प्रभु बैंकले पारित गर्यो लाभांश र मर्जर प्रस्ताव, चुक्ता पूँजी साढे १३ अर्ब पुग्यो

<p>काठमाडौं । प्रभु बैंकको ८ प्रतिशत लाभांश पारित भएको छ । बैंकको २१औं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई प्रस्ताव गरेको लाभांश पारित गरेको हो । बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई ६.५० प्रतिशत बोनश सेयर र १.५० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । सभाले सञ्चालक समितिको प्रतिवेदन सहित गत आ.व, ०७८/०७९ को वासलात, नाफा [&hellip;]</p>

काठमाडौं । प्रभु बैंकको ८ प्रतिशत लाभांश पारित भएको छ । बैंकको २१औं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई प्रस्ताव गरेको लाभांश पारित गरेको हो ।

बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई ६.५० प्रतिशत बोनश सेयर र १.५० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो ।

सभाले सञ्चालक समितिको प्रतिवेदन सहित गत आ.व, ०७८/०७९ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गरेको छ । यस्तै, सभाले बैंकको सहायक कम्पनी प्रभु क्यापिटलको गत आ.व. २०७८/०७९ को एकीकृत वित्तीय विवरण पनि पारित गरेको छ ।

सभाले सेञ्चुरी कमर्सियल बैंकको १०० कित्ता सेयर बराबर प्रभु बैंकको १०० कित्ता सेयर प्रदान गर्ने गरी सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ती गर्ने संयुक्त मर्जर समितिले गरेको अन्तिम सम्झौतालाई सर्वसम्मतीबाट पारित गरेको छ ।

यस्तै, सभाले बैंकको अधिकृत पूँजी वृद्धि गरी २४ अर्ब रुपैयाँ कायम गर्ने निर्णय गरेको छ ।सभाले ६.५० प्रतिशत बोनश सेयर वितरण गर्ने निर्णय पारित गरे पश्चात् बैंकको चुक्ता पूँजी १३ अर्ब ५३ करोड ४७ लाख ६९ हजार ९ सय ४६ रुपैयाँ पुगेको छ ।

प्रभु बैंकले ६३ वटा एक्स्टेन्सन काउण्टर कार्यालय, १९४ वटा एटिएम तथा २१७ वटा शाखा कार्यालयहरु सहित देशभर बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

Share News