विकासन्युज

काभ्रेलाञ्चोकमा रेबिज सङ्क्रमण नियन्त्रणमा

काभ्रेपलाञ्चोक ।  काभ्रेलाञ्चोकमा पछिल्ला केही महिनादेखि पशुचौपायामा देखिएको रेबिज रोगको सङ्क्रमण नियन्त्रणमा आएको छ। जिल्ला स्वास्थ्य कार्यालय र भेटेरेनरी अस्पताल तथा पुश सेवा विज्ञ केन्द्रले हप्तौँदेखिको निगरानी तथा रेबिजविरुद्धको खोप लगाएपछि नियन्त्रणमा आएको हो। गत मङ्सिर पहिलो सातादेखि महाभारत गाउँपालिकाको दुई गाउँमा रेबिजको सङ्क्रमण नियन्त्रणमा आएका बेला काभ्रेपलाञ्चोकको अर्को स्थानीय तह मण्डनदेउपुरको एक वडामा सङ्क्रमण देखिएको थियो। केही हप्ताअघि मण्डनदेउपुर नगरपालिका–१० मा मरेको एक कुकुरमा परीक्षण गर्दा बिहीबार रेबिज पुष्टि भएपछि त्यस क्षेत्रका पशुचौपायालाई खोप लगाइएको केन्द्रका पशु चिकित्सक राजकुमार हुमागाईँले बताए। उनका अनुसार हाल उक्त नगरमा रेबिजको सङ्क्रमण नियन्त्रणमा आएको छ। मण्डनदेउपुर नगरकै केही स्थानमा बितेको दुई महिनाको अवधिमा २२ गाई मरेका थिए। यस्तै मरेको कुकुरमा रेबिज पुष्टि भएको स्थानका करिब ३० व्यक्तिलाई रेबिजविरुद्धको खोप लगाइएको छ। थप व्यक्ति पहिचान गरी खोप लगाइने नगरका स्वास्थ्य शाखा प्रमुख दीपक घिमिरेले बताए। उक्त स्थानमा स्थानीयस्तरका स्वास्थ्य शाखा र पशु शाखा जिल्ला स्वास्थ्य कार्यालय र केन्द्रको विज्ञ टोलीसहितले निगरानी गरिरहेका छन्। यसैगरी जिल्लाको दक्षिणी क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिकामा रेबिजका कारण पशुचौपाया मरेपछि करिब एक सय स्थानीयवासीलाई रेबिजविरुद्ध खोप लगाइएको छ। महाभारतका दुई गाउँमा गाई, खसी–बोकालगायत १६ पशुचौपाया मरेका थिए। कुकुरले टोकेर मरेका गाई काटेर खाएपछि गाउँपालिकाको १ नं वडाको गोकुले र ८ नं वडास्थित घर्तीछापका एक सय स्थानीयवासीलाई रेबिजविरुद्धको खोप लगाइएको स्वास्थ्य शाखाका प्रमुख हरिसिं विष्टले जानकारी दिए। मासु खाएका थप स्थानीयवासीको खोजी भइरहेको छ। डेढ सय पशुचौपायालाई रेबिजविरुद्धको खोप दिइएको छ। रेबिज सङ्क्रण नियन्त्रणका लागि स्वास्थ्य कार्यालयका प्रमुख डा पुरुषोत्तम सेढाईँले महाभारत र मण्डनदेउपुरमा अध्ययन भइरहेको बताए। ‘खोप अत्यन्तै प्रभावकारी छ, रेबिज लागेपछि र लाग्नुअघि खोप लगाउँदा पूर्णरूपमा सुरक्षित भइन्छ’, उनले भने। चिकित्सकका अनुसार राम्रोसँग पकाएर खाएको मासु, उमालेर खाएको दूधबाट रेबिज सर्दैन । रासस

क्यान महासंघमा नयाँ नेतृत्व चयन, १४औं महाधिवेशनबाट अध्यक्षमा रणजीत पोदार निर्विरोध

काठमाडौं। कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ) मा नयाँ कार्यसमिति चयन भएको छ। महासंघको २९औं वार्षिक साधारणसभा एवं १४औं महाधिवेशनले रणजीतकुमार पोदारको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ केन्द्रीय कार्यसमितिका लागि पोदार सर्वसम्मत अध्यक्षमा चुनिएका छन् । महासंघको वरिष्ठ उपाध्यक्षमा कुशल रेग्मी निर्वाचित भएका छन्।  त्यस्तै उपाध्यक्षमा संस्थागत समूहबाट राजेन्द्रप्रसाद अर्याल, महिला समूहबाट सरिता सिंह तथा जिल्ला शाखा समूहबाट हर्कबहादुर सेटी र ध्रुवराज शर्मा (सुदीप) निर्वाचित भएको क्यान महासंघले जनाएको छ। महासचिव पदमा चिरञ्जीवी अधिकारी निर्वाचित भएका छन् भने कोषाध्यक्ष पद नवीन जोशी निर्विरोध भएका छन्। सचिवमा सुमनलाल प्रधान (व्यक्तिगत समूह), बुद्धरत्न तुलाधर (संस्थागत समूह) र प्रताप सापकोटा (विषयगत समूह) निर्वाचित भएको क्यान महासंघले जनाएको छ। त्यस्तै जिल्ला शाखा समूहबाट सचिवमा भुपालदास श्रेष्ठ, नारायणप्रसाद श्रेष्ठ, भूपेन्द्र मैनाली र कर्णराज पनेरु निर्विरोध निर्वाचित भएका छन्। सदस्यहरुमा भने विश्वराम बलामी, अग्मा मालाकार, सिर्जना श्रेष्ठ, सुभाष खड्का, विक्रम सिंह, दिव्यतारा शाक्य, निरञ्जन पटेल, केशवप्रसाद भट्टराई चयन भएका छन्। यस्तै, हेमपाल श्रेष्ठ, मिना अर्याल, ठाकुरकुमार श्रेष्ठ, उमेश रघुवंशी, दिपक साह, सरिता न्यौपाने, शेखरनाथ दुलाल, सरुना श्रेष्ठ, चिन्तामणि बास्तोला, तुलसीराम पाण्डे, डा. अभिजीत गुप्ता, दिपेन्द्र पौडेल, मनिराज पाण्डे, रामकिशोर रावल, राजु कट्टेल, रीना श्रेष्ठ र भानुभक्त शर्मा (मनोनित) चयन भएका छन्। त्यस्तै लेखा समिति संयोजकमा प्रभात श्रेष्ठ तथा लेखा समिति सदस्यद्धयमा हृदयमान श्रेष्ठ र विक्रान्त कार्की चयन भएको क्यान महासंघले जनाएको छ। नवनिर्वाचित अध्यक्ष पोदारले नयाँ कार्यसमितिले सामूहिक भावना लिएर काम गर्ने बताएका छन्। सूचना प्रविधि क्षेत्रमा आबद्ध पेसाकर्मी, विद्यार्थी, व्यवसायी तथा सम्बन्धित निकायसँग समन्यव गरी यस क्षेत्रको उल्लेखनीय विकास गर्न महासंघले भूमिका खेल्ने उनले बताए।

यूनियन लाइफको लाभांश घोषणा

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । इन्स्योरेन्स कम्पनीको पुस १२ गते बसेको सञ्चालक समितिको बैठकले ९.१०५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट कायम चुक्ता पूँजीको ८.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४५५३ प्रतिशत नगद गरी कूल ९.१०५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ ।

५ अर्बमा सम्पन्न भयो मध्यमोदी जलविद्युत आयोजना, ८ वर्षपछि विजुली उत्पादन

काठमाडौं । पर्वतमा निर्माण भएको मध्यमोदी जलविद्युत् आयोजनाको परीक्षण सफल भएको छ । निजी क्षेत्रको मिडिल मोदी हाइड्रोपावर लिमिटेडले निर्माण गरेको १८ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाले ८ वर्षपछि परीक्षण उत्पादन गरेको हो । परीक्षण उत्पादन सफल भएपछि यसै सातादेखि व्यावसायिक उत्पादनको तयारी छ । वि.सं २०७१ मङ्सिरदेखि उक्त आयोजनाको निर्माण थालिएको हो । निर्माण पूरा गरी परीक्षण उत्पादन सफल भएका कारण केही दिनभित्रै व्यावसायिक उत्पादन सुरु गरिने आयोजना प्रमुख प्रविन देसारले जानकारी दिए । ‘३ वर्षमा नै आयोजना निर्माणको काम सक्ने गरी काम थालिएको थियो, निर्माणका क्रममा विविध समस्याका कारण आयोजनाको काम ५ वर्ष पछाडि धकेलिएको हो,’ उनले भने । कास्कीको अन्नपूर्ण गाउँपालिका–३ वीरेठाँटी र नजिकै पर्ने पर्वतको मोदी गाउँपालिका–१ भूकको भुरुङडाँडामा बाँध निर्माण गरेर ल्याइएको मोदीखोलाको पानी पर्वतको मोदी गाउँपालिका–२ समादीमा खसालिएको छ । आयोजनाका लागि २ हजार ८४० मिटर लम्बाइको ‘टनेल’ बाट पानी ल्याइएको पानी ७७ मिटर लामो टेलरेसबाट मोदीखोलामा खसालिएको छ । सम्झौतानुसार प्राधिकरणले आयोजना निर्माण सम्पन्न हुनुअघि नै विद्युत्गृहबाट देउपुरसम्म ४ किलोमिटर लामो प्रसारण लाइन बनाएको छ । विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रका प्रमुख शिवनारायण गोशलीका अनुसार यही पुस ५ गते अगाडि नै परीक्षणको काम सकिएपछि त्यसयताका १५ दिनलाई ‘ट्रायल फेज’का रूपमा राखिएको थियो । त्यहाँबाट उत्पादन हुने विद्युतलाई मोदी गाउँपालिकाकै पातिचौरमा रहेको कोरुङ्गा सबस्टेशनमा लगेर १३२ केभी लाइनमा जोडेर राष्ट्रिय प्रसारण लाइनमा पठाइने छ । पातीचौर सबस्टेशनबाट कास्कीको पोखरामा रहेको लेखनाथमा पुग्ने र अर्को जडान कास्कीकै माछापुच्छे« गाउँपालिकाको लाहाचोक पुग्नेछ । आयोजनाले २०७४ मङ्सिरमा काम सक्ने लक्ष्य राखेको थियो । निर्माण सुरु गर्ने बेलामा १५.१ मेगावाटसम्म विद्युत् उत्पादन गर्न सकिने भनिएको थियो । तर निर्माणकार्य चल्दै जाँदा आयोजनाको लागतसहित उत्पादन क्षमता १८ मेगावाट पुगेको हो । सुरुमा २ अर्ब ८० करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिए पनि निर्माणमा भएको ढिलाइ, महँगी, आन्दोलनलगायतका समस्याका कारण आयोजनाको लगानी सोचेको भन्दा दोब्बर अर्थात् ४ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । प्रभावित क्षेत्रका नागरिक तथा आयोजनामा कार्यरत कर्मचारीको पटक–पटकको आन्दोलन र विरोध, प्राकृतिक विपद्लगायतका कारण आयोजनाको अवधि लम्बिएको हो । स्थानीयवासीका मागका कारण हुने विवाद, माटोको चापका कारण ‘टनेल’ खुम्चिने, ‘पावरहाउस’ रहेको ठाउँमा आउने बाढी, ‘स्वीचयार्ड’ ‘टेल रेस’ तथा निर्माण क्षेत्रमा हुने पानीको चुहावट, इन्टेक क्षेत्रमा भएको ‘हेभी स्कोरिङ’, कोभिड–१९ महामारीका कारण सामग्री आयात र कामदारमा परेको प्रभावलगायतका समस्याका कारण पनि आयोजनाले समस्या भोग्नुपरेको प्रमुख देसारले बताए ।

सूर्यज्योति अब अझ बृहत ,सबल र बिशाल

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले नयाँ बानेश्वरस्थित होटल एभरेष्टमा विशेष समारोहका साथ पहिलो सफल मर्जरको भव्य उद्घाटन गरेको छ । सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स मर्ज भई बनेको सूर्यज्योतिले पुस ७ गतेदेखि एकीकृत कारोबार शुरु गरेको थियो । असार १२ मा प्रारम्भिक सम्झौता गरेको कम्पनीले निकै चुनौतिका बावजुद पनि छोटो समयमै मर्जरको काम सम्पन्न गरी एकीकृत कारोबार गर्न सफल भएको हो । मर्जर पश्चात बनेको कम्पनीको चुक्ता पूँजी ४ दशमलव ५४ अर्ब पुगेको छ । यससँगै कम्पनी चुक्ता पुँजीमा तेश्रो ठूलो बीमा कम्पनी बन्न सफल भएको छ । एकीकृत कारोबार पश्चात सूर्यज्योतिको जीवन बीमा कोष २२ अर्ब रुपैयाँ, लगानी २८ अर्ब रुपैयाँ र कुल शाखा संख्या १ सय ८१ पुगेको छ भने कुल कर्मचारीको संख्या ६ सय ७५ पुगेको छ । एक उज्जवल शुरुवात भन्ने नाराका साथ नेपालको लाइफ इन्स्योरेन्स क्षेत्रमा अझ बृहत,अझ सवल र अझ विशाल उपस्तिथी सूर्यज्योतिको हुनेछ । सूर्य र ज्योतिमा सात रंग भएझैं सूर्यज्योति पनि शुरुवात, न्यायोपन, प्रष्ट, उज्जवल, प्रतिवद्ध, समय र उर्जाका साथ एक भई अगाडि बढ्ने कम्पनीको अठोट रहेको छ । उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाललले तोकिएकै समयमा सफलतापुर्वक मर्जर सम्पन्न गरेको भन्दै धन्यवाद व्यक्त गरेका थिए । उनले कम्पनीको यस उपलब्धीलाई स्वर्ण अक्षरमा लेखिने प्रतिकृया दिएका थिए । जीवन बीमा क्षेत्रमा सूर्यज्योतिले ट्रेण्ड सेट गरेको भन्दै उनले यस उपलब्धीले अन्य कम्पनीहरुलाई पनि मर्जरको लागि प्रोत्साहन गर्ने बताए । साथै अध्यक्ष सिलवालले जीवन बीमा क्षेत्रमै ठूलो सफलता भएको र कम्पनीले नयाँ इतिहास रचेकोको बताएका छन् । कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टाइले मर्जरका लागि जति जटिल हुन्छ भनेर सोचिएको थियो सोचे अनुसार जटिल नभएको बताए । मर्जरकका क्रममा दुबै पक्षले निष्पक्ष रुपमा काम गरेको हुँदा समस्या नपरेको समेत उनले प्रष्ट पारे । अध्यक्षय भट्टराईले यो मर्जर सफल बनाउन अहम भूमिका खेल्नुहुने सम्पूर्ण सरोकारवालाहरु ,कर्मचारी साथीहरु ,मार्ग निर्देश गर्नुहुने बिमा प्राधिकरण तथा शेयरधनीहरुलाई हृदय देखि धन्यवाद व्यक्त गरे । मर्जरका क्रममा विश्वमा चलेका राम्रा अभ्यासलाई पछ्याउदा धेरै सहजताका साथ मर्जर गर्न सफल भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले बताए । दुबै कम्पनीको एक्चुरीयल मूल्याङ्कन, लेखापरीक्षण प्रतिवेदनलाई पियर रिभ्यु गरेर काम गरिएको उनले प्रष्ट पारे । सूर्या लाइफ जस्तो १५ वर्षको परिपक्व कम्पनी र ५ बर्षको छोटो समयमै आफूलाई अब्बल साबित गरेको ज्योतिलाइफ कम्पनीबीच भएको संयोजनले राम्रो प्रतिफल दिने खत्रीको विश्वास छ । मर्जपछि कम्पनीले टेक्नोलोजीमा लगानी गर्नुपर्ने र बजारमा आफ्नो प्रडक्ट मोडिफाई गर्नमा ध्यान दिनुपर्ने र कम्पनीले आउने दिनमा व्यवसाय बढाउने र सूर्यज्योतिलाई बीमा क्षेत्रकै बेञ्चमार्क बनाउने कम्पनीको प्रण रहेको सीईओ खत्रीले बताए । सिटिजन लाइफ इन्स्योरेन्सका सीईओसमेत रहेका जीवन बीमक संघका अध्यक्ष पोषकराज पौडेल, सगरमाथा इन्स्योरेन्सका सीईओसमेत रहेका बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले, कम्पनीको प्रगति तथा सफलताको कामना दिनुका साथै आ–आफ्ना तर्फ बाट शुभकामना व्यक्त गरे । साथै, कम्पनीका ब्राण्ड एम्बेस्डर राजेश हमालले नामजस्तै काम गरेर बीमा क्षेत्रमा प्रकाश छर्दै अघि बढ्न शुभकामना दिएका छन् । कम्पनीले एकिकृत कारोबार शुभारम्भ भएको दुई दिनमै एक हजार भन्दा धेरै पोलिसी जारी गरेको छ ।

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंककाे शाखाहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै महालक्ष्मी विकास बैंकका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु सम्पन्न गरेका हुन् । यस बैंकको तुल्सिपुर शाखाद्वारा बेलझुन्डी दाङमा अवस्थित नेपाल संस्कृत विश्वविद्यालयलाई ल्यापटप र प्रिन्टर हस्तान्तरण गरिएको छ । नेपालमा संस्कृत शिक्षालाई सर्वसुलभ, संस्कृत वाङ्मयभित्रका आध्यात्मिक मूल्य मान्यता तथा उदात्तभावलाई समयको माग अनुरुप प्रवाहित गराउने उद्देश्यले स्थापित उक्त विश्वविद्यालयको कार्य सञ्चालन तथा विश्वविद्यालयमा अध्ययनरत बालबालिकाहरुको शिक्षामा समेत थप टेवा पुगोस् भन्ने उद्देश्यले बैंकले उक्त सहयोग प्रदान गरेको हो । त्यस्तै बैंकको लालबन्दी शाखाले राधा कृष्ण मन्दिर भागवतधाम धर्मशालाको लागी आवश्यक टेबल र कुर्सी सहयोग प्रदान गरेको छ । धर्मशालामा अध्यनरत विद्यार्थीहरुको अध्यापनमा थप टेवा पुगोस् भन्ने हेतुले बैंकले उक्त सहयोग प्रदान गरेको हो । कार्यक्रम सँगसगै बैंकको मनहरी शाखाद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत श्री राष्ट्रिय रोटरी माध्यमिक विद्यालयलाई ट्राफिक सचेतना सम्बन्धित होडिङ बोर्ड हस्तान्तरण गरिएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरु राजमार्गबाट आवतजावत गर्ने हुँदा दुर्घटनाको जोखिम न्यूनिकरण होस् भन्ने उद्देश्यले बैंकले उक्त होडिङ बोर्ड विद्यालयलाई प्रदान गरेको हो । आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने बैंकले जनाएको छ ।

अत्याधिक धूँवा फाल्ने १३ ओटा सवारी साधन कारवाहीमा

काठमाडौं । काठमाडौंको कलंकीमा मंगलबार गरिएको विशेष चेकिङका क्रममा अत्याधिक धूँवा फाल्ने १३ वटा सवारी साधनका चालकलाई कारवाही गरिएको छ । अत्याधिक धूँवा फाल्ने १० ओटा पिकअप भ्यान, भाडाको बस, माइक्रो र ट्रक एक-एक ओटा गरी १३ ओटा सवारी साधन कारवाहीमा परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिएका छन् । उनका अनुसार वातावरण विभाग बबरमहल र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको टोलीले मंगलबार कलंकीमा ४० ओटा सवारी साधनलाई चेक गर्दा १३ ओटा कारवाहीमा परेका हुन् । सवारी साधन मर्मत पश्चात तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने छ । अत्याधिक धूँवा फाल्ने सवारी साधन चलाउँदा वायु प्रदुषण हुनुका साथै दुर्घटनाको जोखिम समेत हुने हुनाले सवारी साधनको अवस्था चेकजाँच गरी दुरुस्त अवस्थामा रहेका सवारी साधन मात्र चलाउन सम्पुर्ण चालकलाई प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक भट्टले अनुरोध गरेका छन् ।

नुवाकोटमा पशुपक्षी पाल्ने किसानले निब्र्याजी ऋण पाउने

नुवाकोट । पुशपक्षीपालनको विकास, विस्तार र व्यवसायीकरणका लागि भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र नुवाकोटले किसानलाई निब्र्याजी ऋण दिने भएको छ । यसअघि लगानी र उत्पादनमा आधारित अनुदान दिँदै आएको केन्द्रले यस वर्षदेखि उक्त अनुदान कटौती गर्दै पाँच वर्षसम्ममा फिर्ता गर्ने शर्तमा निब्र्याजी ऋण उपलब्ध गराउन लागेको कार्यालय प्रमुख भरत पाण्डेले जानकारी दिए । उनका अनुसार पशुपक्षीपालन गर्ने किसानको व्यावसायिक योजनाका आधारमा कुल लगानीको २० प्रतिशतसम्म वा बढीमा १० लाख उपलब्ध गराउने गरेर ‘बीउ पूँजी परिचालन कोष’ सञ्चालनमा ल्याइएको छ । उक्त कोषमार्फत किसानले पेस गरेको व्यावसायिक योजनाका आधारमा तीन किस्तामा निब्र्याजी रकम प्राप्त गर्न सक्नेछन् । ‘किसानले अनुदान लिन पशुपक्षीपालनको दर्ता गरिएको तथा सञ्चालनमा रहेको फार्मले सुरुवातमा १० प्रतिशत, काम सुरु तथा विस्तारपछि ४० प्रतिशत र सम्पन्नपछि अन्तिम तथा तेस्रो किस्तावापत ५० प्रतिशत रकम पाउनेछन्’, पाण्डेले भने, ‘किस्ता प्राप्त गरेपछि किसानले हरेक वर्ष २० प्रतिशतका दरले पाँच वर्षमा उक्त निब्र्याजी रकम फिर्ता गरिसक्नुपर्नेछ ।’ नुवाकोटका किसानलाई निब्र्याजी रकम उपलब्ध गराउन ‘बीउ पूँजी परिचालन कोष’मा अहिले एक करोड ५० लाख रहेको छ । अपुग रकम बागमती प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले उपलब्ध गराउने छ । मन्त्रालयले प्रदेशभित्रका १३ जिल्लाका पशुपक्षीपालक, कृषि फार्म सञ्चालन गर्ने तथा गरिरहेका किसानलाई उपलब्ध गराउन चालु आर्थिक वर्षमा ५५ करोड बजेट विनियोजन गरेको छ । अघिल्ला वर्षमा लगानी र उत्पादनमा आधारित भएर दिँदै आएको अनुदान कटौती गर्दै चालु आवदेखि किसानलाई निब्र्याजी ऋण उपलब्ध गराउने नयाँ कार्यक्रम मन्त्रालयले सञ्चालनमा ल्याएको हो । उक्त कार्यक्रमले परम्परागत शैलीको पशुपालन व्यवसायलाई आधुनिकीरकण, यान्त्रिकीकरण गर्दै पशुपक्षीजन्य उत्पादनको वृद्धि विविधिकरण र बजारीकरणलाई व्यवस्थित गर्न सकिने छ । रासस