विकासन्युज

काठमाडौं महानगरले सुकुम्बासी बस्ती हटाउन माग्यो गृहको सहयोग

काठमाडाैं । काठमाडाैं महानगरपालिकाले बागमति नदी किनारमा रहेकाे अनाधिकृत संरचना हटाउन गृह मन्त्रालयलाई सहयाेग गर्न आग्रह गरेकाे छ । महानगरपालिकाले बुधबार गृह मन्त्रालयलाई एक पत्र लेख्दै बागमति नदी किनारमा रहेकाे सुकुम्बासी बस्ती हटाउन सहयाग गर्न आग्रह गरेकाे हाे । महानगरले प्रयास गरे पनि सुकुम्बासी बस्तीहरु हटाउन नसकेकाे भन्दै समन्वय र सहयाेग गर्न आग्रह गरेकाे छ । ‘उल्लेखित अतिक्रमित क्षेत्र मध्ये थापाथलीस्थित बाग्मती नदी किनारमा अव्यवस्थित / अनाधिकृत रुपमा रहेको संरचना हटाई सो क्षेत्रको संरक्षण एवं सौन्दर्यकरण गर्ने कार्य तत्काल अगाडी बढाउन बाग्मती सभ्यता एकीकृत विकास परीयोजना समेतबाट अनुरोध भै आएको र सो क्षेत्र खाली गराउन महानगरबाट आवश्यक सबै समन्वय र प्रयास अगाडी बढाइएको भएतापनि सो सफल हुन सकेको अवस्था छैन । यसर्थ विशेष गरी थापाथलीस्थित उल्लेखित क्षेत्रमा रहेका अनाधिकृत संरचना हटाइ तहाँ सौन्दर्यीकरणको कार्य तत्काल शुरु गर्ने कार्यक्रम रहेकोले सो संरचना हटाउन आवश्यक सहयोग एवं समन्वयका लागि अनुरोध छ,’ पत्रमा लेखिएकाे छ ।

कालीकोटमा अप्टिकल फाइबर सञ्चालन हुँदै

  कालीकोट । कालीकोटको रास्कोट नगरपालिकामा अप्टिकल फाइबरबाट इन्टरनेट सञ्चालनमा आउने भएको छ । रास्कोट नगरपालिकामा इन्टरनेट भरपर्दो बनाउनका लागि अप्टिकल फाइबरबाट इन्टरनेट सञ्चालनमा आउने भएको हो । रास्कोट नगरपालिकाको मुकाम आरसिपी बजारमा वर्डलिङ्कले अप्टिकल फाइबर इन्टरनेट सञ्चालनमा ल्याउन लागेको छ । पछिल्लो समय फाइबर इन्टरनेट एकदमै लोकप्रिय हुँदै गएको र अहिले फाइबर इन्टरनेटको माग बढ्दै गइरहेको अवस्थामा रास्कोट नगरपालिकालाई प्रविधिमैत्री बनाउनका लागि फाइबर नेट जडान गर्न लागिएको रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाही पोषणले जानकारी दिए । ‘अरु माध्यमभन्दा फाइबर इन्टरनेटको गती राम्रो हुने भएकाले जडान गर्न लागिएको हो ।’ उनले भने, ‘अबका केही दिनमा रास्कोट नगरपालिकामा जडान हुनेछ ।’ नगरपालिकालाई प्रविधिमैत्री बनाउनका लागि फाइबर नेट जडान हुने र यसले विद्यालय, सरकारी कार्यालय र निजी क्षेत्रलाई सेवा लिने प्रमुख शाहीले जानकारी दिए । ‘हामीले शिक्षा, स्वास्थ्य, रोजगार र अन्य क्षेत्रमा काम अगाडि बढाएका छौँ’, उनले भने, ‘अहिलेको सूचना प्रविधिको युगमा इन्टरनेट पनि अपरिहार्यजस्तै भएको छ ।’

सम्पन्न भयो आईएमएस ग्रुपको किड्स एक्स्पो, २५०० भन्दा बढीले अबलोकन गरे

काठमाडौं । शिशु र बालबालिकाहरुको पुस ९ गते लागि किड्स एक्स्पो २०२२ आयोजना भएको छ ।  बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म बालबालिकाको लागि एक्स्पो भएको हो । एक्स्पो बालबालिका क्षेत्रमा एक भव्य एक्स्पो हुन सफल भएको छ । १५०० भन्दा बढी टिकट बिक्रि हुन साथ साथै २५०० भन्दा बढी सहभागीहरुले भाग लिएका थिए । एक्सपोमा प्रमुख बालबालिका ब्रान्डहरुको सहभागिता थियो। ४० भन्दा बढी प्रदर्शकहरुले आफ्ना ब्रान्डहरु बिशाल भिजिटर सामु प्रदर्शन गरेका थिए भने किड्स पेल्यजोन र फुड जोनले एक्स्पो लाई अझ आकर्षित बनाएको थियो। ‘नेपालको पहिलो ठूलो किड्स एक्स्पोको सफलतापूर्वक संगठन गर्नलाई र हामीलाई टाइटल स्पोन्सरहरुको रूपमा सहभागी हुन दिनालाई हार्दिक धन्यवाद र बधाई सम्पुर्ण आयोजक टीम दिन चाहन्छु । यस स्तर्रको प्रदर्शकहरु र सहभागिताहरु संख्या हाम्रो अपेक्षा भन्दा धेरै थियो  तेसैले आगामी बर्षको किड्स एक्स्पोमा पनि हामी अवस्य सहभागि हुनेछौ’ डिकेश माल्होत्रा, आइएमी गुप्का अध्यक्ष र संचालक भन्छन्। एक्सपो क्रिसमस इभमा आयोजित भएको थियो र एक्सपोको थीम क्रिसमस ब्रान्डिङमा गरिएको थियो। जस कारण बालबालिका अझ रमाएका थिए । ‘हामी किड्स एक्स्पो २०२२ को सफलताबाट एकदमै खुशी छौ र हामी हाम्रो सबै सहभागीहरु, स्पोन्सरहरु र प्रदर्शकहरुलाई धन्यबाद दिन चाहन्छौँ’  किड्स एक्स्पो आयोजकहरु भन्छन्। किड्स एक्स्पो २०२२ को बडो सफलता पछि, आयोजक टीमले आगामी बर्षमा किड्स एक्स्पो २०२३ अझ भव्य रुप मा लिएर आउने दाबी गरेका छन् ।

प्रभु बैंकले पारित गर्यो लाभांश र मर्जर प्रस्ताव, चुक्ता पूँजी साढे १३ अर्ब पुग्यो

काठमाडौं । प्रभु बैंकको ८ प्रतिशत लाभांश पारित भएको छ । बैंकको २१औं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई प्रस्ताव गरेको लाभांश पारित गरेको हो । बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई ६.५० प्रतिशत बोनश सेयर र १.५० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । सभाले सञ्चालक समितिको प्रतिवेदन सहित गत आ.व, ०७८/०७९ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गरेको छ । यस्तै, सभाले बैंकको सहायक कम्पनी प्रभु क्यापिटलको गत आ.व. २०७८/०७९ को एकीकृत वित्तीय विवरण पनि पारित गरेको छ । सभाले सेञ्चुरी कमर्सियल बैंकको १०० कित्ता सेयर बराबर प्रभु बैंकको १०० कित्ता सेयर प्रदान गर्ने गरी सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ती गर्ने संयुक्त मर्जर समितिले गरेको अन्तिम सम्झौतालाई सर्वसम्मतीबाट पारित गरेको छ । यस्तै, सभाले बैंकको अधिकृत पूँजी वृद्धि गरी २४ अर्ब रुपैयाँ कायम गर्ने निर्णय गरेको छ ।सभाले ६.५० प्रतिशत बोनश सेयर वितरण गर्ने निर्णय पारित गरे पश्चात् बैंकको चुक्ता पूँजी १३ अर्ब ५३ करोड ४७ लाख ६९ हजार ९ सय ४६ रुपैयाँ पुगेको छ । प्रभु बैंकले ६३ वटा एक्स्टेन्सन काउण्टर कार्यालय, १९४ वटा एटिएम तथा २१७ वटा शाखा कार्यालयहरु सहित देशभर बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

पोखरामा एक हजार ६२४ वटा सडक बत्ति जडान हुँदै

काठमाडौं । नेपालको प्रमुख पर्यटकीय नगर पोखरालाई हाइमास्ट र स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट)बाट झिलिमिली बनाउन सुरु भएको छ । उज्यालो पोखरा अभियान अन्तर्गत पोखराका मुख्य मुख्य चोकहरुमा हाइमास्ट र सडकमा बत्ति राखी झिलिमिलि बनाउने काम सुरु भएकाे हाे । पोखरा महानगरपालिका र नेपाल विद्युत प्राधिकरणको साझेदारीमा पोखराका २३ वटा मुख्य चोकहरुमा १६ मिटर अग्लो पोलमा २३ वटा हाइमास्ट लाइट जडान भइरहेको छ । चारै दिशामा उज्यालो छर्ने अत्याधुनिक हाइमास्ट लाइट जडान भइरहेको हो । अहिलेसम्म ८ वटा हाइमास्ट लाइट जडान गरिएको छ । महानगरभित्रको ५० किलोमिटर मुख्य सडकमा एक हजार ६ सय २४ वटा सडक बत्ति जडान गरिने छ । जसमध्ये ऊर्जा दक्षतायुक्त ९० वाटका एक हजार एक सय चार वटा र १२० वाटका पाँच सय २० वटा स्मार्ट वत्ति जडान गरिने छ । अहिलेसम्म एक सय ७१ वटा बत्ति जडान गरिएको छ । सडक बत्ति जडान कार्य आगामी फागुनभित्र सकिने छ । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बुधबार साँझ बिरौटा क्षेत्रमा जडान गरिएका हाइमास्ट र सडक वत्तिको संयुक्त रुपमा उद्घाटन गरे । रिमोटमार्फत बिरौटा, लेकसाइड लगायत ठाउँका राखिएका हाइमास्ट र सडक वत्ति बालिएको थियो । कम विद्युत खपत गर्ने तर उज्यालो बढी दिने वत्ति जडान गरिएको हो । स्ट्रिट लाइटले रातको समयमा सडकको यात्रा सुरक्षित र सडक तथा सहरी सौन्दर्यलाई बृद्धि गरी पोखराको रात्रिकालीन सौन्दर्यता बढाउने छ । पोखरा महानगरपालिकाले सडक वत्तिको महसुल तिर्ने व्यवस्था गरिएको छ । प्राधिकरणको प्रणालीमा रहेको फिडर प्यानलबाट स्वचालित रुपमा स्मार्ट लाइटलाई नियन्त्रण गर्न सकिन्छ । यसका लागि २७ वटा फिडर प्यानल जडान गरिने छ । त्यसमध्ये तीन वटा जडान गरिएको छ । सडक वत्तिका लागि मात्र छुट्टै ट्रान्सफर्मर जडान गरिएको छ । स्मार्ट वत्ति प्राधिकरणको सर्भरसँग सिधै जोडिएको छ । सफ्टवेयरबाटै अँध्यारो हुँदा बत्ति बल्ने र उज्यालो हुँदा निभ्ने स्वचालित व्यवस्था छ । सफ्टवेरबाट विद्युतको महसुलको बिलिङ गरिन्छ । वत्ति बले/नबलेको अनुगमन पनि सफ्टवेयरबाटै गर्न सकिन्छ । प्राधिकरणले उज्यालो सहर अभियानअन्तर्गत पालिकाहरुसँगको समन्वय र साझेदारीमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदाहरु, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानहरुमा सजावटयुक्त आधुनिक बत्ति (स्मार्ट लाइट) जडान गरिरहेको छ । यसबाट सहरको सौन्दर्य अभिवृद्धि हुने, विद्युत् माग बढ्ने र रातिको खेर जाने विद्युत् पनि खपत हुने प्राधिकरणको विश्वास छ ।

तन्नेरीमा बढ्दो हृदयघातको समस्या, लक्षण कसरी थाहा पाउने ?

काठमाडौं । तन्नेरी अवस्थामा नै मानिसमा अहिले बढी हृदयघात हुने गरेको पाइएको छ । मानिस तन्नेरी अवस्थामा नै निष्क्रिय जीवनशैली, चुरोट, सुर्ती तथा खैनीको अत्यधिक सेवन, मोटोपनाका कारणले हृदयघातको समस्या बढिरहेको छ । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक डा चन्द्रमणि अधिकारी हृदयघात हुने १२ प्रतिशत ४५ वर्षमुनिका युवा रहेको बताउँछन् । उनी भन्छन्, ‘युवाहरुमा बढ्दै गएको चुरोट तथा सुर्ती सेवनको कारणले हृदयघातको समस्या बढ्दै गएको छ । खासगरी ४५ वर्ष मुनिका २० प्रतिशत युवामा हृदयघात चुरोट र सुर्ती सेवन मुख्य कारक देखिएको छ ।’ उनका अनुसार अहिले अस्पतालमा हृदयघात भएर आउने धेरै युवा चुरोट र सुर्ती सेवनका कारण भएको पाइन्छ । चुरोट र सुर्तीबाहेक युवामा बढ्दै गएको अस्वस्थ्य खानपान, मोटोपना, तनाबजस्ता कारणले पनि युवा उमेरमा नै हृदयघात हुने गरको उनको तर्क छ । चुरोट र सुर्तीका अलवा हृदयघात वंशाणुगतका कारण पनि हुने गरेको चिकित्सकहरु बताउँछन् । चिकित्सकका अनुसार ४५ वर्ष कटेपछि जो कोहीले पनि वर्षमा एकपटक तथा धूममान गर्ने, कोलेस्ट्रोल बढी र मोटोपना भएका मानिसले भने एकपटक मुटुको जाँच गराउन आवश्यक हुन्छ । खासगरी पुरुष ५५ र महिला ६५ वर्ष नाघेपछि, उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल मोटोपना, हर्मोन, चिल्लो खानापन, तनाब कारणले हृदयघात हुने गरेको पाइन्छ । जाडोमा हृदयघात बढी जाडोमा हर्मोनको कारणले पनि हृदयाघात हुनसक्छ । बिहान ८ बजेतिरको समयमा बढी हुने गर्दछ । शरीरमा हर्मोन बनिरहेका हुन्छन् । जाडो मौसममा बिहानको समयमा हर्मोनको सक्रियता धेरै हुनेगर्छ । हर्मोनको सक्रियता धेरै हुँदा उच्च रक्तचाप बढ्ने, मुटुको चाल बढ्ने हुन्छ । चिसो समयमा बेलामा मुटुको नशा साँघुरिएको छ भने मुटुको चाल बढ्दा मुटुलाई रगत पुग्दैन र त्यसलाई थाम्न नसक्दा हृदयाघात हुने गरेको केन्द्रका वरिष्ठ मुटुरोग विशेषज्ञ डा दिपङ्कर प्रजापति बताउँछन् । ‘हर्मोन सक्रिय हुँदा बिहानीपख उच्च रक्तचाप हुने, मुटुको चाल बढ्ने जस्ता कारणले मुटुको नशा साँधुरो छ भने मुटुको चाल बढेको बेला रगत पुग्दैन,’ उनले भने,’मुटु रोगीलाई बिहानको हिँडाइमा हृदयघात हुने सम्भावना बढी हुन्छ ।’ यस्तै धेरैजसो आत्तिने, झगडा गर्ने बेला पनि मुटुको चाल र उच्च रक्तचाप भएर मानिसमा हृदयघात हुने गरेको केन्द्रका वरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रिजापतिले जानकारी दिए । हृदयघातबाट बच्नका लागि चुरोट र सुर्ती खान कम गर्ने, उच्चरक्तचाप घटाउने, मधुमेह नियन्त्रण, कोलेस्ट्रोल नियन्त्रण, तनाव नियन्त्रण र मोटोपना कम गर्नुपने चिकित्सकहरुको सुझाव छ । व्यायाम गर्नेमा कम हृदयघात नियमित व्यायाम गर्ने मान्छेमा भन्दा व्यायाम नगर्ने मान्छेमा हृदयघात हुने सम्भावना रहेको केन्द्रका कार्यकारी निर्देशक डा अधिकारीले बताए । उनका अनुसार सय जना व्यायाम गर्ने मान्छेमा एक जनालाई जीवनभर हृदयघात हुन्छ भने व्यायाम नगर्ने मानिसमा सय जनामा १० जनामा हृदयघात हुनसक्दछन् । केन्द्रले तीन सय ४० जनामा गरेको अध्ययनमा हृदयघात भएका ८८ प्रतिशतलाई छाती दुखेको थाहा भएको र २४ प्रतिशतले रोग मुटुको हो भन्ने थाहा पाउने गरेको पाइएको छ । नेपालीहरु छाती दुखे भने ढिलो उपचारका लागि आउने गरेका उनले बताए ।अध्ययनअनुसार ९२ प्रतिशत मानिस नजिकैको स्वास्थ्य चौकीमा पुगेको पाइन्छ । लक्षण कसरी थाहा पाउने ? छाती भारी जस्तो हुने, छातीमा ढुङ्गा राखेको जस्तो लाग्छ, अलिकति हिँड्यो भने त्यो दुखाई बढ्न जान्छ र आराम गर्यो भने कम हुन्छ । यस्तो हुनु भनेको नशा साँधुरो हुनु हो र मुटुलाई रगत पुगेको छैन भन्ने थाहा हुन्छ । हृदयघात हुने बेला रगत मुटुमा जान पाउँदैन । हृदयाघात भनेको मुटुमा रक्तसञ्चार नहुनु हो । त्यतिबेला दुखाई निरन्तर भइरहन्छ र आराम गर्दा पनि कम हुँदैन । दैनिक पाँच जना हृदयघातका बिरामी केन्द्रका निर्देशक डा अधिकारीका अनुसार दैनिक सात सय जना बहिरङ्ग सेवामा मुटुका बिरामी आउने गर्दछन् भने आकस्मिक कक्षमा ५० भन्दा बढी मुटुका बिरामी आउने गर्दछन् । उनका अनुसार दैनिक पाँच जना हृदयघातका बिरामी अस्पतालमा आउने गरेका छन् । अस्पतालमा हृदयघातका बिरामी २४ घण्टाभन्दा पछि आउने गरेका छन् । उनी जतिछिटो बिरामी अस्पतालमा आए त्यति नै मुटुको नशा खोलेर मांसपेशीमा रगत सञ्चालन गर्न सकिने बताउँछन् । हृदयघात भएका बिरामी १२ घण्टाभित्र अस्पतालमा आउने सके बचाउन सकिने उनको भनाइ छ । केन्द्रले हृदयघात भएका बिरामीलाई २४ घण्टा नै एन्जियोप्लाष्टी मुटुको नशा खोल्ने प्रविधि गरेर बचाउने गर्दछ । हृदयघात भएर आएको एक घण्टाभित्रमा बिरामीको एन्जियोप्लाष्टी गर्न सकिन्छ । एउटा एन्जियोप्लाष्टी गर्नेका लागि एक लाख ५० हजार खर्च लाग्ने गर्दछ । तर तिर्न नसक्ने गरिब असाहयका लागि केन्द्रले विगत दुई वर्षदेखि भने निःशुल्क एन्जियोप्लाष्टी गर्ने गरेको छ । हृदयघात भएको मानिसको मुटुमा रगतको आपूर्ति बन्द भएपछि मुटु दुख्न थाल्दछ । मुटुको मासु मरिसकुन्जेल छाती दुख्ने गर्दछ । केन्द्रले प्राइमरी एन्जियोप्लाष्टी गरेका बिरामीलाई चार/पाँच दिनमै अस्पतालबाट घर पठाउने गरेको छ । केन्द्रमा २४ घण्टा नै हृदयघात भएका बिरामीको प्राइमरी एन्जियोप्लाष्टिक गर्नका लागि १५ जना जनशक्तिसहित चार वटा शल्यक्रिया थ्रेयटर क्याथल्याब तयारी अवस्थामा राखिएको हुन्छ । केन्द्रमा प्रत्येक महिना ५० जनाको प्राइमरी एन्जिओप्लाष्टिक गरेर हृदयघात भएका बिरामीलाई बचाउने गरेको उनले बताउँछन् । केन्द्रमा सन् २००६ देखि एन्जिप्लाष्टिक हुँदै आएको छ । पहिलो पटक हृदयघात हुँदा १०० जनामध्ये २३ जनाको मृत्यु अस्पताल नपुग्दै हुनेगर्दछ । हृदयघात भएर अस्पताल आएका बिरामीमध्ये सात प्रतिशतको अस्पतालमै मृत्यु हुने गरेको छ । विगत १० वर्षको तथ्याङ्क हेर्दा अस्वस्थ्य खानपान र जीवनशैलीमा आएको परिवर्तनले हृदयघात हुनेको सङ्ख्यामा दोब्बर वृद्धि भएको छ । गङ्गालालमा सन् २०१२ मा चार सय ९५ जनामा हृदयघात भएका थिए भने सन् २०१८ मा तीन गुणा बढेर एक हजार चार सय ६० पुगेको थियो । उनका अनुसार २०२० मा एक हजार छ सय ९८ र सन् २०२१ मा दुई हजार दुई सय ७३ जना अस्पतालमा भर्ना भएका छन् । विगत १० वर्षको तथ्याङ्क हेर्ने हो भने मुटु रोगका बिरामीमध्ये ५० प्रतिशत त हृदयघात भएका बिरामी मात्र नै छन् ।

तुल्सीपुरमा महालक्ष्मी लाईफको महिला सशक्तिकरण कार्यक्रम सम्पन्न

काठमाडाैं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले दाङको तुल्सीपुरमा “महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ” कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले पुस १२ गते इन्दु आचार्यको अध्यक्षतामा संचालन गरेकाे कार्यक्रममा स्थानिय जनप्रतिनिधि, महिला तथा विभिन्न संघ संस्थामा आवद्ध ८० भन्दा बढी महिलाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले देशकाे विकासको लागि महिलाहरुलाई रोजगारी र आय आर्जनको कार्यमा सक्रिय गराउनु आवश्यक रहेको बताएका थिए । समाजमा पिछडीएका र कमजोर अवस्थामा रहेका महिलाहरुलाई राज्यले पनि अगाडी बढाउने नीति लिएकोले नाफामूलक संघ संस्थाले त्यस्मा सहयोग र सहकार्य गर्नु पर्ने आवश्यकता रहेको उनकाे भनाइ थियाे । तुल्सिपुर कार्यालय प्रमुख टेकम धितालले संचालन गरेकाे कार्यक्रममा कम्पनीका प्रमुख बजार अधिकृत प्रशान्तराज धमलाले महिला सशक्तिकरणमा महालक्ष्मी लाईफले गर्ने कार्यक्रमको विषयमा प्रकाश जानकारी दिएका थिए ।  

च्याउखेतीबाट वार्षिक १२ लाख आम्दानी गर्दै घोराहीका ऋषिराम चौधरी

घोराही । घोराही उपमहानगरपालिका १८ निवासी ऋषिराम चौधरीका लागि च्याउखेती आम्दानीको स्रोत बनेको छ । च्याउखेतीबाट घरमै बसेर राम्रो आम्दानी हुन थालेपछि चौधरीले लगानीसमेत बढाउँदै गएका छन् । सामुदायिक वनका क्षेत्रमा काम गर्दै गर्दा १७ वर्षअघि २०६२ साल मङ्सिरदेखि च्याउखेती सुरु गरेका चौधरीले २०७२ सालदेखि अम्बिकेश्वरी च्याउ उद्योग दर्ता गरेर व्यावसायिक रुपमा च्याउखेती सुरु गरेका हुन् । छ प्याकेट च्याउको बिउबाट सुरु भएको व्यवसायमार्फत् अहिले वार्षिक १० देखि १२ लाख रुपैयाँको च्याउ उत्पादन गर्दै आएका छन् । तत्कालीन समयमा उनले दुई हजार पाँच सय सय मात्रै लगानी गरेका थिए । ‘विगत १७ वर्षदेखि म निरन्तररुपमा यही पेसामा छु’, उनले भने, यसबाट राम्रो आम्दानी भएको छ ।’ करिब दश वर्षअघि च्याउको बजार कम भए पनि पछिल्लो समय बढ्दै जाँदा च्याउखेतीमा लाग्ने व्यवसायीसमेत थपिँदै गएको बताए । उनले दैनिक करिब ४०/५० केजी बराबरको च्याउ उत्पादन गर्दै आएका छन् । उत्पादन भएको च्याउ जिल्लाभित्रै खपत हुने उनको भनाइ छ । यसअघि रोल्पा, प्यूठान, बुटवललगायतका ठाउँमा जाने गरेको भए पनि अहिले जिल्लामै खपत हुने गरेका छ । जिल्लामा सुगर, प्रेसरलगायतका बिरामीले खान मिल्ने र मासुको विकल्पमा पनि च्याउको प्रयोग बढेपछि जिल्लामा च्याउको माग बढ्दै गएको उनको भनाइ छ । च्याउखेतीका लागि दुई वटा टनेल निर्माण गरेका चौधरीले अग्र्यानिक च्याउ उत्पादन गर्ने गरेको बताए । च्याउबाट राम्रो आम्दानी लिन सकिने भए पनि जिल्लामा गुणस्तरीय बिउ नपाउँदा व्यवसायी समस्यामा परेको उनले गुनासो गरे । चौधरीले काठमाडौंको कालिमाटीबाट च्याउको बिउ ल्याउँछन् । उत्पादन भएको च्याउ बिक्री नभए सुकुटी बनाएर बिक्री गर्ने गरेको उनले बताए । च्याउलाई सुकुटी बनाएर बिक्री गर्नका लागि मेसिनसमेत ल्याएका छन् । सुकुटी बनाएको च्याउ प्रतिकेजी दुई हजार रुपैयाँसम्म बिक्री हुने गरेको चौधरीले बताए । ‘च्याउ नबिक्ने समस्या छैन । तर कहिलेकाहीँ बिक्री भएन भने सुकुटी बनाउने गरेको छु’, चौधरीले भने ‘च्याउ प्रतिकेजी एक ९० देखि २०० रुपैयाँसम्म बिक्री हुने गरेको छ भने सुकुटी प्रतिकेजी दुई हजारसम्म बिक्री हुने गर्दछ ।’ उनका अनुसार भदौ महिनादेखि फागुनसम्म च्याउबाट राम्रो आम्दानी लिन सकिन्छ । गत असोजमा परेको वर्षाका कारण एक लाख रुपैयाँ बराबरको घाटा व्यहोर्नुपरेको उनको भनाइ छ । लगातार परेको पानीका कारण बिक्री गर्न नपाएकाले कुहिएर गएको बताउँछन् । अझ व्यवसायलाई फराकिलो बनाउनका लागि हालसम्म कहिकतैबाट आफूले अनुदान पाए सहज हुने बताए । अहिले पनि विचौलियाका कारण वास्तविक किसानले अनुदान नपाउने समस्या रहेको गुनासो गरे ।