मंसिरमा विकास बैंक र फाइनान्सले ब्याजदर घटाउने

<p>काठमाडौं । वाणिज्य बैंकहरुले मंसिरमा ब्याजदर स्थीर राख्ने निर्णय गरेका बेला विकास बैंक र फाइनान्स कम्पनीहरुले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेका छन् । डेभलपमेन्ट बैंकर एशोसिएसन र फाइनान्स एशोसिएसनको मंगलबार बसेको बैठकले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेका हुन् । विकास बैंकहरुले मंसिरमा निक्षेपमा ०.१५ प्रतिशत ब्याजदर घटाउने निर्णय गरेको मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत [&hellip;]</p>

काठमाडौं । वाणिज्य बैंकहरुले मंसिरमा ब्याजदर स्थीर राख्ने निर्णय गरेका बेला विकास बैंक र फाइनान्स कम्पनीहरुले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेका छन् । डेभलपमेन्ट बैंकर एशोसिएसन र फाइनान्स एशोसिएसनको मंगलबार बसेको बैठकले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेका हुन् ।

विकास बैंकहरुले मंसिरमा निक्षेपमा ०.१५ प्रतिशत ब्याजदर घटाउने निर्णय गरेको मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रद्युमन पोख्रेलले विकासन्युजलाई बताए ।

फाइनान्स कम्पनीको ब्याजदर घटाउने निर्णय गरेको फाइनान्स एशोसिएसनका अध्यक्ष रहेका गुडविल फाइनान्सका सीईओ सरोजकाजी तुलाधरले बताए । उनका अनुसार ३ महिनाको निक्षेपमा ०.२ प्रतिशत र १ वर्षभन्दा माथिको निक्षेपमा ०.१५ प्रतिशत ब्याजदर घटाउने निर्णय गरेको हो ।

फाइनान्स कम्पनीहरु सीडी रेसियो सहज भएकाले ब्याजदर घटाउने निर्णय गरेको उनको भनाइ छ । कर्जाको लागत घटाउनका लागि

‘ब्याजदर नघटाएसम्म अर्थतन्त्र चलायमान हुँदैन, इन्फलेक्सन ८.५२९ प्रतिशत छ, ब्याजदर घटाउनु पर्छ ताकी उत्पादित क्षेत्रमा कर्जाको रेट कम होस,’ उनले भने । वाणिज्य बैंकहरुलाई दबाव पर्याे भनी भन्ने प्रश्नमा खुला अर्थतन्त्रमा कसैलाई दबाव गर्ने गरी निर्णय नलिएको उनले बताए ।

विकास बैंकहरुले ब्यक्तिगत मुद्दती निक्षेपमा १३ प्रतिशतसम्म र संस्थागत मुद्दती खातामा ११ प्रतिशतसम्म ब्याज प्रदान गर्दै आएका छन् । यस्तै साधारण बचत खातामा भने ८ प्रतिशत ब्याज दिँदै आएका थिए ।

यस्तै, फाइनान्स कम्पनीहरुले पनि ब्यक्तिगत मुद्दती निक्षेपमा १३.४७ प्रतिशतसम्म र संस्थागत मुद्दती निक्षेपमा ११.४७ प्रतिशतसम्म ब्याजदर प्रदान गरिरहेका छन् । मंसिर १ गतेदेखि भने विकास बैंक र फाइनान्स कम्पनीको ब्याजदर घट्नेछ ।

नेपाल बैंकर्स एशोसियसन (एनबिए) को मंगलबार बसेको बैठकले भने ब्याजदर स्थिर राख्ने निर्णय गरेको छ । वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३३ प्रतिशत र संस्थागततर्फ ९.१३३ प्रतिशत ब्याज प्रदान गरिरहेका छन् । यस्तै, बैंकहरुले रेमिट्यान्स मुद्दति खातामा १५.३३३ प्रतिशतसम्म ब्याज दिइरहेका छन् । साधारण बचत खातामा भने बैंकहरुले १०.३३३ प्रतिशत ब्याज तोकिएको छ ।

Share News