काठमाडौं । मुक्तिनाथ विकास बैंक र गुरु ट्राभल्स बीच सम्झौता भएको छ ।
मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकहरुलाई थप सेवा दिन दरबारमार्ग स्थित पर्यटन क्षेत्रकै पहिलो पब्लिक कम्पनी गुरु ट्राभल्स सँग व्यवसायिक सहकार्य सम्बन्धी सम्झौता गरेको हो ।
सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका खातावाला तथा ग्राहकहरुले गुरु ट्राभल्समा विशिष्टीकृत सेवाका साथ विभिन्न सेवा तथा सुविधाहरुमा छुट प्राप्त गर्न सक्नेछन् ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम काड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्क मा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।