फेरि अर्को सहकारीले भन्यो : ३५ दिनभित्र २ करोड ऋण नतिरे धितो बिक्री गर्छाै

<p>काठमाडौं । काठमाडौंको खिचापोखरीमा रहेको गोपीकृष्ण बचत तथा ऋण सहकारी संस्थाले ३५ दिन भित्र ऋण चुक्ता नगरे धितो लिलाम गर्ने भएको छ । ऋणी मञ्जुदेवी पैकडा, उनका श्रीमान ध्रुव नाायण पैकडा र छोरा चन्द्र प्रताप सिं पैकडाले लिएको ऋण कर्जाको समय अवधी सकिएकाले अबको ३५ दिनभित्र उक्त ऋण कर्जा तिर्न सहरकारीले सार्वजनिक सूचना जारी गरेर [&hellip;]</p>

काठमाडौं । काठमाडौंको खिचापोखरीमा रहेको गोपीकृष्ण बचत तथा ऋण सहकारी संस्थाले ३५ दिन भित्र ऋण चुक्ता नगरे धितो लिलाम गर्ने भएको छ । ऋणी मञ्जुदेवी पैकडा, उनका श्रीमान ध्रुव नाायण पैकडा र छोरा चन्द्र प्रताप सिं पैकडाले लिएको ऋण कर्जाको समय अवधी सकिएकाले अबको ३५ दिनभित्र उक्त ऋण कर्जा तिर्न सहरकारीले सार्वजनिक सूचना जारी गरेर भनेको हो ।

सहकारीले यसअघि वि.सं २०७७ चैत्र १५ मा ३५ दिने लिलाम सम्बन्धी सूचना जारी गरेको भएपनि कोरोना महामारीका कारण लिलाम प्रकृया स्थगित गरिएको थियो । तर हालसम्म संस्थाको साँवा, व्याज हर्जना समेतको रकम अटेर गरी नबुझाई संस्थासँग गरेको कर्जा सम्बन्धी शर्त बन्देजहरु उल्लघंन गरेको आरोप लगाउँदै पुन सहकारीले ३५ दिने लिलाम सम्बन्धी सूचना जारी गरेर रकम चुक्ता गराउन अनुरोध गरेको हो ।

‘ऋणीले साँवा, ब्याज, विलम्ब शूल्क तथा अन्य दैदस्तुर गरी १ करोड ९३ लाख ६१ हजार ७८९ रुपैयाँ चुक्ता नगरेमा ३६ औं दिनमा संस्थाको नाममा धितो बन्धक लेखि दिएको एकमुष्ठ लिलाम बिक्री गरी संस्थाको लेना रकम असुल उपर गरिनेछ,’ सूचनामा उल्लेख छ ।

यदि अचल सम्पति लिलाम बिक्री गर्दा पनि सम्पुर्ण रकम असुल उपर नभएमा प्रचलित सहकारी ऐन, सहकारी नियमावली तथा संस्थाको विनियम र ऋण निति समेत अनुसार ऋणी तथा व्यक्तिगत धनजमानी कर्ताहरुको अन्य चल अचल सम्पतिबाट असुल उपर गरिने सहकारीले जनाएको छ ।

Share News