सिद्धार्थ बैंकको नवनिर्मित भवनको समुद्घाटन

<p>काठमाडौं । सिद्घार्थ बैंकले आफ्नो स्थापनाको २०औं वार्षिकोत्सवको अवसर पारेर नक्साल स्थित नवनिर्मित केन्द्रीय कार्यालय भवनको आज समुद्घाटन गरेको छ । आज आयोजित एक कार्यक्रमका बीच बैंकका संस्थापक अध्यक्ष चिरञ्जी लाल अग्रवाल र वर्तमान अध्यक्ष मनोज कुमार केडियाले संयुक्त रूपमा भवनको समुद्घाटन गरेका हुन् । उक्त कार्यक्रममा सञ्चालक समितिका सदस्यहरु, बैंकका पूर्व सञ्चालकहरु, संस्थापक शेयरधनीहरु, [&hellip;]</p>

काठमाडौं । सिद्घार्थ बैंकले आफ्नो स्थापनाको २०औं वार्षिकोत्सवको अवसर पारेर नक्साल स्थित नवनिर्मित केन्द्रीय कार्यालय भवनको आज समुद्घाटन गरेको छ ।

आज आयोजित एक कार्यक्रमका बीच बैंकका संस्थापक अध्यक्ष चिरञ्जी लाल अग्रवाल र वर्तमान अध्यक्ष मनोज कुमार केडियाले संयुक्त रूपमा भवनको समुद्घाटन गरेका हुन् । उक्त कार्यक्रममा सञ्चालक समितिका सदस्यहरु, बैंकका पूर्व सञ्चालकहरु, संस्थापक शेयरधनीहरु, बैंकको व्यवस्थापन एवं कर्मचारी तथा ग्राहकहरुको उल्लेख्य उपस्थिति रहेको थियो । यसै गरी बैंकले उक्त समुद्घाटन समारोहमा बैंकमा १५ वर्ष वा सोभन्दा बढी निरन्तर कार्यरत रहि योगदान प्रदान गरेका सेवारत कर्मचारीहरुलाई पनि सम्मान गरेको छ ।

बैंकले आफ्नो केन्द्रीय कार्यालय आफैँले निर्माण गरेको भवनमा स्थानान्तरण गरि बैंकका ग्राहकहरुलाई अझै स्तरीय सेवा प्रदान गर्ने हेतुले केन्द्रीय कार्यालयको निर्माण गरेको हो ।

केन्द्रीय कार्यालयको अतिरिक्त बैंकले पोखरा, विराटनगर र वीरगञ्ज स्थीत आफ्नै कार्यालय भवनबाट समेत बै‍किङ्ग सेवा सुचारु ग्रिसहकेको छ । अत्याधुनिक प्रविधिमैत्री बंैैकिङ्ग मार्फत आम ग्राहकहरुसमक्ष उच्चस्तरिय सेवा प्रदान गर्ने उद्देश्य प्राप्तीमा नवनिर्मित भवनले सहजता प्रदान गर्ने बैकले जनाएको छ ।

Share News