दोस्रो पटक बैंक तथा वित्तिय संस्था परिसंघको अध्यक्षमा पवन गोल्यान
काठमाडौं । बैंक तथा वित्तिय संस्थाका साहुहरुको संगठन बैंक तथा वित्तिय संस्था परिसंघको अध्यक्षमा पवन गोल्यान निर्विरोध निर्वाचित भएका छन् । आइतबार सम्पन्न तेश्रो वार्षिक साधारण सभाले गोल्यानलाई दोश्रो कार्यकालका लागि पुनः अध्यक्ष निर्वाचित गरेको हो । गोल्याल एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष समेत हुन् । अध्यक्ष गोल्यानको कार्यकाल आगामी २ वर्षसम्म रहनेछ । यसअघि उनी २०७७ फागुनमा अध्यक्षमा चुनिएका थिए । उनको कार्यकालमा संस्थालाई बैंकिङ्ग क्षेत्रको अभिन्न अंगकको रुपमा स्थापित गर्न सफल भएका छन् । यस्तै, परिसंघको बरिष्ठ उपाध्यक्षमा भोज बहादुर शाह, उपाध्यक्षमा राजेश उपाध्याय, महासचिवमा राजन सिंह भण्डारी, कोषाध्यक्षमा तुल्सिराम अग्रवाल, सचिवमा कुश प्रसाद मल्ली र सह कोषाध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ निर्वाचित भएका छन् । कार्य समिति सदस्यहरुमा उपेन्द्र पौडेल, लिला प्रकाश सिटौला, उपेन्द्र केशरी न्यौपाने, मोतिलाल दुगड, राधेश पन्त, महेन्द्र कुमार गोयल, भरतराज ढकाल र हिरेन्द्रमान प्रधान निर्विरोध निर्वाचित भएका हुन् । [pdf id=378812]
प्रधानमन्त्री प्रचण्डको निर्देशनपछि पेट्रोलियम पदार्थको मूल्य घट्यो
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि पेट्रोलियम पदार्थको मूल्य घटेको छ । आइतबार साँझ बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो । निगमले आज राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको हो । अब पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १७२ रुपैयाँ पर्ने निगमले जनाएको छ । यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १७८ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ थियो । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ । निगमले आन्तरिक तर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँ र बाह्य तर्फको प्रति किलोलिटर ३० रुपैयाँ घटाएको छ । अब आन्तरिक तर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १७० रुपैयाँ र बाह्य तर्फको इन्धनको मूल्य प्रतिकिलो लिटर १ हजार ४२० डलर तोकिएको छ । गत पुस २१ गते प्रधानमन्त्री प्रचण्डले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका थिए । प्रचण्डले निर्देशन दिएको ३ दिनमा नै निगमले मूल्य घटाएको हो । प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोहीबमाजिक मूल्य समायोजन गरी मूल्य कटौती गर्न निर्देशन दिएका थिए । यसअघि निगमले गत पुस १ गते मूल्य घटाउने निर्णय गरेको थियो ।
चालू पूँजी कर्जा मार्गदर्शन संशोधनले निजी क्षेत्रको मनोबल बढायो : उद्योग परिसङ्घ
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू पूँजी कर्जा मार्गदर्शन, २०७९ संशोधन गरेपछि निजी क्षेत्रको मनोबल बढेको धारणा नेपाल उद्योग परिसङ्घले दिएको छ । परिसङ्घले आज प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकले चालू पूँजी कर्जासम्बन्धी मार्गदर्शनमा लचकता देखाएर संशोधन गर्दा निजी क्षेत्रको खस्केको मनोबल उकास्न सकारात्मक सञ्चार प्रवाह भएको जनाएको हो । ‘उद्योगी व्यवसायीहरू हाल कष्टपूर्ण अवस्थाबाट गुज्रिनु परिरहेको अवस्थामा अर्थतन्त्र जोगाउन पुराना ऋणीको हकमा चालू पूँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ दुई वर्ष पर सार्नुपर्ने परिसङ्घको सुझाव आंशिक रुपमा सम्बोधन भएको छ’, परिसङ्घले विज्ञप्तिमार्फत भनेको छ । संशोधित मार्गदर्शनबाट यसअघि रु ५० लाखसम्म चालू पूँजी कर्जाको सीमा नलाग्ने रकम बढाएर एक करोडसम्म पु¥याइएकामा त्यसलाई परिसङ्घले सकारात्मक भनेको छ । यसले साना तथा मझौला उद्योगी व्यवसायीहरुलाई समेत राहत पुग्ने उसको भनाइ छ । त्यस्तै, पुराना चालू पूँजी कर्जाको हकमा कर्जा सीमाभन्दा बढी कर्जा प्रवाह भएको देखिएमा २०८२ असार मसान्तसम्ममा कर्जा सीमाभित्र ल्याउने समय उपलब्ध गराइनु पनि सकारात्मक रहेको धारणा परिसङ्घको छ । तर, यस्तो कर्जा अर्धवार्षिक किस्तामा भुक्तानीको अनिवार्य व्यवस्था गर्नुभन्दा अधिक समय दिई कर्जा मिलान गर्ने सुविधा उपलब्ध गराउँदा उद्योगी तथा व्यवसायीलाई सहज उसले जनाएको छ । मार्गदर्शनमा व्यवस्था रहेको रु पाँच करोडभन्दा कमको चालू पूँजी कर्जाको हकमा ग्राहक स्वयम्बाट प्रमाणित त्रैमासिक विवरण तथा पाँच करोडभन्दा बढीको चालू पूँजी कर्जाको हकमा आन्तरिक लेखा परीक्षकबाट प्रमाणित अर्धवार्षिक विवरण बुझाए हुने व्यवस्थाले उद्योगी व्यवसायीहरुलाई सहज भएको पनि परिसङ्घले जनाएको छ । मार्गदर्शनका संशोधित व्यवस्था समग्रमा सकारात्मक भए पनि त्यसलाई कार्यान्वयन गर्न भने केही चुनौतीपूर्ण हुने परिसङ्घको बुझाइ छ । ‘संशोधित चालू पूँजी कर्जा मार्गदर्शनमा गरिएको सकारात्मक व्यवस्थाका बाबजुद यसले उद्योगी व्यवसायीका समस्यालाई पूर्णरुपमा सम्बोधन गर्न सकेको छैन । मार्गदर्शनमा भएका व्यवस्थाका बारेमा ग्राहक, बैंक तथा वित्तीय संस्था र राष्ट्र बैंकबीच बुझाइमा एकरुपता हुन अत्यावश्यक छ’, परिसङ्घले भनेको छ । मार्गदर्शनबारे स्पष्टता कायम गर्नका लागि राष्ट्र बैंकले तालिम तथा परामर्शका साथै सहजीकरणका लागि विज्ञसँग पहुँचसहितको हेल्प डेस्क अथवा कल सेन्टरको व्यवस्था गर्न परिसङ्घले आग्रह गरेको छ । गत कात्तिक १ गतेदेखि लागू भएको चालू पूँजीसम्बन्धी मार्गदर्शन, २०७९ लाई पहिलोपटक संशोधन गर्दै राष्ट्र बैंकले गत बुधबारबाट नयाँ व्यवस्था लागू गरेको थियो । यसअघि रु ५० लाखभन्दा माथिको व्यावसायिक कर्जामा चालू कर्जासम्बन्धी व्यवस्था लागू हुने व्यवस्था रहेकामा अहिले त्यसलाई संशोधन गरेर रु एक करोड बनाइएको छ । अर्थात् अब चालू कर्जासम्बन्धी विद्यमान व्यवस्था लागू हुने न्यूनतम कर्जाको सीमा रु एक करोड हुनेछ । त्यसैगरी, रु दुई करोडभन्दा बढी चालू पूँजी कर्जाको सीमा निर्धारणसम्बन्धी व्यवस्थामा पनि संशोधन गरिएको छ । यसअघि बैंक तथा वित्तीय संस्थाले ‘पर्मानेन्ट वर्किङ क्यापिटल निड’का लागि पाँच वर्षसम्मको ऋण पाउने गरेकामा त्यसलाई संशोधन गर्दै तीनदेखि १० वर्षको आवधिक प्रकृतिको कर्जा प्रदान गर्न सकिने व्यवस्था कार्यान्वयनमा ल्याइएको छ । बैंक तथा वित्तीय संस्थाहरुले ऋणीको चालू सम्पत्ति तथा दायित्वको नियमित मूल्याङ्कन गरेर दिइने कर्जा चालू कर्जा हो । छोटो अवधिको कर्जाका रुपमा लिइने चालू पूँजी कर्जा व्यावसायिक प्रयोजनका लागि मात्रै दिनुपर्ने व्यवस्था छ । बैंक तथा वित्तीय संस्थाले सामान्यतया चारवटा शीर्षकमा चालू पूँजी कर्जा दिने गरेका छन् । जसमा क्यास क्रेडिट कर्जा, अल्पकालीन अवधिको कर्जा, आयात निर्यातसँग सम्बन्धित कर्जा र चालू पूँजी प्रयोजनको आवधिक कर्जा पर्दछन् । रासस
ब्रोकर एशोसिएसनको अध्यक्षमा सापकोटा निर्वाचित, कार्यसमितिमा को-को चयन भए ?
काठमाडौं । स्टक ब्रोकर एशोसिएसनको नयाँ कार्यसमितिको अध्यक्षमा सापकोटा निर्वाचित भएका छन् । सेयर ब्रोकरहरुको छाता संगठन नेपाल स्टक ब्रोकर एशोसिएसनको अध्यक्षमा धर्मराज सापकोटा निर्वाचित भएका हुन् । उनले प्रतिद्वन्द्वी गुणनिधि भुसाललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । सापकोटाले २८ मत ल्याएका थिए भने भूसालले १६ मत मात्रै ल्याए । ब्रोकर्स एसोसिएसनको २८ औँ वार्षिक साधारणसभा सम्पन्न भएपश्चात् अध्यक्ष पदका लागि निर्वाचन भएको थियो । अध्यक्ष सापकोटा स्वर्णलक्ष्मी सेक्युरिटिज (ब्रोकर नम्बर ३७) का सञ्चालक हुन् भने भूसाल आर्यातारा सेक्युरिटिजका सञ्चालक हुन् । अध्यक्ष बाहेक अन्य कार्यसमिति पदमा भने सर्वसम्मति भएको छ । नयाँ कार्य समितिको उपाध्यक्षमा लिंक स्टक मार्केट सेक्युरिटीज (ब्रोकर नम्बर ४१)का सञ्चालिका सरिता अधिकारी, महासचिवमा सुनधारा सेक्युरिटीज (ब्रोकर नम्बर ५२)का सञ्चालक फणिन्द्र ढकाल, सचिवमा स्वेता सेक्युरिटीजका सञ्चालक सुयोग अधिकारी र कोषाध्यक्षमा नासा सेक्युरिटीज (ब्रोकर नम्बर ५८)का सञ्चालक मदन पौडेल निर्विरोध निर्वाचित भएका हुन् । यस्तै, सदस्यहरुमा अरुण सेक्युरिटी (ब्रोकर नम्बर ३)का सञ्चालक प्रज्वल उप्रेती, सुमेरु सेक्युरिटजी (ब्रोकर नम्बर ४९)का सञ्चालक प्रियन्सु अग्रवाल, प्रज्ञा सेक्युरिटीज (ब्रोकर नम्बर १०)का सञ्चालक मित्रालाल श्रेष्ठ र अनलाइन सेक्युरिटीज (ब्रोकर नम्बर ४९)का सञ्चालक विशाल कुमार अग्रवाल निर्विरोध निर्वाचित भएका हुन् ।
सरकारलाई विश्वासको मत प्राप्त हुन्छ : अध्यक्ष ओली
काभ्रेपलाञ्चोक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्ने बताएका छन् । पार्टी जनसङ्गठन समन्वय संयन्त्रद्वारा काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजित दुई दिने जनसङ्गठन सुदृढीकरण कार्यशाला उद्घाटन समारोह उहाँले आउँदो मङ्गलबार सरकारले विश्वासको मत प्राप्त गर्ने बताउँदै नेताकार्यकर्तालाई ढुक्क रहन आग्रह गरे । ‘वर्तमान सरकारले सहज तरिकाले विश्वासको मत प्राप्त गर्नेछ, तपाईंहरू ढुक्क भएर बस्नुस्, यो एमालेले बनाएको सरकार हो’, पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले भने । अध्यक्ष ओलीले साङ्केतिकरूपमा सरकारलाई विश्वासको मत नदिलाउन षड्यन्त्र भइरहेको बताए । ‘बहुमत नपुग्दा तालमेल गरेर एकीकृत भएको बहुमतलाई झण्डै दुई तिहाइको स्थितिमा पु¥याउने एमाले हो, एमालेले कसैले नसोचेको अवस्थामा पु¥याउन सक्छ’, उनले भने । उनले एमाले सरकारमा वा प्रतिपक्षमा जहाँ रहे पनि देश र नागरिकको हितमा दृढतापूर्वक सक्रिय भइरहने बताए । अध्यक्ष ओलीले जनादेशको सही व्याख्या, सही विश्लेषण र सही सदुपयोग गरेको दाबी गर्दै देशको राजनीति अत्यन्तै अनौठो गतिमा परिवर्तन भएकोमा नेपाली राजनीतिमा चासो राख्ने अचम्मित भएको बताए । ‘निर्वाचनअघि भनेझैँ नयाँ जनादेशबाट सरकारअघि बढाउने योजना निर्वाचनपछि सफलतापूर्वक सम्पन्न गरेका छौँ, यसबाट नेपाली जनता खुसी छन्’, उनले भने । एमालेमा जनसङ्गठनको असाधारण महत्त्व रहेको उहाँका धारणा थियो । सोमबारसम्म सञ्चालन हुने कार्यशालामा २३ जनवर्गीय सङ्गठनका एक सय ३० पदाधिकारी सहभागी रहेका छन् ।
पालुन खोला हाईड्रोपावरले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल
काठमाडौं । पालुन खोला हाईड्रोपावर कम्पनीले १९ लाख कित्ता आइपीओ जारी गर्ने भएकाे छ । कम्पनीले स्थानियवासी र सर्वसाधारणकाे लागि आइपीओ जारी गर्ने भएकाे भएकाे हाे । कम्पनीले उक्त सार्वजनिक निष्काशन गर्नेका लागि प्रभु क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । आइतबार सम्पन्न भएकाे सो नियुक्ति सम्बन्धी सम्झौतामा पालुन खोला हाईड्रोपावर कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष पुष्प ज्योति ढुंगाना तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध संचालक दिनेश थकालीले हस्ताक्षर गरेका छन् । पालुन खोला हाईड्रोपावर कम्पनीले ताप्लेजुङ्ग जिल्लाको मिखवा गाउँपालीकामा अवस्थित पालुन खोलामा २१ मेगावाटको आयोजना निर्माण गरिरहेको छ ।
राप्रपाले प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । आईतबार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका नेता बुद्धिमान तामाङले यस्तो बताएका हुन् । उनले आजको बैठकमा अहिलेको कार्यव्यवस्था समितिमा रहेका उपाध्यक्ष ध्रुव प्रधानले प्रतिनिधि सभाको पहिलो र विश्वासको मत लिने दिनको बैठकको बारेमा पार्टीका सांसदहरुलाई जानकारी गराएको बताए । नेता तामाङले आफूले सरकार बनाउनका लागि पहल गरेका नेतालाई विश्वासको मत दिने भएपनि पार्टीबाट औपचारिक निर्णय भने भइनसकेको बताए ।
प्राइमकाे गुराँस र युनियन लाइफसँगकाे मर्जरमा जाने बाटाे खुल्याे
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्ससँग मर्जरमा जाने बाटाे खुलेकाे छ । बैंकको आइतबार सम्पन्न वार्षिक साधारणसभाले मर्जर समितिबाट भएका निर्णयहरुकाे अनूमोदन गर्दै मर्जर पूरा गर्नको लागि आवश्यक पर्ने सबै काम गर्न कम्पनीको संचालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेसँगै तीन कम्पनी मर्जर हुने बाटाे खुलेकाे हाे । सभाले कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट प्रस्ताव गरेको लाभांश पारित गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ बाट १३.६८४२ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । सभाले आर्थिक वर्ष २०७७/७८ विवरणहरु पारित गरेको छ ।