काठमाडौं । शिशु र बालबालिकाहरुको पुस ९ गते लागि किड्स एक्स्पो २०२२ आयोजना भएको छ । बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म बालबालिकाको लागि एक्स्पो भएको हो ।
एक्स्पो बालबालिका क्षेत्रमा एक भव्य एक्स्पो हुन सफल भएको छ । १५०० भन्दा बढी टिकट बिक्रि हुन साथ साथै २५०० भन्दा बढी सहभागीहरुले भाग लिएका थिए । एक्सपोमा प्रमुख बालबालिका ब्रान्डहरुको सहभागिता थियो। ४० भन्दा बढी प्रदर्शकहरुले आफ्ना ब्रान्डहरु बिशाल भिजिटर सामु प्रदर्शन गरेका थिए भने किड्स पेल्यजोन र फुड जोनले एक्स्पो लाई अझ आकर्षित बनाएको थियो।
‘नेपालको पहिलो ठूलो किड्स एक्स्पोको सफलतापूर्वक संगठन गर्नलाई र हामीलाई टाइटल स्पोन्सरहरुको रूपमा सहभागी हुन दिनालाई हार्दिक धन्यवाद र बधाई सम्पुर्ण आयोजक टीम दिन चाहन्छु । यस स्तर्रको प्रदर्शकहरु र सहभागिताहरु संख्या हाम्रो अपेक्षा भन्दा धेरै थियो तेसैले आगामी बर्षको किड्स एक्स्पोमा पनि हामी अवस्य सहभागि हुनेछौ’ डिकेश माल्होत्रा, आइएमी गुप्का अध्यक्ष र संचालक भन्छन्।
एक्सपो क्रिसमस इभमा आयोजित भएको थियो र एक्सपोको थीम क्रिसमस ब्रान्डिङमा गरिएको थियो। जस कारण बालबालिका अझ रमाएका थिए ।
‘हामी किड्स एक्स्पो २०२२ को सफलताबाट एकदमै खुशी छौ र हामी हाम्रो सबै सहभागीहरु, स्पोन्सरहरु र प्रदर्शकहरुलाई धन्यबाद दिन चाहन्छौँ’ किड्स एक्स्पो आयोजकहरु भन्छन्।
किड्स एक्स्पो २०२२ को बडो सफलता पछि, आयोजक टीमले आगामी बर्षमा किड्स एक्स्पो २०२३ अझ भव्य रुप मा लिएर आउने दाबी गरेका छन् ।