काठमाडौं । सर्वोच्च अदालतले बिकिनी किलर नामले चिनिने चार्ल्स शोभराजलाई थुनामुक्त गर्न आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले अन्य मुद्दामा थुनामा बस्न नपर्ने भए आजैदेखि थुनामुक्त गर्न र पन्ध्र दिन भित्र आफ्नै देश फर्काउने व्यवस्था मिलाउन आदेश जारी गरेको हो ।
शोभराजले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दिएका थिए । त्यसमा ७० वर्ष नाघेका ज्येष्ठ नागरिकले पाउनुपर्ने कैद छुटेको सुविधाको दिन माग उनले गरेका थिए ।
शोभराजलाई जिल्ला अदालत भक्तपुरले २८ मंसिर २०३२ मा भएको अमेरिकी नागरिक कोन्नी जो ब्रोन्चीच र त्यसको तीन दिनपछि भएको क्यानडिन नागरिक क्यारियरे लरेन्टको हत्या अभियोगमा सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।