विकासन्युज

एनएलजी इन्स्योरेन्सको नाफा ५.४६ करोड, अन्य सूचक कस्ता छन् ?

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद दाबी ९ करोड ९७ लाख रुपैयाँ भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १७ करोड १९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो । समिक्षा अवधिमा कम्पनीको खुद नाफा ५ करोड ४६ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक वर्षको तीन महिनामा कम्पनीको खुद बीमा शुल्क ४२ प्रतिशत घटेर १९ करोड २० लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३३ करोड ३० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको असोज मसान्तसम्ममा कम्पनीले ६७ करोड ५७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेकोमा चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा ६१ करोड ८ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीको चुक्ता पूँजी १ अर्ब ३२ करोड रुपैयाँ, जगेडा कोष ३२ करोड २६ लाख रुपैयाँ, बीमा कोष १ अर्ब १७ करोड ६९ लाख रुपैयाँ महाविपत्ती कोष ६ करोड २५ लाख रुपैयाँ रहेको छ । गत वर्ष १ करोड ५९ लाख रुपैयाँ अभिकर्ता कमसिन दिएको यस कम्पनीको गत असोजसम्म घटेर १ करोड ४० लाख रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीको पुनर्बीमा कमिसनबाट ९ करोड ७७ लाख रुपैयाँ आम्लदानी गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ४८ पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ२ सय १७ रुपैयाँ ७५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २७.३१ गुणा छ ।

प्रभु लाइफले गर्याे ४६९ प्रतिशत दाबी भुक्तानी, नाफा सहित अधिकांश सूचकमा बलियो बन्दै

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा २.४४ प्रतिशत बढेर ३ करोड ३९ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । असोज मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क ७.९३ प्रतिशत घटेर ५१ करोड २१ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५५ करोड ६३ लाख खुद बीमा शुल्क आर्जन गरेको थियो । तीन महिनाको अवधिमा कम्पनीको कुल बीमा शुल्क ६ अर्ब १७ करोड ५४ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ८२ करोड २५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । समिक्षा अवधिमा कम्पनीको खुद दाबी ४६८.९३ प्रतिशत बढेर २१ करोड ६ लाख रुपैयाँ भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ७० लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ, जगेडा कोष २४ प्रतिशत बढेर ५२ करोड ७५ लाख रुपैयाँ, जीवन बीमा कोष ४०.६६ प्रतिशत बढेर ३ अर्ब २४ करोड र महाविपत्ती कोष ३ कोड ८४ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ७९ पैसा रहेको छ । यस्तै, कम्पनीको प्रतिसेयर नेट्वर्थ १२८ रुपैयाँ ३० पैसा छ ।

निर्वाचन विरोधी गतिविधि गर्ने १४ जना पक्राउ

काठमाडौं ।  निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा बागलुङको कुश्मीशेरा बजारबाट प्रहरीले १४ जनालाई पक्राउ गरेको छ । जैमिनी नगरपालिका–१ कुश्मीशेरा बजारमा कोणसभा गरिरहेका नेकपा(मसाल)का १४ नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । निर्वाचन बहिष्कारका लागि आयोजना भएको कोणसभामा प्रहरीचौकी कुश्मीशेराबाट पुगेको प्रहरी टोलीले मसालका पोलिटब्यूरो सदस्य कृष्णराज पौडेलसहितका नेता तथा कार्यकर्ता पक्राउ गरेको हो । पक्राउ पर्नेमा पोलिटब्यूरो सदस्य कृष्णराज पौडेल, अखिल भारत नेपाली एकता समाजका अध्यक्ष देवबहादुर लामिछाने, बागलुङका सचिव नारायण सापकोटा, प्रवक्ता रेशम गिरी, रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय उपाध्यक्ष दलबहादुर विक, अखिल भारत नेपाली एकता समाजका युवा नेता सूर्य थापा, कास्कीका प्रवक्ता विक्रम थापा, युवा वाम नेता सागर कुँवर, आकाश गौतम, विनोद विष्ट, रमाकान्त शर्मा र काठमाडौँका नेता यमप्रसाद शर्मालगायत रहेका छन् । उनीहरूलाई प्रहरीचौकी कुश्मीशेरामा राखिएको छ । ‘निर्वाचन विरोधी गतिविधि गरेको सूचना आधारमा पक्राउ गरिएको हो, कुन पार्टीका हुन् भन्ने हामीलाई जानकारी छैन’, जिल्ला प्रहरी प्रमुख दयानिधि ज्ञवालीले भने, ‘प्रचार सामग्रीसहित फेला परेकाले अनुसन्धान भइरहेको छ, मुद्दा चलाउने वा कागज गरेर छोड्ने अनुसन्धानपछि थाहा हुन्छ, घटनाको प्रकृति र उनीहरूको क्रियाकलापको विषयमा हामीले पहिले जानकारी लिन्छौँ ।’ कोणसभाका मुख्यवक्ता पोलिटब्यूरो सदस्य कृष्णराज पौडेलले सम्बोधन गरिरहेका बेला प्रहरीले सबैलाई पक्राउ गरेको थियो । मसालका नेता कार्यकर्ता र प्रहरीबीच केहीबेर घम्साघम्सी भएको प्रतक्षदर्शीले बताए । प्रहरीले उनीहरूसँगै माइक र पर्चालगायतका प्रचार सामग्री पनि जफत गरेको छ । रासस

मंसिरमा विकास बैंक र फाइनान्सले ब्याजदर घटाउने

काठमाडौं । वाणिज्य बैंकहरुले मंसिरमा ब्याजदर स्थीर राख्ने निर्णय गरेका बेला विकास बैंक र फाइनान्स कम्पनीहरुले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेका छन् । डेभलपमेन्ट बैंकर एशोसिएसन र फाइनान्स एशोसिएसनको मंगलबार बसेको बैठकले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेका हुन् । विकास बैंकहरुले मंसिरमा निक्षेपमा ०.१५ प्रतिशत ब्याजदर घटाउने निर्णय गरेको मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रद्युमन पोख्रेलले विकासन्युजलाई बताए । फाइनान्स कम्पनीको ब्याजदर घटाउने निर्णय गरेको फाइनान्स एशोसिएसनका अध्यक्ष रहेका गुडविल फाइनान्सका सीईओ सरोजकाजी तुलाधरले बताए । उनका अनुसार ३ महिनाको निक्षेपमा ०.२ प्रतिशत र १ वर्षभन्दा माथिको निक्षेपमा ०.१५ प्रतिशत ब्याजदर घटाउने निर्णय गरेको हो । फाइनान्स कम्पनीहरु सीडी रेसियो सहज भएकाले ब्याजदर घटाउने निर्णय गरेको उनको भनाइ छ । कर्जाको लागत घटाउनका लागि ‘ब्याजदर नघटाएसम्म अर्थतन्त्र चलायमान हुँदैन, इन्फलेक्सन ८.५२९ प्रतिशत छ, ब्याजदर घटाउनु पर्छ ताकी उत्पादित क्षेत्रमा कर्जाको रेट कम होस,’ उनले भने । वाणिज्य बैंकहरुलाई दबाव पर्याे भनी भन्ने प्रश्नमा खुला अर्थतन्त्रमा कसैलाई दबाव गर्ने गरी निर्णय नलिएको उनले बताए । विकास बैंकहरुले ब्यक्तिगत मुद्दती निक्षेपमा १३ प्रतिशतसम्म र संस्थागत मुद्दती खातामा ११ प्रतिशतसम्म ब्याज प्रदान गर्दै आएका छन् । यस्तै साधारण बचत खातामा भने ८ प्रतिशत ब्याज दिँदै आएका थिए । यस्तै, फाइनान्स कम्पनीहरुले पनि ब्यक्तिगत मुद्दती निक्षेपमा १३.४७ प्रतिशतसम्म र संस्थागत मुद्दती निक्षेपमा ११.४७ प्रतिशतसम्म ब्याजदर प्रदान गरिरहेका छन् । मंसिर १ गतेदेखि भने विकास बैंक र फाइनान्स कम्पनीको ब्याजदर घट्नेछ । नेपाल बैंकर्स एशोसियसन (एनबिए) को मंगलबार बसेको बैठकले भने ब्याजदर स्थिर राख्ने निर्णय गरेको छ । वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३३ प्रतिशत र संस्थागततर्फ ९.१३३ प्रतिशत ब्याज प्रदान गरिरहेका छन् । यस्तै, बैंकहरुले रेमिट्यान्स मुद्दति खातामा १५.३३३ प्रतिशतसम्म ब्याज दिइरहेका छन् । साधारण बचत खातामा भने बैंकहरुले १०.३३३ प्रतिशत ब्याज तोकिएको छ ।

लाइफ इन्स्योरेन्सले उठाए पौने ३६ अर्ब प्रिमियम, आठबाहेक सबै कम्पनी अर्ब क्लबमा

काठमाडौं । जीवन बीमा व्यवसाय गर्दै आएका जीवन बीमा कम्पनीहरुले पौने ३६ अर्ब रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् । कम्पनीहरुले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनाको अवधिमा ३५ अर्ब ७७ करोड ६८ लाख रुपैयाँ बराबरको प्रिमियम अर्थात बीमाशुल्क संकलन गरेका हुन् । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ६.३० प्रतिशतले घटी हो । सञ्चालित १९ जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७८र७९ को पहिलो त्रैमासमा ३८ अर्ब १८ करोड ६ लाख रुपैयाँ बराबरको प्रिमियम उठाएका थिए । चालु आवमा सबैभन्दा बढी प्रिमियम संकलन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । समीक्षा अवधिमा कम्पनीले बीमितहरुबाट १० अर्ब ४ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । त्यस्तै, ४ अर्बभन्दा बढी बीमाशुल्क आर्जन गर्नेमा दुई कम्पनी रहेका छन् । जसमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले ४ अर्ब ५१ करोड र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ४ अर्ब ३८ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् । त्यसैगरी, एक अर्ब बढीको प्रिमियम संकलन गर्नेमा अन्य ८ कम्पनी रहेका छन् । जसमा युनियन लाइफ इन्स्योरेन्सले १ अर्ब ९१ करोड, एशियन लाइफ इन्स्योरेन्सले १ अर्ब ७४ करोड, सिटिजन लाइफले १ अर्ब ४७ करोड, सूर्या लाइफ इन्स्योरेन्सले १ अर्ब ३२ करोड रुपैयाँ, मेट लाइफ एलिकोले एक अर्ब ३१ करोड, प्राइम लाइफ इन्स्योरेन्सले १ अर्ब १६ करोड, राष्ट्रिय बीमा संस्थानले १ अर्ब ११ करोड र सन नेपाल लाइफले १ अर्ब रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । यता एक अर्बभन्दा कम रकमको बीमाशुल्क आर्जन गर्नेको सूचीमा पनि ८ कम्पनी रहेका छन् । ज्योति लाइफले ९५ करोड १८ लाख, रिलायबल नेपाल लाइफले ८९ करोड ३१ लाख, आईएमई लाइफले ८७ करोड १४ लाख, रिलायन्स लाइफले ७८ करोड ८० लाख, गुराँस लाइफले ७५ करोड ७ लाख, सानिमा लाइफले ५८ करोड २५ लाख, प्रभु लाइफले ५३ करोड ७२ लाख र महालक्ष्मी लाइफले ४० करोड ५२ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् ।

मेलम्चीको पानी काठमाडौं पठाउन सुरु

काठमाडौं । वर्षाका कारण अवरुद्ध मेलम्चीको पानी पुनः काठमाडौं पठाउनका लागि काम सुरु गरिएको छ । वर्षायाममा क्षति हुनसक्ने भन्दै गत जेठमा बन्द गरिएको सुरुङ हालसम्म सञ्चालन गरिएको थिएन । यस वर्ष सुरुङमा खासै क्षति नभए पनि आयोजना स्थलसम्म पुग्ने सडक अधिकांश बिग्रिएको थियो । सो सडक निर्माणको काम अन्तिम चरणमा पुगेको मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले बताए । अहिले आयोजनाको टोली मुहान मर्मतमा खटिएको उनले जानकारी दिए । आवश्यक उपकरणसहितको टोली आयोजनास्थलमा खटिएको र खोला डाइभर्टलगायत केही काम सुरु गरिएको उनले बताए । भोलिदेखि सुरुङ खोतल्ने काम सुरु हुने उनको भनाइ छ । सुरुङभित्र खासै क्षति नभएको, सुरुङ बाहिर पनि गत सालभन्दा आधा मात्र सरसफाइ गर्नुपर्ने देखिएको उनले बताए । जतिसक्दो छिटो पानी सुरुङमा पठाउने गरी काम गरिने उनको भनाइ छ । उनका अनुसार सडक अवरुद्ध भएकाले मेसिन आयोजनास्थलमा पु¥याउन नसक्दा पानी ल्याउन ढिलाइ भएको हो । विसं २०७८ असार १ को बाढीले आयोजनाको बाँध र हेडवक्र्समा क्षति पु¥याएपछि मर्मत गरी २०७९ वैशाख ११ गतेदेखि जेठ तस्रो सातासम्म पानी लगिएको थियो । विसं २०७८ असार १ गते सुपरीवेक्षण गर्नका लागि भन्दै सुरुङ बन्द गरेकै दिनमा ठूलो बाढी आएर मेलम्चीको हेडवक्र्स क्षेत्रमा क्षति पुगेको थियो । गेग्रान हटाउने कार्य चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रो पावरले गर्ने छ ।

नेपाल एसबिआई बैंकले होलसेल बैंकिङ्ग अन्तर्गत पायो दुई अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं । नेपाल एसबिआई बैंकलाई सिंगापुरस्थित एसिएन बैंकिङ्ग एण्ड फाइनान्स(एबिएफ)ले दुई अवार्ड प्रदान गरेको छ । एबिएफले बैंकलाई होलसेल बैंकिङ्ग अवार्ड २०२२ अन्तर्गत नेपाल डोमेस्टिक टेक्नोलोजी एण्ड अपरेसन बैंक अफ द इयर तथा नेपाल डोमेस्टिक इनिसिएटिभ अफ द इयर अवार्ड प्रदान गरेको हो । एबिएफ होलसेल बैंकिङ्ग अवार्डलेले उत्कृष्ट एवम् भरपर्दो बैंकिङ्ग सेवा तथा सुविधाहरु प्रदान गर्ने बैंकलाई अवार्ड प्रदान गर्दै आएको छ । सन् १९९३ मा स्थापना भएको नेपाल एसबिआई बैंकले ५१ जिल्लामा रहेका आफ्ना ज्ञघज्ञ आउ६ले६हरुमार्फत आफ्ना सम्पूर्ण ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

नेकपा एमाले कमजोर छैन, गलत तथ्यांक प्रस्तुत नगरौँ : विष्णु रिमाल

काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले नेकपा एमाले आसन्न निर्वाचनमा कमजोर नभएको दाबी गरेका छन् । उनले अहिले बाहिर आइरहेका तथ्यांकहरु मिथ्यांक भएको र त्यो कुनैपनि संस्थाहरुले सर्वेक्षण नगरीकन भनिएको बताए । उनले गलत तथ्यांक पेस गर्नु भन्दा सही तथ्यांक भए सरकारको तर्फबाट रिपोर्ट प्रस्तुत गर्न गृहमन्त्री बालकृष्ण खाँणलाई चुनौती दिए । उनले गठबन्धन सरकारले छद्म काम गरिरहेको र त्यसलाई पुष्टि गर्नको लागि अन्तर्राष्ट्रिय फेक न्युज एजेन्सी, न्युज पोर्टलहरुलाई प्रयोग गरेको आरोप लगाए । ‘जे तथ्य, तथ्यांकहरु बाहिर आइराखेका छन् ती मिथ्यांक मात्रै हुन्, त्यसमा कुनैपनि संस्थाहरुले सर्वेक्षण गरेका छैनन् र त्यो बाहिर आएको पनि छैन, म चुनौती नै दिनसक्छु गृहमन्त्रीजीलाई त्यस्तो छ भने त रिपोर्ट नै बाहिर ल्याए भयो नि त, बाहिर ल्याउने हो भने अरु विश्वसनीय संस्थाहरुले गरेका सर्वेक्षणलाई नि बाहिर ल्याउनलाई उहाँले आग्रह गर्नुप¥यो,’ उनले भने ।