विकासन्युज

फीन इलेक्ट्रो–टेक २०२२ : प्रदर्शनीको तेस्रो दिन २५ हजारभन्दा बढीले गरे अवलोकन

काठमाडौं । इलेक्ट्रो टेकको तेस्रो दिन मेलामा अवलोकनकर्ताको उत्साहजनक सहभागिता रह्यो । देशभरका विद्युतीय व्यवसायी, उत्पादनकर्ता, डिस्ट्रीब्युटर, डिलर, चेनल सप्लायर्सबीच अन्तर्कीया एवं ब्यापारिक सम्झौताहरु भएका छन् । यस्तै सार्वजनिक बिदाको दिन भएकाले आम उपभोक्ता सहित विद्यार्थी वर्गको उपस्थिति पनि उल्लेखनीय रह्यो । मेलामा आज २५ हजार बढीले अवलोकन गरेका छन् । मेलाकै क्रममा तेस्रो दिन आज विद्युतीय सुरक्षाको विषयमा विचार गोष्ठी अर्थात सिम्पोजियम पनि आयोजना गरिएको छ । सिम्पोजियमको क्रममा इलेक्ट्रिसिटी सेफ्टीको विषयमा नेपाल इलेक्ट्रिकल कन्ट्रयाक्टर एसोसिएसनका अध्यक्ष ई एलआर तामाङले विशेश प्रस्तुति दिएका थिए । कार्यक्रमको अध्यक्षता नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष सुदर्शन प्रसाद पौडेलले गरेका थिए । सिम्पोजियम भोलि आइतबार पनि संचालन हुनेछ । मेलामा दर्शक तथा व्यवसायीहरुको उत्साहपूर्ण सहभागिताका कारण अन्तराष्ट्रिय कम्पनीका प्रतिनिधिहरु पनि उत्साहित देखिएका छन् । आफ्ना नयाँ प्रविधि तथा उत्पादनलाई चिनाउन यो मेला सार्थक देखिएको उनीहरुको टिप्पणी छ । मेलामा चट्याङ रोक्ने उपकरण,अटोमेसन तथा सेन्सरयुक्त बत्ती,पंखाहरु,सेन्सरयुक्त वाटरप्रुफ सीसीटीभी क्यामेराप्रति अवलोकनकर्ताले विशेष रुची देखाएका छन् । राष्ट्रिय आविष्कार केन्द्रद्वारा आविस्कार गरिएका विद्युतीय सामग्रीहरु,अत्याधुनिक इन्डक्सन सहितको ग्यास चुलो, भान्छाको फोहोरलाई मलमा रुपान्तरण गर्ने कम्पोस्टिङ मेसिनहरु पनि मेलाका विशेष आकर्षण बनेका छन् । प्रदर्शनी नेपालको एकमात्र इलेक्ट्रिकल एवं इलेक्ट्रोनिक्स सामग्रीहरुको अन्तर्राष्ट्रिय स्तरकै बृहत प्रदर्शनी एवं गोष्ठीको दशौं संस्करण हो ।फीन इलेक्ट्रो–टेक– २०२२को नारा ‘नेपालको समृद्धि, उर्जा खपत अभिवृद्धि’ रहेको छ । मेलाको टाइटल स्पोन्सर राठी स्वीच एण्ड केबुल (अन्नपूर्ण ग्लोवल इम्पेक्स ) रहेको छ । प्लाटिनियम स्पोन्सरमा महालक्ष्मी केबुल (महालक्ष्मी वायर एण्ड केबुल इन्डष्ट्रिज ), डायमण्ड स्पोन्सरमा ग्रेटह्वाइट (मित्तल ओभरसिज ), गोल्ड स्पोन्सरमा इलेक्ट्रा इलेक्ट्रिक (एनजी इलेक्ट्रिकल्स ) जानकी केबुल (जानकी केबुल इन्डष्ट्रिज ), लिशा स्वीच (वेलकम टेक्नोल ) र ट्रान्सवेल्ड ट्रान्सर्फमर (ट्रान्सवेल्ड नेपाल ) रहेका छन् । मेला आयोजनाका सहयोगी संस्थाहरुमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल इञ्जिनियर्स एशोशियसन, सौर्य ऊर्जा उत्पादक संघ नेपाल, सोसाइटी अफ कन्सल्टिङ्ग आर्किटेक्चरर एण्ड इञ्जिनियरिङ फर्म, लघु जल विद्युत उत्पादक संघ नेपाल, सोसाइटी अफ इलेक्ट्रिकल इञ्जिनियर्स नेपाल, नेपाल विद्युतीय सामग्री उत्पादक संघ, र नेपाल इलेक्ट्रिकल कन्ट्रयाक्टर एशोशियसन रहेका छन् । नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गरेको प्रदर्शनीको उद्घाटन अर्थमन्त्री जनार्दन शर्माले गरेका हुन् । प्रदर्शनीका ३ दिनमा गरी करिव ५२ हजार जनाले अवलोकन गरिसकेका छन् । ४ दिने प्रदर्शनीमा करिव ६० हजार अवलोकनकर्ताले अवलोकन गर्ने अनुमान गरिएको छ ।

मंसीर २६ गते समानुपातिकतर्फका सांसदहरु निर्वाचित भएको घोषणा हुने

काठमाडौं । निर्वाचन आयोगले मंसीर २६ गते (सोमबार) सम्म समानुपातिकतर्फका सांसदहरु पनि निर्वाचित भएको घोषणा गर्ने भएको छ। राजनीतिक दलहरुले शनिबार बुझाएको नामावली जाँचबुझ गरी सोमबार समानुपातिकतर्फका सांसदहरु पनि निर्वाचित भएको घोषणा हुने निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिए। हालैसम्पन्न निर्वाचनमा संघीय संसदमा नेकपा एमालेले ३४ सिट, नेपाली काँग्रेसले ३२ सिट, माओवादी केन्द्रले १४ सिट, राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ सिट, जनता समाजवादी पार्टी र जनमत पार्टीले ५/५ सिट समानुपातिकतर्फ सिट संख्या प्राप्त गरेका थिए। निर्वाचन आयोगले समानुपातिकतर्फबाट सांसदहरु पनि निर्वाचित भएको एक हप्ता भित्र निर्वाचन सम्बन्धि सम्पूर्ण प्रतिवेदन राष्ट्रपति विद्या भण्डारी समक्ष बुझाउने स्पष्ट पारेको छ। आयोगका सहसचिव भट्टराईले समानुपातिकतर्फको पनि सांसदहरु निर्वाचित भएको घोषणा भएको मितिले ७ दिन भित्र राष्ट्रपति समक्ष निर्वाचन सम्बन्धि प्रतिवेदन बुझाई सक्नुपर्ने कानुनी व्यवस्था भएकाले सोही अनुसार काम गर्ने बताए।

झापामा खेतमै विद्युत् सेवा

झापा । झापा गाउँपालिकाले किसानलाई सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले खेत-खेतमा बिजुली पुर्‍याउन सुरुआत गरेको छ । किसानका लागि दिगो सिँचाइ प्रणालीअन्तर्गत भूमिगत जलस्रोतलाई डिप ट्युबवेलमार्फत सिँचाइ गर्न पालिकाले खेत-खेतमा विद्युत् सुविधा पुर्‍याउन थालिएको हो । गाउँपालिकाका अध्यक्ष जयनारायण साहले गत आर्थिक वर्षमा एक सय किसानको खेतमा विद्युत् सुविधा उपलब्ध गराइसकेको र चालु आवमा थप एक सय ५० किसानको खेतमा विद्युत् पुर्‍याउन धमाधम काम भइरहेको बताए । पालिकाले सिँचाइ गर्दा खपत हुने बिजुलीको बिल र विद्युतीय उपकरणको आधा लागत रकम अनुदानमा उपलब्ध गराउँदै आएको साहले बताए । ‘किसानलाई ट्युबवेल तथा मोटर खरिदका लागि ५० प्रतिशत अनुदान दिँदै आएका छौँ,’ उनले भने । ‘पोहोर साल सय जना किसानले यो सुविधा लिएका थिए, यसपालि निवेदन दिनेको सङ्ख्या बढेको छ ।’ यस क्षेत्रका किसानले धान, मकै, तोरी, गहुँ र विभिन्न तरकारी खेती गर्दै आएका छन् । विगतमा आफूलाई खान पुग्ने मात्र अन्न उत्पादन गर्दै आएका स्थानीयवासी पालिकाले अनुदान दिन थालेपछि व्यावसायिक तरकारी खेतीमा जुटेका छन् । पालिकाले चालु आर्थिक वर्षमा किसानको खेत-खेतमा बिजुली पुर्‍याउने परियोजनाका लागि सात सयवटा बिजुलीका पोल खरिद गरिसकेको छ । अनुदान पाएपछि एकातिर पानी तान्ने ट्युबवेल र मोटर खरिदमा किसानको लागत कम भएको छ भने अर्काातिर उत्पादनमा वृद्धि भएको छ । पालिकाका अध्यक्ष साहका अनुसार कम्तीमा चार बिघा जमिन बराबर एउटा ट्युबवेल र मोटर खरिदमा अनुदान दिइने व्यवस्था छ । बिजुलीको पोल पुर्‍याउन किसानले कुनै खर्च व्यहोर्नु पर्दैन । थोरै जमिन भएका चारदेखि छ जनासम्मको समूह बनाएर किसान यो सुविधा लिन पालिकामा आउने गरेका छन् । झापा गाउँपालिका वडा नं २ का ५५ वर्षीय किसान सहनी राजवंशीले खेतमा बिजुली पुगेपछि व्यावसायिक तरकारी सुरु गरेको बताए। उनको खेतीमा अहिले भण्टा, काउलीलगायतको तरकारी बाली फस्टाइरहेको छ । ‘हामी किसानलाई पनि सरकारले खेती गर्न अनुदान दिँदोरहेछ भन्ने यसअघि थाहा थिएन,’ उनले पालिकाले दिएको सुविधाको प्रशंसा गर्दै भने, ‘ट्युबवेलबाट पानी निकालेर सिँचाइ गर्न पाएका छौँ । तरकारी खेती राम्रो भएको छ ।’ पाँच वर्ष अघिसम्म घरमा बिजुली बाल्न नपाएका किसान खेतमै बिजुली पुगेपछि दङ्ग छन् । पालिकाको अध्यक्षमा साह दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । पहिलो कार्यकालमै उनले किसानलाई अनुदान कार्यक्रमको थालनी गरेका थिए । उनले पालिकाभित्रका वास्तविक किसानको पहिचान गरी परिचयपत्र वितरणका लागि समेत तयारी पूरा भइसकेको बताए । झापाको दुर्गम मानिएको यस पालिकामा आदिवासी, जनजाति र मुस्लिम समुदायको बाहुल्य छ । रासस

राष्ट्रिय उत्थान लघुवित्तको अध्यक्षमा चिरन्जिवी क्षेत्री नियुक्त

काठमाडौं । राष्ट्रिय उत्थान लघुवित्तको अध्यक्षमा चिरन्जिवी बुढा क्षेत्री नियुक्त भएका छन् । लघुवित्तको शुक्रबार बसेको संचालक समितिको बैठकले बुढालाई अध्यक्षमा नियुक्त गरेको हो । यसअघि संस्थाका अध्यक्ष रहेका प्रल्हाद मालीले व्यक्तिगत कारण राजिनामा दिएपछि बुढा अध्यक्षमा नियुक्त भएका हुन् । उनी यसअघि लघुवित्तको संचालक थिए ।

शारीरिकरूपमा समस्या भएकी वासुकलाले अचार बिक्रीबाट मनग्य आम्दानी गर्दै

म्याङ्लुङ । सानो घर । सानै परिवार । आर्थिक अवस्था भने कमजोर । बिहान–बेलुकी हातमुख जोड्न ज्याला मजदुरीकै भर । घरमा उब्जाइएको कमाइले तीन महिना पनि धान्न मुस्किल । यी र यस्तै परिवारमा रहेकी तेह्रथुम छथर गाउँपालिका–५ ओख्रेकी वासुकला विश्वकर्माको पारिवार । विगत लामो समयसम्म गरिबीको पीडामा पिल्सिएको सो परिवारको राम्रो आम्दानीको स्रोत थिएन । गाउँमा जसोतसो साहुमहाजनको बनिबुतो गरेर चार जनाको परिवार गुजारा चलेको थियो । जीवनका सङ्घर्ष निकै कष्टकर नै थियो । कमाइ ल्याउने र पकाइ खानेमै सकस थियो उनको परिवारलाई । तर यतिबेला उनको दैनिकी फेरिएको छ । देउराली सोसाइटी र दलित सचेतना समाज ड्यासले सञ्चालन गरेको तालिममा सहभागी बनेकी उनी यतिबेला व्यावसायिक अचार उत्पादनमा भ्याइनभ्याइ बन्दै आएकी छिन् । हातमा सीप नहुँदा अरुकै घरमा ज्याला मजदुरी गर्दै आएकी घरमै सञ्चालन गरेको व्यवसायबाट आम्दानी लिन थालेकी छिन् । शारीरिकरूपमा समस्या रहेकी वासुकलालाई उद्योगमा काम गर्न बल नहुने भएकाले समस्या छैन । गत वर्षदेखि मात्र सुरु गरेको उनको उद्योगबाट उत्पादन भएको अचारको माग पनि बढ्दो छ । घरायसी प्रविधिबाट अग्र्यानिक उत्पादन गर्ने गरेकी छिन् । हातमा सीप नहुँदा दिनभर अर्काको काम गर्न जाँदा खानै मुस्किल हुन्थ्यो । छोराछोरी पढाउन निकै मुस्किल हुन्थो । बल हुन्जेल अरुकै काम गरेर जीवन धानेका थियौँ । तर उमेर ढल्किँदै गएपछि र कमजोर भएपछि काम गर्न जान पनि सक्न छाडियो । घर चलाउनै मुस्किल भएको उनका श्रीमान् सूर्यबहादुर विकले बताए । उनी भन्छन्, ‘तालिमले मलाई सीपमात्र दिएन, परिवार धान्न गतिलो माध्यम पनि दिएको छ । यही अचार उत्पादनले परिवारको सामान्य घर खर्च चलाउँदै आएका छौँ ।’ उनी थप्छन्, ‘सुरुमा मैले थोरै लगानीमा सुरु गरेको हो । बजारमा अचारको माग बढेकाले लगानी थप्ने सोचमा छु । लगानी थपेर अचार व्यवसायलाई निरन्तरता दिने लक्ष्य छ ।’ छोरा वैदेशिक रोजगारमा छन् । श्रीमान्, बुहारी र उनी घरमा छन् । व्यवसाय सञ्चालनमा उनीलाई श्रीमान् र बुहारीले साथ दिने गरेका छन् । उनको उद्योगमा उत्पादन भएको अचार प्रतिकिलो एक हजार रुपैयाँमा बिक्री गर्ने गरेका छन् । परिवारको साथ सहयोगसँगै व्यवसाय गर्दै आएकी उनी आफ्नो व्यवसायबाट सन्तुष्ट छन् । मेलिना अचार उद्योग स्थापना गरी गाउँमै उनले व्यवसाय गर्दै आएका छन् । खासगरी अकबरेको अचार उत्पादन गर्दै आएका छन् । अचार उद्योगमा उनका श्रीमान् सूर्यबहादुरले साथ दिँदै आएका छन् । सूर्यबहादुर भन्छन्, ‘सुरुका दिनमा अचार उत्पादन गरे पनि बजार नपाउने हो कि भन्ने डर थियो । तर यहाँ उत्पादन गरेको अचारले राम्रो बजार पाउँदा उत्साह जागेको छ । बजारमा माग बढ्दो भए पनि परिवारले मात्र उत्पादन गरेकाले धान्न सकिएको छैन ।’ अचार बिक्रीका लागि बजार खोजिरहनु पर्दैन । ग्राहकले फोनमार्फत माग गर्दै आएका छन् । ग्राहकले आफैँ खोजी गर्ने गरेकाले पनि अचार बिक्री हुन्न कि भन्ने डर छैन वासुकलालाई । जिल्लाको दुर्गम गाउँमा उद्योग स्थापना गरी पूर्वका विभिन्न सहरका साथै राजधानीसम्म निर्यात गर्दै आएका छौँ । अकबरेमात्र नभई काँक्रा, मेहेल, अमला, गाँजर, बन्दालगायतका अचार उत्पादन हुने गरेको छ । अचार उत्पादनका लागि चाहिने सामग्री गाउँमै पाउने भएकाले पनि उद्योग सञ्चालन गर्न समस्या छैन । विभिन्न सङ्घसंस्थाले सञ्चालन गरेका तालिम खासै उपयोगमा आएका देखिँदैनन् । आफूमा इच्छाशक्ति हुने हो भने गाउँमै उद्योग स्थापना गरे रोेजगार बन्न सकिन्छ भन्ने वासुकला उदाहरण बनेका छन् । रासस

पुस ४ गतेदेखि भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्दै निगम

काठमाडौं । नेपाल वायुसेवा निगमले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि गृहकार्य सुरु गरेको छ । निगमले भैरहवा विमानस्थलबाट मलेसिया र कतार उडान तथा अन्य मुलुकमा ओभरफ्लाइको तयारी सुरु गरेको हो । निगम प्रवक्ता अर्चना खड्काले मलेसिया र कतार उडानका साथै भारत, बर्मा, बङ्गलादेश, बैङ्ककलगायतमा ओभरफ्लाइङ अनुमति लिने प्रक्रिया सुरु गरेको जानकारी दिए । उनका अनुसार दुवै मुलुकमा निगमले सुरुमा काठमाडौंबाट उडान गर्नेछ भने फर्कँदा भैरहवा हुँदै काठमाडौं अवतरण गर्नेछ । नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीले सुरुमा मलेसियामा साताको एउटा र कतारमा साताको दुई वटा उडान गर्ने योजना बनाएको छ । आगामी दिनमा माग भए उडान सङ्ख्या बढाउन सकिने उनको भनाइ छ । निगमले आउँदो पुस ४ देखि भैरहवा विमानस्थलमा ‘टच डाउन’ गर्दै यी दुई गन्तव्यमा व्यावसायिक उडान गर्नेछ । हाल भैरहवा विमानस्थलबाट कुवेतको जजिरा एयरवेज र नेपालको हिमालय एयरलाइन्सले व्यावसायिक उडान गर्दै आएका छन् । रासस

महानगरपालिकाको कारवाहीमा पर्ने डरले विशाल बजारले सरसफाइ गर्ने, मासिक १ लाख ३० हजार

काठमाडौं । काठमाडौं महानगरपालिकाको चेतवानी पछि विशाल बजार कम्पनीले भवन परिसर सरसफाइ गर्ने भएको छ । महानगरपालिकाको चेतावनी पछि विशाल बजार कम्पनीले भवन परिसर तथा ट्वाइलेटहरुको सरसफाइ गर्न बोलपत्र आह्वान गरेको हो । गत मंसिर २१ गते काठमाडौं महानगरपालिकाले सार्वजनिक तथा निजी कार्यालय परिसर सरसफाइ गर्न निर्देशन दिएको थियो । काठमाडौं महानगरपालिकाले महानगरको क्षेत्रभित्र रहेका सार्वजनिक तथा निजी संस्थाको परिसरमा रहेको फोहोर व्यवस्थापन नभएको देखिएमा कारवाही गर्ने चेतवानी दिएको थियो । ३५ दिनभित्र आफैं व्यवस्थापन गर्नुपर्ने र नियमित सरसफाइ नगरे कानून बमोजिम दण्ड जरिवाना गरिने र फोहोर मैला व्यवस्थापन गर्न लागेको खर्च समेत सम्बन्धित कार्यालयबाटै असुल गरी त्यस्ता कार्यालयको नाम समेत सार्वजनिक गर्ने महानगरपालिकाले जनाएको थियो । सोही बमोजिम विशाल बजार कम्पनीले भवन परिसर तथा ट्वाइलेटहरुको सरसफाई कार्य २ वर्षको लागि ठेक्कामा दिने भएको हो । इच्छुक अनुभवी व्यक्ति र रजिष्टर्ड फर्म वा कम्पनीहरुले १५ दिन मासिक दररेट सहित बोलपत्र पेश गर्न आग्रह गरेको हो । विशाल बजारको मोटर पार्किङ्ग, ट्वाइलेटहरु, जमीन, पहिलो, दोश्रो, तेश्रो तल्ला र सम्पूर्ण झ्याल, झ्यालका सिसाहरु, छत, कार्यालय, बजारमा भएको इलहरू, रेलिंगहरु लगाएत सम्पूर्ण कम्पनी परिसर स्थानहरुमा सरसफाई गर्नुपर्ने कम्पनीले जनाएको छ । कम्पनीले मासिक पारिश्रमिक १ लाख ३० हजार रुपैयाँ (कर समेत) नबढ्ने गरी बोलपत्र पेश गर्नुपर्ने बताएको छ । कुनै संघ र संस्थार कम्प्लेक्समा कम्तीमा १० वर्ष सरसफाई सम्बन्धि कार्य गरेको रजिष्टर्ड फर्म कम्पनीलाई विशेष प्राथमिकता दिइने कम्पनीले जनाएको छ ।

फ्रान्स विश्वकपको सेमिफाइनलमा

काठमाडौं । फिफा विश्वकप फुटबल २०२२ को क्वार्टरफाइनलमा इङ्गल्याण्डलाई पराजित गर्दै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ । कतारको अल वयात रङ्गशालामा आज भएको खेलमा फ्रान्सले इङ्गल्याण्डलाई २(१ गोल अन्तरले पराजित गर्‍यो । खेलको १७औँ मिनेटमा फ्रान्सका लागि अउरेलियन टकउमेनीले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ५४औँ मिनेटमा इङ्गल्याण्डका लागि ह्यारी केनले गोल गर्दै खेल बराबरीमा ल्याए पनि ५८औँ मिनेट ओलिभर गिराउण्डले गोल गरेपछि खेल फ्रान्सले जितेको थियो । फ्रान्स सेमिफाइनलमा मोरक्कोसँग खेल्नेछ । रासस