काठमाडौं । नेपाल रेल्वे कम्पनीले रेल कुद्ने समय तालिका परिवर्तन गरेको छ । कम्पनीले ३ दिनको लागि समय तालिका परिर्वतन गरेको हो ।
नजिकिदै गरेको विवाह पञ्चमी मेलालाई लक्षित गर्दै कम्पनीले समय तालिका परिवर्तन गरेको नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक निरंजन कुमार झाले बताए ।
कम्पनीले मंसिर ११, १२ र १३ गतेको रेल कुद्ने समय तालिका परिर्वतन गरेको हो । रेल्वे कम्पनीका अनुसार अब जयनगर बिहान ८ः३० बजे कुर्थातर्फ रेल जाने, जयनगरबाट दिउसो १२ः३० जनकपुर छुट्ने र दिउँसो ३ बजे जयनगरबाट कुर्थाको लागि छुट्ने छ ।
यस्तै, कुर्था तथा जनकपुरबाट जयनगर पनि दिनको तिन पटक नै रेल कुद्ने छ । कुर्थाबाट बिहान १०:४५ मा जयनगर रेल लाग्ने छ । जनकपुरबाट १:४० मा जयनगर रेल छुट्ने छ । र, दिउँसो ५:१५ मा कुर्थाबाट बाट जयनगर फर्कने छ ।