नेप्सेमा ३ कम्पनीको सेयर मूल्य समायोजन, कुनको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । प्राइम लाइफ इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स र गरिमा विकास बैंकको सेयर मूल्य समायोजन भएको हो । प्राइम लाइफको १३ प्रतिशत, नेपाल इन्स्योरेन्सको ८ प्रतिशत र गरिमा विकास बैंकको १३ प्रतिशत बोनस सेयर समायोजन भएको हो । यी तीनै कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरेको हो । साथै नेप्सेले नयाँ नयाँ मूल्य निर्धारण गरेको छ । प्राइम लाइफको सेयर मूल्य ५०३.५४ रुपैयाँ, नेपाल इन्स्योरेन्सको ३८७.९६ रुपैयाँ र गरिमा विकास बैंकको ३३०.९७ रुपैयाँ कायम भएको छ । नेप्सेले बिहीबारको अन्तिम मूल्यका आधारमा मूल्य समायोजन गरेको हो । नयाँ मूल्यलाई आधार मानेर सोमबार दोस्रो बजारमा कारोबार हुनेछ । बिहीबार प्राइम लाइफको सेयर प्रतिकित्ता ५६९ रुपैयाँ, नेपाल इन्स्योरेन्सको ४१९ रुपैयाँ र गरिमा विकास बैंकको ३७४ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
आरएसडिसी लघुवित्तको साधारण सभा आह्वान, ११ प्रतिशत लाभांश पारित गर्ने
काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले ९ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । पुस ७ गते बसेको संचालक समितिको बैठकले लघुवित्तको पुस २९ गते ९ बजे, एशियन होटल बुटवलमा वार्षिक साधारण बोलाएको हो । लघुवित्तको सभाले आर्थिक वर्ष २०७८/७९ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षको २०७९ आषाढ मसान्तसम्मको वासलात तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाव तथा प्रवाह विवरण, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक तोक्ने र संस्थापक सेयरधनी समूह क बाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन गर्नेछ । लघुवित्तको सभाले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहलाई हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३ प्रतिशत नगद गरी कूल ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, सभाले लघुवित्तको प्रबन्ध पत्र र नियमावलीको नियम संशोधन गर्नेछ । लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस १४ गतेसम्म नेपाल स्कट एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारण सभा र लाभांश प्राप्त गर्नसक्ने छन् ।
सत्ता भागबन्डाः राष्ट्रपति कांग्रेसलाई, प्रधानमन्त्री माओवादीलाई
काठमाडौं । पावर सेयरिङ’ गर्दै नयाँ सरकार गठनमा सहमति गर्नेगरी सत्ता गठबन्धनभित्र विकल्पसहितको अनौपचारिक खाका तयार भएको छ । गठबन्धनआबद्ध दलभित्र नयाँ सरकार गठन र पावर सेयरिङमा सहमति गर्नेगरी तीन विकल्पको खाका तयार गरिएको स्रोत बताउँछ । सो खाकामा आज शुक्रबारबाट घनिभूत छलफल हुँदै छ । उच्च स्रोतका अनुसार प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसलाई राष्ट्रपति, तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रलाई प्रधानमन्त्री दिने मोडालिटीमा एउटा खाका बनेको छ । त्यस्तै, राष्ट्रपति माओवादी केन्द्र र प्रधानमन्त्री कांग्रेसलाई दिने गरी अर्को मोडालिटी बनेको छ भने राष्ट्रपति नेकपा एकीकृत समाजवादीलाई दिने र प्रधानमन्त्री कांग्रेसले राख्ने गरी तेस्रो मोडालिटी तयार गरिएको छ । तर, माओवादी केन्द्र राष्ट्रपति र प्रधानमन्त्री दुवै पद छाड्न तयार नहुने अवस्थामा तेस्रो मोडालिटीलाई कम महत्व दिइएको स्रोत बताउँछ । औपचारिकरूपमा कांग्रेसले पनि ती दुवै पदमा दाबी गर्दै आइरहेको छ । यो समाचार राजधानी दैनिकमा छ ।
दशकमै दोब्बर भयो वैदेशिक ऋण
काठमाडौं । दस वर्षको अन्तरमा नेपालको वैदेशिक ऋण झन्डै साढे दुई गुणाले बढेको छ । विश्व बैङ्कले हालै सार्वजनिक गरेको ‘अन्तर्राष्ट्रिय ऋण प्रतिवेदन २०२२’ अनुसार सन् २०१० देखि २०२१ सम्मको अवधिमा नेपालले पाँच अर्ब अमेरिकी डलर वैदेशिक ऋण थप गरेको छ । विश्व बैङ्कको उक्त प्रतिवेदनअनुसार सन् २०१० मा नेपालको कुल वैदेशिक ऋण तीन अर्ब ७८ करोड अमेरिकी डलर थियो । सन् २०२१ सम्म आइपुग्दा उक्त ऋण आठ अर्ब ८५ करोड डलर पुगेको प्रतिवेदनमा उल्लेख छ । वैदेशिक ऋणको प्रवृत्ति हेर्दा पछिल्लो पाँच वर्षमा यसको वृद्धिदर बढी छ । उक्त अवधिमा मात्रै नेपालको वैदेशिक ऋण तीन अर्ब ८९ करोड अमेरिकी डलरले बढेको छ । प्रतिवेदनमा उल्लेख भएअनुसार सन् २०१७ पछि वैदेशिक ऋण लिने क्रममा निरन्तर वृद्धि भइरहेको छ । सन् २०१७ मा चार अर्ब ९६ करोड वैदेशिक ऋण रहेकामा सन् २०१८ मा पाँच अर्ब ५१ करोड डलर पुगेको छ । त्यसपछि एकै वर्षमा अर्थात् सन् २०१९ मा छ अर्ब ५१ करोड डलर पुगेको प्रतिवेदनमा उल्लेख छ । सन् २०२० मा वैदेशिक ऋण झन् बढेर सात अर्ब ९० करोड डलर पुगेको प्रतिवेदनको तथ्याङ्क छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।
लाभांश र मर्जर प्रस्ताव पारित गर्न प्रिमियर इन्स्योरेन्सले डाक्यो साधारण सभा, स्वाप रेसियो १:१
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) नेपालले २९ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । पुस ७ गते बसेको संचालक समितिको बैठकले कम्पनीको वार्षिक साधारण पुस २९ गते ११ बजे, लिसारा रिसेप्सन, भगवती बाहाल, नक्साल, काठमाडौंमा बोलाएको हो । कम्पनीको सभाले आर्थिक वर्ष २०७८/७९ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षको २०७९ आषाढ मसान्तसम्मको वासलात तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाव तथा प्रवाह विवरण र आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक तोक्नेछ । कम्पनीको सभाले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहलाई हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, सभाले कम्पनीको प्रबन्ध पत्र र नियमावलीको नियम संशोधन गर्नेछ । प्रिमियर इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्स गाभ्ने सम्बन्धी विशेष प्रस्ताव पारित गर्नेछ । प्रिमियर इन्स्योरेन्समा सिद्धार्थ इन्स्योरेन्स गाभिए पश्चात् बन्ने ‘सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नामबाट निर्जीवन बीमा व्यवसाय गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । प्रिमियर इन्स्योरेन्समा सिद्धार्थ इन्स्योरेन्स गाभ्ने सम्बन्धी प्रारम्भिक सहमति पत्र र अन्य काम कारवाहीहरु अनुमोदन गर्नेछ र दुवै कम्पनी गाभ्ने/गाभिने प्रयोजनको लागि चल अचल सम्पत्ति तथा दायित्वको मूल्याङ्कन प्रतिवेदन र अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएका सेयर अनुपात १ः१ स्वीकृत गर्नेछ । प्रिमियर इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्स एक आपसमा गाभ्ने/गाभिने अन्तिम सम्झौतापत्र स्वीकृत गर्ने र मर्जर सम्बन्धी बाँकी कार्य गर्न अन्तिम स्वीकृति प्रदान गर्ने र डीडीए प्रतिवेदन तयार गर्न नियुक्त गरेको लेखापरीक्षक, मूल्याङ्गनकर्तालाई प्रदान गरिएको पारिश्रमिक अनुमोदन गर्नेछ । दुवै कम्पनी एक आपसमा गाभिए पछि आपसी सहमतीमा केन्द्रिय कार्यालयको व्यवस्थापन गरिने भएको छ । मर्जरपश्चात् संस्थापक र सर्वसाधारण सेयर स्वामित्व प्रतिशत फेरबदल गर्नु पर्ने भएमा संस्थापक सेयर ५१ प्रतिशत र सर्वसाधारण शेयर ४९ प्रतिशत कायम गर्नेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस २२ गतेदेखि साधारण सभा हुनेदिनसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस २१ गतेसम्म नेपाल स्कट एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारण सभा र लाभांश प्राप्त गर्नसक्ने छन् ।
लाभांश प्रस्ताव पारित गर्न आईसिएफसि फाइनान्सले डाक्यो साधारण सभा
काठमाडौं । आईसिएफसि फाइनान्सको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले १९ औं वार्षिक साधारण सभा पुस २९ गते बिहान १० बजे बोलाएको छ । कम्पनीको सभाले आर्थिक वर्ष २०७८/७९ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षको २०७९ आषाढ मसान्तसम्मको वासलात तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाव तथा प्रवाह विवरण र आर्थिक वर्ष २०७९÷८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक तोक्नेछ । कम्पनीको सभाले गत आर्थिक वर्ष आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५ प्रतिशत नगद गरी कूल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । फाइनान्स कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १९ गतेदेखि पुस २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस १८ गतेसम्म नेपाल स्कट एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारण सभा र लाभांश प्राप्त गर्नसक्नेछन् ।
माया खोला हाइड्रोको आईपीओमा आवेदन दिने समय लम्बियो
काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनीको आईपीओमा आवेदन दिने समय थप गरिएको छ । कम्पनीले मंसिर २३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि समय थप गरिएको हो । विदेशमा रहेका नेपालीहरुका लागि आईपीओमा आवेदन दिने आज पुस ८ गते अन्तिम दिन हो । कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको ३४ प्रतिशतले हुन आउने प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३४ लाख कित्ता साधारण सेयर निष्काशन गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् १० लाख कित्ता सेयर अति प्रभावित क्षेत्र संखुवासभाको चैनपुर नगरपालिका ८ र ९ धर्मदेवी नगरपालिकाका ३, ४ र ५, मादी नगरपालिका ४ र ६ का वासिन्दाहरुका लागि ६ लाख कित्ता र प्रभावित क्षेत्र चैनपुर, धर्मदेवी र मादी नगरपालिका माथिका वडा बाहेक स्थानीयका लागि ४ लाख कित्ता छुट्याइएको छ । यस्तै, १० प्रतिशत अर्थात् २ लाख ४० हजार कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि छुट्याइएको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले अधिकतम १ लाख कित्ता र वैदेशिक रोजगारमा रहेका नपालीहरुले अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले पुस २४ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । प्राइम कमर्सियल बैंक, प्रभु बैंक, नेपाल एसबिआई बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंकका तोकिएका शाखा कार्यालय, प्रभु क्यापिटल र माया खोला हाइड्रोपावरको कार्यालयबाट आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । यस्तै, वैदेशिक रोजगारमा रहेको नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
२ कम्पनीलाई कारवाही गर्दै नेप्सेले माग्यो ३ दिनभित्र स्पष्टिकरण
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले २ कम्पनीलाई कारवाही गरेको छ । नेप्सेले कालिका पावर र मल्टीपर्पस फाइनान्सलाई कारवाही गर्दै कारोबार रोक्का गरेको हो । दुवै कम्पनीले लाभांश र साधारण सभाको जानकारी धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१) (घ) बमोजिम नगराएको र धितोपत्रको कारोबार तथा मूल्यसँग सम्बन्धित संवेदनशिल सूचना तथा जानकारीबाट सर्वसाधारणलाई वञ्चित गराएर मूल्यमा प्रभाव पारेको आरोप नेप्सेले लगाएको छ । विनियमावलीको विनियम १६ (१) (ख) मा भएको व्यवस्था अनुरूप उक्त कम्पनीको धितोपत्रको कारोबार रोक्का गरिएको र के कति कारणबाट समयमा जानकारी नदिएको हो ? ३ दिनभित्र स्पष्टिकरण पेश गर्न नेप्सेले निर्देशन दिएको छ । फाइनान्सले पुस ६ गते बेलुकी चार बजे सञ्चालक समिति बैठक गरी लाभांश प्रस्ताव गरेको थियो । उक्त सूचना फाइनान्सले भोलिपल्ट बिहान ११ बजेर १८ मिनेटमा मात्रै नेप्सेलाई दिएको थियो । यस्तै, कालिका पावरले ६ गते नै लाभांश प्रस्ताव पारित गरेको थियो । उसले पनि भोलिपल्ट ११ बजेर ३६ मिनेटमा सूचना दिएको थियो ।