काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा क्षेत्र नं. २ बाट निर्वाचित भएका छन् । उनी १३ हजार भन्दा बढी मत अन्तरले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । उनी २६ हजार १०३ मत ल्याए विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी बनेका छन् । नेकपा एमालेका उम्मेदवार अब्दुस मिया तेस्रो स्थानमा छन् । बुर्लाकोटीले १२ हजार ६३७ मत र मियाले ७ हजार ३९३ मत ल्याएका छन् ।