ललितपुरमा घण्टी बज्यो, उर्जामन्त्रीलाई पारजित गर्दै तोसिमा कार्की विजयी

<p>काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की ललितपुर क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी छन् । नेकपा एमालेका अमृत भट्टराई र उर्जामन्त्री तथा नेकपा माओवादी केन्द्रकी पम्फा भुसाललाई पराजित गर्दै कार्की विजयी भएकी हुन् । बिहीबार बिहान सम्पन्न भएको मत परिणाम अनुसार डा. तोसिमाले ३१ हजार १३६ मत ल्याएकी छन् । [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की ललितपुर क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी छन् । नेकपा एमालेका अमृत भट्टराई र उर्जामन्त्री तथा नेकपा माओवादी केन्द्रकी पम्फा भुसाललाई पराजित गर्दै कार्की विजयी भएकी हुन् ।

बिहीबार बिहान सम्पन्न भएको मत परिणाम अनुसार डा. तोसिमाले ३१ हजार १३६ मत ल्याएकी छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ मत ल्याएका छन् भने ऊर्जामन्त्रीसमेत रहेकी माओवादी उपमहासचिव भुसालले ८ हजार ७६९ मत मात्र ल्याएकी हुन् । यसअघि २०७४ को निर्वाचनमा भुसालले यही क्षेत्रबाट चुनाव जितेकी थिइन् ।

Share News