काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्व प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराविरुद्धको महाअभियोग आगामी संसदमा छलफल हुनेमा विश्वस्त रहेको बताएका छन् ।
बिहीबार संघीय संसद सचिवालयमा प्रतिनिधि सभा सदस्यको शपथग्रहण गरेपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले यस अघिको संसदमा आफ्नो पोजिशन सो विषयमा छलफल गर्ने भएकाले अन्य समर्थन गर्ने दलहरुले पनि छलफलमा सहभागी बन्ने बताए । उनले संसदको लाइबेरीलाई संसदको सम्पतीको रुपमा अघि बढाउनुपर्ने बताए । उनले संसदको लाइबेरीले सांसदको गुणस्तरलाई बढाउने पनि जानकारी दिए ।
उनले भने, ‘पहिलो संसदको लाइबेरीलाई हामीले यो संसदको सम्पतीको रुपमा अघि बढाउनुपर्छ । हाम्रो आफ्नो राजनीतिक पोजिशन भएपछि सुविधा अनुसार त्यसको व्याख्या गर्न पाइएन । हाम्रो पोजिशन यसले निरन्तरता पाउँछ भन्ने नै रह्यो । जुन जुन दलले यसले निरन्तरता पाउँछ भन्ने पोजिशन राखेका छन्, त्यो दलहरुले यो संसदमा आइसकेपछि त्यो विषय अघि बढाउनैपर्छ ।’
महामन्त्री थापाले पहिलाको संसदले विचाराधीन राखेको पूर्व प्रधानन्यायाधीश जबराबिरुद्धको महाअभियोबारे अब फरक मत राख्न नमिल्ने पनि बताए ।