काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला मोरङ क्षेत्र नम्बर ६ बाट निर्वाचित भएका छन् । कोइराला नेकपा एमालेका लालबाबु पण्डितलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।
कोइरालाले ३५ हजार २१८ मत ल्याएर विजयी भएका हुन् भने एमालेका नेता पण्डितले २२ हजार ९३२ मत मात्रे ल्याएका हुन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका यादवकुमार प्रधानले ९५७१ मत र राप्रपाका गोपाल क्षेत्रीले ८८२९ मत ल्याएका छन् ।
यसअघि २०७४ मा भएको निर्वाचनमा सोही क्षेत्रबाट लालबाबुले शेखर कोइरालालाई हराएका थिए ।