वायु प्रदूषणमा भएको वृद्धिले स्वास्थ्य जोखिम बढाइरहेका बेला सार्वजनिक भएको एक सर्वेक्षणले महानगर र आसपासका क्षेत्रमा बसोबास गर्ने करिब ८० प्रतिशत परिवार वायु प्रदुषणसँग सम्बन्धित रोग भएको देखाएको छ । वायुको गुणस्तर सूचकाङ्कले गम्भीरतह पार गरेको वर्तमान सन्दर्भमा सार्वजनिक भएको नयाँ सर्वेक्षण र त्यसका निष्कर्षलाई महत्वपूर्ण मानिएको छ । सर्वेक्षणका निष्कर्षलाई उद्धृत गर्दै बिजनेस स्ट्यान्डर्ड दैनिकले छापेको समाचारअनुसार नयाँदिल्ली र वरपरका क्षेत्रमा बसोबास गर्ने प्रत्येक पाँच परिवारमध्ये चारले प्रदूषण–सम्बन्धित रोगको शिकार भएको अनुभव गरिरहेको छन् । उनीहरूमध्ये १८ प्रतिशतले डाक्टर वा अस्पताल गएर रोगको निदान एवम् उपचार खोजेका छन् । नोएडा, गाजियाबाद, गुरुग्राम र फरीदाबाद नजिकका सामुदायिक सामाजिक सञ्जाल र स्थानीय समूहहरूसँगको सभागितामा गरिएको सर्वेक्षणमा १९ हजार जनालाई समेटिएको थियो । असी प्रतिशतले प्रदूषणका कारण धेरै समस्या सामना गरिरहेको बताए भने सात प्रतिशतले प्रदूषणबाट आफ्नो स्वास्थ्यमा कुनै समस्या नभएको बताएका छन् ।