लाभांश पारित गर्न हिमालयन बैंकले डाक्यो साधारण सभा, सिभिललाई १००:८०.२८ अनुपातमा गाभ्ने

<p>काठमाडौं । हिमालयन बैंकले ३० औं वार्षिक साधारण सभा पुस २८ गते बिहान ११ बजे होटल सोल्टी काठमाडौंमा बोलाएको हो । पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले आफेनो वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो । बैंकको सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ साल असार मसान्तको वासलात, आर्थिक वर्ष २०७८/७९ को नाफा [&hellip;]</p>

काठमाडौं । हिमालयन बैंकले ३० औं वार्षिक साधारण सभा पुस २८ गते बिहान ११ बजे होटल सोल्टी काठमाडौंमा बोलाएको हो । पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले आफेनो वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो ।

बैंकको सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ साल असार मसान्तको वासलात, आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण, सहायक कम्पनी हिमालयन क्यापिटलको आर्थिक वर्ष २०७८÷७९ को वित्तीय विवरण सहितको एकिकृत वित्तीय विवरण, सर्वसाधारण सेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पदमा एक जनाको निर्वाचन र आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्नेछ ।

बैंकको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजी १२ अर्ब ९६ करोड ८७ लाख २५ हजार ७२५ रुपैयाँको ८ प्रतिशत अर्थात् १ अर्ब ३ करोड ७४ लाख ९८ हजार ५८ रुपैयाँ बोनस सेयर र कर प्रयोजनाका लागि ११.११ प्रतिशत अर्थात् १ अर्ब ४४ करोड ८ लाख २५ हजार ४२८ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

बैकले आर्थिक वर्ष आर्थिक वर्ष २०७८/७९ मा संस्थागत सामाजिक उत्तरदायित्व सीमाभन्दा माथि सहयोग गरेको कुल रकम १ करोड २७ लाख १७ हजार २२४ रुपैयाँ अनुमोदन गर्नेछ ।

सभाले सिभिल बैंकलाई प्राप्ति गर्ने प्रयोजनका लागि भएको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कनकर्ताको नियुक्ति, उक्त मूल्याङ्कनकर्तालाई भुक्तानी गरिएको पारिश्रमिक, सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन, समझदारी पत्र तथा अन्तिम सम्झौतापत्र लगायतका सम्पूर्ण कामकारवाहीहरूलाई स्वीकृति प्रदान गर्नेछ ।

हिमालयन बैंकले १ सय सेयर बराबर ८०.२८ सेयर स्वाप रेसियो अनुपातमा सिभिल बैंकलाई प्राप्ति गर्नेछ । सिभिल बैंकको १ सय कित्ता सेयर बराबर हिमालयन बैंकको ८०.२८ कित्ता सेयर प्राप्त गर्नेछन् । दुबै संस्थाको सम्पत्ति, दायित्व तथा कारोवारको मूल्याङ्कन प्रतिवेदन तथा व्यावसायिक अवसरहरू, व्यावसायिक प्रतिष्ठा, कर्मचारीहरूको योग्यता, क्षमता, दक्षता तथा कार्यकुशलता, बजार उपस्थिती, मुनाफा वितरणको इतिहास, पछिल्लो सेयरबजार मुल्य समेतका विषयहरूको आधारमा सेयर आदान प्रदान अनुपात निर्धारण गरिएको हो ।

सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् बैंकको जारी तथा चुक्ता पूँजी वृद्धि हुने तथा संस्थापक तथा सर्वसाधारण सेयरधनीहरूको सेयर स्वामित्व प्रतिशत समेत परिवर्तन हुने भएकोले सोही बमोजिम बैंकको प्रबन्धपत्र तथा नियमावलीको विभिन्न सम्बन्धित दफाहरूमा संशोधनको प्रस्तावलाई स्वीकृति प्रदान गर्नेछ । हिमालयन बैकले सिभिल बैकलाई प्राप्ति पश्चात् हिमालयन बैंककै नाममा एकिकृत कारोवार गर्ने कार्यलाई स्वीकृति प्रदान गर्नेछ ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १८ गतेदेखि पुस २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस १७ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरुले मात्र बैंकको साधारण सभामा सहभागी भइ लाभांश प्राप्त गर्न सक्नेछन् ।

Share News