कालिका पावरको १५.७९ प्रतिशत लाभांश घोषणा
काठमाडौं । कालिका पावर कम्पनीले सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको पुस ६ गते बसेको संचालक समितिको बैठकले सेयरधनीहरुलाई १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद गरी कूल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । साथै कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारण पुस २८ गते शुक्रवार, बिहान ११ बजे, भरतपुर चितवनमा बोलाएको हो । कम्पनीको हाल कायम चुक्ता पूँजी ६९ करोड रुपैयाँको १० करोड ३५ लाख रुपैयाँको बोनस सेयर र ५४ लाख ४७ हजार ५५० रुपैयाँ नगद लाभांस वितरण गर्न स्वीकृत गर्नेछ । कम्पनीको सभाले प्रबन्धपत्रको दफा र नियमावलीको नियम संसोधन गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा नियमाकबाट थपघट परिवर्तन वा संशोधनको निर्देशन भएमा सोही बमोजिम गर्नका लागि संचालक समितिलाई अख्तियारी दिनेछ । कालिका कन्स्ट्रक्सनअन्तर्गतको गोरखाको दरौदी खोलामा प्रस्तावित माथिल्लो दरौदी वि. साना जलविद्युत आयोजना (८.३ मेगावाट) र माथिल्लो दरौदी सि.साना जलविद्युत आयोजना (९.८२ मेगावाट) खरीद गर्ने निर्णय लिन संचालक समितिलाई अख्तियारी दिनेछ । यस्तै, संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन, आर्थिक वर्ष २०७९÷८० का लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, संचालक समितिले गत वर्ष गरेका निर्णयहरु र कम्पनीको सर्वसाधारण सेयरधनी समुहमा प्रतिनिधित्व हुने २ जना संचालक र १ जना स्वतन्त्र संचालकको निर्वाचन गर्नेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस १४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरुले मात्र कम्पनीको साधारण सभामा सहभागी भइ लाभांश प्राप्त गर्न सक्नेछन् ।
लाभांश पारित गर्न हिमालयन बैंकले डाक्यो साधारण सभा, सिभिललाई १००:८०.२८ अनुपातमा गाभ्ने
काठमाडौं । हिमालयन बैंकले ३० औं वार्षिक साधारण सभा पुस २८ गते बिहान ११ बजे होटल सोल्टी काठमाडौंमा बोलाएको हो । पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले आफेनो वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो । बैंकको सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ साल असार मसान्तको वासलात, आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण, सहायक कम्पनी हिमालयन क्यापिटलको आर्थिक वर्ष २०७८÷७९ को वित्तीय विवरण सहितको एकिकृत वित्तीय विवरण, सर्वसाधारण सेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पदमा एक जनाको निर्वाचन र आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्नेछ । बैंकको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजी १२ अर्ब ९६ करोड ८७ लाख २५ हजार ७२५ रुपैयाँको ८ प्रतिशत अर्थात् १ अर्ब ३ करोड ७४ लाख ९८ हजार ५८ रुपैयाँ बोनस सेयर र कर प्रयोजनाका लागि ११.११ प्रतिशत अर्थात् १ अर्ब ४४ करोड ८ लाख २५ हजार ४२८ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । बैकले आर्थिक वर्ष आर्थिक वर्ष २०७८/७९ मा संस्थागत सामाजिक उत्तरदायित्व सीमाभन्दा माथि सहयोग गरेको कुल रकम १ करोड २७ लाख १७ हजार २२४ रुपैयाँ अनुमोदन गर्नेछ । सभाले सिभिल बैंकलाई प्राप्ति गर्ने प्रयोजनका लागि भएको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कनकर्ताको नियुक्ति, उक्त मूल्याङ्कनकर्तालाई भुक्तानी गरिएको पारिश्रमिक, सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन, समझदारी पत्र तथा अन्तिम सम्झौतापत्र लगायतका सम्पूर्ण कामकारवाहीहरूलाई स्वीकृति प्रदान गर्नेछ । हिमालयन बैंकले १ सय सेयर बराबर ८०.२८ सेयर स्वाप रेसियो अनुपातमा सिभिल बैंकलाई प्राप्ति गर्नेछ । सिभिल बैंकको १ सय कित्ता सेयर बराबर हिमालयन बैंकको ८०.२८ कित्ता सेयर प्राप्त गर्नेछन् । दुबै संस्थाको सम्पत्ति, दायित्व तथा कारोवारको मूल्याङ्कन प्रतिवेदन तथा व्यावसायिक अवसरहरू, व्यावसायिक प्रतिष्ठा, कर्मचारीहरूको योग्यता, क्षमता, दक्षता तथा कार्यकुशलता, बजार उपस्थिती, मुनाफा वितरणको इतिहास, पछिल्लो सेयरबजार मुल्य समेतका विषयहरूको आधारमा सेयर आदान प्रदान अनुपात निर्धारण गरिएको हो । सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् बैंकको जारी तथा चुक्ता पूँजी वृद्धि हुने तथा संस्थापक तथा सर्वसाधारण सेयरधनीहरूको सेयर स्वामित्व प्रतिशत समेत परिवर्तन हुने भएकोले सोही बमोजिम बैंकको प्रबन्धपत्र तथा नियमावलीको विभिन्न सम्बन्धित दफाहरूमा संशोधनको प्रस्तावलाई स्वीकृति प्रदान गर्नेछ । हिमालयन बैकले सिभिल बैकलाई प्राप्ति पश्चात् हिमालयन बैंककै नाममा एकिकृत कारोवार गर्ने कार्यलाई स्वीकृति प्रदान गर्नेछ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १८ गतेदेखि पुस २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस १७ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरुले मात्र बैंकको साधारण सभामा सहभागी भइ लाभांश प्राप्त गर्न सक्नेछन् ।
छुट्ला है, सुपर मादीको आईपीओमा आवेदन दिने अन्तिम समय आज
काठमाडौं । सुपर मादी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । गत मंसिर २० गतेदेखि निष्काशन गरेको आईपीओमा आज पुस ७ गते अन्तिम दिन हो । यसअघि पुस २० गतेसम्म आवेदन दिन पाइने भएपनि मागभन्दा बढी आवेदन परेपछि आज बन्द गर्ने कम्पनीले जनाएको छ । कम्पनीले जारी पूँजी २ अर्ब १० करोड रुपैयाँ बराबरको १५ प्रतिशत अथार्त ३१ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३१ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको हो । जसमध्ये आयोजना अति प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाको वडा नं. १ र २ का स्थानीय बासिन्दाहरुको लागि ३ लाख १५ हजार कित्ता, आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाका अन्य वडा नं. ३, ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ तथा पोखरा महानगरपालिका वडा नं. २६, २७ र २८ का स्थानीय बासिन्दाहरुको लागि ७ लाख ३५ हजार कित्ता निष्काशन गरेको हो । कम्पनीले पुस ५ गतेसम्म २१ करोड रुपैयाँ बराबरको २१ लख कित्ता मध्ये १० प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले एनसीसी बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, सानिमा बैंकका तोकिएका शाखा कार्यालय र आयोजना स्थलबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरी सम्पूर्ण आस्बा सेवा दिइरहेका बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयबाट सि आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन् ।
एनआईबिएल ग्रोथ फण्ड आजदेखि बिक्री खुला, २० प्रतिशतसम्म प्रतिफल
काठमाडौं । एनआईबिएल एस क्यापिटलले आज (पुस ७ गते, बिहीबार) देखि हालसम्म कै ठूलो म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गरेको छ । क्यापिटलले एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनआईबिएल ग्रोथ फण्ड निष्काशन तथा बिक्री खुल्ला गरेको हो । १ अर्ब ६० करोड रुपैयाँ आकारा रहेको यस बन्दमुखि योजनाको अवधि १० वर्ष रहेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका १६ करोड इकाईहरु निष्काशन गरेको हो । जसमध्ये १९ प्रतिशत अर्थात् ३ करोड ४ लाख इकाई कोष प्रवद्र्धक नेपाल इन्भेष्टमेन्ट बैंकका लागि, १ प्रतिशत अर्थात् १६ लाख इकाई योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलका लागि र बाँकी १२ करोड ८० लाख इकाई सर्वसाधारणका लागि छुट्याइएको छ । क्यापिटलको उक्त फण्डमा लगानीकर्ताले न्यूनतम १ सय इकाईदेखि अधिकतम १ करोड ६० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । एनआईबिएल ग्रोथ फण्डमा लगानीकर्ताहरुले छिटोमा पुस १२ गते र ढिलोमा पुस २१ गतेसम्म आवेदन दिन सक्नेछन् । क्यापिटलको एनआईबिएल ग्रोथ फण्ड निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ । एनआईबिएल ग्रोथ फण्डमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरी सम्पूर्ण आस्बा सेवा दिइरहेका बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयबाट सि आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन् । क्यापिटलले योजना अवधिभर इकाईधनीहरुलाई २०.२५ प्रतिशत प्रतिफल वितरण गर्न सक्ने अप्रक्षेपण गरेको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्न यतीको तयारी, बिहीबार प्रदर्शन उडान हुने
काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सम्पन्न भएसँगै यती एअरलायन्सले उडान शुरु गर्ने तयारी गरेको छ । नागरिक उड्डयन प्राधिकरणले पर्यटकीय नगरीमा जनवरी १ तारिकबाट अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने तयारी गरेसँगै यती एअरलायन्सले उडान भर्ने तयारी गरेको हो । उडान भर्ने तयारी स्वरुप एअरलाइन्सले नयाँ विमानस्थलबाट उडान गर्न आवश्यक जनशक्ति तयारी गर्ने, आवश्यक तालिमहरु दिने, भुमिस्थ उपकरण व्यवस्थापन गर्ने, विमानस्थलको स्थित अफिस तयारी गर्ने आन्तरिक कामलाई तीव्र बनाएको छ । सोही तयारी अनुसार (बिहीबार ७ पुष) डिसेम्बर २२ का दिन बिहान १० बजे नयाँ एअरपोर्टमा प्रशिक्षक चालकदलले एटिआर-७२ बिमान मार्फत यतीले पहिलो पटक प्रदर्शन उडान गर्न लागेको एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । यती एअरलाइन्सले चालक दलका सदस्यहरुलाई नयाँ विमानस्थलमा अभ्यस्त गर्न र एअरलाइन्सको आन्तरिक तयारीका लागि उडान भर्न लागेको हो । यसरी हुने उडानले चालक दलका सदस्यहरुलाई नयाँ विमानस्थलको वस्तु स्थिती जानकारी हासिल गर्न सहज हुने छ । काठमाडौ बाट पोखराका लागि यतीले दैनिक ७ वटा उडानहरु गर्दै आएको छ भने अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आए संगै नियमित उडानहरुको संख्या थप गर्ने र पोखरा बाट अन्य विमानस्थलहरुमा क्षेत्रीय उडान गर्ने तयारी गरेको छ ।
पुस ९ गते किड्स एक्स्पो २०२२ गर्दै आईएमएस ग्रुप
काठमाडौं । शिशु र बालबालिकाहरुको पुस ९ गते लागि किड्स एक्स्पो २०२२ हुने भएको छ । नक्सालमा रहेको राई स्कुलमा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म बालबालिकाको लागि एक्स्पो हुन लागेको हो । एक्स्पोमा अन्तराष्ट्रिय र राष्ट्रिय ब्रान्डहरु जस्तै डा। ब्राउन, क्रेन, क्रेन बेबी, बिबिलव, ड्रीमबेबी, हिमालया, पाराकिटो, स्मार्टडोको, किको, सी।जी फूड्स, मामाअर्थ, बेबी ट्री,चोकोफन,कोजी लाउन्ज वेयर, स्विमसुइट नेपाल, किड्जको, फन स्टेशन, कृष्णा पौरोटी भण्डार र अन्य धेरै ब्राण्डहरुको स्टल प्रदर्शनमा रहने आयोजकले जानकारी दिएको छ । एक्स्पोमा अभिभावक र बच्चाहरुले विभिन्न स्टलहरुबाट सामान किनमेल गर्न, स्वादिष्ट खानाहरु खान, विभिन्न खेलहरुका मजा लिन साथ साथै लक्की ड्र मा सहभागी भई पुरस्कारहरु जित्ने मौका पाउन सक्ने बताइएको छ । किड्स एक्स्पोमा सेलिब्रिटीआमाहरु जस्तै प्रियंका कार्की, जेनिसा मोक्तान, रीचा शर्मा र श्वेता खड्का आफ्ना बच्चाहरुसँग उपस्थित हुने आयोजकले बताएको छ । आयोजकको अनुसार एक्स्पोमा भिजिटरहरूले २५० रुपैयाँको टिकट खरिद गरी १३ वर्षभन्दा मुनिका बच्चाहरुसँग निस्शुल्क प्रवेश पाउनेछन् । भिजिटरहरूले ई-सेवाबाट अनलाइनमा टिकटहरु खरिद गर्नुको साथै आईएमएस लिटिल स्माइल्स शोरूमहरु, राई स्कूल, किड्ज र गुडफेलासमार्फत टिकटहरु लिन सक्ने आयोजकले बताएको छ । किड्स एक्स्पोको आईएमएस ग्रुप टाइटल स्पोन्सर र स्मार्टडोको अनलाइन पार्टनर रहेका छन ।
चार्ल्स शोभराजलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले बिकिनी किलर नामले चिनिने चार्ल्स शोभराजलाई थुनामुक्त गर्न आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले अन्य मुद्दामा थुनामा बस्न नपर्ने भए आजैदेखि थुनामुक्त गर्न र पन्ध्र दिन भित्र आफ्नै देश फर्काउने व्यवस्था मिलाउन आदेश जारी गरेको हो । शोभराजले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दिएका थिए । त्यसमा ७० वर्ष नाघेका ज्येष्ठ नागरिकले पाउनुपर्ने कैद छुटेको सुविधाको दिन माग उनले गरेका थिए । शोभराजलाई जिल्ला अदालत भक्तपुरले २८ मंसिर २०३२ मा भएको अमेरिकी नागरिक कोन्नी जो ब्रोन्चीच र त्यसको तीन दिनपछि भएको क्यानडिन नागरिक क्यारियरे लरेन्टको हत्या अभियोगमा सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।
सिटिजन्स बैंकका ग्राहकलाई मनकामना डेन्टलमा ४० प्रतिशतसम्म छुट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र इटहरीस्थित मनकामना डेन्टल एण्ड अर्थोडेन्टिक केयरबीच सम्झौता भएको छ । बैंक र डेन्टलबीच बैंकका कार्डवाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डवाहकहरुले मनकामना डेन्टल एण्ड अर्थोडन्टिक केयरका विभिन्न सेवाहरुमा ४०५ सम्मको आकर्षक छुट पाउनेछन् । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने बैंकले जनाएको छ । सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी रहेका आफ्ना १८० वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १३३ वटा एटिएम र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।