काठमाडौं । राष्ट्रिय उत्थान लघुवित्तको अध्यक्षमा चिरन्जिवी बुढा क्षेत्री नियुक्त भएका छन् । लघुवित्तको शुक्रबार बसेको संचालक समितिको बैठकले बुढालाई अध्यक्षमा नियुक्त गरेको हो ।
यसअघि संस्थाका अध्यक्ष रहेका प्रल्हाद मालीले व्यक्तिगत कारण राजिनामा दिएपछि बुढा अध्यक्षमा नियुक्त भएका हुन् ।
उनी यसअघि लघुवित्तको संचालक थिए ।