ललितपुरमा घण्टी बज्यो, उर्जामन्त्रीलाई पारजित गर्दै तोसिमा कार्की विजयी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की ललितपुर क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी छन् । नेकपा एमालेका अमृत भट्टराई र उर्जामन्त्री तथा नेकपा माओवादी केन्द्रकी पम्फा भुसाललाई पराजित गर्दै कार्की विजयी भएकी हुन् । बिहीबार बिहान सम्पन्न भएको मत परिणाम अनुसार डा. तोसिमाले ३१ हजार १३६ मत ल्याएकी छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ मत ल्याएका छन् भने ऊर्जामन्त्रीसमेत रहेकी माओवादी उपमहासचिव भुसालले ८ हजार ७६९ मत मात्र ल्याएकी हुन् । यसअघि २०७४ को निर्वाचनमा भुसालले यही क्षेत्रबाट चुनाव जितेकी थिइन् ।
गोरखाबाट माओवादी अध्यक्ष प्रचण्ड निर्वाचित
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा क्षेत्र नं. २ बाट निर्वाचित भएका छन् । उनी १३ हजार भन्दा बढी मत अन्तरले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । उनी २६ हजार १०३ मत ल्याए विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी बनेका छन् । नेकपा एमालेका उम्मेदवार अब्दुस मिया तेस्रो स्थानमा छन् । बुर्लाकोटीले १२ हजार ६३७ मत र मियाले ७ हजार ३९३ मत ल्याएका छन् ।
काठमाडौं ७ : समानुपातिकमा रास्वपालाई धेरै मत
काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नंं ७ मा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले धेरै मत प्राप्त गरेको छ । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको गए राति सम्पन्न समानुपातिकको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले सात हजार चार सय ३४ मत प्राप्त गरेको निर्वाचन अधिकृत उषा श्रेष्ठले जानकारी दिइन् । यस्तै, दोस्रो समानुपातिक मत नेकपा एमालेले चार हजार चार सय ६६, तेस्रो समानुपातिक मत नेपाली कांग्रेसले तीन हजार सात सय १०, चौथो समानुपातिक मत राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई हजार ९६४ र पाँचौँ समानुपातिक मत नेकपा माओवादी केन्द्रले एक हजार एक सय ५४ मत प्राप्त गरेको निर्वाचन अधिकृत श्रेष्ठले बताए । काठमाडौंको ठमेलदेखि नुवाकोटको ककनीसम्म फैलिएको उक्त निर्वाचन क्षेत्रमा २९ स्थानका ७१ मतदान केन्द्रमा मतदान भएको थियो । ६१ हजार दुई सय ९२ मतदाता रहेको सो क्षेत्रमा समानुपातिकतर्फ कूल २६ हजार चार सय १७ मत खसेकोमा २५ हजार दुई सय १९ मत सदर र एक हजार एक सय ९८ मत बदर भएको थियो ।यस्तै, सो क्षेत्रको प्रतिनिधिसभाको प्रत्यक्षतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीले आठ हजार सात सय ४३ मत ल्याई विजयी भएका थिए । रासस
ग्राहक पहिचान पद्धति पालना नगरे ५ करोडसम्म जरिवाना, कसरी ग्राहक पहिचान गर्ने ?
सम्पत्ति शुद्धीकरण तथा आतङवादी क्रियाकलापमा वित्तीय लगानी निवारणका लागि निरोधात्मक उपायका रूपमा ग्राहक पहिचान पद्धति नै प्रमुख आधार स्तम्भका रूपमा रहेको छ । कारोबारका लागि व्यावसायिक सम्बन्ध स्थापना गर्दा ग्राहकको सही रूपमा पहिचान गर्न सके वित्तीय अपराध र आवादबाट मुक्त वित्तीय प्रणालीको विकास गर्न सकिन्छ । यस आलेखले ग्राहक पहिचान पद्धतिसम्बन्धी अवधारणा अन्तर्राष्ट्रिय मापदण्ड, राष्ट्रिय कानूनी तथा नियमनकारी व्यवस्थाको चर्चा गर्न खोजेको छ । अन्तर्राष्ट्रिय मापदण्डका रूपमा वित्तीय कारवाही कार्यदलका (FATF) सिफारिसलाई आधारका रूपमा लिइएको छ भने नेपालको राष्ट्रिय कानूनी व्यवस्थाका रूपमा सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ र नियमावलीमा रहेका प्रावधानहरू र नियमनकारी व्यवस्थाका रूपमा नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशिकाको निर्देशन नं. १९ मा रहेका प्रावधानहरू प्रस्तुत गरिएको छ । के हो ग्राहक पहिचान पद्धति ? सम्पत्ति शुद्धीकरण निवारण ऐनले नेपालमा कसैन पनि सेल बैंकको सञ्चालन गर्न तथा बेनामी वा काल्पनिक नाममा कारोबार गर्न गराउन नहुने कानूनी व्यवस्था गरेको छ । सोहीबमोजिम बैंक तथा वित्तीय संस्थाहरूका हकमा नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरि) निवारण ऐन र नियमावलीको कार्यान्वयनका लागि एकीकृत निर्देशिकाको निर्देशन नं. १९ अन्तर्गत सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी व्यवस्था गरेको छ । उक्त व्यवस्थाअनुसार सूचक संस्थाहरूले पर्याप्त रूपमा ग्राहकको पहिचान गरेर मात्र कारोवार गर्नुपर्ने र सोका लागि भरपर्दो स्रोतबाट प्राप्त कागजात वा जानकारीको सम्पुष्टि गर्नुपर्दछ । अन्तर्राष्ट्रिय मापदण्ड वित्तीय कारवाही कार्यदलको सिफारिस नं. १० अनुसार वित्तीय संस्थाहरूलाई बेनामी या अवास्तविक नाममा खाता खोल्न निषेध गर्नुपर्दछ । व्यावसायिक सम्बन्ध स्थापना गर्दा, आकस्मिक कारोवार गर्दा, वायर ट्रान्सफर गर्दा, शङ्का लागेमा वा ग्राहकसम्बन्धी जानकारी पर्याप्त नभएका अवस्थामा ग्राहक पहिचान पद्धति अबलम्बन गर्नुपर्दछ । उक्त सिफारिसअनुसार ग्राहक पहिचान पद्धतिअन्तर्गत देहायका कार्य गर्नुपर्दछः ग्राहक पहिचानका लागि आवश्यक सूचना प्राप्त गर्ने र सोको पुष्टि गर्ने, वास्तविक धनीको पहिचान गर्ने, कानूनी व्यक्ति तथा प्रबन्धमा स्वामित्व तथा नियन्त्रणको पहिचान गर्ने, व्यावसायिक सम्बन्धको उद्देश्य र अपेक्षित प्रकृतिको जानकारी लिने, व्यावसायिक सम्बन्ध तथा कारोवारको निरन्तर अनुगमन गर्ने (FATF Recommendation No. 10) सम्पत्ति शुद्धीकरण नियमावलीको नियम ५ अनुसार सूचक संस्थाले ऐनबमोजिम ग्राहकको पहिचानका लागि जाँचबुझ गर्दा पहिचानसम्बन्धी सक्कल कागजात हेरी त्यसको जाँचयुक्त गर्नुपर्ने व्यवस्था गरेको छ । नियमावलीले प्राकृतिक व्यक्ति, कानूनी व्यक्ति र कानुनी प्रबन्धका हकमा आवश्यक पर्ने पहिचानसम्बन्धी कागजातहरूको सूची तयार गरेको छ । उदाहरणका लागि नेपाली नागरिकका हकमा नागरिकता प्रमाणपत्र या मतदाता परिचयपत्र वा सवारी चालक अनुमतिपत्र वा राहदानीजस्ता कागजातहरूले पहिचान प्रमाणित गर्दछन् । त्यसैगरी कानूनी व्यक्तिका हकमा दर्ता, अनुमतिपत्र, इजाजतपत्र वा कामकारोबार अनुमति वा नवीकरणसम्बन्धी प्रमाणपत्र, ठेगाना, व्यवसायका प्रकार र उद्देश्य खुलाउने कागजातहरूलगायत खाता सञ्चालकको परिचय खुल्ने कागजात रहेका छन् । त्यसैगरी नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशिकाको निर्देशन नं। १९ से विभिन्न प्रकारका व्यक्ति वा संस्थाहरूका लागि आवश्यक पर्ने कागजातहरूको सूची तय गरेको छ । किन गर्ने ग्राहक पहिचान पद्धति ? वित्तीय अपराध वा आतप्रवादका प्रभावबाट वित्तीय प्रणालीलाई मुक्त बनाइराख्नका लागि ग्राहक तथा वास्तविक धनीको पहिचान महत्वपूर्ण हुने गर्दछ । सही र वास्तविक रूपमा ग्राहकको पहिचान हुन नसकेमा अपराधी र आतवादीहरूले आफ्नो पहिचान लुकाई कानूनी व्यक्तिको सिर्जनामार्फत सजिलै वित्तीय प्रणालीको दुरूपयोग गर्न सक्दछन् । तसर्थ ग्राहक एवं वास्तविक धनीको पहिचान गर्नुपर्ने कारणहरू यसप्रकार छन् : बेनामी कारोबारमार्फत अपराधी वा आतवादीलाई सुक्न नदिन गैरकानुनी क्रियाकलापहरूलाई आकर्षित हुन नदिन, फर्म, कम्पनी र संस्थालगायतका कानुनी व्यक्तिको दुरुपयोग हुन नदिन, नियमनकारी अनुपालनाको स्तर बढाउन, पारदर्शिता, जवाफदेहिता र सुशासन कायम गर्न, सुरक्षित र स्थायित्वपूर्ण वित्तीय प्रणालीको विकास गर्न । कहिले गर्ने ग्राहक पहिचान पद्धति ? ऐनअनुसार बैंक वा वित्तीय संस्थाले व्यावसायिक सम्बन्ध स्थापना गर्दा, खाता खोल्दा तोकिएको रकमभन्दा बढीको आकस्मिक कारोबार गर्दा विद्युतीय माध्यमबाट कोष स्थानान्तरण वायर ट्रान्सफर गर्दा, ग्राहकको पहिचानका लागि पहिले लिएको जानकारीको सत्यता वा पर्याप्ततामा शालागी वप सम्पुष्टि गर्नुपर्दा, सम्पत्ति शुद्धीकरण वा आतङकारी क्रियाकलापमा वित्तीय लगानी भएको शा लागि थप सम्पुष्टि गर्नुपर्दा, उच्च जोखिमयुक्त ग्राहक वा उच्चपदस्थ व्यक्तिले प्रत्येक कारोबार गर्दा ग्राहकको सही रूपमा पहिचान तथा सोको सम्पुष्टि भरपर्दो स्रोतबाट प्राप्त कागजात तथ्याङ्ग वा जानकारीका आधारमा गर्नुपर्ने व्यवस्था रहेको छ । व्यावसायिक सम्बन्ध स्थापना गर्ने ग्राहक कानुनी व्यक्ति भए प्राकृतिक व्यक्तिको समेत पहिचान गर्नुपर्ने व्यवस्था रहेको छ । अन्तर्राष्ट्रिय मापदण्ड वित्तीय संस्थाहरूले देहायका अवस्थामा ग्राहकको पहिचान गर्नुपर्दछ : व्यावसायिक सम्बन्ध स्थापना गर्दा, तोकिएको रकमभन्दा बढीको आकस्मिक कारोबार गर्दा, वायर ट्रान्सफर गर्दा, शंकास्पद कारोबार भएमा, पहिचानसम्बन्धी विद्यमान जानकारीको सत्यता वा पर्याप्ततामा शङ्का लागेमा बैंक खातामा खाता सञ्चालकबाहेक अन्य कुनै व्यक्तिले १ लाख रुपैयाँभन्दा बढी रकम नगद जम्मा गर्न आएमा रकम जम्मा गर्ने व्यक्तिको पहिचान खुल्ने कागजात लिई नगद जम्मा गर्नुको प्रयोजन समेत खुलाउनु पर्ने व्यवस्था रहेको छ । साथै खाता खोल्दा प्राकृतिक व्यक्तिको ल्याप्चे सहीछाप वा बायोमेट्रिक लिने व्यवस्थासमेत एकीकृत निर्देशिकाले गरेको छ । उक्त निर्देशनले ग्राहक पहिचान पद्धतिका सम्बन्धमा वास्तविक धनी पहिचान, सूचीकृत व्यक्ति पहिचान, उच्चपदस्थ व्यक्ति पहिचान, सरलीकृत ग्राहक पहिचान पद्धति एवं बृहत् ग्राहक पहिचान पद्धतिका सम्बन्धमा समेत आवश्यक व्यवस्था गरेको छ । कसरी गर्ने ग्राहक पहिचान पद्धति ? बैंक तथा वित्तीय संस्थाले व्यावसायिक सम्बन्ध स्थापना गर्दा वा कारोबार गर्दा वास्तविक धनीको पहिचान तथा सम्पुष्टि गर्नका लागि आवश्यक मनासिव उपायहरू अपनाउनुपर्ने हुन्छ । कसैले अन्य व्यक्तिका तर्फबाट व्यावसायिक सम्बन्ध स्थापना वा कारोबार गर्ने भए जसका तर्फबाट त्यस्तो सम्बन्ध वा कारोबार गर्न खोजिएको हो । त्यस्तो व्यक्तिको पहिचान तथा सम्पुष्टि गर्ने र अख्तियारनामासहितको कागजात लिनुपर्ने व्यवस्था रहेको छ बैंक तथा वित्तीय संस्थाले वास्तविक धनीको पहिचान एवं अनुगमन गर्ने संयन्त्रको विकास गरेको हुनुपर्दछ । एकीकृत निर्देशनमा ग्राहकबाट प्राप्त सूचना, सार्वजनिक रूपमा उपलब्ध सूचना, सामाजिक सञ्जालमा उपलब्ध सूचना, प्रचलित कानुनबमोजिम राखिएको अभिलेखबाट सूचना लिने र व्यावसायिक रूपमा उपलब्ध तथ्याङका आधारमा समेत वास्तविक धनीको पहिचान गर्न आवश्यक सूचना सङ्कलन गर्न सकिने व्यवस्था रहेको छ । अन्तर्राष्ट्रिय मापदण्ड ग्राहकको पहिचान गर्दा अस्थायी वा स्थायी तथा प्राकृतिक वा कानुनी व्यक्तिका रूपमा रहने ग्राहकको पहिचान गरी स्वतन्त्र र भरपर्दो माध्यमबाट सम्पुष्टि गर्ने, अरुका लागि कारोवार गर्न अख्तियारप्राप्त ग्राहक भए सोको समेत पहिचान गर्ने, वास्तविक धनीको पहिचान गर्ने, व्यावसायिक सम्बन्धको उद्देश्य तथा अपेक्षित प्रकृतिको पहिचान गर्ने, ग्राहकको विवरणअनुसार कारोबारको आकार भए नभएको बारे निरन्तर अनुगमन गर्ने, कारोबारअनुसार ग्राहकको विवरण अद्यावधिक गर्ने, कानुनी व्यक्ति वा प्रबन्धका हकमा स्वामित्व, नियन्त्रण र व्यवस्थापनका आधारमा पहिचान गर्ने, आतङकारी व्यक्ति, समूह वा सङ्गठनसम्बन्धी सूचनाको प्रवाहका लागि सूचीकृत भएका व्यक्ति, समूह वा सङ्गठनको अद्यावधिक सूची परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय र नियमनकारी निकायहरूका वेभसाइटमा हुने भएकाले त्यस्तो सूचना हेरी सूचीमा उल्लिखित व्यक्ति, समूह वा संगठनका बारेमा बैंक तथा वित्तीय संस्था अद्यावधिक जानकारी हासिल गर्नु गराउनु पर्ने व्यवस्था ऐनले गरेको छ । सम्बन्धित संस्थाने प्रकाशित सूची नियमित रूपमा हेर्नुपर्ने र यस्तो वेभसाइटमा सूचीकृत व्यक्ति, समूह या सगठन आफ्नो ग्राहक भए नभएको यकिन गरी आदेशानुसारको कार्य गर्नुपर्ने व्यवस्था एकीकृत निर्देशिकाले गरेको छ । बैंक तथा वित्तीय संस्थाको ग्राहक वास्तविक पनी वा ग्राहक बन्न खोज्ने व्यक्ति उच्च पदस्थ व्यक्ति भए वा नभएको यकिन गर्न बैंक तथा वित्तीय संस्थाले आवश्यक जोखिम व्यवस्थापन प्रणालीको विकास गर्नुपर्दछ । उच्च पदस्थ व्यक्ति भन्नाले स्वदेशी उच्च पदस्थ व्यक्ति, विदेशी उच्च पदस्थ व्यक्ति वा अन्तर्राष्ट्रिय संस्थाको उच्च पदस्थ व्यक्ति र यस्तो व्यक्ति नेपाल सरकारले राष्ट्रिय समन्वय समितिका सिफारिसमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेका वर्गको व्यक्तिलाई समेत लिनुपर्दछ । सरलीकृत ग्राहक पहिचान नेपाली नागरिकको सामाजिक तथा आर्थिक हितका लागि स्थानीय कार्यक्रमसंग सम्बन्धित विषयमा कुनै उत्पादन वा सेवाप्रवाह गर्न भएमा सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कृयाकलापमा वित्तीय लगानीसम्बन्धी जोखिम कम देखिएको ग्राहक वा कारोबारका सम्बन्धमा नियमनकारी निकायको स्वीकृति लिई सरलीकृत ग्राहक पहिचान तथा सम्पुष्टि गर्न सक्ने व्यवस्था रहेको छ । तर विदेशी नागरिक, उच्च पदस्थ व्यक्ति र जोखिमयुक्त कारोवार गर्ने व्यक्तिका हकमा भने यस्ती पहिचान पद्धति कार्यान्वयन गर्न सकिदैन । बैंक वा वित्तीय संस्थाले सरलीकृत ग्राहक पहिचानका लागि उपयुक्त पद्धतिको विकास गर्नुपर्ने, यस्ता ग्राहकहरूको विवरण राख्नुपर्ने र यसरी बोलिने बाताहरूका लागि छुट्टै फारामको विकास गर्नुपर्ने व्यवस्था एकीकृत निर्देशनले गरेको छ । अन्तर्राष्ट्रिय मापदण्ड जोखिममा आधारित पद्धति सम्पत्ति शुद्धीकरण तथा आकारी कुयाकलापमा वित्तीय लगानीसम्बन्धी जोखिमका आधारमा ग्राहक पहिचान गर्नुपर्ने न्यून जोखिम भए सरलीकृत ग्राहक पहिचान पद्धति उच्च जोखिम भए बृहत ग्राहक पहिचान पद्धति बृहत् ग्राहक पहिचान उच्च जोखिमयुक्त ग्राहक, आर्थिक वा कानुनी उद्देश्य स्पष्ट नदेखिने जटिल ठुलो वा अस्वाभाविक प्रवृत्तिको कारोबार गर्ने ग्राहक, सम्पत्ति शुद्धीकरण तथा आतङकारी कृयाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड पालना नगर्ने वा आंशिक रूपमा मात्र पानता गर्ने भनी अन्तर्राष्ट्रिय रूपमा पहिचान भएको ग्राहक, उच्च पदस्थ व्यक्ति त्यस्तो व्यक्तिका परिवारको सदस्य तथा निजसँग सम्बद्ध व्यक्तिलाई ऐनले बृहत् ग्राहक पहिचान पद्धति अपनाउनुपर्ने व्यवस्था गरेको छ । त्यसैगरी विद्युतीय माध्यमबाट मात्र कारोबार गर्ने ग्राहक, उच्च नेटवर्थ भएका ग्राहक, चष्ट्राचार, करछलीलगायत अन्य आपराधिक कार्यका आधारमा उच्च जोखिममा रहेका मुलुकका ग्राहकवाला पेसा व्यवसाय गरिरहेको स्थान आदिका आधारमा जोखिममा रहेका ग्राहक, नगदको बढी प्रयोग हुने व्यवसायमा समान ग्राहकहरूलाई एकीकृत निर्देशनले बृहत् ग्राहक पहिचान पद्धति लागू गर्नुपर्ने व्यवस्था गरेको छ । बृहत ग्राहक पहिचान पद्धति अवलम्बन गर्दा सम्पत्तिको स्रोत पहिचान गर्ने, कारोबारका उद्देश्यको जानकारी लिने, कारोबारको अनुगमन गर्ने प्रयोजनका लागि सीमा निर्धारण गर्ने जस्ता कार्यहरू गर्नुपर्ने व्यवस्था निर्देशिकाले गरेको छ । विवरण अद्यावधिक गर्नुपर्ने खाता खोल्ने समयमा प्राप्त भएको विवरण सबैका लागि पर्याप्त वा प्रभावकारी रहिरहन सक्दैन । ग्राहकको कारोबारका आकारमा आएको परिवर्तन, व्यावसायिक गतिविधिमा हुने परिवर्तन एवं उपलब्ध विवरणहरूको समयावधि जस्ता कारणले गर्दा यसरी प्राप्त विवरणहरू अद्यावधिक गर्नुपर्ने हुन्छ । बैंक तथा वित्तीय संस्थाले ग्राहक पहिचानसम्बन्धी विवरणहरू नियमित रूपले अद्यावधिक गर्नुपर्ने व्यवस्था एकीकृत निर्देशिकामा रहेको छ । उक्त निर्देशिकाअनुसार उच्च जोखिम देखिएका ग्राहकको कम्तीमा वर्षको १ पटक, ग्राहक पहिचान विवरण अनुरूप कारोबार मेल नखाएको अवस्थामा तत्कालै ग्राहक पहिचानको कार्य पूरा नभएको अवस्थामा तत्कालै ग्राहक पहिचान विवरणमा उल्लिखित जानकारीको सत्यता वा पर्याप्तताका बारेमा शङ्का लागेको अवस्थामा तत्कालै यस्ता विवरणहरू अद्यावधिक गरी नियमनकारी निकायले माग गरेका बखत उपलब्ध गराउन सक्ने गरी राख्नुपर्ने व्यवस्था उक्त निर्देशिकाले गरेको छ । संस्थाका पदाधिकारी तथा कर्मचारीहरूले ऐन, नियमावली तथा निर्देशनबमोजिम तयार गरिएका विवरण अन्य कुनै व्यक्तिलाई जानकारी दिन नहुने र यस्तो विवरण, सूची, जानकारी प्रतिवेदन, अभिलेख, सूचनाहरू पाँच वर्षसम्म सुरक्षित राख्नुपर्ने कानुनी व्यवस्था रहेको छ । यसरी तयार गरिएका प्रतिवेदन, कागजात, अभिलेख, विवरण, सूचना वा जानकारी ग्राहक वा अन्य कुनै व्यक्तिलाई अनधिकृत रूपमा दिन नहुने गोपनीयतासम्बन्धी व्यवस्थासमेत पालना गर्नुपर्दछ । निरन्तर अनुगमनसम्बन्धी व्यवस्था खाता खोल्दा वा व्यावसायिक कारोबार गर्दा ग्राहक वा कारोबारको अनुगमन गर्ने कार्य अपर्याप्त हुन सक्दछ तसर्थ सुरक्षित वित्तीय कारोबारका लागि निरन्तर अनुगमनको आवश्यकता पर्दछ । बैंक तथा वित्तीय संस्थाले ग्राहक वास्तविक धनी वा कारोबारका सम्बन्धमा निरन्तर अनुगमन (अनगोइड द डिलिजेन्स) गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । प्राप्त जानकारी, व्यवसाय वा जोखिमसम्बन्धी विवरणअनुरूप कारोबार भए वा नभएको बारे निरन्तर अनुगमन तथा सूक्ष्म परीक्षण गर्नुपर्ने व्यवस्था ऐनले गरेको छ । विशेषगरी उच्च पदस्थ व्यक्ति, उच्च जोखिमयुक्तलगायतका ग्राहक, सीमापार करेस्पोन्डिङ तथा वायर स्थानान्तरणसम्बन्धी कारोबारको निरन्तर अनुगमन अनिवार्य रहेको छ । जोखिमयुक्त ग्राहक तथा कारोबारको ग्राहक पहिचान तथा सम्पुष्टिसम्बन्धी पक्षवाट समेत गराउन सकिने व्यवस्था कार्य ते ऐनले गरेको छ । ग्राहक पहिचान हुन नसके कारोबार गर्न नहुने प्रचलित कानुन तथा नियमन व्यवस्था बमोजिम कागजात का विवरण उपलब्ध गराउन नसक्ने ग्राहकसँग कारोबार गर्न निषेध गरेको छ । बैंक तथा वित्तीय संस्थाले ग्राहक पहिचान तथा सम्पुष्टि गर्न आवश्यक कागजात, विवरण तथा जानकारी उपलब्ध नगराउने र उपलब्ध जानकारीका आधारमा पहिचान एवं सम्पुष्टि हुन नसक्ने ग्राहकको खाता खोल्न वा त्यस्तो ग्राहकसँग व्यावसायिक सम्बन्ध कायम गर्न वा कारोबार गर्नुहुँदैन । त्यस्तो ग्राहकसँगको व्यावसायिक सम्बन्ध अन्त्य गरी आवश्यक भएमा सोको जानकारी वित्तीय जानकारी इकाइलाई समेत दिनुपर्ने व्यवस्था ऐनले गरेको छ । अन्तर्राष्ट्रिय मापदण्ड ग्राहक पहिचान पद्धतिको पालना गर्न नसकेमा खाता नखोल्ने व्यावसायिक सम्बन्ध स्थापना नगर्ने वा सम्बन्धको अन्य गर्ने, आवश्यक भए वित्तीय जानकारी इकाइमा शङ्कास्पद कारोबार प्रतिवेदन पठाउने सीमा कारोबार तथा शङ्कास्पद कारोबार बैंक तथा वित्तीय संस्थाने नेपाल राष्ट्र बैंकले तोकेको ढाँचामा निश्चित सीमाभन्दा बढीको कारोबार (Threshold Transaction Report) तथा शङ्कास्पद देखिएका कारोबारको विवरण नियमित रूपमा वित्तीय जानकारी इकाइमा पठाउनुपर्दछ । बैंक तथा वित्तीय १० लाख रुपैयाँ वा सोभन्दा बढीको निक्षेप स्वीकार गर्दा रकमको स्रोत ग्राहकलाई उल्लेख गर्न लगाउनुपर्ने व्यवस्था एकीकृत निर्देशनले गरेको छ । ग्राहकले एकै पटक वा पटक पटक गरी एक दिनमा गरेको १० लाख रुपैयाँ वा सोभन्दा बढी रकमको नगद जम्मा खर्च कारोबार, सीमा वारपार हुने गरी गरिएको स्थानान्तरण र एक दिनमा ५ लाख रुपैयाँ वा सोभन्दा बढी रकमको नगदमा गरिएको विदेशी मुद्रा कारोबारजस्ता विवरणहरू कारोबार भएका मितिले १५ दिनभित्र वित्तीय जानकारी इकाइमा पठाउनुपर्ने व्यवस्था रहेको छ । त्यसैगरी शङ्कास्पद कारोबारसम्बन्धी प्रतिवेदन (Suspicious Transaction Report) नेपाल राष्ट्र बैंकले तोकेबमोजिमको ढाँचामा तयार गरी ३ दिनभित्र वित्तीय जानकारी इकाइसमक्ष पेस गर्नुपर्ने व्यवस्था रहेको छ । साथै आर्थिक वा कानूनी उद्देश्य स्पष्ट नदेखिने जटिल, ठुला वा अस्वाभाविक प्रकृतिका सबै कारोबार र सम्पति शुद्धीकरण तथा आतङ्कारी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डको पालना नगर्ने वा आंकिश रूपमा मात्र पालना गर्ने भनी पहिचान भएका मुलुकको व्यक्ति, संस्था वा कानुनी प्रबन्धसँगको व्यावसायिक सम्बन्ध वा कारोबारजस्ता खास कारोबारमा विशेष ध्यान दिनुपर्ने कानूनी व्यवस्था रहेको छ । यस्ता कारोवारहरु हाल वित्तीय जानकारी इकाइको विद्युतीय सफ्टवेयर गोएएमएलबाट रिपोर्टिङ हुने गर्दछन् । नियामकीय कारवाही प्रचलित कानुन तथा निर्देशनअनुसार ग्राहक पहिचान पद्धतिसम्बन्धी व्यवस्थाको पालना नगर्ने बैंक तथा वित्तीय संस्थालाई ऐनबमोजिमको कारवाही हुने व्यवस्था रहेको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई १० लाख रुपैयाँदेखि ५ करोड रुपैयाँसम्म जरिवाना गर्नसक्ने कानुनी व्यवस्थाअनुसार ग्राहक पहिचान पद्धति र वास्तविक धनीको पहिचान हुने संयन्त्रको विकास गर्न नसकेमा जरिवाना गर्न सकिने व्यहोरा एकीकृत निर्देशनमा उल्लेख छ । अन्तमा, ग्राहक पहिचान पद्धति नै वित्तीय कारोबारलाई सुरक्षित गर्ने प्रमुख निरोधात्मक उपाय हो । समय अर्थतन्त्र र सिङ्गो वित्तीय प्रणालीलाई सुरक्षित, विश्वसनीय एवं स्थायित्व बनाई राख्नका लागि अपराधी एवं आतङ्ककारी गतिविधिमा संलग्न व्यक्तिहरूलाई वित्तीय प्रणालीमा प्रवेश निषेध गर्नुपर्दछ । वित्तीय प्रणालीमा आपराधिक आर्जनको प्रवेश हुन नदिन र कथम कदाचित् भइहाले पनि समयमै पहिचान गरी आवश्यक कारबाही गर्नका लागि ग्राहक पहिचान पद्धतिलाई नै पहिलो उपायका रूपमा लिने गरिन्छ । तसर्थ माथि उल्लिखित अन्तर्राष्ट्रिय मापदण्ड, राष्ट्रिय कानुनी व्यवस्था एवं नियमनकारी प्रावधानको कार्यान्वयनने अपराधमुक्त सुरक्षित एवं विश्वसनीय वित्तीय प्रणालीको विकास गर्ने कुरामा विश्वस्त हुन सकिन्छ । (लेखक नेपाल राष्ट्र बैंकका निर्देशक हुन् । नेपाल बैंकको विशेषाङ्कबाट)
नबिल बैंकले ऋण चुक्ता नगर्ने एमबि निर्माण सेवाको जग्गा बिक्री गर्दै
फाइल फाेटाे काठमाडौं । नलिब बैंकबाट ऋण लिएर चुक्ता नगर्ने एमबि निर्माण सेवाको धितो लिलाम गरेको छ । साविक नेपाल बङ्गलादेश बैंक हुँदा मकवानपुरको हेटौंडा शाखाबाट एमबि निर्माण सेवाले ऋण कर्जा लिएको थियो । बैंकले समय समयमा चुक्ता गर्न ताकेता गरेपनि शर्तहरु उल्लङ्घन गरेपछि १५ दिन भित्र सुचना जारी गर्दै जग्गा लिलाममा राखेको छ । ऋण चुक्ता नगरेपछि बैंकमा राखिएको धितो लिलाम गर्ने भएको हो । बैंकको उक्त धितोमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन रहेको छ । साथै बैंकले भोलि मंसिर ९ गते बोलपत्र खोलिने बताएको छ । ऋण लिँदा कम्पनीका सञ्चालक तथा जमानतकर्ताहरु मछिन्द्र बतौला, शिव कुमारी बतौला, सुरेन्द्र बतौला, निर्मला बतौला र रामहरी बतौला रहेका छन् । रामहरी बतौलाको नाममा रहेको मकवानपुर स्थित रहेको कित्ता नम्बर २६५२ को क्षेत्रफल ०–४–१४.५–० क्षेत्रपलमा रहेको जग्गा लिलाम गर्ने बैंकले जनाएको छ ।
निर्वाचनपछि बैंकमा उत्साहजनक निक्षेप आएन
काठमाडौं । गत मंसिर ४ गते सम्पन्न भएको निर्वाचनपश्चात् ठूलो रकम बैंकिङ्ग प्रणालीमा भित्रिने अपेक्षा बैंकर्सहरुको थियो । लामो समयसम्म तरलता अभावको समस्या खेपेको बैंकिङ्ग क्षेत्रले मंसिर ४ गते सम्पन्न निर्वाचमा खर्च भएको रकम बैंकिङ्ग प्रणालीमा आउने अपेक्षा बैंकर्सहरुमा थियो । सरकारले निर्वाचनका लागि भन्दै मंसिर ४ र ५ गते सार्वजनिक विदा भएको थियो । बैंक तथा वित्तीय संस्थाहरुमा अन्य दिनको तुलनामा निर्वाचन सम्पन्न भएपछि निक्षेप संकलनमा वृद्धि हुने अपेक्षा बैंकर्सहरुको थियो । तर, दुई दिनमा बैंक तथा वित्तीय संस्थामा निक्षेप वृद्धिदर खासै नबढेको बैंकर्सहरु बताउँछन् । अन्य दिन सरह नै यो दुइ दिनमा निक्षेप आएको बैंकर्सहरुले बताएका छन् । निर्वाचन सम्पन्न भएपछि मंसिर ६ गते मंगलबार र मंसिर ७ गते बुधबार बैंक तथा वित्तीय संस्थाहरु खुलेका छन् । तर, निक्षेप वृद्धि नहुँदा बैंकर्सहरु निराश बनेका छन् । यद्यपी निर्वाचनमा खर्च भएको रकम बैंकिङ्ग प्रणालीमा आउने अपेक्षा भने मारेका छैनन् । ग्लोबल आइएमई बैंकका सिनियर डेपुटी सीईओ महेश शर्मा ढकालले निर्वाचन सम्पन्न भएपछि दुई दिनमा निक्षेप खासै वृद्धि नभएको बताए । अन्य दिनको जस्तै निर्वाचनपश्चात्को दुई दिनमा निक्षेप आएको उनको भनाइ छ । ‘अपेक्षा गरेअनुसारको रकम बैंकमा आएको छैन, निर्वाचनपछि शाखा खोलेको २ दिन मात्रै भएको छ, अन्य दिनको तुलनामा खासै वृद्धि भएको छैन, अरु दिन जति निक्षेप बैंकमा आउँथ्यो, उस्तै रकम दुई दिनमा बैंकमा आएको छ, तुलना गर्ने खालको निक्षेप आएको छैन,’ उनले भने । उनले बैंकिङ्ग प्रणालीमा निक्षेप आउने संकेत गरेको बताए । निर्वाचनको अन्तिम परिणामा आउँदासम्म देखिने गरि ठूलो रकम आउन सक्ने उनको भनाइ छ । नेपाल बैंककी डेपुटी सीईओ समता पन्तले बजारमा ठूलो रकम खर्च भएपनि त्यो रकम प्रणालीमा भित्रिन समय लाग्ने बताईन् । निर्वाचनका बेलामा ठूलो मात्रामा रकम बजारमा प्रवाह भएपनि सहज असर गर्ने गरी नै बैंकमा निक्षेप नआएको उनको भनाइ छ । ‘बजारमा ठूलो रकम खर्च भएको छ भन्ने सुनेकी छु तर बैंकिङ्ग क्षेत्रमा त्यसको असर परेको जस्तो लाग्दैन, निर्वाचन पछिको दुई दिन हेर्दा बैंकमा खासै ठूलो निक्षेप आएको छैन, अन्य दिन जसरी निक्षेप आउँथ्यो सोहि अनुसारको निक्षेप आइरहेको छ, निर्वाचनमा भएको खर्च बैंकिङ्ग प्रणालीमा आउनुपर्छ,’ उनले भनिन् ।
युनाईटेड इदी मर्दि हाईड्रोपावरको लाभांश घोषणा
काठमाडौं । युनाईटेड इदी मर्दि एण्ड आरबि हाईड्रोपावर कम्पनीले सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीहरुलाई १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । साथै, कम्पनीको सोही बैठकले लाभांश वितरण गर्ने प्रस्ताव पारिथ गर्न साधारण सभा समेत आह्वान गरेको छ । कम्पनीले मंसिर २९ गतेका १३ औँ वार्षिक साभारणसभा आभ्या क्लब घारिपाटन पोखरमा बिहान ११ बजे बोलाएको हो । कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ मंसिर १६ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरको छ । त्यसैले मंसिर १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा सहभागि हुन पाउनेछन् ।
लघुवित्त संस्था कति प्रकारका छन् र के काम गर्दछन् ?
नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थाहरूलाई कर्जा कारोबारको आधारमा थोक कर्जाको मात्र कारोबार गर्ने र खुद्रा कर्जाको कारोबार गर्ने लघुवित्त वित्तीय संस्था गरी २ प्रकारमा वर्गीकरण गर्न सकिन्छ । खुद्रा कर्जाको कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाहरूले मात्र विपन्न तथा न्यून आय भएका व्यक्ति र महिलाहरूलाई सदस्य बनाई कर्जा प्रवाह गर्ने गर्दछन । साथै, लघुवित्त वित्तीय संस्थाहरूले विपन्न तथा न्यून आय भएका व्यक्ति र महिलाहरूलाई सदस्य बनाएर तिनीहरूबाट नियमित रुपमा बचत संकलन गरेको रकम र विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट विपन्न वर्ग शीर्षकमा सापटी लिएर आफ्ना सदस्यहरूलाई सामूहिक जमानीमा कृषि तथा लघु उद्यम व्यवसाय सञ्चालन गर्न विना धितो लघु कर्जा तथा स्वीकारयोग्य धितो लिई लघु उद्यम तथा लघु व्यवसाय सञ्चालन गर्न धितो कर्जा प्रवाह गर्ने कार्य गर्दछन् । स्रोत: राष्ट्र बैंक