सिटिजन्स बैंकका ग्राहकलाई मनकामना डेन्टलमा ४० प्रतिशतसम्म छुट

<p>काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र इटहरीस्थित मनकामना डेन्टल एण्ड अर्थोडेन्टिक केयरबीच सम्झौता भएको छ । बैंक र डेन्टलबीच बैंकका कार्डवाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डवाहकहरुले मनकामना डेन्टल एण्ड अर्थोडन्टिक केयरका विभिन्न सेवाहरुमा ४०५ सम्मको आकर्षक छुट पाउनेछन् । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत [&hellip;]</p>

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र इटहरीस्थित मनकामना डेन्टल एण्ड अर्थोडेन्टिक केयरबीच सम्झौता भएको छ । बैंक र डेन्टलबीच बैंकका कार्डवाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डवाहकहरुले मनकामना डेन्टल एण्ड अर्थोडन्टिक केयरका विभिन्न सेवाहरुमा ४०५ सम्मको आकर्षक छुट पाउनेछन् ।

डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी रहेका आफ्ना १८० वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १३३ वटा एटिएम र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Share News