कर्पोरेट क्लब नेपालले दुई अवार्ड कार्यक्रम आयोजना गर्ने

<p>काठमाडौं । द कर्पोरेट क्लब नेपालले दुई अवार्ड कार्यक्रम आयोजना गर्ने भएको छ । कम्पनीले द अवार्डस फर कर्पोरेट एक्सिलेन्स र द अवार्डस फर डिस्टिङगुविस्ड सर्भिसको दोस्रो संस्करण आयोजना गर्न भएको हो । द अवार्डस फ कर्पोरेट एक्सिलेन्स ले कर्पोरेटको विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्ति तथा संस्थाहरुलाई सम्मानित गर्ने छ भने द अवार्डस फर डिस्टिङगुविस्ड सर्भिसले [&hellip;]</p>

काठमाडौं । द कर्पोरेट क्लब नेपालले दुई अवार्ड कार्यक्रम आयोजना गर्ने भएको छ । कम्पनीले द अवार्डस फर कर्पोरेट एक्सिलेन्स र द अवार्डस फर डिस्टिङगुविस्ड सर्भिसको दोस्रो संस्करण आयोजना गर्न भएको हो ।

द अवार्डस फ कर्पोरेट एक्सिलेन्स ले कर्पोरेटको विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्ति तथा संस्थाहरुलाई सम्मानित गर्ने छ भने द अवार्डस फर डिस्टिङगुविस्ड सर्भिसले समाजलाई निस्वार्थ भावनाका साथ सेवा प्रदान गर्ने व्यक्ति तथा संस्थाहरुलाई सम्मानित गरिने आयोजकले बताएको छ ।

पुस १४ गते द सोल्टी होटलमा हुने उक्त अवार्ड कार्यक्रमको लागि पाँच महिना अघि नै ७ जनाको निर्णायक मण्डल गठन भइसकेको आयोजकले जनाएको छ ।

 

Share News