काठमाडौं । अर्बपति विनोद चौधरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । नवलपरासी १ को प्रतिनिधिसभा तर्फ नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी विजयी भएका हुन् ।
उद्योगी समेत रहेका चौधरी २९ हजार ४१५ मत ल्याएर विजयी भएका हुन् । चौधरीले जनता प्रगतिशील पार्टीका उम्मेदवार हृदयेश त्रिपाठीलाई ७ हजार २०६ मतान्तरले पारजित गर्दै विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी त्रिपाठीले २२ हजार ३०८ मत प्राप्त गरेका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेनले १२ हजार ४९९ मत प्राप्त गरेका छन् ।
नेपालका एक मात्रै डलर अर्बपति विनोद चौधरी नेपाली कांग्रेसबाट टिकट लिएर नवलपरासी–१ बाट निर्वाचनमा होमिएका थिए । निर्वाचन अवधिभर चौधरीले जित निकाल्न अनेकन उपाय लगाएका थिए । उनले मतदातालाई विश्वत पार्न उद्योग दर्ता समेत गरेका थिए । यस्तै सामान्य जीवनशैली अपनाएर घरदैलो गरेका उनी अन्ततः निर्वाचनमा विजयी भएका हुन् ।