नेकपा एमाले कमजोर छैन, गलत तथ्यांक प्रस्तुत नगरौँ : विष्णु रिमाल

<p>काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले नेकपा एमाले आसन्न निर्वाचनमा कमजोर नभएको दाबी गरेका छन् । उनले अहिले बाहिर आइरहेका तथ्यांकहरु मिथ्यांक भएको र त्यो कुनैपनि संस्थाहरुले सर्वेक्षण नगरीकन भनिएको बताए । उनले गलत तथ्यांक पेस गर्नु भन्दा सही तथ्यांक भए सरकारको तर्फबाट रिपोर्ट प्रस्तुत गर्न गृहमन्त्री बालकृष्ण खाँणलाई चुनौती दिए । उनले गठबन्धन सरकारले [&hellip;]</p>

काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले नेकपा एमाले आसन्न निर्वाचनमा कमजोर नभएको दाबी गरेका छन् ।

उनले अहिले बाहिर आइरहेका तथ्यांकहरु मिथ्यांक भएको र त्यो कुनैपनि संस्थाहरुले सर्वेक्षण नगरीकन भनिएको बताए । उनले गलत तथ्यांक पेस गर्नु भन्दा सही तथ्यांक भए सरकारको तर्फबाट रिपोर्ट प्रस्तुत गर्न गृहमन्त्री बालकृष्ण खाँणलाई चुनौती दिए ।

उनले गठबन्धन सरकारले छद्म काम गरिरहेको र त्यसलाई पुष्टि गर्नको लागि अन्तर्राष्ट्रिय फेक न्युज एजेन्सी, न्युज पोर्टलहरुलाई प्रयोग गरेको आरोप लगाए ।

‘जे तथ्य, तथ्यांकहरु बाहिर आइराखेका छन् ती मिथ्यांक मात्रै हुन्, त्यसमा कुनैपनि संस्थाहरुले सर्वेक्षण गरेका छैनन् र त्यो बाहिर आएको पनि छैन, म चुनौती नै दिनसक्छु गृहमन्त्रीजीलाई त्यस्तो छ भने त रिपोर्ट नै बाहिर ल्याए भयो नि त, बाहिर ल्याउने हो भने अरु विश्वसनीय संस्थाहरुले गरेका सर्वेक्षणलाई नि बाहिर ल्याउनलाई उहाँले आग्रह गर्नुप¥यो,’ उनले भने ।

 

 

Share News