यसरी जन्मियो नेपाल बीमा प्राधिकरण
हामी (बीमा समिति) ले २०६६ सालमा बीमा ऐन ड्राफ्ट गर्यौं । तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डे बीमामा केही गरौं भन्ने विचारकै हुनुहुन्थ्यो । म बीमाको विकास विस्तारको लागि कुरा गर्थें, उहाँ कन्भिस हुनुहुन्थ्यो । मैले बीमा एकेडेमी अर्थात बीमा कलेज बनाउने प्रस्ताव गरें । उहाँ सकारात्मक देखिनु भयो । त्यसपछि २०६६ मंसिरमा हामीले बीमा क्षेत्रको विकासको लागि एउटा खाका तयार पार्यौं । त्यसमा तीन वटा विषय (तालिम, एकेडेमी र रिसर्च) लाई फोकस गरिएको थियो । यसमा त्रिभूवन विश्वविद्यालयको तत्कालिन डीन सापले हाम्रो सल्लाहमा एमओयू ड्राफ्ट गर्नु भएको थियो । बीमक संघ, बीमा समिति र त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायबीचको एमओयू तयार गरेर बीमा कलेजको रुपमा त्यसलाई सञ्चालन गर्ने भन्ने लगभग फाइनल भएको थियो । तर बिडम्बना, त्यो अहिलेसम्म पनि सञ्चालनमा आउन सकेको छैन । २०६६ सालमै बीमा ऐनलाई परिमार्जन गरी नयाँ बीमा ऐन सञ्चालनमा ल्याउनु पर्यो भन्ने विषय उठ्यो । र, कामहरु पनि धेरै भए । अहिले म त्यतिबेलाका बीमा समितिका सञ्चालक समिति र अन्य साथीहरुलाई सम्झिन्छु । यसमा उहाँहरुले धेरै गृहकार्य गर्नुभएको थियो । र, नाम के राख्ने ? यो विषयमा पनि धेरै छलफल भयो । विभिन्न अन्तर्राष्ट्रिय अभ्यासहरु हेर्यौं । धेरै लामो छलफलपछि बीमा समितिभन्दा नेपाल बीमा प्राधिकरण नै राखौं भन्ने निष्कर्ष निस्कियो । र, उक्त नाम राखेर हामीले नयाँ बीमा ऐन अर्थ मन्त्रालयमा पेश गर्यौं । त्यहाँको सिष्टम त्यस्तै हो । अर्थमन्त्रालयबाट कानुन मन्त्रालयमा र कानुन मन्त्रालयबाट फेरि अर्थमन्त्रालय आउनु पर्ने । समय निकै लाग्ने । बल्लबल्ल २०६८ कार्त्तिकमा उक्त ऐन अर्थमन्त्रालयबाट सदर भयो । त्यतिबेला अर्थमन्त्री पदमा वर्षमान पुनः हुनुहुन्थ्यो । बीमा समिति मलाई आफ्नै घर जस्तो लाग्छ । जसको छाहारीमा मैले ८ वर्ष बिताए । अब बीमा प्राधिकरणमा रुपान्तरण हुँदै छ । जुन नाम एकदमै जुरेको नाम हो । बीमा प्राधिकरणले सफलता प्राप्त गरोस् । नेपालको बीमा क्षेत्रलाई उचाईमा पुर्याउन सफल रहोस् । र, नियमन र अनुगमनमा अत्यन्त चनाखो भएर कार्य गर्न सकोस् । किनभने वर्तमान बीमा ऐनले धेरै प्रोभिजनहरु गरेको छ । त्यसैले समग्र बीमा क्षेत्रलाई अत्यन्त मर्यादित रुपले विकसित गर्न भोलि बीमा प्राधिकरण सफल हुनेछ भन्ने मेरो विश्वास छ । नेपालको बीमा ७५ वर्ष पार गरेर ७६ वर्षमा पुगेको छ । जुन कमजोर इतिहास होइन । यसले इतिहासको विभिन्न चरणहरु पार गरेर आइसकेको छ । जस्तो पहिलाको फेजलाई म फाउण्डेसन फेज भन्छु । २००४ साल, राणाकालिन समय । प्रजातन्त्र आउनुभन्दा अघि नै नेपालमा बीमा कम्पनीको स्थापना भइसकेको थियो । यो लगायत राष्ट्रिय बीमा संस्थानसम्मको एउटा फाउन्डेसन फेज थियो । त्यसपछि चालिसको दशकमा आर्थिक उदारीकरणको प्रकृयाहरु शुरु भएपछि बीमामा केही विकासहरु भए । यो फेजमा नीजि क्षेत्रहरुलाई बीमा संस्थानको विरुद्धमा आउने अवसर प्राप्त भयो । जसलाई डाइजेसनको उचित फेज भन्ने गरेको छु । त्यसपछि रिफर्म एण्ड रिभोलुसन (सुधार र क्रान्ति) फेजको शुरुवात भयो । यो फेजमा बीमा ऐन २०४९ बन्यो । र, निजी क्षेत्रका विभिन्न बीमा कम्पनीहरुको स्थापना भयो । त्यसपछि २०६० सालदेखि एक्स्पान्सन फेजको सुरुवात भयो । जसमा आकस्मिक बीमा कोष लगायत केही बीमा कम्पनीहरुको स्थापना भयो । बीमा ऐनको मस्यौदादेखि लिएर अन्य कामहरु यो फेजमा भयो । यसका साथ साथै २०७१ सालबाट पुनर्बीमा कम्पनी पनि स्थापना भयो । त्यो बेलामा कम्पनीहरुको कूल प्रिमियम ११ अर्ब रुपैयाँ थियो । निर्जीवन बीमा कम्पनीको ४ अर्ब बढी र जीवन बीमा कम्पनीको ६ अर्ब बढी थियो । नेपालमा बीमा व्यवसायको शुरुवात भएको ७५ वर्ष नाघिसकेको छ । यो अवधिमा विभिन्न कम्पनीहरुको स्थापना भई सञ्चालनमा आइसकेका छन् । तर पनि नेपालको बीमा क्षेत्र डिपेन्डिेन्सी क्षेत्रबाट मुक्त हुन सकेको छैन । अहिले कम्पनी आफु स्थापना गर्ने, बिजनेस सरकारले म्याण्डेटरी गर्ने भइरहेको छ । चाहे त्यो जीवन बीमालाई होस् या त निर्जीवन बीमा कम्पनीलाई नै । आफ्नो बलबुतामा उभ्भिन, आफ्नो क्षमता विकास गर्न र आफ्नो कम्पिटेटिभ स्ट्रेन्थलाई बढाउन कसैले सकेका छैनन् । यो नभई कम्पनीको बिजनेस बढ्दैन । ‘नयाँ कम्पनी आयो भने मेरो बिजनेस जान्छ’ अर्को, बिजनेसको फेयर साइकोलोजी यस्तो छ की, ‘नयाँ कम्पनी आयो भने मेरो बिजनेस जान्छ’ । यो भनेको आफ्नो कमजोरी हो । यो रोगबाट मुक्त नभएसम्म नेपालमा अझै पनि बीमा क्षेत्र एउटा गरिमामय र आत्मविश्वासका साथ अगाडि बढ्न नसक्ने देखिन्छ । मैले बीमा समितिमा हुँदै भन्ने गरेको थिएँ । र, अहिले पनि भन्छु की यो २१औं शताब्दी भनेको बीमाको हो । यो शताब्दी बीमाकै हो भनेर देखाउनलाई नियामक निकाय लगायत कम्पनीहरुले गृहकार्य गर्न आवश्यक छ । यसको लागि कम्पनी मात्रै लागि परेर पनि हुँदैन । सबै स्टेकहोल्डरहरु समान रुपमा मिलेर लागियो भने मात्र त्यो लक्ष्य हामीले प्राप्त गरी निश्चित गन्तब्यमा पुग्न सक्छौं । होइन भने यसले गर्देला, उसले गर्देला भनेर एक अर्काको मुख ताकेर बस्यौं भने हामी जहाँको त्यही हुन्छौं । (प्रा. डा. केसीले काठमाडौंमा आयोजित एक कार्यक्रममा राखेका मन्तब्य)
नेपालमा २२ दिनमा छ पटक शक्तिशाली भूकम्पको धक्का
काठमाडौं । नेपालमा पछिल्लो २२ दिनमा छ पटक भूकम्पको धक्का महसुस गरिएको छ । यही कात्तिक २ गतेदेखि २३ गतेसम्म छ पटक भूकम्पले धक्का दिएको हो । भूकम्प मापन केन्द्रका अनुसार चार रेक्टर स्केलभन्दा माथिका छ पटकसम्म भूकम्प गएको हो । कात्तिक २ गते दिउँसो ३ बजेर ७ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्र बनाएर गएको भूकम्प ५.९ रेक्टर स्केलको थियो । सोही दिन तीन बजेर ५३ मिनेटमा पुनः सिन्धुपाल्चोक नै केन्द्र बनाएर ४.५ रेक्टर स्केलको भूकम्प गएको थियो । सिन्धुपाल्चोकपछि सुदूरपश्चिम प्रदेशलाई केन्द्रविन्दु बनाएर चारपटक भूकम्प गइसकेको भूकम्प मापन केन्द्रले जनाएको छ । कात्तिक १३ गते बझाङ जिल्लालाई केन्द्रविन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको थियो भने मङ्गलबार राति नै तीनपटक भूकम्प गएको थियो । नौ बजेर सात मिनेटमा ५.७ रेक्टर स्केलको भूकम्प डोटी केन्द्रविन्दु बनाएर गएको थियो भने नौ बजेर ५६ मिनेटमा ४.१ रेक्टर स्केलको सुदूरपश्चिमको खप्तडमा केन्द्र बनाएर गएको थियो । त्यसपछि लगातार सानातिना भूकम्पका धक्का महसुस भइरहे । मङ्गलबार मध्यराति दुई बजेर १२ मिनेटमा शक्तिशाली भूकम्प आएर डोटीमा छ जनाले ज्यान गुमाए भने पाँच जना घाइते भए । त्यस भूकम्पले सुदूरपश्चिमका पहाडी जिल्लामा सयौँ घर क्षतिग्रस्त भएको बताइएको छ ।
निर्वाचन अघि नै १२ कक्षाको पुरक परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा मंसिरको पहिलो सातासम्ममा प्रकाशित गर्ने जनाएको छ । असोज ३० र ३१ गते लिइएको पूरक परीक्षाको नतिजा चुनावअघि नै सार्वजनिक गर्नेगरि तयारी गरेको हो । नतिजा सार्वजनिक गर्न मंसिर ४ गते हुन लागेको प्रदेश तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनले केही ढिलाई हुने भएको कक्षा १२ परीक्षा नियन्त्रक कृष्ण प्रसाद शर्माले बताए । उनले भने ‘चुनाव नभएको भए हामी कात्तिक भित्र नतिजा सार्वजनिक गर्न सक्थ्यौं । चुनावले गर्दा मंसिर दोस्रो हप्तासम्म हुन्छ ।’ कर्मचारी तथा शिक्षकहरु चुनावमा व्यस्त भएकोले काम सुस्त भईरहेको उनले जानकारी दिए । प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तिमा ३५ प्रतिशत अंक नल्याए ग्रेड सिटमा एनजी अर्थात नन ग्रेडिङ लेखिन्छ। दुई विषय भन्दा बढीमा एनजी आएमा विद्यार्थीहरूले उच्च शिक्षामा भर्ना हुन नपाउने बोर्डले जनाएको छ ।
अमेरिकाको निर्वाचनमा उम्मेदवार बनेका ह्यारी भण्डारी र सराहना श्रेष्ठ विजय
वासिङ्टन डिसी । अमेरिकाको निर्वाचनमा उमेदवार बनेका नेपाली मूलका दुवैजना विजयी भएका छन् । मेरिल्याण्ड जनरल एसेम्बलीका लागि मेरिल्याण्ड राज्यको विधायक (सांसद) मा डेमोक्रयाट पार्टीका तर्फबाट नेपाली मूलका डा ह्यारी भण्डारीले पुनः जीत हासिल गरेका छन् । उनी कूल १३ हजार ९४९ मत ल्याई पहिलो निर्वाचित विधायक बनेका छन् । यो कूल खसेको मतको २० दशमलव २७ प्रतिशत हो । सन् २०१८ मा सम्पन्न निर्वाचनमा विजयी भएर अमेरिकाको मूलधारको राजनीतिमा जीत हासिल गर्ने पहिलो नेपाली बनेका भण्डारीले आफ्नो क्षेत्रका नागरिकलाई शिक्षामा सुधारको अभियान अगाडि सारेका थिए । यसका लागि उनले दुवै पटकको निर्वाचनमा ‘टिचर फर डेलिगेट’ भन्ने नारा अगाडि सारेका थिए । हयारीसहित डेमोक्र्याट पार्टीका कार्ल ज्याक्सन र निक एलेनले पनि विजयी हासिल गर्नुभएको छ । कार्लले १३ हजार ती सय एक मत र निकले १२ हजार पाँच सय ४७ मत प्राप्त गर्नुभएको छ । डिष्ट्रिक्ट ८ बाट तीन जना विधायक निर्वाचित हुने व्यवस्थाअनुसार तीनै जना डेमोक्रयाटका उमेदवार विजयी हुनुभएको छ । ह्यारीले सबैभन्दा वढी मत पाएका हुन् । उता सोही डिष्ट्रिक्टमा रिपब्लिकन पार्टीका उमेदवारहरू गेलेन गेलहार, टिमोथी नेउवार र क्थालिन स्मेरो पराजित भए । यसैगरी न्यूयोर्क स्टेट एसेम्बलीको डिष्ट्रिक्ट १०३ न्यूयोर्कबाट पहिलो पटक उमेदवार बनेकी सराहना श्रेष्ठ विजयी भएकी छिन् । छोटो समयमा राजनीतिक सफलता हात पार्नुभएकी सराहनाले जीतसँगै न्यूयोर्क स्टेट एसेम्बलीमा जीत हासिल गर्ने पहिलो नेपाली बनेर इतिहास निर्माण गरेकी छिन् । विजयी भएपछि भण्डारीले आफूलाई सहयोग गर्नु हुने सम्पूर्ण नेपाली अमेरिकीलाई धन्यवाद दिए । विगतको कार्यकालमा आफूले १४ वटा बिल पास गर्न सफल भएको र केही बिलहरु विचाराधीन अवस्थामा रहेकाले त्यसलाई प्राथमिकतामा राख्ने भण्डारीले बताए । उनले भने, ‘मैले आगामी चार वर्षमा एकतातिर मेरा मतदातासँग गरेको प्रतिबद्धताअनुसारको काम गर्नुछ भने अर्कोतर्फ नेपाली अमेरिकीको मूलधारको राजनीतिमा थप सहभागिताका लागि संस्थागत ढङ्गले काम गर्नु पर्नेछ ।’ मूलधारको राजनीतिमा एकपछि अर्को सफलता हात पारेसँगै नेपालीमूलका अमेरिकी खुसी भएका छन् । ‘यो जित हाम्रो मूलधारको राजनीतिमा कोसेढुंगा साबित भएको छु,’ अमेरिकाको मेरिल्याण्डमा रहनुभएका डा श्याम कार्कीले विजयको खबर सुनेपछि प्रतिक्रिया दिँदै भने, ‘अमेरिकाको नीति निर्माण तहमा नेपालीभाषीको प्रतिनिधित्वले हामी नेपालीलाई गौरवको अनुभूति भएको छ ।’ कार्कीले सन् २०१४ देखि नै भण्डारीको चुनावी अभियानमा सघाउँदै आएका छन् । रासस
कोरियामा एकैदिन ६२ हजारभन्दा बढी कोभिड सङ्क्रमित
काठमाडौं । दक्षिण कोरियामा कोभिड १९ का सङ्क्रमितहरुको सङ्ख्या बढेको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । स्वास्थ्य अधिकारीअनुसार गएको २४ घन्टा यता यहाँ ६२ हजारजना भन्दा बढी सङ्क्रमित भेटिएका छन् । यहाँ गएको २४ घन्टा यता ६२ हजार चार सय ७२ जना सङ्क्रमित थपिएका छन् । अघिल्लो दिन अर्थात् सोमबार यहाँ ६२ हजार दुई सय ७३ जना रहकामा मङ्गलबार ती सङ्क्रमित थपिएका हुन् । यहाँ कोभिड महामारी सुरु भएयता दुई करोड ५९ लाख ८१ हजारजना भन्दा बढी सङक्रमित भेटिएका समाचारमा जनाइएको छ । यहाँको रोग नियन्त्रण तथा निवारण निकायका अनुसार अघिल्लो हप्ताका तुलनामा मङ्गलबार सङ्क्रमित बढेका छन् ।अघिल्लो हप्तामा यहाँ बढीमा ५४ हजारमा मात्र संक्रमण देखिएको थियो । यहाँ पछिल्लो दिनमा ५९ जनाको यही सङ्क्रमणबाट ज्यान गएको छ । दक्षिण कोरियामा अहिलेसम्म कोभिडको सङ्क्रमणबाट ज्यान जाने व्यक्तिको सङ्ख्या २९ हजार चार सयभन्दा बढी रहेको बताइएको छ । रासस
११:११ अभियानको लागि हिमालयन बैंक र दराजबीच सम्झौता
काठमाडौं । हिमालयन बैंक र अनलाइन सपिङ्ग पोर्टल दराज केयमुबीच बैंकका ग्राहकहरुलाई दराजको ११:११ अभियानमा छुट प्रदान गर्ने सम्झैता भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट सहायक महाप्रबन्धक विजय मान नकर्मी र दराजको पेमेन्ट र पार्टनरसिप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका छन् । यो योजना कर्तिक २५ गते दिन लागु हुनेछ । बैंकका ग्राहकहरुले दराजको ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा आफ्नो डेबिट कार्ड मार्फत अग्रिम भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम २५०० सम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम ३ हजारसम्मको छुट प्राप्त गर्न सक्नेछन् । उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्ड ई—कमर्शको लागि सक्रिय गर्नु पर्नेछ ।
काभ्रे २ : गोकुल बास्कोटा कमजोर, शिव हुमागाईं कसरी बलियो भए ?
काठमाडौं । काभ्रे २ को निर्वाचन यसपटक फरक हुँदैछ । २०४८ र २०५१ मा एमालेले लगातार यो क्षेत्रमा जितेकाे रोचक प्रतिस्पर्धा हुँदै आएको छ । अर्थात् आलोपालोमा २०५६ मा कांग्रेसका शिव हुमागाईं विजयी भए । २०६४ को पहिलो संविधानसभामा एमालेका कृष्णप्रसाद सापकोटा विजयी भए । २०७० मा फेरि यो क्षेत्रको चुनावी परिणाम कांग्रेसको पोल्टामा पर्यो । कञ्चनचन्द्र बादे श्रेष्ठले गोकुल बाँस्कोटालाई पराजित गरे । २०७४ मा फेरि नतिजा उल्टिँदा माओवादीको साथमा एमालेका गोकुल बाँस्कोटा विजयी हुन पुगे । त्यसैले यसपटक यो क्षेत्र कांग्रेसको पोल्टामा पर्ने देखिन्छ । केही दलीय र स्वतन्त्र अनुहार देखिए पनि काभ्रे २ मा सत्ता गठबन्धनका कांग्रेस उम्मेदवार र एमाले उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । २०७४ सालमा एमाले र माओवादी मिल्दा कांग्रेसले सहजै चुनाव हारेको थियो । तर यसपटक स्थानीय तहदेखि नै कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा एक ठाउँमा उभिएका छन् । विभाजनको सबैभन्दा धेरै असर पनि एमालेले देशैभर भोग्दैछ । यतिमात्रै होइन २०७४ को चुनावमा सानदार जित दर्ता गरेपछि अप्रत्याशित रुपमा राष्ट्रिय राजनीतिमा चर्चा र विवादका आएका गोकुल बाँस्कोटा फेरि उम्मेदवार बनेपछि यसपटक काभ्रे २ को चुनाव फरक हुँदैछ । देशभरको आँखा पर्नुको कारण हो–सेक्युरिटी प्रेस खरिदमा ७० करोडको मोलमोलाई गरेको अडियो बाहिरिनु । विवादमा तानिएका गोकुल बाँस्कोटा नै उम्मेदवार बन्न पुगे । जुन एमालेको लागि उत्तिकै जोखिम पनि देखिएको छ । यो अडियो बाहिरिएपछि शक्तिशाली सञ्चार मन्त्री र सरकारको प्रवक्ताबाट तत्कालीन प्रधानमन्त्री केपी ओलीले नै फिर्ता उनलाई बोलाएका थिए । बाँस्कोटाको त्यो अडियोबारे स्वतन्त्र पुष्टि भइसकेको छैन । तर मन्त्रीबाट फिर्ता बोलाएपछि ओली स्वयंमले चाहेर पनि उनलाई दोस्रोपटक मन्त्री बनाउन सकेनन् । सोही विवादको न्यायिक र स्वतन्त्र निरुपण नभई चुनावी मैदानमा उत्रिएका कारण यसपटक बाँस्कोटामाथि अत्याधिक प्रश्न नागरिक स्तरमा उठेको छ । पार्टी तहमा विवादितलाई किन उम्मेदवार बनाइयो भन्ने प्रश्न उत्तिकै छन् । तर अध्यक्ष ओलीसँगको विशेष सम्बन्धका कारण बाँस्कोटाले फेरि पनि टिकट हत्यारै छोडे । बाँस्कोटाको ठीक उल्टो यसपटक उनीविरुद्ध कांग्रेसका शिव हुमागाईं चुनावी मैदानमा उत्रिएका छन् । २०५६ मै एमालेको बलियो प्रभाव तोडेर हुमागाईंले आफ्नो तागत देखाइसकेका छन् । यतिमात्रै होइन भूगोलमा बसेर काभ्रे कांग्रेसको सभापति चलाएकोले हुमागाईं पार्टीको तल्लो तहसम्मै परिचित छन् । पार्टीको तल्लो तहको संगठन र कार्यकर्ता परिचालनको शैलीमा गोकुलभन्दा हुमागाईं व्यवहारिक मानिन्छन् खरो र रुखो शैलीका कारण आलोचित हुँदै आएका उनै बाँस्कोटाले यसपटक शान्त र नम्र शैलीमा प्रस्तुत हुने हुमागाईंसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । एमालेकै नेता कार्यकर्ताले पनि हुमागाईंको यो नम्र र व्यवहारिक शैलीलाई मन पराउँछन् । यो आफैंमा कांग्रेसको बलियो प्रभाव रहेको क्षेत्र हो । सत्ता गठबन्धनको शक्ति, स्थानीय तहको चुनावी परिणाम, एमाले विभाजनको असरले यसपटक गोकुलले हार चाख्ने देखिन्छ । स्थानीय तहमा धक्का ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा एमालेले धक्का खाएको छ । यसअघि जितेका पनौती, बनेपा, मण्डन देउपुरजस्ता महत्वपूर्ण इलाका गुमाएको छ । यी पालिकाका केही वडाबाहेक प्रायः गोकुलकै क्षेत्रमा पर्छन् । काभ्रे २ मा पाँचखाल, मण्डन देउपुर र बनेपा नगरपालिका पर्छन् । धुलिखेल नगरपालिकाका १ देखि ७ नम्बर वडा, पनौती नगरपालिकाका १, २, ३, ११ र १२ नम्बर वडा पर्छन् । त्यस्तै, बेथानचोक गाउँपालिकाका १ देखि ५ सम्मका यो क्षेत्रमा पर्छन् । स्थानीय तहको यसपटकको निर्वाचनमा गोकुलले एमालेलाई आफ्नै गृहनगर देउपुरमा जिताउन सकेनन् । नेकपा एसका नेता टोकबहादुर वाइबा फेरि जित्न पुगे । अघिल्लोपटक पनि एमालेमै रहँदा उनी निर्वाचित भएका थिए । यीमध्ये बनेपा र पनौती नगरपालिकामा एमालेलाई यसपटक कांग्रेसले पराजित गर्यो । जुन एमालेका बलिया आधार इलाका थिए । पाँचखालमा अघिल्लोपटक जस्तै कांग्रेसकै महेश खरेल विजयी भए । बेथानचोकमा पनि कांग्रेसले फेरि विजयको झण्डा गाडेको छ । यसैले पनि चुनाव जित्न हुमागाईंलाई सहज र बाँस्कोटालाई कठिन देखिएको हो । मतमा कति अगाडि छ गठबन्धन ? स्थानीय तहको यसपटकको निर्वाचनमा काभ्रे २ वडाध्यक्षतर्फ एमालेले ४५ हजार ५१४ मत ल्याएको देखिन्छ । कांग्रेसले ४५४५६ मत पाएको छ । अर्थात यो क्षेत्रमा गठबन्धन नै नहुँदा पनि एमाले र कांग्रेसबीच तीव्र प्रतिस्पर्धा देखिन्छ । एक्लै चुनाव लडेकोले एमालेले यो क्षेत्रभरका सबै वडामा उम्मेदवार उतारेको थियो । तर गठबन्धन हुँदा सबैतिर कांग्रेस बाहेकका अरु दलका उम्मेदवार कम थिए । यसैले कांग्रेस बाहेकका उम्मेदवारले पाएको मत धेरै वास्तविक नहुने देखिन्छ । माओवादीको साथ, नेकपा विभाजनपछि नेकपा एसको साथ हुने भएपछि प्रतिस्पर्धामा कांग्रेसलाई सहज हुने देखिन्छ । नेकपा एसले ८६७६, माओवादीले ६३७० र राप्रपाले २३५४ मत ल्याएको छ । माओवादी र नेकपा एस यो क्षेत्रमा निर्णायक देखिन्छन् । जहाँ गठबन्धनको संयुक्त मत ६० हजार ५०२ छ । एमाले १४९८८ मतले पछाडि छ । सत्ता गठबन्धन, एमाले विभाजनको असर र आफ्नैबारे विवाद देखिएपछि गोकुललाई हुमागाईंविरुद्धको चुनाव सहज नहुने देखिएको हो । माओवादीको साथ पाउँदा २०७४ सालमा गोकुलले सहज जित दर्ता गरेका थिए । तर सोही चुनावको समानुपातिक मतबाट माओवादीलाई अहिलेको कांग्रेसको गठबन्धनमा राख्दा गोकुल त्यतिखेरैको मतको लेखाजोखामा थोरै मतले पछाडि पर्ने देखाउँछ । २०७४ मा एमालेले प्रत्यक्षमा जित्दा समानुपातिकमा ४३०५० मत ल्याएको थियो । कांग्रेसले ३२३९० मत प्राप्त गरेको थियो । माओवादीले ११२५४ मत ल्याएको थियो । तर पहिले एमालेसँग रहेको माओवादी यसपटक कांग्रेससँग छ । अहिले गठबन्धन हुँदा माओवादीको मत कांग्रेसतिर राख्दा पहिलेकै मतको अनुपातमा काभ्रे २ मा एमाले ५९४ मतले पछाडि देखिन्छ । तर स्थानीय तहको यसपटकको मतको आधारमा विश्लेषण गर्दा गठबन्धनभन्दा एमाले झण्डै १५ हजार मतले पछाडि देखिन्छ । गठबन्धनमा आवद्ध सबै दलले केही वडामा तालमेल पनि गरेका थिए । तर एमाले सबै ठाउँमा एक्लै भिडेको थियो । यो एमालेको लगभग मिल्ने मत हो । बढेको मतदाताले थोरै अंक माथि पुर्याउन सक्छन् । तर जित्ने गरी मत बटुल्न विवादित छविका बाँस्कोटालाई कठिन देखिन्छ । छोटो समयमै चर्चित छोटो समयमै बदनाम बाँस्कोटा गोकुल राष्ट्रिय राजनीतिमा शक्ति र चर्चाको शिखरमा जति छिटो चढे उति छिटो झरे । अर्थात बलिया र प्रभावशालीलाई पछि पार्दै छिटो माथि पुगे । तर धेरैसमय टिक्न सकेनन् । अध्यक्ष ओलीसँगको गहिरो सम्बन्धनका कारण छिट्टै माथि पुगे । तर विवादपछि उनी लामो समय नअडि एक्कासी ढल्न पुगे । सांसद र केन्द्रीय सदस्य भएको लामो समयपछि अरु नेताले एमालेमा थोरैमात्रै अवसर पाउने गरेका छन् । तर गोकुलका लागि भने ओलीसँगको विशेष सम्बन्धनले लो प्रोफाइनलमा उच्च पद दिइएपछि एमालेभित्रै तीव्र असन्तुष्टि थियो । तर ओली र गोकुलको विशेष सम्बन्धका कारण कसैले मुख खोल्न भने सक्दैनथे । संचार मन्त्री भएकै बेला सेक्युरिटी प्रेस खरिदमा ७० करोडको घुस बार्गेनिङ गरेको अडियो बाहिरिएपछि गोकुलको ओरालो यात्रा सुरु भयो । त्यसैले जबर्जस्त प्रभाव एकाएक खस्कियो । शक्तिशाली दुई तिहाई हाराहारी मतको प्रधानमन्त्री हुँदासमेत ओलीले नै गोकुललाई बचाउन सकेनन् । त्यही अडियोले गर्दा नैतिकताको आधारमा उनले राजीनामा दिए । छानविन गरेर उनलाई दोषी वा निर्दोष के हो प्रष्ट्याउने काम भएन । यसैले आज पनि गोकुलमाथि थुप्रै नैतिक प्रश्न उठिरहेका छन् । छोटो समयमा अत्याधिक शक्ति र सामथ्र्य प्राप्त गर्नुका कारण आफ्नै विरासत र शक्तिभन्दा ओलीको धाप धेरै थियो । यसैले उनी सत्ता र शक्तिको शिखरमा चढे पनि उनलाई ठूलो राजनीतिक क्षति पुर्यायो । आरोप लागिसकेपछि यो मुद्दाले किनारा नपाउँदा विरोधी र आलोचकलाई यही ७० करोडको विषयले उनीविरुद्ध प्रश्न उठाउने ठाउँ दिएको छ । एमाले विभाजनको असर उत्तिकै नेकपा हुँदै एमाले विभाजनको असर अन्य जिल्लामा भन्दा काभ्रेमा धेरै छ । प्रभावशाली नेताले नै एमाले त्यागे । उनीहरूले नेकपा एस रोजेपछि यो नै गोकुलका लागि ठूलो चुनौती बन्न पुग्यो । २०६४ सालको पहिलो संविधानसभामा जितेका कृष्णप्रसाद सापकोटा नै अहिले एमालेमा छैनन् । २०७० मा गोकुल बाँस्कोटा पराजित भएपछि सापकोटा एमालेमा अपमानजनक स्थितिमा रहे । यसैले उनी एमाले विभाजनपछि नेकपा एसमा लागेका छन् । पार्टीका पूर्व सचिव एवं विदुर सापकोटा पनि एमालेमा छैनन् । यी दुई मात्रै होइनन् प्रदेशसभामा निर्वाचित भएका वसुन्धारा हुमागाईं र लक्ष्मण लम्साल एमालेमा छैनन् । अर्थात उनीहरू नेकपा एसमा सक्रियतापूर्वक लागेका छन् । अर्का प्रभावशाली नेता टोकबहादुर वाइबा पनि अहिले एमाले छोडी नेकपा एसमा सक्रिय छन् । उनी मण्डन देउपुरको मेयरमा नेकपा एसबाट विजयी भएका थिए । यसरी गोकुलको टिमसँग यतिखेर कुनै समयमा एमालेका प्रभावशाली नेताको लहर नै छैन । यसैले पनि हुमागाईंसँगको प्रतिस्पर्धा बाँस्कोटाको लागि कठिन हुने बताइन्छ । एमालेमा सक्रिय र प्रभावशाली रहेको हिस्सा नै अन्यत्र गएपछि गोकुललाई थप संकट देखिएको हो । दुवैको जित्ने दाबी सत्ता गठबन्धनतर्फ काभ्रे २ मा कांग्रेसका उम्मेदवार रहेका शिवप्रसाद हुमागाईं सत्ता गठबन्धनको बलमा कांभ्रेमा यसपटक कांग्रेसले विजयको झण्ड फहराउने बताउँछन् । ‘मैंले पहिले जित्दा पनि जनताको भावना र विश्वासलाई तोड्ने काम गरिनँ । २०५६ सालमा जितेपछि भएका विद्युतीकरण, खानेपानी, बाटोघाटोको विकासजस्ता जनपक्षीय कामका लागि २३ वर्षपछि पनि नगारिकले मलाई सम्झन्छन्’ हुमागाईं भन्छन्, ‘तर यहाँ लोकतन्त्र मास्ने र भ्रष्टाचारमा डुबेर जनता र मतदाताको आस्था र विचारमाथि ठेस पुर्याउने काम भएका छन् । यस्ता गलत काममा म कदामी लाग्ने छैन । यसपटक भ्रष्टाचार र अनियमितता होइन विकास, समृद्धि र सत्कर्मकाको लागि मलाई काभ्रेली जनताले मलाई विश्वास गर्छन् र जिताउँछन् भन्ने विश्वास लिएको छु ।’ पहिलेदेखि नै कांग्रेस बलियो रहेको, १६ हजार मतान्तरले अघि रहेको, सधैं नागरिकको घरदैलोमा रहेर समस्याको समाधानमा लाग्नु नै आफ्नो लागि जितको आधार भएको उनी बताउँछन् । ‘कांग्रेस काभ्रेमा पहिलेदेखि नै बलियो अवस्थामा रहेको पार्टी हो । यसपटक सत्ता गठबन्धनको बलमा हामी धेरै दल एक भएर अघि बढेका छौ । यसैले काभ्रे २ मा हामी सबै गठबन्धनले जित्ने माहोल बनिसकेको छ’ हुमागाईं भन्छन्, ‘म काभ्रेली जनताको शीर निहुर्याउने गरी कुनै गलत काम गर्दिनँ । मेरो यो मन्त्रलाई नागरिक र मतदाताले रुचाउँछन् ।’ काभ्रे २ का एमाले उम्मेदवार गोकुल बाँस्कोटा आफूले गरेको कामबारे काभ्रेली जनताले गरेको बोध नै आफ्नो लागि जितको आधार भएको दाबी गर्छन् । ‘मैंले काभ्रेका लागि के कति गरेको छु भनेर मैंले भन्नै पर्दैन । जनता आफैंले मलाई बुझेका छन् । मैंले सांसद भएपछि गरेका कामहरूको फेहरिस्त जनताले देखेका छन्, बुझेका छन्’ बाँस्कोटा भन्छन्, ‘मैंले प्रतिवद्धता गरेकोभन्दा बढी काम गरेपछि फेरि पनि काभ्रेका जनताले मलाई राम्रोसँग बुझेका छन् भन्ने लाग्छ । यसैले मेरो कामको परीक्षण गर्दा नागरिकले आनन्द महसुससमेत गर्छन् । मेरो कामको मूल्यांकन गरेर जनताले मलाई जिताउँछन् ।’ आफूले मन्त्री हुँदा गरेको विकास हेरेर भोट हाल्न उनले पटकपटक आग्रह गर्दै आएका छन् । तर विकासका योजनामा ठाउँ हेरेर पक्षपात गरेको आरोपसमेत गोकुललाई लाग्ने गरेको छ ।
कालापानी, लिम्पियाधुरा र लिपुलेकको विषय संसद्ले एकमतले पास गरेको हो : प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपाली भूमि हो भनेर संसद्ले एक मतले पास गरेको बताएका छन् । आज दार्चुलाको गोकुलेश्वरमा सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले मात्रै पास गरेको जस्तो गरेर झुटा कुरा गरिरहेको आरोप लगाए । ‘कांग्रेस, माओवादी केन्द्रलगायतका सबै दल मिलेर एक आवाजमा संसद्बाट पास भएको हो’, प्रधानमन्त्री देउवाले भने, ‘अहिले ओलीले अरुले केही गरेकै छैन, आफूले मात्रै गरेँ भनेर झुटो कुरा गर्दैछन् ।’ उनले केही दिनअघि ओली दार्चुला पुगेर गफ लगाएर फर्किएको आरोपसमेत लगाए । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले राष्ट्रलाई कुन दिशामा लैजाने भन्ने निर्णय लिने उनको भनाइ थियो । ‘अहिले धेरै किसिमका अफवाह काम भइरहेको छु, प्रधानमन्त्री देउवाले भने, ‘मुलुकलाई समृद्ध बनाउन गठबन्धन दल एकजुट भएर अघि बढेको छ ।’ उनले केही महिनाअघि दार्चुलामा नेपाल–भारत पक्की पुलको शिलान्यास भएको भन्दै उक्त पुल चाँडै निर्माण सम्पन्न हुने बताए । गोकुलेश्वर विमानस्थल सञ्चालनमा ल्याइने भन्दै देउवाले दार्चुलालाई दुई वर्षभित्र अँध्यारोमुक्त जिल्ला बनाइने धारणा राखे । ‘दार्चुलालाई तुइनमुक्त क्षेत्र घोषणा गरिनेछ’, उनले भने, ‘दार्चुला धेरै सम्भावना रहेको जिल्ला हो, यसको विकासमा हामी लाग्छौँ ।’ मेरै प्रस्तावमा ओली दुई पटक प्रधानमन्त्री अध्यक्ष दाहाल सोही चुनावीसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले नै प्रस्ताव गरेर एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाएको बताए । उहाँले ओली अब प्रधानमन्त्री बन्ने सम्भावना नरहेकोसमेत ठोकुवा गरे । पहिलो पटक संविधान बनाउन सहमत गराउन र दोस्रो पटक वाम एकताको प्रस्तावसहित ओलीलाई प्रधानमन्त्री बनाएको अध्यक्ष प्रचण्डको भनाइ थियो । भूमि फिर्ताका विषयमा उनले नक्सा मात्रै बनाएर नहुने भन्दै भारतसित कूटनीतिक तवरबाट पहल गर्नुपर्नेमा जोड दिए । ‘चुनाव आएपछि ओलीले राष्ट्रवादको कुरा गर्दै गोहीका आँसु चुहाउँछन्’, उनले भने, ‘प्रतिगमनलाई हराउन गठबन्धन बनाएका हौँ ।’ सत्ता गठबन्धनबाट दार्चुलामा प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू छन् । उनीसँगको प्रतिस्पर्धामा एमालेका नेता एवं पूर्वमन्त्री गणेशसिंह ठगुन्ना रहेका छन् । रासस