काठमाडौं । सानिमा बैंक र स्मल वर्ल्ड फाइनान्सियल सर्भिसेसबीच युरोप-नेपाल रेमिट्यान्स सेवा सम्झौता भई संचालनमा आएको छ । यस सम्झौताले युरोपका विभिन्न देशहरुबाट नेपालमा सहजै रेमिट्यान्स पठाउन सकिनेछ ।
बैंककाे अनुसार युरोपबाट रेमिट्यान्स पठाउन स्मल वर्ल्डकाे आधिकारिक वेबसाइट वा एपको प्रयोग गर्नुपर्ने छ । सम्झौता अन्तर्गत सानिमा बैंकको रेमिट्यान्स सेवा मार्फत युरोपबाट पठाएको रकम नेपालभरि रहेकाे १६ हजारभन्दा बढि आधिकारिक प्रतिनिधिमार्फत नगदमै भुक्तानी लिन सकिनेछ ।
साथै, युरोपबाट नेपाल पैसा पठाउँदा नेपालमा भएको सानिमा बैंकको खाता लगायत कुनै पनि बैंकको खातामा २४ सै घण्टा ३६५ दिन रियल टाइममा रकम जम्मा गर्न सकिनेछ ।
सानिमा बैंकको रेमिट्यान्स मार्फत यू.ए.ई, मलेशिया, कतार, यू.के, सिंगापुर, दक्षिण कोरिया, अस्ट्रेलिया, अमेरिका लगायत विश्वभरिबाट रेमिट्यान्स सेवा दिदै आइरहेको छ । साथै, सानिमा बैंकले आन्तरिक रेमिट्यान्स सेवा पनि दिदै आइरहेको छ ।
सानिमा बैंकको सातै प्रदेशमा गरी जम्मा १३० कार्यालयहरु र १२३ एटिएम् सञ्जालहरु सञ्चालनमा रहेका छन् ।