पाँचथरमा ४७ मत अन्तरले एमालेका वसन्तकुमार नेम्वाङ निर्वाचित
पाँचथर । पाँचथरबाट प्रतिनिधि सभा सदस्य पदमा नेकपा एमालेका वसन्तकुमार नेम्बाङ पुनः निर्वाचित भएका छन् । गए राति अबेर सकिएको मतपरिणामअनुसार उनले नेपाली कांग्रेसका भीष्मराज आङदेम्बेलाई ४७ मतान्तरले पराजित गरेका थिए । नेम्वाङले ३२ हजार एक सय १०।मत प्राप्त गर्दा आङदेम्बेलाई ३२ हजार ६३ मत प्राप्त भएको छ । नेम्वाङ यसअघि पाँचथरबाट २०४८, २०५६ र २०७४ मा पनि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेका छन् । उनी विसं २०७४ मा पनि आङदेम्बेलाई हराउँदै प्रतिनिधिसभा सदस्य बनेका थिए । विसं २०१८ चैत ८ गते पाँचथरको फिदिममा जन्मिएका उनी पछिल्लोपटक २०७६ मा करिब १८ महिना भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसमेत बनेका थिए । प्रदेशसभा १ गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जवेगू विजयी भएका छन् । नेकपा एमालेका जिल्ला अध्यक्ष राजकुमार भण्डारीलाई छ सय ३३ मतान्तरले हराउँदै जवेगू प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । उनले १६ हजार आठ सय ३७ मत प्राप्त गर्दा भण्डारीले १६ हजार दुई सय चार मत प्राप्त गरेका छन् । प्रदेशसभा २ बाट सत्ता गठबन्धनकै तर्फबाट नेकपा माओवादी केन्द्र०का इन्द्रबहादुर आङवो विजयी भइसकेका छन् । प्रतिस्पर्धी एमालेका अइन्द्रसुन्दर नेम्वाङलाई तीन हजार ६७ मतान्तरले पराजित गर्दै आङबो दोस्रोपटक विजयी भएका हुन् । ३४ हजार तीन सय ६५ मत खसेको यस निर्वाचन क्षेत्रबाट आङबोलाई १५ हजार छ सय ७२ मत प्राप्त भएको छ । उनका प्रतिस्पर्धी एमालेका नेम्वाङले १२ हजार छ सय पाँच मत पाएका थिए ।
अर्बपति विनोद चौधरी विजयी, कति ल्याए मत ?
काठमाडौं । अर्बपति विनोद चौधरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । नवलपरासी १ को प्रतिनिधिसभा तर्फ नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी विजयी भएका हुन् । उद्योगी समेत रहेका चौधरी २९ हजार ४१५ मत ल्याएर विजयी भएका हुन् । चौधरीले जनता प्रगतिशील पार्टीका उम्मेदवार हृदयेश त्रिपाठीलाई ७ हजार २०६ मतान्तरले पारजित गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी त्रिपाठीले २२ हजार ३०८ मत प्राप्त गरेका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेनले १२ हजार ४९९ मत प्राप्त गरेका छन् । नेपालका एक मात्रै डलर अर्बपति विनोद चौधरी नेपाली कांग्रेसबाट टिकट लिएर नवलपरासी–१ बाट निर्वाचनमा होमिएका थिए । निर्वाचन अवधिभर चौधरीले जित निकाल्न अनेकन उपाय लगाएका थिए । उनले मतदातालाई विश्वत पार्न उद्योग दर्ता समेत गरेका थिए । यस्तै सामान्य जीवनशैली अपनाएर घरदैलो गरेका उनी अन्ततः निर्वाचनमा विजयी भएका हुन् ।
अनिल झालाई पराजित गर्दै एमालेकी जुली कुमारी महतो निर्वाचित
काठमाडौं । धनुषा क्षेत्र नम्वर ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेकी जुली कुमारी महतो निर्वाचित भएकी छन् । जसपासंग गठबन्धन गरेर एमालेकी महतोले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अनिल झालाई ९ हजार ६६९ मतान्तरले पराजित गर्दै निर्वाचित भएकी हुन् । अनिल झा सत्ता गठबन्धन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट साझा उम्ममेदवार थिए । महतोले ३३ हजार ३५५ मत ल्याइन् भने झाले २३ हजार ६८६ मत ल्याएका हुन् ।
मोरङ ६ बाट शेखर कोइराला निर्वाचित
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला मोरङ क्षेत्र नम्बर ६ बाट निर्वाचित भएका छन् । कोइराला नेकपा एमालेका लालबाबु पण्डितलाई पराजित गर्दै निर्वाचित भएका हुन् । कोइरालाले ३५ हजार २१८ मत ल्याएर विजयी भएका हुन् भने एमालेका नेता पण्डितले २२ हजार ९३२ मत मात्रे ल्याएका हुन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका यादवकुमार प्रधानले ९५७१ मत र राप्रपाका गोपाल क्षेत्रीले ८८२९ मत ल्याएका छन् । यसअघि २०७४ मा भएको निर्वाचनमा सोही क्षेत्रबाट लालबाबुले शेखर कोइरालालाई हराएका थिए ।
प्रतिकित्ता ५ सय रुपैयाँमा सपोर्ट लघुवित्तको सेयर बिक्रीमा
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले मंसिर ८ गतेदेखि संस्थापक सेयर बिक्रीमा राखेको छ । लघुवित्तले संस्थापक समूहतर्फको ७ हजार १५० कित्ता सेयर बिक्री गर्ने भएको हो । लघुवित्तले बिक्रीमा राखेको उक्त संस्थापक सेयरको मूल्य प्रतिकित्ता ५ सय रुपैयाँ तोकिएको छ । आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरि आवेदन पेश गर्ने सकनेछ । उक्त सेयर खरिदको लागि बोलकबोल गर्दा न्यूनतम १ सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने छ । सेयर खरिद गर्ने चाहने इच्छुक संस्थापक सेयरधनी वा अन्य जो कोही ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी मंसिर २५ गतेभित्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ टेकु काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश सक्नेछन् ।
साधारणसभा नगरे काठमाडौं महानगरपालिकाले सहकारी संस्था खारेज गर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाले साधारण सभा सम्पन्न गरेको प्रतिवेदन पेश गर्न सहकारी संस्थाहरुलाई निर्देशन दिएको छ । काठमाडौं महानगरपालिका भित्र रहेका कार्यक्षेत्र भएका सहकारी संस्थाहरूले आगामी २०७९ पौष मसान्तभित्र साधारण सभा सम्पन्न गरी प्रतिवेदन काठमाडौँ महानगरपालिका, सहकारी विभागमा बुझाउन निर्देशन दिएको हो । सहकारी ऐन, २०७४ को दफा ३९ (२) तथा काठमाडौं महानगरपालिका सहकारी ऐन, २०७४ को दफा २८ (२) एवं दफा १०४ बमोजिम काठमाडौं महानगरपालिकाभित्र कार्यक्षेत्र भएका सहकारी संस्थाहरूले सभा सम्पन्न भएको मितिले १५ दिनभित्र साधारण सभाबाट पारित प्रमाणित प्रतिवेदन पेश गर्न भनेको हो । साधारण सभा सञ्चालन गर्दा सहकारी संस्थाको साधारण सभा (कार्य व्यवस्था) निर्देशिका २०७६ अनुसार सहकारी संस्थामा सदस्य बनाएर मात्र कारोबार गर्ने र सबै सदस्यलाई साधारण सभामा उपस्थितिका लागि आह्वान गर्नुपर्नेछ । यस्तै, साधारण सभामा कुल सदस्य सङ्ख्याको कम्तीमा ५१ प्रतिशत सदस्य उपस्थित नभए गणपुरक सङ्ख्या नपुग्ने हुँदा गणपुरक सङ्ख्या पुयाएर मात्र साधारण सभा सञ्चालन गर्नुपर्नेछ । सदस्यहरूको भूमिकालाई अझ सक्रिय बनाउन उद्घाटन सत्रलाई तथा मन्तव्यको कार्यक्रम नराखी सो एजेन्डा उपर छलफल गर्ने वातावरण मिलाउनुपर्ने, लेखापरीक्षण प्रतिवेदन, सञ्चालक समिति तथा लेखा समितिको प्रतिवेदन एवं पेश हुने अन्य सबै प्रतिवेदन तथा विषय उपर पर्याप्त छलफल गराएर मात्र पारित गर्नुपर्नेछ । सञ्चालक समिति तथा लेखा समितिको निर्वाचन हुने भए प्रचलित कानून, मापदण्ड एवं विनियम बमोजिमको योग्यता पुगेका सदस्यहरू मध्येबाट निर्वाचित गर्नुपर्नेछ । साधारण सभाबाट चालू आर्थिक वर्षको संस्थाको हिसाब किताबको लेखापरीक्षण गर्न एक जना लेखापरीक्षक र आवश्यकतानुसार वैकल्पिक लेखा परीक्षक नियुक्तिको निर्णय गर्ने र निजको पारिश्रमिक तोक्ने, संस्थाको विनियम संशोधन कार्यविधि नियमावली, नीति साधारण सभाबाट पारित गर्ने, संस्थाको चालू आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम साधारण सभाबाटै अनुमोदन गर्ने र साधारण सभाको प्रतिवेदनमा तपसिल बमोजिमका कागजातहरू समावेश गर्ने लगायतको प्रतिवेदन पेश गर्न निर्देशन दिएको हो । साथै, नयाँ दर्ता स्वीकृति प्राप्त सहकारी संस्थाहरूले दर्ता भएको मितिले ३ महिनाभित्र प्रारम्भिक साधारण सभा गरी नबुझाएमा र पुरानाको हकमा २ वर्षसम्म कुनै कारोबार नगरी निष्क्रिय रहेको पाइएमा काठमाडौं महानगरपालिका सहकारी ऐन २०७४ को दफा ६६ बमोजिम विघटन र दर्ता खारेजको प्रक्रिया अगाडि बढाइने बताएको छ ।
जनगणनाको पूर्ण विवरण सार्वजनिक गरिँदै
काठमाडौं । सरकारले छ वर्षअघि नै गाउँ र नगर छुट्याए पनि को पूर्ण विवरण सार्वजनिक हुँदा भने विकासका पूर्वाधारसहितको गाउँ र नगर छुट्टिने भएको छ । राष्ट्रिय जनगणना, २०७८ को पूर्ण विवरण सार्वजनिक गर्दा गाउँ र नगरको भौतिक पूर्वाधार, सेवा सुविधाको पहुँच, प्रतिव्यक्ति आयलगायतका तथ्याङ्कसहित गाउँ र नगर छुट्याउन लागिएको हो । राष्ट्रिय जनगणना, २०७८ को क्रममा राष्ट्रिय तथ्याङ्क कार्यालयले सामुदायिक प्रश्नावली निर्माण गरी विकासका भौतिक पूर्वाधारसहितको तथ्याङ्क सार्वजनिक गर्न लागिएको जनाएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक ढुण्डिराज लामिछानेले जनगणनाको पूर्ण विवरण सार्वजनिक गर्दा गाउँ र नगर छुट्टिने गरी विवरण सार्वजनिक गरिने बताउनुभयो । सरकारले २०७३ सालमा स्थानीय तह पुनर्संरचना आयोग निर्माण गरी जनसङ्ख्या, विकासका भौतिक पूर्वाधार र सेवाग्राहीको सार्वजनिक निकायमा पहुँचका आधारमा ४६० गाउँपालिका तथा महानगर, उपमहानगर र २९३ नगरपालिका गरी ७५३ पालिका घोषणा गरेको थियो । लामिछानेका अनुसार जनगणनाको पूर्णविवरण सार्वजनिक हुँदा नागरिकको सहरप्रतिको पहुँच, सहरी पूर्वाधार, प्रशासनिक सेवासुविधाको अवस्था, सवारीसाधनको सहज उपलब्धता, विश्वविद्यालयको अवस्था, खानेपानी, बिजुलीलगायत विकासका आयामको यकिन तथ्याङ्क सार्वजनिक गरिनेछ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
नयाँ सरकार गठनको खेल सुरु
काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम आउँदै गर्दा सत्तारूढ गठबन्धनको भविष्यसमेत अन्योलतर्फ अघि बढेको छ । यो अन्योलताकाबीच फेरि नयाँ सरकार गठनका लागि खेल सुरु भइसकेको छ । नेपाली कांग्रेस प्रतिनिधि सभातर्फ पहिलो नम्बरको रफ्तारमा अघि बढिरहँदा सत्ता गठबन्धनमै रहेका अन्य दल भने परिणामबाट सन्तुष्ट रहन सकिरहेका छैनन् । यो असन्तुष्टिबीचमा नेकपा एमालेले समेत अवसर खोजिरहेको छ । उता कांग्रेसभित्र पनि नयाँ सरकार गठनबारे विभिन्न नेताहरूले आन्तरिक छलफल थालेको स्रोतले जानकारी दिएको छ । निर्वाचनको प्रत्यक्ष र समानुपातिक तर्फका सबै परिणाम आएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ । सो अवस्थामा कांग्रेस र एमालेबीच पनि सरकार गठनमा सहमति हुन सक्ने दखिन्छ भने कांग्रेससहित हाल गठबन्धनमा रहेका दल वा एमालेसहित माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको सरकार बन्ने अवस्था आउन सक्छ । त्यो अवस्थामा निर्वाचनमार्फत उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसमेत निर्णायक हुने अवस्था आउन सक्छ । राजधानी दैनिकमा समाचार छ ।