निर्वाचनपछि बैंकमा उत्साहजनक निक्षेप आएन

<p>काठमाडौं । गत मंसिर ४ गते सम्पन्न भएको निर्वाचनपश्चात् ठूलो रकम बैंकिङ्ग प्रणालीमा भित्रिने अपेक्षा बैंकर्सहरुको थियो । लामो समयसम्म तरलता अभावको समस्या खेपेको बैंकिङ्ग क्षेत्रले मंसिर ४ गते सम्पन्न निर्वाचमा खर्च भएको रकम बैंकिङ्ग प्रणालीमा आउने अपेक्षा बैंकर्सहरुमा थियो । सरकारले निर्वाचनका लागि भन्दै मंसिर ४ र ५ गते सार्वजनिक विदा भएको थियो । [&hellip;]</p>

काठमाडौं । गत मंसिर ४ गते सम्पन्न भएको निर्वाचनपश्चात् ठूलो रकम बैंकिङ्ग प्रणालीमा भित्रिने अपेक्षा बैंकर्सहरुको थियो । लामो समयसम्म तरलता अभावको समस्या खेपेको बैंकिङ्ग क्षेत्रले मंसिर ४ गते सम्पन्न निर्वाचमा खर्च भएको रकम बैंकिङ्ग प्रणालीमा आउने अपेक्षा बैंकर्सहरुमा थियो ।

सरकारले निर्वाचनका लागि भन्दै मंसिर ४ र ५ गते सार्वजनिक विदा भएको थियो । बैंक तथा वित्तीय संस्थाहरुमा अन्य दिनको तुलनामा निर्वाचन सम्पन्न भएपछि निक्षेप संकलनमा वृद्धि हुने अपेक्षा बैंकर्सहरुको थियो । तर, दुई दिनमा बैंक तथा वित्तीय संस्थामा निक्षेप वृद्धिदर खासै नबढेको बैंकर्सहरु बताउँछन् ।

अन्य दिन सरह नै यो दुइ दिनमा निक्षेप आएको बैंकर्सहरुले बताएका छन् । निर्वाचन सम्पन्न भएपछि मंसिर ६ गते मंगलबार र मंसिर ७ गते बुधबार बैंक तथा वित्तीय संस्थाहरु खुलेका छन् । तर, निक्षेप वृद्धि नहुँदा बैंकर्सहरु निराश बनेका छन् । यद्यपी निर्वाचनमा खर्च भएको रकम बैंकिङ्ग प्रणालीमा आउने अपेक्षा भने मारेका छैनन् ।

ग्लोबल आइएमई बैंकका सिनियर डेपुटी सीईओ महेश शर्मा ढकालले निर्वाचन सम्पन्न भएपछि दुई दिनमा निक्षेप खासै वृद्धि नभएको बताए । अन्य दिनको जस्तै निर्वाचनपश्चात्को दुई दिनमा निक्षेप आएको उनको भनाइ छ ।

‘अपेक्षा गरेअनुसारको रकम बैंकमा आएको छैन, निर्वाचनपछि शाखा खोलेको २ दिन मात्रै भएको छ, अन्य दिनको तुलनामा खासै वृद्धि भएको छैन, अरु दिन जति निक्षेप बैंकमा आउँथ्यो, उस्तै रकम दुई दिनमा बैंकमा आएको छ, तुलना गर्ने खालको निक्षेप आएको छैन,’ उनले भने ।

उनले बैंकिङ्ग प्रणालीमा निक्षेप आउने संकेत गरेको बताए । निर्वाचनको अन्तिम परिणामा आउँदासम्म देखिने गरि ठूलो रकम आउन सक्ने उनको भनाइ छ ।

नेपाल बैंककी डेपुटी सीईओ समता पन्तले बजारमा ठूलो रकम खर्च भएपनि त्यो रकम प्रणालीमा भित्रिन समय लाग्ने बताईन् । निर्वाचनका बेलामा ठूलो मात्रामा रकम बजारमा प्रवाह भएपनि सहज असर गर्ने गरी नै बैंकमा निक्षेप नआएको उनको भनाइ छ ।

‘बजारमा ठूलो रकम खर्च भएको छ भन्ने सुनेकी छु तर बैंकिङ्ग क्षेत्रमा त्यसको असर परेको जस्तो लाग्दैन, निर्वाचन पछिको दुई दिन हेर्दा बैंकमा खासै ठूलो निक्षेप आएको छैन, अन्य दिन जसरी निक्षेप आउँथ्यो सोहि अनुसारको निक्षेप आइरहेको छ, निर्वाचनमा भएको खर्च बैंकिङ्ग प्रणालीमा आउनुपर्छ,’ उनले भनिन् ।

Share News