फेरि अर्को सहकारीले भन्यो : ३५ दिनभित्र २ करोड ऋण नतिरे धितो बिक्री गर्छाै
काठमाडौं । काठमाडौंको खिचापोखरीमा रहेको गोपीकृष्ण बचत तथा ऋण सहकारी संस्थाले ३५ दिन भित्र ऋण चुक्ता नगरे धितो लिलाम गर्ने भएको छ । ऋणी मञ्जुदेवी पैकडा, उनका श्रीमान ध्रुव नाायण पैकडा र छोरा चन्द्र प्रताप सिं पैकडाले लिएको ऋण कर्जाको समय अवधी सकिएकाले अबको ३५ दिनभित्र उक्त ऋण कर्जा तिर्न सहरकारीले सार्वजनिक सूचना जारी गरेर भनेको हो । सहकारीले यसअघि वि.सं २०७७ चैत्र १५ मा ३५ दिने लिलाम सम्बन्धी सूचना जारी गरेको भएपनि कोरोना महामारीका कारण लिलाम प्रकृया स्थगित गरिएको थियो । तर हालसम्म संस्थाको साँवा, व्याज हर्जना समेतको रकम अटेर गरी नबुझाई संस्थासँग गरेको कर्जा सम्बन्धी शर्त बन्देजहरु उल्लघंन गरेको आरोप लगाउँदै पुन सहकारीले ३५ दिने लिलाम सम्बन्धी सूचना जारी गरेर रकम चुक्ता गराउन अनुरोध गरेको हो । ‘ऋणीले साँवा, ब्याज, विलम्ब शूल्क तथा अन्य दैदस्तुर गरी १ करोड ९३ लाख ६१ हजार ७८९ रुपैयाँ चुक्ता नगरेमा ३६ औं दिनमा संस्थाको नाममा धितो बन्धक लेखि दिएको एकमुष्ठ लिलाम बिक्री गरी संस्थाको लेना रकम असुल उपर गरिनेछ,’ सूचनामा उल्लेख छ । यदि अचल सम्पति लिलाम बिक्री गर्दा पनि सम्पुर्ण रकम असुल उपर नभएमा प्रचलित सहकारी ऐन, सहकारी नियमावली तथा संस्थाको विनियम र ऋण निति समेत अनुसार ऋणी तथा व्यक्तिगत धनजमानी कर्ताहरुको अन्य चल अचल सम्पतिबाट असुल उपर गरिने सहकारीले जनाएको छ ।
१२ करोडको आईपीओ निष्काशन अनुमति माग्दै चिरख्वा हाइड्रोपावर बोर्ड पुग्यो
काठमाडौं । आईपीओ निष्काशन गर्न अनुमति माग्दै चिरख्वा हाइड्रोपावर कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको छ । कम्पनीले सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्न बोर्डसँग अनुमति मागेको हो । कम्पनीले कात्तिक १७ गते आईपीओ निष्काशनको लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । कम्पनीले सर्वसाधारण लगानीकर्तालाई १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सेयर निष्काशन गर्न अनुमति मागेको हो । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैकिङ्ग लिमिटेड रहेको छ ।
आदर्श लघुवित्तको नाफासँगै ईपीएस पनि घट्यो, खराब कर्जा १.४७ प्रतिशत
काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ४७.८३ प्रतिशत घटेर ३ लाख ४९ हजार रुपैयाँमा मात्रै आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ६ लाख ६९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ०.६५ प्रतिशत घटेर ४७ लाख ३० हजार रुपैयाँ, नेट फि कमिशन आम्दानी ०.४१ प्रतिशत बढेर १९ लाख ३७ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ०.३४ प्रतिशत घटेर ६६ लाख ६७ हजार रुपैयाँ र सञ्चालन मुनाफा ४७.३४ प्रतिशत घटेर ५ लाख ५४ हजार रुपैयाँमा झरेको छ । समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ४७.८६ प्रतिशत बढेर २ करोड ७ लाख रुपैयाँ, जगेडा कोष ७८.५० प्रतिशत बढेर १ करोड २७ लाख ६६ हजार रुपैयाँ, सापटी २.२१ प्रतिशत घटेर ११ करोड ५२ लाख ४ हजार रुपैयाँ, निक्षेप २१.५५ प्रतिशत बढेर १४ करोड ९० लाख ७० हजार रुपैयाँ र कर्जा १२.४५ प्रतिशत बढेर २८ करोड ९५ लाख ८५ हजार रुपैयाँ छ । लघुवित्तको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ३७ पैसा घटेर ६ रुपैयाँ ७४ पैसामा झरेको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात ४७ गुणा छ भने प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ ६७ पैसा रहेको छ । लघुवित्तको खराब कर्जा १.४७ प्रतिशत र कस्ट अफ फण्ड ९.३२ प्रतिशत छ ।
म्याग्दी खोला आयोजनाका लागि लगानी जुट्यो, नेपाल बैंकको अगुवाइमा चार कम्पनीले लगानी गर्ने
म्याग्दी । धवलागिरि गाउँपालिका-४ भएर बग्ने म्याग्दी नदीमा निर्माण हुन लागेको म्याग्दीखोला जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ । हाइड्रो भिलेज प्रालिले बनाउन लागेको ५७.३ मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युत् आयोजनामा पाँच कम्पनीले करिब आठ अर्ब रुपैयाँ लगानी गर्ने प्रतिवद्धता जनाएका हुन् । धवलागिरि गाउँपालिकाको जेल्तुङमा विद्युत्गृह र दोभानमा बाँध रहने आयोजनाले ६२६.५० मिटर हेड र म्याग्दी खोलाको १२.५० घनमिटर प्रतिसेकेण्ड बहाव प्रयोग गरी ५७.३ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्नेछ । कुल १० अर्ब ७४ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा नेपाल बैंकको अगुवाइमा मेगा बैंक, कृषि विकास बैंक, कर्मचारी सञ्चय कोष र नेपाल एसबिआई बैंकले लगानी सम्झौता भएको कम्पनीका निर्देशक सुशील पोख्रेलले जानकारी दिए । आयोजनामा वित्तीय संस्थाहरूबाट ७५ प्रतिशत (रु आठ अर्ब पाँच करोड ७० लाख) र स्वपूँजी २५ प्रतिशत (रु दुई अर्ब ६८ करोड ६०) लगानी हुनेछ । आयोजना क्षेत्रका बासिन्दा र सर्वसाधारणका लागि २० प्रतिशत लगानी छुट्याइएको छ । यसैगरी प्रत्यक्ष वैदेशिक लगानीका रूपमा मलेसियन कम्पनी एक्वा भेञ्चर्सको तथा स्वदेशी लगानीका रूपमा हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभेलपमेन्ट कम्पनी र ऊर्जा डेभलपर्स, सिम्रिक भेन्चर्स, बिजबेलसमेतको स्वपूँजी लगानी हुने कम्पनीले जनाएको छ । आयोजनाबाट स्थानीय निकायहरूसँगकोे सहकार्यमा पहुँचमार्ग र अन्य पूर्वाधार निर्माणकार्य प्रारम्भ गरिसकेको र आगामी सुक्खा यामदेखि मुख्य सिभिल संरचनाको निर्माण थालनी गरिने कम्पनीका निर्देशक पोख्रेलले बताए । उनले निर्माण थालनी भएको ४० महिनाभित्र आयोजना सम्पन्न गर्ने जानकारी दिए । आयोजना सम्पन्न भएपछि सुक्यायाममा १०३.११ गिगावाट आवर (१०.३१ करोड युनिट) र वर्षायाममा २३२.८८ गिगावाट आवर (३२.२८ करोड युनिट) गरी वार्षिक ३३६ गिगावाट आवर (३३.६ करोड युनिट) विद्युत् उत्पादन हुने कम्पनीले जनाएको छ । उत्पादित विद्युत् आयोजनाको विद्युत्गृहदेखि करिब १७ किलोमिटर दूरीमा रहेको विद्युत् प्राधिकरणको निर्माणाधीन १३२-३३ केभी डाँडाखेत सबस्टेशनमा जोडिनेछ । म्याग्दी र आसापासका नदीहरूमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न डाँडाखेत र राहुघाटमा सबस्टेशनका लागि प्रसारण लाइन निर्माण सुरु भएको छ । रासस
मोरङ क्षेत्र नं. ३ को (क) मा बिहीबार मनोनयन दर्ता हुने
काठमाडाैं । निर्वाचन आयोगले मोरङ क्षेत्र नं. ३ को (क) मा मनोनयन दर्ता गर्नका लागि बिहीबार समय तय गरेको छ । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन अन्तर्गत प्रदेश सभातर्फ मोरङ क्षेत्र नं. ३ को (क) मा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार रहेका शेखरचन्द्र थापाको निधन भएपछि बुधवार आयोगले उक्त दलका लागि उम्मेदवार बिहीबार मनोनय दर्ता सहितका नयाँ निर्वाचन कार्यक्रम तय गरेको हो । आयोगका उपसचिव ऋषिराम भुसालले नयाँ निर्वाचन कार्यतालिका अनुसार यही कात्तिक २४ र २५ गतेको समयभित्र उम्मेदवारी मनोनयन दर्ता, दाबी बिरोध तथा अन्तिम नामावली सार्वजनिक गरिने बताए । ‘मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई निर्वाचन चिन्हसमेत प्रदान भइसकेकाे अवस्थामा उक्त क्षेत्रबाट प्रदेश सभाका लागि उम्मेदवार थापाको मृत्यु भएको हुँदा साे निर्वाचन क्षेत्रको सम्बन्धित दलको उम्मेदवारले मात्रै मनोनय दर्ता गर्न पाउनेछन्,’ उनले भने । उपसचिव भुसालले बिहीबार बिहान १० देखि १ बजेसम्म सम्बन्धित राजनीतिक दलले उम्मेद्वार मनोनय दर्ता गर्नुपर्ने बताए । उनले कात्तिक २५ गते ४ बजे मनोनयन दर्ता भएका उम्मेद्वारलाई निर्वाचन चिन्ह दिएपछि प्रक्रिया सकिएर मंसिर ४ गते नै निर्वाचन हुनेपनि स्पष्ट पारे ।
महासंघले भन्यो : ब्याजदरको विषयमा भएका विरोध/आन्दोलन बन्द गर्नु
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले तत्कालका लागि विरोध तथा आन्दोलनका कार्यक्रम स्थगित गर्न आग्रह गरेको छ । महासंघले बुधबार विज्ञप्ति जारी गर्दै जिल्ला नगर तथा विभिन्न संघहरुलाई तत्कालका लागि विरोधका कार्यक्रम स्थगित गर्न आग्रह गरेको हो । ‘तरलता व्यवस्थापन, ब्याजदर स्थायित्व र चालु पूँजी कर्जा मार्गदर्शन स्थगनका लागि महासंघका सदस्य जिल्ला/नगर उद्योग वाणिज्य संघहरु एवं वस्तुगत संघहरूले राखेका मागप्रति महासंघ ऐक्यवद्धता पनि जाहेर गर्दछ तर यही मंसिर ४ गते प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचन हुन गैरहेको र लोकतान्त्रिक व्यवस्था एवं खुला बजार अर्थतन्त्रका लागि निर्वाचन महत्वपूर्ण रहेको बिषयलाई मनन गर्दै हाल संचालित विरोधका कार्यक्रम स्थगित गर्न महासंघ सम्पूर्ण प्रदेश च्याप्टर र सदस्य संस्थाहरूलाई आग्रह गर्दछ, साथै निर्वाचन सफल पार्न आ–आप्mनो क्षेत्रबाट सहयोग पु¥याउन पनि महासंघ आग्रह गर्दछ,’ महासं३को विज्ञप्तिमा उल्लेख छ । महासंघले तरलता अभावका कारण निरन्तर बढिरहेको कर्जाको ब्याजदर स्थायित्व र चालु पूँजी कर्जा मार्गदर्शन स्थगित गर्न नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल सरकार तथा नेपाल राष्ट बैंकसमक्ष जोडदार माग गरेको छ । बजारको न्युन मागका कारण व्यापार व्यवसाय प्रभावित भैरहेका बेला बढेको ब्याजदर र यही कार्तिकबाट केन्द्रिय बैंकले लागू गरेको मार्गदर्शनका कारण निजी क्षेत्र मर्माहत भएको बताएको छ । निर्वाचनसम्मको अवधिमा महासंघ नेतृत्व निरन्तर सरकार एवं नेपाल राष्ट्र बैंकसंग सम्वादमा रहने र वार्ता एवं सम्वादका माध्यमबाट निजी क्षेत्रमा परेको समस्या समाधान हुनेमा महासंघ विश्वस्त रहेको विज्ञप्तिमा उल्लेख छ । निर्वाचन पछि पनि सरोकारवाला निकायबाट निजी क्षेत्रका माग सम्बोधन नभएमा महासंघले आर्थिक स्थायित्व एवं निजी क्षेत्रको हक हितका लागि थप कार्यक्रम घोषणा गर्ने बताइएको छ ।
फेसबुकको कम्पनी मेटाद्वारा ११ हजार कर्मचारी कटौती
एजेन्सी । फेसबुकको सञ्चालक कम्पनी आम्दानीमा भएको कटौतीका कारण १३ प्रतिशत कर्मचारी कटौती गर्न लागेको जनाइएको छ । नोभेम्बर ९ मा फेसबुकका मालिक मार्क जुकरबर्गद्वारा कर्मचारीहरुलाई लेखिएको पत्रमा फेसबुक निकै आम्दानीमा भइरहेको कमीका कारण निकै ठूलो संकटबाट गुज्रिरहेकोले १३ प्रतिशत अर्थात ११ हजार कर्मचारी कटौती गर्न लागिएको लेखिएको छ । यस्तै कदम ट्वीटरका नयाँ मालिक एलन मस्कले पनि भर्खरै अगाडि बढाएका छन् । कोरोना भाइरस महामहारीको समयमा मानिसहरुले सामाजिक सञ्जालको प्रयोग व्यापक मात्रामा गरेकाले बढी आम्दानी गरेको मेटाको विश्वभरी समाज र बजार खुलेसँगै आम्दानी घट्न थालेको छ । पछिल्लो समयमा आर्थिक मन्दीका कारण अनलाइन विज्ञापनको लागि निकै ठूलो चुनौती खडा भएको छ । पछिल्लो गर्मी मौसममा मेटाले इतिहासमा पहिलोपटक निकै ठूलो आम्दानी घट्न पुगेको छ । द हिन्दुबाट ।
प्रदेश १ मा भोलि सार्वजनिक विदा
विराटनगर । प्रदेश १ सरकारले बिहीबार प्रदेश १ मा सार्वजनिक विदा दिएको छ । प्रदेशका वन, वातावरण तथा भू संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएको शोकमा विदा दिएको हो । गत असोज २४ गतेदेखि निमोनिया र डेंगुको उपचार गराइरहेका थापाको बुधबार विहान विराटनगरको नोबेल मेडिकल कलेजमा विराटनगरमा निधन भएको थियो । थापा ४ मंसिरमा हुने मोरङ क्षेत्र ३ को प्रदेशसभा ‘१’ बाट नेपाली कांग्रेसको उम्मेदवार थिए ।