काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ४७.८३ प्रतिशत घटेर ३ लाख ४९ हजार रुपैयाँमा मात्रै आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ६ लाख ६९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ०.६५ प्रतिशत घटेर ४७ लाख ३० हजार रुपैयाँ, नेट फि कमिशन आम्दानी ०.४१ प्रतिशत बढेर १९ लाख ३७ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ०.३४ प्रतिशत घटेर ६६ लाख ६७ हजार रुपैयाँ र सञ्चालन मुनाफा ४७.३४ प्रतिशत घटेर ५ लाख ५४ हजार रुपैयाँमा झरेको छ ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ४७.८६ प्रतिशत बढेर २ करोड ७ लाख रुपैयाँ, जगेडा कोष ७८.५० प्रतिशत बढेर १ करोड २७ लाख ६६ हजार रुपैयाँ, सापटी २.२१ प्रतिशत घटेर ११ करोड ५२ लाख ४ हजार रुपैयाँ, निक्षेप २१.५५ प्रतिशत बढेर १४ करोड ९० लाख ७० हजार रुपैयाँ र कर्जा १२.४५ प्रतिशत बढेर २८ करोड ९५ लाख ८५ हजार रुपैयाँ छ ।
लघुवित्तको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ३७ पैसा घटेर ६ रुपैयाँ ७४ पैसामा झरेको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात ४७ गुणा छ भने प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ ६७ पैसा रहेको छ । लघुवित्तको खराब कर्जा १.४७ प्रतिशत र कस्ट अफ फण्ड ९.३२ प्रतिशत छ ।