टोफिचो तड्का लिची चकलेट बजारमा
काठमाडौं । सूर्य नेपालले टोफिचो तड्का लिची चकलेट बजारमा ल्याएको छ । कम्पनीले आफ्नो कन्फेक्सनरी ब्राण्ड टोफिचो अन्तर्गत कम्पनीले चकलेट बजारमा ल्याएकाे हाे । तड्का लिचीमा लिचीको मिठो स्वादको साथै चाट मसालाको उत्कृष्ट सम्मिश्रण रहेको कम्पनीले बताएकाे छ । टोफिचो तड्का लिचीको बिक्री मूल्य प्रति गोटा २.५० रुपैयाँ ताेकिएकाे छ । यसको नौलो स्वादले ग्राहकहरुको मन जित्न सफल हुनेमा कम्पनी विश्वस्त रहेको जनाएको छ । टोफिचो तड्का आँप र पाइनएप्पलको स्वादमा उपलब्ध हुँदै आएको छ र लिचीको नयाँ स्वादले तड्काको पोर्टफोलियो विस्तारमा साथ दिने कम्पनीले जनाएको छ । टोफिचो तड्का लिची नेपालभरिका रिटेल पसलहरुमा उपलब्ध हुनेछन् । हाल टोफिचो अन्तर्गत फ्रुटी फन, फ्रुटी डिलाइट, डुवोज, क्रिमी ल्याक्टो, तड्का (आँप तथा पाइनएप्पल), चटपटे फन तथा कफिटिनो बजारमा उपलब्ध छन् ।
ओली साढे २८ हजार मतअन्तरले विजयी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । ओली ५२ हजार ३१९ मत पाउँदै निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी खगेन्द्र अधिकारीले २३ हजार ७४३ मत पाएका छन् । ओली २८ हजार ५७६ मतअन्तरले विजयी भएका हुन् ।
कर्जा लगानीमा एनआईबिएल ‘एग्रेसिभ’, ११ बैंकले घटाउँदा १५ बैंकले बढाए
काठमाडौं । तरलता अभाव कायम रहेका बेला वाणिज्य बैंकहरुको बिजनेश सामान्य बढेको छ । पछिल्लो ४ महिनाको अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी पौने ४७ अर्ब रुपैयाँले बढेको हो । चालु आवको कार्त्तिक मसान्तसम्ममा बैंकहरुले कूल ४२ खर्ब २१ अर्ब रुपैयाँ बराबरको कर्जा लगानी गरेका छन् । जुन गत असारको तुलनामा १.१० प्रतिशत अर्थात ४६ अर्ब ७४ करोड रुपैयाँले बढी हो । २०७७ असारसम्म बैंकहरुले कूल ४१ खर्ब ७४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । चार महिनाको अवधिमा सबैभन्दा बढी कर्जा विस्तार गर्नमा नेपाल इन्भेष्टमेन्ट बैंक आक्रामक बनेको छ । बैंकले असारको तुलनामा कार्त्तिकमा ११ अर्ब १७ करोड रुपैयाँले कर्जा बढाएर १ खर्ब ७९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस्तै, दोस्रोमा नेपाल एसबिआई बैंकको ६.९४ अर्ब बढेर १ खर्ब १७ अर्ब रुपैयाँ, तेस्रोमा सानिमा बैंकको ६.८८ अर्ब बढेर १ खर्ब ४७ अर्ब रुपैयाँ, चौंथोमा नबिल बैंकको ६.७६ अर्ब बढेर ३ खर्ब १५ अर्ब रुपैयाँ र पाँचौमा एनएमबि बैंकको ६.२९ अर्ब बढेर १ खर्ब ८८ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन् । यस्तै, हिमालयन बैंकको ५.७७ अर्ब बढेर १ खर्ब ६२ अर्ब रुपैयाँ, प्रभु बैंकको ५.४ अर्ब बढेर १ खर्ब ५५ अर्ब रुपैयाँ, माछापुच्छ्रे बैंकको ४.९३ अर्ब बढेर १ खर्ब ३४ अर्ब रुपैयाँ, सिटिजन्स बैंकको ४.४३ अर्ब बढेर १ खर्ब ४० अर्ब रुपैयाँ, एभरेष्ट बैंकको ३.४८ अर्ब बढेर १ खर्ब ५८ अर्ब रुपैयाँ, मेगा बैंकको ३ अर्ब बढेर १ खर्ब ५३ अर्ब रुपैयाँ, एनआईसी एशिया बैंकको २.६९ अर्ब बढेर २ खर्ब ७० अर्ब रुपैयाँ, कुमारी बैंकको १.८७ अर्ब बढेर १ खर्ब ६१ अर्ब रुपैयाँ, ग्लोबल आइएमई बैंकको १.३४ अर्ब बढेर २ खर्ब ७३ अर्ब रुपैयाँ र सिभिल बैंकको १५ करोड रुपैयाँ बढेर ८७ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन् । चार महिनाको अवधिमा ११ वाणिज्य बैंकले कर्जा लगानी घटाएका छन् । जसमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको २७ करोड घटेर ८९ अर्ब रुपैयाँ, कृषि विकास बैंकको ६२ करोड घटेर १ खर्ब ७७ अर्ब रुपैयाँ, प्राइम बैंकको ७५ करोड घटेर १ खर्ब ५४ अर्ब रुपैयाँ, सनराइज बैंकको ७६ करोड घटेर १ खर्ब २३ अर्ब रुपैयाँ, लक्ष्मी बैंकको ९५ करोड घटेर १ खर्ब ३१ अर्ब रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको १ करोड घटेर २ खर्ब २७ अर्ब रुपैयाँ, बैंक अफ काठमाण्डूको १.६ अर्ब घटेर १ खर्ब ५ अर्ब रुपैयाँ, सिद्धार्थ बैंकको २.३१ अर्ब घटेर १ खर्ब ८३ अर्ब रुपैयाँ, नेपाल बैंकको २.७६ अर्ब घटेर १ खर्ब ७८ अर्ब रुपैयाँ, सेञ्चुरी बैंकको ३.८६ अर्ब घटेर ८७.६१ अर्ब रुपैयाँ र नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको ९.४२ अर्ब घटेर १ खर्ब १७ अर्ब रुपैयाँ मात्र कर्जा लगानी गरेका छन् ।
३ दिनको लागि रेलको कुद्ने समय परिर्वतन
काठमाडौं । नेपाल रेल्वे कम्पनीले रेल कुद्ने समय तालिका परिवर्तन गरेको छ । कम्पनीले ३ दिनको लागि समय तालिका परिर्वतन गरेको हो । नजिकिदै गरेको विवाह पञ्चमी मेलालाई लक्षित गर्दै कम्पनीले समय तालिका परिवर्तन गरेको नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक निरंजन कुमार झाले बताए । कम्पनीले मंसिर ११, १२ र १३ गतेको रेल कुद्ने समय तालिका परिर्वतन गरेको हो । रेल्वे कम्पनीका अनुसार अब जयनगर बिहान ८ः३० बजे कुर्थातर्फ रेल जाने, जयनगरबाट दिउसो १२ः३० जनकपुर छुट्ने र दिउँसो ३ बजे जयनगरबाट कुर्थाको लागि छुट्ने छ । यस्तै, कुर्था तथा जनकपुरबाट जयनगर पनि दिनको तिन पटक नै रेल कुद्ने छ । कुर्थाबाट बिहान १०:४५ मा जयनगर रेल लाग्ने छ । जनकपुरबाट १:४० मा जयनगर रेल छुट्ने छ । र, दिउँसो ५:१५ मा कुर्थाबाट बाट जयनगर फर्कने छ ।
झापा-१ मा कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्मा निर्वाचित
काठमाडौं । विसं २०७० बाट संसदीय राजनीतिमा होमिनुभएका नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा यस पटक मात्रै निर्वाचित बन्न सफल भएका छन् । दुई पटकसम्म आफ्नै निर्वाचन क्षेत्रमा पराजित हुनुभएका शर्माले यस पटक भने नेकपा (एमाले)का उम्मेदवार अग्नि खरेललाई पराजित गर्दै संसदीय यात्रा तय गरेका हुन् । शर्मा विसं २०७० मा भएको निर्वाचनमा नेकपा (एमाले) नेता रविन कोइराला र २०७४ मा भएको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार राम कार्कीसँग पराजित भएका थिए । दुई पटक पराजय बेहोरेकै क्षेत्रबाट शर्माले यस पटक जित हासिल गरेका हुन् । झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित शर्माले ३९ हजार छ सय २४ मत प्राप्त गरेका छन् । उ नका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का स्थायी कमिटीसमेत रहेका खरेलले २५ हजार तीन सय ४९ मत प्राप्त गरेकाे निर्वाचन अधिकृत टङ्कबहादुर महतले जानकारी दिए । शर्मा र खरेलको मतान्तर १४ हजार दुई सय ७५ रहेको छ ।
निर्वाचन अपडेट : तीन ठूला दलको अग्रता कायमै
काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभातर्फ आज अपराह्न ५ः३० बजेसम्म एक सय ६५ निर्वाचन क्षेत्रमध्ये एक सय ३२ स्थानमा मतगणना जारी छ । २० स्थानको नतिजा भने सार्वजनिक भइसकेको छ । आयोगको प्रणालीमा प्रविष्ट तथ्याङ्कअनुसार नेपाली कांग्रेस आठ, नेकपा (एमाले) चार, नेकपा (माओवादी केन्द्र) दुई, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय स्वतन्त्र पार्टी एक/एक तथा अन्य साना दल चार स्थानमा विजयी भएका छन् । जारी मतगणनामा गत निर्वाचनको तीन ठूला दलको अग्रता कायमै छ । कांग्रेस ४४, एमाले ४१, माओवादी १४, राष्ट्रिय स्वतन्त्र पार्टी सात, एकीकृत समाजवादी छ र अन्य दल तथा उम्मेदवार २० स्थानमा अगाडि छन् । १३ स्थानमा मतगणना हुन बाँकी छ । आयोगका अनुसार प्रदेशसभाको प्रत्यक्षतर्फ प्रदेश नं १ मा कांग्रेस तीन र माओवादी दुई स्थानमा विजयी भएका छन् । प्रदेश १ मा कांग्रेस नौ, माओवादी पाँच, एमाले २०, एकीकृत समाजवादी तीन र राष्ट्रिय प्रजातन्त्र पार्टी दुई स्थानमा अगाडि छन् । मधेस प्रदेशमा जनमत पार्टी तीन, कांग्रेस, जनता समाजवादी पार्टी र माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी एक/एक स्थानमा विजयी भएका छन् । मधेस प्रदेशमा जनमत पार्टी तीन, कांग्रेस ११, जसपा आठ, माओवादी केन्द्र छ, लोसपा चार र अन्य उम्मेदवार १९ स्थानमा अगाडि छन् । बागमती प्रदेशमा कांग्रेसका आठ, एमालेका चार, माओवादी र एकीकृत समाजवादीका एक÷एक उम्मेदवार विजयी भएका छन् । जारी मतगणनामा कांग्रेस १२, एमाले ११, माओवादी केन्द्र आठ, एकीकृत समाजवादी चार र राष्ट्रिय प्रजातन्त्र पार्टी छ स्थानमा अगाडि छन् । गण्डकीमा कांग्रेस तीन, एमाले दुई, माओवादी केन्द्र र स्वतन्त्र उम्मेदवार एक÷एक स्थानमा विजयी भएका छन् । कांग्रेस १०, एमाले नौ, माओवादी केन्द्र चार र एकीकृत समाजवादी एक स्थानमा अगाडि छन् । लुम्बिनीमा एमाले दुई, जसपा दुई, कांग्रेस, माओवादी केन्द्र र स्वतन्त्र एक÷एक स्थानमा विजयी भएको छ । एमाले १३, कांग्रेस ११ र माओवादी केन्द्र तीन स्थानमा अगाडि छ । आयोगका अनुसार हालसम्म कर्णालीमा प्रदेशसभाको प्रत्यक्षतर्फको २४ सिटमध्ये कांग्रेस दुई स्थानमा विजयी भएको छ । कांग्रेस चार, माओवादी केन्द्र छ र एमाले दुई स्थानमा अगाडि छ । सुदूरपश्चिम प्रदेशमा कांग्रेस र माओवादी एक/एक स्थानमा विजयी भएको छ । सो प्रदेशमा कांग्रेस छ, माओवादी केन्द्र चार, एमाले र नागरिक उन्मुक्ति पार्टी दुई/दुई तथा एकीकृत समाजवादी र अन्य उम्मेदवार एक/एक स्थानमा अगाडि छन् ।
मुक्तिनाथ क्यापिटलक ग्राहकलाई द हिमालयन ग्रिल बाई बाजेको सेवामा छुट
काठमाडौं । मुक्तिनाथ क्यापिटल र द हिमालयन ग्रिल बाई बाजेको सामाखुसीबीच क्यापिटलका ग्राहकवर्गहरुलाई विशेष छुट दिने सम्झौता भएको छ । सम्झौतापत्रमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशी र द हिमालयन ग्रिल बाई बाजेको सामाखुसीका तर्फबाट अध्यक्ष मौसम कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार क्यापिटलको निक्षेप सेवा अन्तर्गतका हितग्राही खातावालाहरु तथा लगानी व्यवस्थापन सम्बन्धी सेवा लिई रहेका ग्राहकहरुले उक्त रेन्टुरेन्ट द हिमालयन ग्रिल बाई बाजेको समाखुसीबाट सेवासुविधाको शुल्कमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । मुक्तिनाथ क्यापिटलमा हितग्राही खाता भएका तथा उक्त क्यापिटलबाट लगानी व्यवस्थापन सेवा प्रयोग गर्दै आइरहेका ग्राहकले आफ्नो डिम्याट खाता नम्बर र आफ्नो परिचय खुल्ने कागजात देखाई यस योजना अन्तर्गत उक्त छुट प्राप्त गर्न सक्नेछन् ।
कर दिवसको अवसरमा बालाजु अटो वर्कस सम्मानित
काठमाडौं । बालाजु अटो वर्कस बालाजुकाे व्यापार क्षेत्रबाट सबैभन्दा बढी करतिर्ने कार्यालयकाे रुपमा सम्मानित भएकाे छ । आन्तरिक राजस्व कार्यालय बालाजुले वर्कसलाई व्यापार क्षेत्रमा आर्थिक वर्ष २०७७/२०७८मा सबैभन्दा बढी कर तिर्ने करदाताकाे रुपमा पुरस्कृत गरेकाे हाे । बालाजु अटो वर्कस प्राइभेट लिमिटेड नेपालमा महिन्द्राको लागि आधिकारिक सेवा केन्द्र हो । सवारी साधन सेवाका साथसाथै, कम्पनीले महिन्द्रा गाडीको जेन्युन स्पेयर पार्ट्स र म्याक्सिमाइल लुब्रिकेन्टहरू प्रदान गर्दछ।