विकासन्युज

जिएमई रेमिटको ब्राण्ड एम्बेसडरमा कलाकार सागर लम्साल

काठमाडौं । जिएमई रेमिटको ब्राण्ड एम्बेसडरमा कलाकार सागर लम्साल (बले) नियुक्त भएका छन । रेमिटको केन्द्रीय कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रममा सोसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा जिएमईको तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेल तथा कलाकार लम्सालले हस्ताक्षर गरेका छन । सम्झौतापत्रमा हस्ताक्षर गर्दै जिएमईका प्रबन्ध निर्देशक दिवाकर पौडेलले सागर लम्साललाई ब्राण्ड एम्बेसडर नियुक्त गर्न पाउँदा खुसी महशुस गरेको बताए । यस्तै, कम समयमै थप आकर्षण सहित उपलब्ध भइरहने कम्पनीका विभिन्न सेवा सुविधाहरुका बारेमा आम जनतालाई समयमै सुसूचित गराउन ब्राण्ड एम्बेसडरहरुको भूमिका सहयोगी हुने विश्वास लिएको जिएमईका प्रमुख व्यवासाय अधिकृत बद्री कटवालले बताए । कलाकार सागर लम्साल बले पात्रबाट चर्चित छन । उनी अहिलेको चर्चित हाँस्य टेलिशृखंला सक्किगोनीमा प्रमुख पात्र को रुप मा अभिनय गर्छन । करिब १० बर्षदेखि उनी कलाकारिता क्षेत्रमा सक्रिय छन । टेलिसिरियल बाहेक म्युजिक भिडियोमा पनि उनी उत्तिकै रुचाइएका कलाकार हुन । जिएमई रेमिटले विगत १० वर्षदेखि रेमिट्यान्स सेवा दिँदै आएको छ । देशभर रेमिटले करिब २० हजार एजेन्टमार्फत रकम भुक्तानीको सेवा प्रदान गर्दै आएको छ साथै तत्काल भुक्तनी लिन मिल्ने गरी जुन सुकै बैंक तथा बित्तीय संस्था मा पनि रकम जम्मा गर्ने सुविधा प्रदान गर्दै आएको छ ।

मेगा बैंकको लाभांशसँगै मर्जर प्रस्ताव पारित

काठमाडाैं । मेगा बैंककाे प्रस्तावित लाभांश पारित भएकाे छ । बैंककाे बिहीबार सम्पन्न साधारण सभाबाट बैंककाे प्रस्तावित ७.७९ प्रतिशत लाभांश पारित भएकाे हाे । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर र ३.७९ प्रतिशत नगद लाभांश गरी कूल ७.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सभाले नेपाल इन्भेष्टमेण्ट बैंकसँगको मर्जर कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्न विशेष प्रस्ताव पारित गरेको छ । सभाले मेगा बैंकको १०० कित्ता सेयर बराबर मेगा बैंकका सेयरधनीहरुलाई मर्जरपछि बन्ने बैंकको ९० कित्ता सेयर प्राप्त हुने गरी सेयर आदान प्रदान अनुपात (१००ः९०) मा मर्जरलाई अन्तिम स्वीकृति प्रदान गर्न विशेष प्रस्ताव पारित गरेको हो । दुबै बैंक एक आपसमा गाभिई संयुक्त कारोबार गर्ने बैंकको नाम ‘नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड रहने छ । मेगा बैंककाे चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिसम्म बैंकको कुल निक्षेप ९५ करोड रुपैंयाले वृद्धि भई १ खर्ब ५७ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । यसैगरी, कर्जा ३ अर्ब ९१ करोड रुपैंयाले वृद्धि भइ १ खर्ब ५३ अर्ब ९५ करोड रुपैंया पुगेको छ । गत त्रैमासमा बैंकले ५० करोड ९२ लाख रुपैंया खूद मुनाफा आर्जन गरेको छ । यसैगरी, कोभिडबाट प्रभावित देशको अर्थतन्त्रलाई उकास्न मेगा बैंकले करिब ६ अर्ब ३ करोड रुपैंया सहुलियत कर्जा र ५ अर्ब १९ करोड रुपैंया पुनर्कर्जाहरु प्रवाह गरेको छ । हाल बैंकको २०८ शाखा, २७ वटा एक्स्टेन्सन काउण्टर रहेका छन् ।  

अंग्रेजी नयाँ वर्षको अवसरमा ‘द लेकसाइड रिट्रिट’को न्यु एयर बोनान्जा प्याकेज

पाेखरा । द लेकसाइट रिट्रिटले अंग्रेजी नयाँ वर्षको अवसरमा आकर्षक प्याकेज घोषणा गरेको छ । आइमई समूहको हस्पिटालिटी ग्रुप बेस्ट रिसोर्ट नेपाल प्रालिको सो रिट्रिटले नयाँ वर्ष २०२३ को अवसरमा होटलले वेलकम ड्रिंक्सका साथमा लाइभ डीजे, न्यु एयर इभ गाला वीथ लाइभ बीबीक्यु कार्यक्रम आयोजना गर्नेछ । नयाँ वर्षको अवसरमा पारिवारिक घुमघाम तथा नाइट स्टेका लागि आकर्षक सुविधा ल्याइएको होटलले जनाएको छ ।  परिवारका सदस्यहरूलाई आवश्यक रुमहरूलाई आवश्यकताअनुसार सहजै बुक गर्न सकिने होटलको भनाइ छ । होटलले २ रात तथा ३ दिनका लागि सिंगल रुमलाई १३ हजार ३३३ रुपैयाँ र डबल रुमलाई १७ हजार ७७७ रुपैयाँ लाग्ने जनाएको छ । यस्तै सोही प्याकेज अन्तर्गत एक्स्ट्रा बेडलाई ५ हजार ५५५ रुपैयाँ लाग्ने होटलले जनाएको छ । नयाँ वर्षको अवसरमा सो होटलले एक रात तथा २ दिन बस्नका लागि सिंगल बेडमा ९ हजार ९९९ रुपैयाँ र डबल बेडमा १२ हजार २२२ रुपैयाँ शुल्क तोकेको छ । सोही प्याकेज अन्तर्गत अतिरिक्त बेडका लागि ४ हजार ४४४ रुपैयाँ कायम गरिएको जानकारी होटलले दिएको छ । यस्तै डिलक्स रूम, बफेट ब्रेकफास्टका साथमा इक्स्क्युसिभ सर्प्राइजको व्यवस्था समेत रहेको होटलले जनाएको

ओरेण्टल सहकारी पीडितले पुस ८ गतेसम्म बचत मागदावी गरिसक्नुपर्ने

काठमाडौं । ओरेण्टल कोअपरेटिभमा बचत गरेका बचतकर्ताले प्रमाणसहित निवेदन पेश गर्ने अन्तिम दिन शुक्रबारसम्म रहेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले मङ्सिर २३ गते १५ दिनको समय थप गरी ओरेण्टल पीडितलाई अनलाइनमार्फत मागदावी गर्न सूचना प्रकाशित गरेको थियो । त्यसअनुसार पीडितले शुक्रबारसम्म अनलाइनमार्फत आवेदन दिनुपर्ने समितिको कार्यालय प्रमुखसमेत रहेका सदस्य सचिव केशवप्रसाद पौडेलले जानकारी दिए । आवेदन समितिको वेबसाइट www.coopmc.gov.np मा गएर अनलाइन मागदावी निवेदनबाट फारम भर्नुपर्ने उनले बताए । समितिले अनलाइनबाट नै फारम भर्नुपर्ने जनाएको छ । हालसम्म तीन हजार छ सय ७५ जनाले ओरेण्टलसँग मुद्दती बचत, साधारण बचत र सेयर रकम माग दावीको अद्यावधिक गरेका छन् । अद्यावधिक माग दावी गर्ने बचतकर्ताले दुई अर्ब ७७ करोड सात लाख ६९ हजार ६८२ माग गरेको कार्यालयले जनाएको छ । सरकारले पहिलोपटक २०७४ कात्तिक २० गते समस्याग्रस्त घोषणा गरेको ओरेण्टल को–अपरेटिभ लिमिटेडले देशभर नौ शाखा खोली १० अर्ब भन्दामाथि बचत सङ्कलन गरेर भागेको अभिलेख पाइएको समितिको कार्यालयले जनाएको छ । यसअघि माग दावी गर्नेमा सहकारीका बचतकर्ताको साँवा, ब्याज, सेयर र अपार्टमेन्टको समेत गरी १० अर्ब भन्दामाथि पैसा फिर्ता गर्नुपर्ने अभिलेख रहेको समितिले जनाएको हो । विसं २०७४ मा सहकारी मन्त्रिस्तरीय निर्णय गरी ओरेण्टललाई समस्याग्रस्त घोषणा गरिएको थियो । सरकारले समस्याग्रस्त घोषणा गरेपछि एउटा पत्रमात्र पठाएर अरु कागजात नदिँदा बचतकर्ताको पैसा फिर्ताका लागि प्रमाण जुटाउन समस्या भएको कार्यालय प्रमुख पौडेलले बताउनुभयो । ओरेण्टललाई पहिलोपटक समस्याग्रस्त घोषणा गरेपछि सात हजार छ सय ४६ जनाले पैसा डुबेको भन्दै मागदावी गरेको पनि उनले सुनाए । ओरेण्टललाई समस्याग्रस्त घोषणा गरेको केही समयमै सर्वोच्च अदालतमा मुद्दा परेको थियो । सर्वोच्चले २०७६ फागुन ११ गते सहकारीलाई नै बचत फिर्ताको समस्या समाधान गर्न आदेश दिएको थियो । सहकारी सञ्चालक समितिले समस्या समाधान नगरेपछि सरकारले दोस्रोपटक ओरेण्टललाई समस्याग्रस्त घोषणा गरेको हो । यस वर्ष गत असोज ७ गते सरकारले दोस्रोपटक ओरेण्टललाई समस्याग्रस्त घोषणा गरेको थियो । दोस्रोपटक समस्याग्रस्त घोषणा गरेपछि यही मङ्सिर ९ गते मागदावी गर्नेको अभिलेख अद्यावधिक गर्न सुरु गरिएको समितिका सदस्य सचिव समेत रहेका पौडेलले जानकारी दिए । पहिलोपटक सूचना जारी गरिएको अवधिभित्र ओरेण्टलका धेरै बचतकर्ताको निवेदन दर्ता हुन थालेपछि मङ्सिर २३ गतेदेखि १५ दिनको अवधि राखेर फेरि अर्को सूचना जारी गरिएको पनि उनले बताए । यो अवधि शुक्रबार सकिने पनि समितिको कार्यालयले जनाएको छ । समितिले बचतकर्ताको अद्यावधिक आवेदन माग गरेपछि ओरेण्टलका पूर्वअध्यक्ष सुधीर बस्नेत रोक्न माग गर्दै सर्वोच्च अदालत गएकामा अन्तरिम आदेश नगरी दुवै पक्षलाई लिखित जवाफ पेश गर्न आदेश भएको छ । सरकारले हालसम्म १२ सहकारीलाई समस्याग्रस्त घोषणा गरी त्यसको व्यवस्थापन गर्ने जिम्मेवारी समितिलाई दिएको छ । रासस

सानिमा बैंकले स्मल वर्ल्डसँग मिलेर सुरु गर्यो युरोप-नेपाल रेमिट्यान्स सेवा

काठमाडौं । सानिमा बैंक र स्मल वर्ल्ड फाइनान्सियल सर्भिसेसबीच युरोप-नेपाल रेमिट्यान्स सेवा सम्झौता भई संचालनमा आएको छ । यस सम्झौताले युरोपका विभिन्न देशहरुबाट नेपालमा सहजै रेमिट्यान्स पठाउन सकिनेछ । बैंककाे अनुसार युरोपबाट रेमिट्यान्स पठाउन स्मल वर्ल्डकाे आधिकारिक वेबसाइट वा एपको प्रयोग गर्नुपर्ने छ ।  सम्झौता अन्तर्गत सानिमा बैंकको रेमिट्यान्स सेवा मार्फत युरोपबाट पठाएको रकम नेपालभरि रहेकाे १६ हजारभन्दा बढि आधिकारिक प्रतिनिधिमार्फत नगदमै भुक्तानी लिन सकिनेछ । साथै, युरोपबाट नेपाल पैसा पठाउँदा नेपालमा भएको सानिमा बैंकको खाता लगायत कुनै पनि बैंकको खातामा २४ सै घण्टा ३६५ दिन रियल टाइममा रकम जम्मा गर्न सकिनेछ । सानिमा बैंकको रेमिट्यान्स मार्फत यू.ए.ई, मलेशिया, कतार, यू.के, सिंगापुर, दक्षिण कोरिया, अस्ट्रेलिया, अमेरिका लगायत विश्वभरिबाट रेमिट्यान्स सेवा दिदै आइरहेको छ । साथै, सानिमा बैंकले आन्तरिक रेमिट्यान्स सेवा पनि दिदै आइरहेको छ । सानिमा बैंकको सातै प्रदेशमा गरी जम्मा १३० कार्यालयहरु र १२३ एटिएम् सञ्जालहरु सञ्चालनमा रहेका छन् ।

कर्पोरेट क्लब नेपालले दुई अवार्ड कार्यक्रम आयोजना गर्ने

काठमाडौं । द कर्पोरेट क्लब नेपालले दुई अवार्ड कार्यक्रम आयोजना गर्ने भएको छ । कम्पनीले द अवार्डस फर कर्पोरेट एक्सिलेन्स र द अवार्डस फर डिस्टिङगुविस्ड सर्भिसको दोस्रो संस्करण आयोजना गर्न भएको हो । द अवार्डस फ कर्पोरेट एक्सिलेन्स ले कर्पोरेटको विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्ति तथा संस्थाहरुलाई सम्मानित गर्ने छ भने द अवार्डस फर डिस्टिङगुविस्ड सर्भिसले समाजलाई निस्वार्थ भावनाका साथ सेवा प्रदान गर्ने व्यक्ति तथा संस्थाहरुलाई सम्मानित गरिने आयोजकले बताएको छ । पुस १४ गते द सोल्टी होटलमा हुने उक्त अवार्ड कार्यक्रमको लागि पाँच महिना अघि नै ७ जनाको निर्णायक मण्डल गठन भइसकेको आयोजकले जनाएको छ ।  

चोलेन्द्रविरुद्धको महाअभियोग संसदमा छलफल हुन्छ : गगनकुमार थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्व प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराविरुद्धको महाअभियोग आगामी संसदमा छलफल हुनेमा विश्वस्त रहेको बताएका छन् । बिहीबार संघीय संसद सचिवालयमा प्रतिनिधि सभा सदस्यको शपथग्रहण गरेपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले यस अघिको संसदमा आफ्नो पोजिशन सो विषयमा छलफल गर्ने भएकाले अन्य समर्थन गर्ने दलहरुले पनि छलफलमा सहभागी बन्ने बताए । उनले संसदको लाइबेरीलाई संसदको सम्पतीको रुपमा अघि बढाउनुपर्ने बताए । उनले संसदको लाइबेरीले सांसदको गुणस्तरलाई बढाउने पनि जानकारी दिए । उनले भने, ‘पहिलो संसदको लाइबेरीलाई हामीले यो संसदको सम्पतीको रुपमा अघि बढाउनुपर्छ । हाम्रो आफ्नो राजनीतिक पोजिशन भएपछि सुविधा अनुसार त्यसको व्याख्या गर्न पाइएन । हाम्रो पोजिशन यसले निरन्तरता पाउँछ भन्ने नै रह्यो । जुन जुन दलले यसले निरन्तरता पाउँछ भन्ने पोजिशन राखेका छन्, त्यो दलहरुले यो संसदमा आइसकेपछि त्यो विषय अघि बढाउनैपर्छ ।’ महामन्त्री थापाले पहिलाको संसदले विचाराधीन राखेको पूर्व प्रधानन्यायाधीश जबराबिरुद्धको महाअभियोबारे अब फरक मत राख्न नमिल्ने पनि बताए ।

निर्मलकुमार थापाको नयाँ कृति ‘एकान्त’ बिमोचन

काठमाडौं । लेखक निर्मलकुमार थापाको नयाँ कृति ‘एकान्त’ बिमोचन भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी थापाको नयाँ कृति बिमोचन गरिएको हो । कलाकार निखिल उप्रेती, साहित्यकार कुमार नगरकोटी र कलाकार घिमिरे युवराजले एकसाथ रुपमा थापाको नयाँ कृति ‘एकान्त’को बिमोचन गरेका थिए । पुस्तकमा १९ वटा कथा संग्रह रहेको छ । लेखकले आफ्नो जीवनयात्रामा ठोक्किएका विषय, दृश्य र र अनुभवलाई गहिरोगरी कथाको रुपमा प्रस्तुत गरेका छन् । लेखकका अनुसार ‘एकान्त एकान्तमा चल्ने घडीले बताएको समय हो ।’ ‘एकान्त खासमा एउटा अन्त हो ।’